Notes on यन्त्रमानव | Grade 10 > Nepali > यन्त्रमानव | KULLABS.COM

यन्त्रमानव

  • Note
  • Things to remember
  • Exercise

 

यन्त्रमानव

source:Michael's Review of the Week fig:robot
source:Michael's Review of the Week         fig:robot

 

   विज्ञानले मानिसका लागि सहायक हुने अनेकौँ साधन, वस्तु तथा प्रविधिको आविष्कार र विकास गरेको कुरातर्फ हामी सबैको ध्यानाकर्षणगरेको छ | हुन पनि विज्ञानले सामान्यभन्दा सामान्य कुरा र क्षेत्रदेखि असामान्य र असम्भव मानिएका क्षेत्रहरूसम्म आफ्नो कार्य विस्तार गरी यस संसारका समस्त मानिसहरूलाई प्रसस्त सहयोग पदान गरेको छ | विज्ञानले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सन्चार, विद्युतको क्षेत्र, खानेपानी आदि सम्पूर्ण क्षेत्रका कार्यहरूसँग सम्बन्धित अनेकौँ साधनहरूको निर्माण गरेर झन् बढी सहयोगको विस्तार गरेको छ | यन्त्रमानवको आविष्कार, विकास र प्रयोग नहुँदा मानव जति सभ्य थियो यसको प्रयोगले मानवसभ्यतामा झन् अभिवृद्धि गरेको छ | यस यन्त्रमानवबाट मानिसले व्यक्तिगत, पारिवारिक, सामाजिक, औद्योगिक, कृषि आदि जस्ता क्षेत्रदेखि लिएर अति जटिल क्षेत्रहरूसम्मका कार्यबाट फाइदा लिन सकेको छ | त्यसैले यसको प्रयोगलाई बढाउन सकेमा यसले मानवलाई अझ सभ्य बन्न महत्वपूर्ण सहयोग दिन सक्छ | मानिस र विज्ञानले दिनानुदिन नयाँ- नयाँ आविष्कार र विकासका कार्यहरू गरिरहेको वर्तमान परिप्रेक्ष्यमा यन्त्रमानवको निर्माणले सुनमा सुगन्धको काम गरेको छ |

 

 



  • समय गतिशील छ, यस्तो समयको गतिसँगै मानव मस्तिष्कमा पनि नवीन सोंच र ज्ञानको सिर्जना हुँदै गयो | 
  • यन्त्रमानवले मानिसलाई विकासनिर्माण र सुरक्षाका कामदेखि लिएर बिरामीको शल्यक्रिया गर्ने जस्ता संवेदनशील कार्यमा समेत सहयोग पुर्याएको पाइन्छ | 
  • यन्त्रमानव भने एक कृत्रिम यान्त्रिक उपकरण हो ,यसले निरन्तर कार्यसम्पादन गर्न सक्छ|
  • विज्ञानले गरेका उन्नति र उपलब्धिलाई हामीले आत्मसात गर्नुपर्छ |
.

Very Short Questions

समय गतिशील छ, यस्तो समयको गतिसँगै मानव मस्तिष्कमा पनि नवीन सोंच र ज्ञानको सिर्जना हुँदै गयो | खहरेमा बढी आउँदा डिलमा बसेर खोला तर्न नसकी हेरिरहने, आकाशमा उडेको चरा र नदीमा पौदिएको माछाको गतिलाई देरेर आफू पनि त्यस्तै स्वच्छन्द रूपमा गतिशील बनी अघि बढ्ने परिकल्पना गरी हिडेको मान्छेको आफ्नो कडा परिश्रम र बौद्धिक ज्ञानका करण रेल, मोटर, पानीजहाज र हवाईजहाजजस्ता यातायातका साधनको एकातर्फ विकास गर्यो भने अर्कातर्फ रेडियो, टेलीभिजन, टेलीफोन, इन्टरनेट, इमेल, फ्याक्स आदिको पनि संचारका क्षेत्रमा विकास गर्यो | यसरी निरन्तर कडा बौद्धिक एवम् शारीरिक परिश्रम मानिसले विज्ञानका क्षेत्रमा गर्दै आयो र वैज्ञानिक क्षेत्रमा भएको आशातित प्रगतिले गर्दा घरायसी, कृषि, उद्योग, वाणिज्य आदि क्षेत्रमा मानवीय जीवन पद्धति सुख सम्पन्न र सुविधायुक्त बन्न पुग्यो | दिनदिनै नयाँ कुराको खोज र अनुसन्धान गर्दै आर्जन गरेको अभूतपूर्व ज्ञान, निरन्तर कडा मिहिनेत र अन्वेषणको परिणमस्वरूप 'यन्त्रमानव' आविष्कार गर्ने महत्वपूर्ण कार्यमा समेत सफलता प्राप्त भएको छ |

यन्त्रमानवले मानिसलाई विकासनिर्माण र सुरक्षाका कामदेखि लिएर बिरामीको शल्यक्रिया गर्ने जस्ता संवेदनशील कार्यमा समेत सहयोग पुर्याएको पाइन्छ | यसले भने बम राखेको ठाउँ पत्ता लगाएर मानिसलाई ठूला दुर्घटनाहरूबाट बच्न सहयोग गर्दछ | यसले विकिरणयुक्त स्थानमा काम गर्ने र वातावरणीय सन्तुलन कायम गर्न पनि सहयोग पुर्याउने गरेको छ |

औद्योगिक तथा अन्य क्षेत्रमा कहिल्यै नथाक्ने, विना विरोध खुरूखुरू आफ्नो कर्तव्य पालन गर्ने, चौबीसै घण्टा काममा लगेर उद्योगलाई प्रगतिपथमा निरन्तर अग्रसर गराउने, दिएको काम ठीक समयमा अलिकति पनि गल्ती नगरी सम्पन्न गर्ने जस्ता विशेषता हुनाले नै यसको लोकप्रियता बढिरहेको छ | यसमा यो काम गर्ने कि नगार्ने, किन गर्ने, यो कामबाट मेरो भविष्य के होला भन्ने जस्ता द्विधात्मक मनस्थिति नहुने हुँदा दिएको आदेश झर्को नमानी सम्पन्न गर्ने गर्दछ | मानिसले सम्पन्न गर्न नसकेका कठिन काम, चर्को घाम र दनदनी आगो बलेको क्षेत्र,  धुँवा-धुलाले उकुसमुकुस वातावरण, गहिरो खानी, विषाक्त इलाका, हुरीबतास र हिमपात भएको ठाउँ, समुद्री सतह र अन्तरिक्षमा समेत यसले काम गर्न सक्ने हुनाले यन्त्रमानव विविध क्षेत्रमा लोकप्रिय बन्दै गएको छ |

मानव निरन्तर रूपमा काम गरिरहँदा छिट्टै थाक्ने डर हुन्छ | यन्त्रमानव निरन्तर रूपमा काम गरिरहँदा पनि थाक्दैन | मानव कामका सिलसिलामा कहिले काहीँ कामप्रति विरोध व्यत गर्दछ भने यन्त्रमानव विना विरोध खुरूखुरू काम गरिरहन्छ | मानिसको काम गराइबाट औद्योगिक उन्नतिमा खासै योगदान पुग्न सक्दैन | यन्त्रमानवको काम गराइबाट उद्योगले निरन्तर प्रगति गरिरहन सक्छ | मानवले काम गर्दै जाँदा बीच-बीचमा गति गल्ती गर्छ यन्त्रमानवले विना गल्ती काम गर्न सक्दछ | मानवले आफ्नो कामद्वारा फाइदा, बेफाइदा र भविष्यका बारेमा जुन सोचाइ राख्दछ यन्त्रमानवले त्यस्तो सोचाइ कहिल्यै राख्दैन | मानिसहरूले विभिन्न किसिमका आर्थिक सुविधाका समस्याहरू अगाडि सार्दछ भने यन्त्रमानवले आर्थिक सुविधासम्बन्धी कुनैपनि समस्या अघि सर्दैन | मानिसले काम गर्दा ढिलो, नराम्रो हुन्छ तर यन्त्रमानवले काम गर्दा छिटो र राम्रो पनि हुन्छ |

मानिसले कुनैपनि कार्य लगातार लामो समयसम्म गर्न सक्तैन | प्रकृतिमा उसको जन्म भएकोले प्रकृतिले जता डोर्यायो त्यतै ऊ हिडिरहेको हुन्छ | अर्थात् मानव शरीर प्रकृतिका नियमभित्र बाँधिएको हुन्छ | बाँच्नका लागि श्रम मानिसको लागि अनिवार्य आवश्यक मानिन्छ | श्रम गर्दा थकाइ, भोक, प्यास, निन्द्रा तथा आराम आदि जस्ता कुराहरू पूरा नभएसम्म मानिसले काम गर्न सक्तैन | निरन्तर चौबीसै घण्टा मानिसले कहिल्यै काम गर्न सक्तैन | यन्त्रमानव भने एक कृत्रिम यान्त्रिक उपकरण हो | यसले निरन्तर कार्यसम्पादन गर्न सक्छ, मानिसलाई जस्तो छिनछिनमा आराम गर्नुपर्ने आवश्यकता यसलाई पर्दैन, भोक, थकाइ र निन्द्रा यसलाई लाग्दैन | अत: यन्त्रमानव र मानव शरीरका बीच यी माथि प्रस्तुत भएका जस्ता भिन्नता भएकाले मानिसले यन्त्रमानवलेझैँ काम गर्न सक्तैन |

 

आजको युग वैज्ञानिक युग हो | विज्ञानले गरेका उन्नति र उपलब्धिलाई हामीले आत्मसात गर्नुपर्छ | प्राचीनकालदेखि वर्तमान युगसम्म  आइपुग्दा विज्ञानले शिक्षा, सन्चार, स्वास्थ्य, यातायात, कृषि, उद्योग आदिजस्ता क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको छ | यन्त्रमानवको निर्माण त मानवजीवनमा ठूलो हलचल मच्चायो | हाम्रा जीवनका सामान्य व्यावहारिक कार्यहरूदेखि लिएर अन्तरिक्षको तथा समिद्रभित्रको अध्ययन गर्ने, अनुसन्धान गर्ने महत्वपूर्ण एवम् कठिन कार्यमा यसको अहम् भूमिका सिद्ध भएको छ | मानिसलाई हरेक कार्यमा सहयोग पुर्याउने हुँदा यो मानिसको अभिन्न मित्र बनेको छ | यसको प्रयोगले मानिसलाई आफ्नो समय, सीप र साधनको वचत गर्न मद्दत पुगेको कुरालाई नकार्न मिल्दैन र स्वीकार्नै पर्छ | यसरी हेर्दा हरेक क्षेत्रमा यसको महत्व र उपयोगिता वर्तमान युगमा दिनप्रतिदिन बढ्दै गएको छ |  

0%

ASK ANY QUESTION ON यन्त्रमानव

No discussion on this note yet. Be first to comment on this note