Notes on पाठ १६ नेल्सन मण्डेला | Grade 10 > Nepali > नेल्सन मण्डेला | KULLABS.COM

पाठ १६ नेल्सन मण्डेला

Notes, Exercises, Videos, Tests and Things to Remember on पाठ १६ नेल्सन मण्डेला

Please scroll down to get to the study materials.

Registration open for Special Scholarships

  • Note
  • Things to remember

व्याख्या गर्नुहोस् :

क) मानिसका लागि सबैभन्दा प्यारो कुरा स्वतन्त्रता हुन्छ |

उत्तर –

       माथि प्रस्तुत वाक्यले मानिसका लागि प्रिय मानिने अवस्थाहरू मध्येमा स्वतन्त्रतालाई बढी महत्व दिइने आशय व्यक्त गरेको छ | यस धर्तीमा जन्म लिएको जुनसुकै मानिसलाई पनि बाँच्नका लागि विभिन्न अवस्थाहरू चाहिन्छन् | मानिस बाँच्न त स्वाधीन वा पराधीन जस्तो अवस्थामा पनि बाँच्छ तर चयन गर्न लगाउने हो भने प्रत्येक मानिसले स्वाधिनतालाई नै रोज्दछ | पराधीन अवस्थामा मानिस अरूका लागि बाँचिदिएको हुन्छ भने स्वाधीन अवस्थामा सबै मानिस आफ्ना लागि पनि बाँच्ने गर्छन् | खान नपाउनु, काम गर्न नपाउनु, पढ्न नपाउनु, रोगको उपचार गर्न नपाउनु आदिभन्दा बढी कष्टकर चाहिँ स्वतन्त्र हुन नपाउनु मानिन्छ | त्यसैले प्रत्येक मानिसका लागि सबैभन्दा प्यारो कुरा स्वतन्त्रता नै हुन्छ |

      स्वतन्त्रता पाएका अवस्थामा प्रत्येक व्यक्तिमा नौला नौला उमङ्ग, जोश, जाँगर, योजना, विवेक आदिको जान्म हुन्छ र मानिसले आफ्नो लगायत अरूको पनि हित गर्न सक्दछ | स्वतन्त्रताका अभावमा मानिसले मानिसजस्तो भएर बाँच्न पनि पाउँदैन | पराधीन अवस्थामा प्रत्येक मानिस जिउँदो लाश बराबर भएर रहन पुग्दछ | 

 

ख) देश र जनताको सेवा गर्नलाई पद नै चाहिन्छ भन्ने छैन |

उत्तर –

      यस वाक्यले काम गर्ने मानिसले पदभित्र वा पदबाहिर जहाँ बसेर पनि काम गर्न सक्छ तर काम नगर्ने मानिस 'नदिने बज्यै आइतबार बार्छिन्' भन्ने स्वभावगत चरित्र देखाउन थाल्छन् | अरूका सेवामा आफूलाई समर्पित गर्न चाहने व्यक्तिले पदको लोभ गरिरहनु आवश्यक देखिदैन | राजनैतिक क्षेत्रबाट देश र जनताको भलाइ गर्न चाहनेले म यस्तो पद पाए काम गर्छु र पद नपाए काम गर्दिन भन्न सुहाउँदैन | नेल्सन मण्डेलाले सन् १९९४ सालमा एक कार्यकालका लागि राष्ट्रपति बनेर काम गरेपनि अर्को कार्यकालका लागि भने उनले पदको लोभ गरेनन् | उनले आफ्ना मित्रलाई अर्को कार्यकाल सुम्पिए |

      नेल्सन मण्डेलाकै जस्तो देश र जनताको हितका पक्षमा काम गर्न चाहने सम्पूर्ण राजनैतिक व्यक्तित्वहरूले आफूले कुनै महत्वपूर्ण पद वा ठाउँ पाएदेखि यसो गर्थे, उसो गर्थे भनेर हिड्नु त्यति राम्रो मानिदैन | देश र जनताका लागि गरिने काम पदभन्दा बाहिर रहेर पनि गर्न सकिन्छ | पद नै चाहिन्छ भन्ने भावना राख्नु राम्रो मानिदैन |

 

विवेचनात्मक उत्तर दिनुहोस् :

क) दक्षिण अफ्रिकी जनताको मुक्तिका लागि नेल्सन मण्डेलाले कस्तो भूमिका निर्वाह गरे ? सविस्तार वर्णन गर्नुहोस् |

उत्तर –

      'नेल्सन मण्डेला' शीर्षक जीवनी कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समावेश छ | यस जीवनीका लेखक यसै पाठ्यपुस्तक लेखक तथा सम्पादकहरू हुन् | उनीहरूले नेपाली भाषा र साहित्यका क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् | यस जीवनीमा नेल्सन मण्डेलाका विभिन्न किसिमका परिचय प्रस्तुत गर्नुका साथै गोराहरूको उपनिवेशबाट दक्षिण अफ्रिका र अफ्रिकी जनताहरूलाई स्वाधीन पार्न मण्डेलाले गरेको सङ्घर्षकका बारेमा पनि चर्चा गरिको छ | सन् १९१८ मा जन्मिएका नेल्सन मण्डेला दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाउन उनलेले गरेका अनगिन्ति प्रयासहरूका साथै उनको जीवनको आरोह अवरोहलाई यस जीवनीमा प्रस्तुत गरिएको छ | देश र जनताको सेवामा सदैव तल्लीन प्रथम अश्वेत दक्षिण अफ्रिकी राष्ट्रपति मण्डेलाको  सन् २०१३ मा निधन भयो |

      बाहिरबाट आएका गोरा जातिहरूले दक्षिण अफ्रिकाका मूल जातिहरूमाथि अनेकौँ यातना दिने र अमानवीय व्यवहार गर्ने गरेका थिए | मण्डेलालाई सानैदेखि उनीहरूको यस्तो व्यवहार मनपरेको थिएन | आफ्नो देश र जनताहरूलाई स्वतन्त्रता दिलाउन मण्डेलाले स्वदेश, विदेश, जेलभित्र र जेलबाहिरबाट अथक परिश्रम गरी आफ्नो लक्ष्य पूरा गरेको यथार्थ पनि यस जीवनीमा व्यक्त भएको छ | मण्डेला जन्मिएको समयमा दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराजातिहरूको निरङ्कुश शासन थियो | दक्षिण अफ्रिकाका मूल काला जातिहरूले चाहिँ गोराहरूका दास भएर बस्नु परेको थियो | बाहिरी मुलुकबाट दक्षिण अफ्रिका पुगेका गोराहरूद्वारा संचालित शासन बढी नै निरङ्कुश, दमनकारी, अन्यायी, अत्याचारी, पक्षपती थियो | रङ्गभेदी श्वेत सरकारका शासनकालमा दक्षिण अफ्रिकाका मूल जाति बहुसङ्ख्यक कालाहरूको अवस्था साह्रै नै दयनीय थियो | यसरी गोराहरूले आफ्नो देशमा आएर दक्षिण अफ्रिकीहरूमाथि गरेको शासन मण्डेलालाई पटक्कै मन पारेको थिएन | आखिरमा उनले रङ्गभेदी सरकारको विरुद्धमा सङ्घर्ष गर्नैपर्ने अठोट गरे |

            आफ्नो अठोट र लक्ष्यअनुसार मण्डेलाले रङ्गभेदी श्वेत सरकारको विरोध कार्य शुरु गरे | उनले शुरु गरेको कार्यले मण्डेलालाई फाइदा पुग्ने नभएर दक्षिण अफ्रिका राष्ट्र र सम्पूर्ण दक्षिण अफ्रिकी जनतालाई नै फाइदा पुग्ने खालको थियो | जीवनमा आफूले अनेकौं यातना, दु:खकष्ट, दण्डसजाय सहेर उनले सङ्घर्षलाई अघि बढाए | यसैक्रममा उनले जीवनको महत्वपूर्ण अंश सत्ताइस वर्ष जेलमा बसेर बिताए | जेलमा पनि उनलाई श्वेत सरकारको विरोध गरेको लगायतको अनकौं आरोपहरू लगाएर कडाभन्दा कडा काम गर्न लगाइन्थ्यो | जेलभित्र भएपनि जेलबाहिर भएपनि उनले गोराहरूको शासनको विरोध गर्न छाडेनन् | उनले गरेको सङ्घर्षको परिणामस्वरुप दक्षिण अफ्रिका र त्यहाँका जनताहरू स्वाधीन भए |

      मण्डलाले जुन समयमा रङ्गभेदी श्वेत सरकारको विरोध शुरु गरेका थिए, त्यो अत्यन्तै उपयुक्त र आवश्यक पनि थियो | गोराहरूले शासन शुरु गरेकै बेलादेखि दक्षिण अफ्रिकी जनताहरूले उक्त शासनको विरोध शुरु गरेका थिए तर मुलुकमा एक दृढनिश्चयी, आत्मविश्वासी, निडर, साहसी नेतृत्व दिने व्यक्तिको खाँचो थियो जसलाई मण्डेलाले पूरा गरिदिए | देश र जनताको स्वाधीनताका लागि मण्डेलाले निर्वाह गरेको भूमिका अति उपयोगी देखिन्छ | उनले उक्त क्रान्तिका अग्रणी भएर नेतृत्व नदिएका भए दक्षिण अफ्रिकामा अझै पनि स्वतन्त्र नहुन सक्थ्यो भन्नु अत्युक्ति नहोला |

 

ख) 'मण्डेला एक सङ्घर्षशील राजनीतिक योद्धा हुन्' भन्ने कुरालाई पुष्टि गर्नुहोस् |

उत्तर –

      'नेल्सन मण्डेला' शीर्षक जीवनी कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समावेश छ | यस जीवनीका लेखक यसै पाठ्यपुस्तक लेखक तथा सम्पादकहरू हुन् | उनीहरूले नेपाली भाषा र साहित्यका क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् | यस जीवनीमा नेल्सन मण्डेलाका विभिन्न किसिमका परिचय प्रस्तुत गर्नुका साथै गोराहरूको उपनिवेशबाट दक्षिण अफ्रिका र अफ्रिकी जनताहरूलाई स्वाधीन पार्न मण्डेलाले गरेको सङ्घर्षकका बारेमा पनि चर्चा गरिको छ | सन् १९१८ मा जन्मिएका नेल्सन मण्डेला दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाउन उनलेले गरेका अनगिन्ति प्रयासहरूका साथै उनको जीवनको आरोह अवरोहलाई यस जीवनीमा प्रस्तुत गरिएको छ | देश र जनताको सेवामा सदैव तल्लीन प्रथम अश्वेत दक्षिण अफ्रिकी राष्ट्रपति मण्डेलाको  सन् २०१३ मा निधन भयो |

      दक्षिण अफ्रिकाका प्रथम अश्वेत जननिर्वाचित राष्ट्रपति नेल्सन मण्डेलाको जीवनीबाट के थाहा हुन्छ कि मण्डेला एक सङ्घर्षशील राजनीतिक योद्धा हुन् | आफ्नो देश र त्यहाँका जनताहरूलाई गोराहरूको अन्याय र अत्याचारबाट मुक्त गर्न उनले निकै ठूलो सङ्घर्ष र त्याग गर्नुपर्यो | सङ्घर्षलाई सफलता दिन उनी शोषितपीडित जनताहरूलाई चेतनशील बनाउने कार्यमा सक्रिय भए | जनताको मुक्ति र स्वाधीनताका लागि निरन्तर सरकारका विरोधमा लागेकाले उनलाई धेरैपटक जेल सजाय र कठोर यातना दिइयो तर उनले हरेश खाएनन् | पहाडझैँ अटल व्यक्तित्वका धनी मण्डेलाले काला जातिमाथि गरिएको अमानवीय दमनको विरुद्धमा मनोबल तयार गर्ने कार्य गरेकोले उनलाई राजद्रोहीको अभियोगमा कानुनी कारवाही गरियो | यसपछि उनी भूमिगत रूपमा पुलिसको नजरबाट आफूलाई जोगाउँदै हड्ताल एवम् विरोध कार्यक्रमहरूको आयोजनामा लागे | अत्याचारी शासनको अन्त्य गर्न सम्पूर्ण काला जातिहरू एक ढिक्का हुन थाले | विस्तारै-विस्तारै मण्डेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन र सहयोग पनि प्राप्त हुन थाल्यो | उनले लुकीछिपी देशभरिका श्रमिक, मजदुर, किसान, विद्यार्थी आदि सबैलाई सङ्गठित गराउँदै देशभरि क्रान्तिको विगुल घन्काए | सन् १९६२ मा पुलिसद्वारा समातिएका मण्डेला सन् १९६४ मा आजीवन कारावासमा परे |

       मण्डेलाले आजीवन कारावासको सजाय पाएको समाचार विश्वभरि फैलिएपछि जताततैबाट मण्डेलाको रिहाइको माग हुन थाल्यो | श्वेत सरकारले मण्डेलालाई ससर्त जेलमुक्त गर्ने घोषणा गरेपनि मण्डेलाले यसलाई स्वीकार गरेनन् | उनी देश र जनताले स्वाधीनता नपाउन्जेल आफ्नो क्रान्ति सफल भएको मान्ने पक्षमा थिएनन् | सन् १९९० मा जेलमुक्त गरिएकोले उनको यस मुक्तिलाई हरेक निरङ्कुश शासकको हार र स्वतन्त्रताप्रेमी जनताको जीत मानियो | उनको यस मुक्तिले रङ्गभेदी श्वेत सरकारको पतन भयो | उनको यही सफलताले गर्दा मण्डेला एक सङ्घर्षशील राजनीतिक योद्धा हुन् भन्ने कुरा स्वत: पुष्टि हुन जान्छ |     



.

Questions and Answers

Click on the questions below to reveal the answers

0%

ASK ANY QUESTION ON पाठ १६ नेल्सन मण्डेला

No discussion on this note yet. Be first to comment on this note