Notes on पाठ १६ नेल्सन मण्डेला | Grade 10 > Nepali > नेल्सन मण्डेला | KULLABS.COM

पाठ १६ नेल्सन मण्डेला

  • Note
  • Things to remember

व्याकरण :

 

शब्दभण्डार : शब्द

१) पर्यायवाची – समान अर्थ दिने शब्दहरूलाई पर्यायवाची शब्द भनिन्छ | एउटा पर्यायवाची शब्दका ठाउँमा अर्को पर्यायवाची शब्द प्रयोग गर्दा वाक्यको अर्थमा खास फरक पर्दैन |

जस्तै :-

  • यो गीत असाध्यै राम्रो छ |
  • यो गीत अति राम्रो छ |
  • यो गीत ज्यादै राम्रो छ |
  • यो गीत निकै राम्रो छ |

नेपालीका केही पर्यायवाची शब्दहरू :

  • अक्कल – खुबी, क्षमता, बुद्धि, चतुर्याइँ, समझ
  • अमृत – पीयूष, सुधा
  • गुरु – शिक्षक, अध्यापक, आचार्य
  • ढुङ्गो – पत्थर, पाषाण, शीला
  • गरिमा – महत्व, गुरुत्व, गौरव आदि |

 

२) विपरीतार्थक शब्द – दुई शब्दबीच परस्पर उल्टो अर्थ हुनेलाई विपरीतार्थक शब्द भनिन्छ | विपरीतार्थक शब्दले गुणात्मक मात्राको भिन्नता अथवा विकल्प (एउटाको सट्टामा अर्काको प्रयोग) को भिन्नता देखिन्छ | जस्तै :-

  • दाइलाई व्यापारबाट निकै नाफा भएको छ |
  • दाइलाई व्यापारबाट निकै नोक्सान भएको छ |

 

केही विपरीतार्थक शब्दहरू :

खण्ड – अखण्ड                   नूतन – पुरातन

विनम्र – घमण्डी            उन्नति – अवनति

सुलभ – दुर्लभ       संयोग – वियोग

राजा – रैती         उदार – सङ्कीर्ण

अर्पण – ग्रहण        चलाख – जुम्सो  आदि |

 

३) अनेकार्थी शब्द – दुई वा दुईभन्दा बढी अर्थ हुने शब्दलाई अनेकार्थी शब्द वा अनेकार्थक शब्द भनिन्छ | यस्ता शब्दले विषय वा प्रसङ्गअनुसार फरक-फरक अर्थ प्रदान गर्दछन् | जस्तै :-

  • अर्थ – मतलब उत्तर – जवाफ
  • अर्थ – धन उत्तर – एउटा दिशा
  • काल – समय जाल – झेल  
  • काल – मृत्यु जाल – पासो
  • पुतली – रङ्गीन उड्ने किरो पुतली – खेलौना
  • पुतली – आँखाको नानी

 

४) अनुकरणात्मक शब्द – कुनै आवाज, दृश्य वा क्रियाको अनुकरण गर्ने अथवा नक्कल बुझाउने शब्दलाई अनुकरणात्मक शब्द भनिन्छ | जस्तै :-

अकमक्क, अलमल्ल, कुपुकुपु. खुत्रुक्क, गर्ल्यामगुर्लुम, घ्याच्च, कलकल, चुर्लुम्म, फ्यात्त आदि |

केही प्रचलित अनुकरणात्मक शब्द र तिनको वाक्यमा प्रयोग :

टक्क (अडिनु) – आमाले बोलाएपछि भाइ बाटोमा टक्क अडियो |

प्याट (कुट्नु) – मैले बहिनीलाई प्याट कुटे |

फुत्त (निस्कनु) – मुसो दुलोबाट फुत्त निस्कियो |

निथ्रुक्क (भिज्नु) – तृष्णा पानीमा निथ्रुक्क भिजिन |

झ्याइँकुटी (उचालेर लैजानु) – पुलिसले चोरलाई झ्याइँकुटी पार्दै लगे |

 

५) श्रुतिसमभिन्नार्थक शब्द – बोल्दा वा लेख्दा उस्तैउस्तै रूप भएका जस्ता लाग्ने तर अर्थमा भने निकै भिन्नता पाइने शब्दलाई श्रुतिसमभिन्नार्थक शब्द भनिन्छ | यस्ता शब्दलाई समरूपी पनि भनिन्छ तापनि यी लेखाइमा भिन्न नै हुन्छन् |

जस्तै :-

कुल – वंश             कूल – किनार

खाक – खरानी    खाग – गैँडाको सीङ

जति – जात      जाती – राम्रो

गुन – उपकार     गुण – विशेषता

कोट – लुगा      कोत – बलि दिने ठाउँ

 

अन्य –

दिशा – दिसा,     पट्टि – पट्टी,   टाटो – तातो, प्रदान – प्रधान,  बन्दा – बन्डा,

पाटो - पातो      बिना – बिणा, देखि – देखी, टार – तार,    बन्चरो – बनचरो

आदि श्रुतिसमभिन्नार्थक शब्दहरू हुन् |



.

Very Short Questions

0%

ASK ANY QUESTION ON पाठ १६ नेल्सन मण्डेला

No discussion on this note yet. Be first to comment on this note