Notes on पाठ १६ नेल्सन मण्डेला | Grade 10 > Nepali > नेल्सन मण्डेला | KULLABS.COM

पाठ १६ नेल्सन मण्डेला

  • Note
  • Things to remember

व्याकरण अभ्यास –

क) नेल्सन मण्डेला पाठबाट दुईदुईवटापर्यायवाची, अनेकार्थी, अनुकरणात्मक, विपरीतार्थक र श्रुतिसमभिन्नार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् :

 

पर्यायवाची शब्द :

स्कूल        - विद्यार्थीहरू स्कूलमा पढ्न जान्छन् |

छात्र         - राजु कक्षा दशको जेहेन्दार छात्र हो |

 

अनेकार्थी शब्द :

टुहुरो         - रामको मृत्युपछि उसको छोरो टुहुरो भएको छ |

हार          - फुटबल प्रतियोगितामा हाम्रो विद्यालयको हार भएको छ |

 

अनुकरणात्मक शब्द :

ढुकढुकी      - नेल्सन मण्डेला दक्षिण अफ्रिकी जनताका ढुकढुकी थिए |

जुर्मुराउनु     - अन्यायको विरुद्ध नागरिकहरू जुर्मुराएर उठ्नुपर्छ |

 

विपरीतार्थक शब्द :

क्रान्ति             - नेपालमा धेरै राजनीतिक क्रान्ति भएका छन् |

औपचारिक    - नेपाल सरकारले औपचारिक रूपमा युद्धविराम गरेको छ |

 

श्रुतिसमभिन्नार्थी शब्द :

लागि        - नेपाललाई विश्वमा चिनाउनका लागि हामी सबै लाग्नुपर्छ |

गर्व          - हामी स्वतन्त्र नेपाली भनेर गर्व गर्ने अवस्था अझै आइसकेको छैन |

 

ख) तलका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् :

 

बा, सुर्य, प्रतिज्ञा, चन्द्रमा, पानी, घर, बाटो, विद्यार्थी, हावा, स्वास्नी, मान्छे, चिठी, भोजन, हात, आँखा, गुरु, पृथ्वी, खुट्टा, पुस्तक, प्रेम, महिला, पोखरी, मुलुक, हक, समय, दौँतरी, विद्यालय,

 

शब्द               पर्यायवाची शब्द

बा                -     पिता

सुर्य               -     रवि

प्रतिज्ञा                   -     वाचा

चन्द्रमा             -     जुन

पानी               -     जल

घर                -     गृह

बाटो               -     पथ

विद्यार्थी            -     छात्र

हावा               -     बतास

स्वास्नी            -     श्रीमती

मान्छे              -     मानिस

चिठी              -     पत्र

भोजन             -     खाना

हात               -     हस्त

आँखा              -     नयन

गुरु                -     शिक्षक

पृथ्वी              -     धर्ती

खुट्टा               -     गोडा

पुस्तक                   -     किताब

प्रेम                -     माया

महिला                   -     नारी

पोखरी             -     तलाउ

मुलुक              -     देश

हक                -     अधिकार

समय              -     काल

दौँतरी              -     समवयस्क

विद्यालय           -     पाठशाला

 

ग) तालक अनुकरणात्मक शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

 

थ्याच्च, फ्यात्त, कच्याककुचुक, गर्लामगुर्लुम, प्वाक्क, कुटुक्क, मुसुमुसु, डुङ्ङ, झल्याँस्स, तुरुरु, सररर, दनदन, कुरुमकुरुम, गुजुगुजु, फर्याकफुरुक, खुरुखुरु, घ्यारघ्यार, ङ्यारङ्यार, छमछम, झमझम, थरथर, धपक्क, पुलुक्क, बल्ड्याङ, भतभत, लुसुक्क, सलक्क, हलक्क   

 

थ्याच्च                   -     गौरी भुइँमा थ्याच्च बसी |

फ्यात्त                   -     दिदीले झ्यालबाट फोहोर फ्यात्त फ्याँक्नुभयो |

कच्याककुचुक        -     मेरो लुगा कच्याककुचुक भएर खुम्चिएको छ |

गर्लामगुर्लुम          -     जङ्गलमा रूख गर्ल्यामगुर्लुम ढालेको आवाज आयो |

प्वाक्क                   -     अरूले बोलेको बेला कुरा नबुझी प्वाक्क बोल्नुहुँदैन |

कुटुक्क                   -     रीनाले काफल कुटुक्क टोकी |

मुसुमुसु             -     भाइको कुराले आमा मुसुमुसु हाँस्नुभयो |

डुङ्ङ,              -     वनमा स्याल मरेर डुङ्ङ गनाएको छ |

झल्याँस्स           -     म निन्द्राबाट झल्याँस्स व्यूँझिएँ |

तुरुरु               -     तेलको धारो तुरुरु झर्छ |

सररर              -     आज त सरर हावा चलेको छ |

दनदन             -     अगेनामा आगो दनदन बलेकोले भात राम्ररी पकेछ |

कुरुमकुरुम          -     बहिनीले चाउचाउ कुरुमकुरुम पार्दै खाई |

गुजुगुजु             -     दराज भित्र किरो पसेर गुजुगुजु गर्दै छ |

फर्याकफुरुक         -     लाहुरेनी भाउजु आज निकै फर्याकफुरुक गर्दै छिन् |

खुरुखुरु             -     विद्यालय विदा भएपछि विद्यार्थीहरू खुरुखुरु घर गए |

घ्यारघ्यार           -     छोरी खोकी लागेकाले घ्यारघ्यार गर्दै छे |

ङ्यारङ्यार           -     बिरालो ङ्यारङ्यार गर्दै कराउँछ |

छमछम            -     जागृती छमछम पाउजु बजाउँदै नाचिन् |

झमझम            -     होजो रातीदेखि पानी झमझम परिरहेको छ |

थरथर              -     म त जाडोले थरथर काम्न थाले |

धपक्क                   -     नयाँ दुलहीको अनुहार धपक्क बलेको छ |

पुलुक्क                   -     तृप्तिले मतिर पुलुक्क हेरिन् |

बल्ड्याङ            -     दिपेन्द्र बारोको डिलबाट बल्ड्याङ लड्यो |

भतभत             -     देश छोड्ने बेलामा मेरो मन भतभत पोलेको छ |

लुसुक्क             -     गाली गर्दागर्दै विष्णु त लुसुक्क भागेछ |

सलक्क             -     हाम्रो बारीका काँक्राहरू सलक्क पारेको छन् |

हलक्क             -     दुर्गाकी बहिनी त हलक्क बढिछे |

 

घ) तलका शब्दको अनेक अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् :

 

अर्थ, जाली, कर, तर, नारी, फल, वेला, मेला, रहर, कल, असार, मास, साँचो, ताल, पक्ष, जालम साल, नाल, गोल, दाना, दल, दर, पुतली, उत्तर, हार, टीका,

शब्द         अनेक अर्थ                वाक्यमा प्रयोग

अर्थ   -     धन, मतलब         -     मेरो भनाइको अर्थ तिमीले गलत लगायौ

जाली       -       कपटी, जालझेल गर्नु -     विक्रम निकै नै जाली मान्छे हो |

कर    -     जिद्दी, तिरो          -     मैले घरको मोटरसाइकलको कर तिरे |

तर    -     संयोजक, दूधको तर, -     आज दूधको तर बाक्लो लागेको छ |

नारी   -     स्त्री, नाडी           -     नारीहरु कोमल हृदयका हुन्छन् |

फल   -     परिणाम, रूखको फल -     आज मैले परिश्रमको फल पाएको छु |

वेला   -     समय, पानी राख्ने भाँडो      -     यति बेला कहाँ गएर आएकी हँ ?   

मेला   -     उत्सव, खेतीको काम -     आज मुखियाको मेलामा जानु छ |

रहर   -     इच्छा, दाल          -     मलाई पनि घुम्नजाने रहर छ |

कल   -     झगडा, मेसिन        -     मेरो भाइ सुन्ने बेलामा सधैँ कल गर्छ |

मास   -     महिना, दाल         -     यसपाली मास निकै फलेको छ |

साँचो -     सत्य, ताला         -     मानिसले सधैँ साँचो बोल्नुपर्छ |

ताल   -     सुर, पोखरी          -     हाम्रो गाउँमा ठूलो ताल छ |

पक्ष   -     पखेटा, पन्ध्र दिन     -     शुक्ल पक्षमा चन्द्रमा बढ्दै गएको हुन्छ |

जाल   -     पासो, झेल          -     माझी जाल बोकेर माछा मार्न हिँड्यो |

साल   -     एक प्रकारको रुख, वर्ष       -     यो साल उपत्यकामा निकै पानी पर्यो |

नाल   -     बन्दुकको नली, फोहोर फल्ने ठाउँ – बन्दुको नालबाट गोली निस्कन्छ |

गोल   -     अँगार, बाटुलो, समूह   -     ल सबै नानीहरू गोलबन्द भएर बस | 

दाना   -     अन्न, बियाँ         -     यी सुन्तलाका दाना कति मिठा रहेछन् |

दल    -     पार्टी, समुद्र         -     नेपालमा धेरै दलहरूले चुनावमा भाग लिन्छन् |

दर    -     भाउ, तिजको अघिल्लो दिन खाइने खाना – यसपाली दर खान आमा माइत जानुभएन |

पुतली -     खेलौना, आखाँको नानी       -     सानी नानी पुतली खेलउँदै छे |

उत्तर -      एउटा दिसा, जवाफ   -     मैले सबै प्रश्नको उत्तर लेखेकी छु |

हार    -     पराजय, माला        -     साग फुटबलमा भारतको हार भयो |

टीका -     तिलक, दसैँ         -     मेरो दाइको दसैँको टीकाको दिन जन्मिनु भएको हो |

 

ङ) तलका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस् :

 

टुप्पो, रात, सुख, छेउ, जन्म, झुल्कनु, थोरै, नास्तिक, उकालो, सज्जन, साँझ, परतन्त्र, मूर्ख, अँध्यारो, प्रश्न, सपना, आफ्नो, लामो, पक्ष, स्वाधीन, शान्ति, सम्मान, सुखद   

 

टुप्पो        -     फेद

रात         -     दिन

सुख         -     दु:ख

छेउ         -     माझ

जन्म        -     मृत्यु

झुल्कनु       -     अस्ताउनु

थोरै         -     धेरै

नास्तिक            -     आस्तिक

उकालो       -     ओरालो      

सज्जन       -     दुर्जन

साँझ         -     विहान

परतन्त्र       -     स्वतन्त्र

मूर्ख         -     ज्ञानी

अँध्यारो      -     उज्यालो

प्रश्न         -     उत्तर

सपना        -     विपना

साहु         -     आसामी  

आफ्नो       -     विरानो

लामो        -     छोटो

पक्ष         -     विपक्ष

स्वाधीन            -     पराधीन

शान्ति       -     क्रान्ति

सम्मान      -     अपमान

सुखद              -     दुखद

 

च) तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

लिपि, शास्त्र, घोषणापत्र, भुजा, कसुर, प्रतिनिधि, डाली, चतुर्भुज, उभयचर, अन्तरिक्ष, प्रजनन, कोष, शल्यक्रिया, विकिरण, निवृत्तिभरण, संसद, कार्यपालिका, फैसला, रोजगारी, भारदार, क्षितिज, भूमध्यरेखा, ब्रह्माण्ड, पाठ्यक्रम, परीक्षा

 

लिपि        -     नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ |

शस्त्र        -     शास्त्रबलभन्दा नैतिकबल नै शक्तिशाली हुन्छ |

घोषणापत्र     -     राजनीतिक दलहरूले चुनावी घोषणापत्र तयार पारेका छन् |

भुजा         -     आमा हजुरले भुजा पकाउनुभयो |

कसुर        -     काकाको हत्याको कसुरमा सन्दिप जेल गएको छ |

प्रतिनिधि     -     हाम्रो गाउँका चुनावी प्रतिनिधिको छनौट आज गरिएको छ |

डाली         -     पहिले हाम्रो घरमा डालीमा चामल राख्ने चलन थियो |

चतुर्भुज       -     चारकोण बन्ने सरल रेखालाई ज्यामितिमा चतुर्भुज भनिन्छ |

उभयचर      -     भ्यागुतो एक उभयचर प्राणी हो |

अन्तरिक्ष     -     धेरै मानिसहरूले अन्तरिक्षको यात्रा गरिसकेका छन् |

प्रजनन             -     महिलाहरूमा प्रजनन क्षमता रहेको हुन्छ |

कोष         -     करुणाले आफ्नो कमाइको पैसा कोषमा जम्मा गरेकी छे |

शल्यक्रिया    -     आज हाम्रो बुबाको पेटको शल्यक्रिया छ |

विकिरण      -     विश्वभरको हावामा दिनदिनै प्रदुषित विकिरण फैलिएको छ |

निवृत्तिभरण   -     सरकाले कर्मचारीहरूलाई निवृत्तिभरणको व्यवस्था गरेको छ |

संसद        -     आज राजदुतको संसदमा सुनुवाई रहेको छ |

कार्यपालिका   -     हालको नेपालको संविधानमा प्रदेश कार्यपालिकाको व्यवस्था छ |

फैसला       -     मुद्दाको फैसला अदालतले गर्छ |

रोजगारी      -     नेपालीहरू रोजगारीका लागि विदेशीन बाध्य छन् |

भारदार             -     दरबारमा भारदारहरूका बीच कलह भइरहन्थ्यो |

क्षितिज       -     त्यो पर क्षितिजमा सुर्यको लाली छायो |

भूमध्यरेखा    -     पृथ्वीलाई भूमध्यरेखाले बीचमा काटेको छ |

ब्रह्माण्ड            -     नेपाल ब्रम्हाण्डको एउटा सानो अंश हो |

पाठ्यक्रम     -     हाम्रो पाठ्यक्रम परिवर्तन भएको छ |

परीक्षा        -     मैले परीक्षा राम्रो लेखेकी छु |

 

छ) कोष्ठकबाट मिल्ने शब्द छानी खाली ठाउँ भर्नुहोस् :

१) फल अनेकार्थी शब्द हो | (अग्नि, फल, इर्ष्या)

२) दिशा अनेकार्थी शब्द होइन | (कल, दिशा, काम)

३) 'फूल' शब्दको अर्थ पुष्प हो | (अण्डा, पुष्प, पल्लव)

४) चार अनेकार्थी शब्द होइन | (हार, चार, सुर)

५) कदम शब्दको अर्थ पाइला हो | (हात, पाइला, शिर)

 

ज) तलका श्रुतिसमभिन्नार्थी शब्दको अलगअलग अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् :

 

यस – यश, कोस – कोश, शाला – साला, पट्टि – पट्टी, सित – शीत, पाली – पालि

 

यस – यो     - यसपाली हामी दसैँमा मामाघर जाने |

यश – कीर्ति   - देवकोटाले विश्वमा यश फैलाएका छन् |

कोस – दुरी    - एक दिनमा म तीन कोस हिँड्न सक्छु |

कोश – सङ्ग्रह - विश्वमा धेरै भाषाका शब्दकोश प्रकाशित छन् |

शाला – ठाउँ   - यो पाठशाला ज्यादै राम्रो छ |

साला – श्रीमतीको भाइ – मेरा साला अमेरिकामा पढ्छन् |

पट्टि – तर्फ    - झ्यालपट्टि फर्केर सुत्यो भने सितल हुन्छ |

पट्टी – बाँध्ने कपडा – हातमा चोट लागेकाले कोमलले पट्टी बाँधेको छ |

सित – सँग    - म गोमासँग बजार गएकी थिएँ |

शीत – पानीको थोपा – फूलमा पारेको शीत मोतीजस्तै टल्कन्छ |

पाली – अर्माली – अब पाली मात्र छाउन बाँकी छ |

पालि – पटक - यसपालीको विदामा हामी पोखरा घुम्न जानेछौं |

 

 

 

 

सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना

धन्यवाद



.

Very Short Questions

0%

ASK ANY QUESTION ON पाठ १६ नेल्सन मण्डेला

No discussion on this note yet. Be first to comment on this note