Notes on घरको माया | Grade 10 > Nepali > घरको माया | KULLABS.COM

घरको माया

  • Note
  • Things to remember
  • Exercise

 

घरको माया

लेखकको परिचय :

नाम               - भीमनिधि तिवारी

जन्म              - वि.सं. १९६८ डिल्लिबजार काठमाडौँ

अध्ययन          - आई.ए सम्म

राष्ट्रियता         - नेपाली

पेशा                 - कवि, उपन्यासकार, नाटककार

मृत्यु                 - वि.सं. २०३० 

 

जीवनी :

उनको जन्म वि.सं. १९६८ फागुन मसान्तमा काठमाडौँ डिल्लीबजारमा भएको थियो। पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाए। राणाकालीन समयमा आफ्नै रूचिमा पाठशाला खोलेर चलाउने शिक्षाप्रेमी तिवारीले वि.सं. १९९५मा नेपाली साहित्य प्रेस खोले। वि.सं. २००६ सालतिर नेपाल नाटक सङ्घ खोले। आई. ए. सम्म गरेका तिवारी ३२ वर्ष सरकारको अटुट सेवा गरेर उपसचिव पदमा पुगेपछि सेवा निवृत्त भए। उनले दुई विवाह गरेको थिए।

 

 कृतिहरू :

  • उनको पहिलो रचनाका : वि. सं. १९९१ मागोरखापत्रमा 'कविता हरायो' शीर्षकको कविता प्रकाशित भएको थियो। उनले नाटक, काव्य र कथा बढी कलम चलाएको देखिन्छ।
  • उनका काव्यात्मक कृतिहरू : तर्पण (शोककाव्य, वि.सं. १९९४), कवितानन्द (कवितासंग्रह, वि.सं. २०१०), वरशिक्षा (औपदेशिक काव्य, वि.सं. २०१२), यशस्वी शव (शोककाव्य, वि.सं. २०१३), विस्फोट (कवितासंग्रह, वि.सं. २०१७), कविता कुन्ज (कवितासंग्रह, वि.सं. २०२०), सिंहदरबार (कवितासंग्रह, वि.सं. २०२५), बत्तीसपुतली (चुट्कीला संग्रह, वि.सं. २०२७), चाडवाड आदि हुन्।
  • उनका अन्य कृतिहरू : तिवारीका अप्रकाशित कविता (कविता संग्रह), सहनशीला सुशीला (नाटक, वि.सं. १९९८), आदर्श जीवन (नाटक, वि.सं. २००८), पुतली (नाटक, वि.सं. १९९९), काशीबास (नाटक, वि.सं. २०१०), किसान (नाटक, वि.सं. २००३),  आत्महत्या (नाटक), महाराज भूपतिन्द्र (नाटक), चौतारा लक्ष्मीनारायण (नाटक, वि.सं. २०२४), शिलान्यास (नाटक, वि.सं. २०२३), नोकर (नाटक, वि.सं. २०१४), सिद्धार्ध गौतम (नाटक, वि.सं. २०१३), सत्य हरिश्चन्द्र (नाटक, वि.सं. २०१३), माटोको माया (नाटक), आदि हुन् |

 

पुरस्कार :

  • विस्फोट नामक पद्यविधाको ग्रन्थका लागि उनले वि.सं. २०१७ सालमा'मदन पुरस्कार' प्राप्त गरेका हुन् ।
  • वि.सं. २००९ मा 'गो.द.बा'
  • वि.सं. २०२२ मा 'त्रिशक्ति पट्ट'
  • वि.सं. २०१३ मा 'शुभराज्याभिषेक पदक', 'जानपद सेवा पदक', 'जानपद दीर्घसेवा पट्ट'
  • वि.सं. २०२४ मा निदरल्यान्ड्सकी महारानीबाट 'अफिसर अफ द अर्डर अफ अरेञ्ज नासौको' उपाधी पाएका थिए।

 

एकाङ्की परिचय :

प्रस्तुत घरको माया एउटा ज्यादै संवेदनशील विषयमा  आधारित उनको एउटा स्तरीय एकाङ्की हो | आफ्नो प्यारो जन्मभूमि नेपाललाई असाध्यै माया गर्ने भीमनिधि तिवारीले नेपाल बाहिर विदेशी भूमिमा केही नेपाली गाउँलेहरूलाई भेला गराएर तिनीहरूका बीच संवाद गराएका छन् |

नेपालीहरू आफ्नो घरको कमजोर आर्थिक अवस्थालाई सुधार्नुका लागि धन कमाउने उदेश्यले विदेशतर्फ जाने गर्दछन् भन्ने कुरालाई नाटककारद्वारा यस एकाङ्कीमा एकातर्फ देखाइएको छ भने अर्कातर्फ विदेशमा पनि भनेजस्तो राम्रो र सन्तोषजनक काम पाउँन नसक्दा दु:ख कष्ट झेल्नु पुग्दछन् भन्ने यथार्थलाई प्रष्ट रूपमा औंल्याइएको छ | आफू जन्मिएको देशलाई कसैले कहिल्यै भुल्नुहुँदैन भनी देशप्रतिको मायालाई एकाङ्कीले देखएको छ | नेपाली हृदयका लागि विदेश भनेको सुन र हिरा नै फल्ने भए पनि नरककुण्ड जस्तै हो र स्वदेश भनेको रूखो जमिन भए पनि स्वर्गसमान हुन्छ | देशभक्तिपूर्ण भावनाले प्रेरित मार्मिक सन्देश यस एकाङ्कीले दिएको छ |  नेपालीहरू आफ्नो घरको कमजोर आर्थिक अवस्थालाई सुधार्नुका लागि धन कमाउने उदेश्यले विदेशतर्फ जाने गर्दछन् भन्ने कुरालाई नाटककारद्वारा यस एकाङ्कीमा एकातर्फ देखाइएको छ भने अर्कातर्फ विदेशमा पनि भनेजस्तो राम्रो र सन्तोषजनक काम पाउँन नसक्दा दु:ख कष्ट झेल्नु पुग्दछन् भन्ने यथार्थलाई प्रष्ट रूपमा औंल्याइएको छ | त्यस्तै यस एकाङ्कीमा 'घर' शब्दले आफ्नो देश र 'माया' शब्दले आफ्नो देशप्रतिको गहिरो प्रेमको भावनालाई सङ्केत गरेको छ | अर्थात् आफू जन्मिएको देशलाई कसैले कहिल्यै भुल्नुहुँदैन भनी देशप्रतिको मायालाई एकाङ्कीले देखएको छ | नेपाली हृदयका लागि विदेश भनेको सुन र हिरा नै फल्ने भए पनि नरककुण्ड जस्तै हो र स्वदेश भनेको रूखो जमिन भए पनि स्वर्गसमान हुन्छ | आफ्नै देशमा रमाउँदै, हाँस्दै र खेल्दै परिश्रम गरी उन्नतिको मार्गमा लम्कदा मात्र आफ्नो र आफ्नो देशको उन्नति एवं प्रगति हुन्छ भन्ने देशभक्तिपूर्ण भावनाले प्रेरित मार्मिक सन्देश यस एकाङ्कीले दिएको छ |  

 

 



  • भीमनिधि तिवारीको जन्म वि.सं. १९६८ फागुन मसान्तमा काठमाडौँ डिल्लीबजारमा भएको थियो।
  • घरको माया एउटा ज्यादै संवेदनशील विषयमा  आधारित उनको एउटा स्तरीय एकाङ्की हो |
  • आफू जन्मिएको देशलाई कसैले कहिल्यै भुल्नुहुँदैन भनी देशप्रतिको मायालाई एकाङ्कीले देखएको छ |
.

Very Short Questions

आदर्शवादी नाटककार भिमबिधि तिवारीका रचना नेपाली समाजको यथार्थलाई चित्रण गरेको पाइन्छ | संस्कृतमा एउटा उक्ति छ, 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' अर्थात् जन्म दिने आमा र आफू जन्मिएको भूमि स्वर्गभन्दा पनि ठूला हुन्छन् | यही अर्थपूर्ण एवं मार्मिक भावलाई घरको माया एकाङ्कीले ग्रहण गरेको देखिन्छ | आर्थिक अभावका करण विदेशिएका नेपालीहरू त्यहाँ हावापानी र खाद्यपदार्थ आफ्ना अनुकुल नभएपछि विरक्तिन्छन् र आफ्नै जन्मभूमिको स्मरण गर्दछन् | आफ्नो गाउँ, इष्टमित्र, रीतिरिवाज, कलासंस्कृति जस्ता वास्तुहरूप्रतिको मोह व्यक्त गर्दछन् | उनीहरू आफ्नो पन्चेबाजा, खोलाको मीठो पानी, चौतारीको शितल हावा, आफ्ना चाडपर्व, तीर्थव्रत, पर्वमेला हरपल सम्झीरहन्छन् | विदेशी सुखसयल जतिनै भए पनि आफ्नै देशको मकै गुन्द्रुक खाएर भएपनि आफ्नै घरको छानो छाउनुपर्छ, आफ्नै माटोमा पसिना बगाउनु पर्छ, आफ्नै संस्कृतिमा रमाउनुपर्छ, आफ्नो घर बन्यो भने मात्र आफूलाई सुख हुन्छ भनी गहिरो देशप्रेम यस एकाङ्कीमा देखाइएको छ |

 

घरको माया एकाङ्कीको एक पात्र लालबहादुर पहिले-पहिले चाहिँ सपनामा पनि आफ्नो गाउँ फर्कन चाहँदैनथ्यो | आफ्नो गाउँबाट कान्छो र बतासे समेत आफू भएको ठाउँमा आइपुगेका हुन्छन् साथै बतासेका कुराले कान्छो, बतासे र जमानसिंह सबै घर फर्कने अठोटसाथ उनलाई एक्लै छोडेर हिँड्छन् | आफ्नो मन मिल्ने साथी वा मीत जमानसिंहले समेत उसलाई छोडेपछि अब उसलाई त्यहाँ कुनै प्रकारको खुशी तथा आनन्द प्राप्त नहुने भयो | अरू सबै आफ्नो गाउँघरमा पुगेर आनन्दसाथ रमाइलो मान्दै जीवन बिताउने भए तर आफू चाहिँ फाँटमा अल्मलिएको गोरुजस्तै पसिना चुहाईचुहाई बाटो नपाएर घुमिरहनुपर्ने, रुमल्लिरहनुपर्ने भएकोले अन्त्यमा लालबहादुरको मन पनि परिवर्तन भयो |

 

बतासले आफ्नो गाउँघरप्रति अगाध माया देखाएकी छे | आफ्नो गाउँघर भनेको आफ्नै हो र त्यहाँ जे जस्तो भए पनि राम्रो हुन्छ, प्यारो हुन्छ, प्रिय हुन्छ, सुन्दर हुन्छ | आफ्नो गाउँघरको हावा, पानी, माटो बरको छाया, उकाली-ओराली सबै राम्रा हुन्छन् | जे खाए पनि मीठै हुन्छ | मेहनत पनि आफ्नै माटामा गर्ने, सेवा पनि आफ्नै गाउँका दाजुभाइको गर्ने जति उब्जनी निकाल्न सकिन्छ त्यो आफ्नै खेतबारीबाट निकाल्ने आदि कुराहरू गर्दै बतासले आफ्नो गाउँघरप्रति माया देखाएकी छे |

 

'घरको माया' शीर्षक एकाङ्कीमा प्रयोग भएको उक्त वाक्य लालबहादुरले भनेको हो | लालबहादुर आफ्नो गाउँघरदेखि दिक्क भएको थियो | ऊ कुनै हालतमा पनि आफ्नो गाउँ फर्कन चाहँदैनथ्यो | जमानसिंह चाहिँ आफ्नो देश फर्कने विचारमा थियो | जमानसिंह घर फर्कन चाहे पनि लालबहादुरले त्यसलाई मनपराएको थिएन | लीलबहादुरको मनलाई भने उसको गाउँघरले आकर्षित गरेको थिएन | जमानसिंहहरूलाई उनीहरूको गाउँघरको मायाले तातेको छैन भन्ने बुझाउन लालबहादुरले उक्त वाक्य प्रयोग गरेको हो | त्यसैले उक्त वाक्यको तात्पर्य केहीलाई गाउँघरको मायाले ताने पनि केहीलाई तान्न सक्दैन भनी बुझ्न सकिन्छ |

नेपालीहरू आफ्नो घरको कमजोर आर्थिक अवस्थालाई सुधार्नुका लागि धन कमाउने उदेश्यले विदेशतर्फ जाने गर्दछन् भन्ने कुरालाई नाटककारद्वारा यस एकाङ्कीमा एकातर्फ देखाइएको छ भने अर्कातर्फ विदेशमा पनि भनेजस्तो राम्रो र सन्तोषजनक काम पाउँन नसक्दा दु:ख कष्ट झेल्नु पुग्दछन् भन्ने यथार्थलाई प्रष्ट रूपमा औंल्याइएको छ | त्यस्तै यस एकाङ्कीमा 'घर' शब्दले आफ्नो देश र 'माया' शब्दले आफ्नो देशप्रतिको गहिरो प्रेमको भावनालाई सङ्केत गरेको छ | अर्थात् आफू जन्मिएको देशलाई कसैले कहिल्यै भुल्नुहुँदैन भनी देशप्रतिको मायालाई एकाङ्कीले देखएको छ | नेपाली हृदयका लागि विदेश भनेको सुन र हिरा नै फल्ने भए पनि नरककुण्ड जस्तै हो र स्वदेश भनेको रूखो जमिन भए पनि स्वर्गसमान हुन्छ | आफ्नै देशमा रमाउँदै, हाँस्दै र खेल्दै परिश्रम गरी उन्नतिको मार्गमा लम्कदा मात्र आफ्नो र आफ्नो देशको उन्नति एवं प्रगति हुन्छ भन्ने देशभक्तिपूर्ण भावनाले प्रेरित मार्मिक सन्देश यस एकाङ्कीले दिएको छ |  

0%

ASK ANY QUESTION ON घरको माया

No discussion on this note yet. Be first to comment on this note