Notes on वाक्य | Grade 10 > Nepali > न्यायको पक्ष | KULLABS.COM

वाक्य

  • Note
  • Things to remember
  • Exercise

वाक्य 

कुनै उद्देश्य र विधेय मिलेर रचना भएको स्वतन्त्र भाषिक एकईलाई वाक्य भनिन्छ | वाक्यमा जसका बारेमा केही कुरा भनिन्छ, त्यो शब्द वा शब्दसमूहलाई उद्देश्य र जे कुरा भनिन्छ, त्यो शब्द वा शब्दसमूहलाई विधेय भनिन्छ | वाक्य स्वतन्त्र भाषिक एकाइ भएकाले यसबाट पूरा अर्थ अभिव्यक्त हुन्छ |

 

वाक्यका प्रकार 

सरल वाक्य :- एउटा उद्देश्य र एउटा विधेय भएको वाक्यलाई सरल वाक्य भनिन्छ | अर्थात् एउटा मात्र स्वतन्त्र उपवाक्य भएको संरचनालाई सरल वाक्य भनिन्छ | सरल वाक्यमा एउटा मात्र कर्ता र एउटै मात्र क्रियापद हुन्छ तर एकभन्दा बढी असमापक क्रिया रहन सक्तछन् | जस्तै :-

सरल वाक्य      =     उद्देश्य        +     विधेय

रमा दगुर्छे |      =     रमा         +     दगुर्छे

 

त्यस्तै सरल वाक्यका केही उदाहरणहरू –

  • मेरी छोरी रमा खुब छिटो दगुर्छे |
  • झापाको साथी अशोक पाल्पामा बस्छ |
  • मामाघर गएकी दिया केही बेरमै घर फर्कन्छे |
  • उनीहरू बजार गएर फर्कंदा चोर देखी निकै डराए |

 

 मिश्र वाक्य :- एउटा मुख्य उपवाक्य र एक वा एकभन्दा बढी अधीन उपवाक्य मिलेर बनेको वाक्यलाई मिश्र वाक्य भनिन्छ | मुख्य उपवाक्य भन्नाले वाक्यमा प्रधान र स्वतन्त्र रूपले पयोग भएको भन्ने बुझिन्छ भने अधीन उपवाक्य भन्नाले वाक्यमा मुख्य उपवाक्य्मा आश्रीत वा मुख्य उपवाक्यको अङ्ग बनेर प्रयोग भएको भन्ने बुझिन्छ | जस्तै :-

मिश्र वाक्य                             = मुख्य उपवाक्य     + अधीन उपवाक्य

तिमी त्यहाँ जाऊ, जहाँ पानी छ | = तिमी त्यहाँ जाऊ   + जहाँ पानी छ

 

त्यस्तै मिश्र वाक्यका केही उदाहरणहरू –

  • घाम डुब्यो भने साँझ पर्छ |
  • जहाँ फूल फुल्छ, त्यहाँ बासना चल्छ |
  • जसले मह काढ्छ, उसले हात चाट्छ |
  • जसरी बादल आयो, त्यसरी उडेर गयो |
  • जब बसन्त ऋतु आउँछ, तब जताततै हरियाली छाउँछ |

 

संयुक्त वाक्य :- दुई वा दुईभन्दा बढी स्वतन्त्र उपवाक्यहरूलाई निरपेक्ष संयोजकले जोडेमा त्यसलाई संयुक्त वाक्य भनिन्छ | यसमा जोडिने उपवाक्यहरू स्वतन्त्र वाक्य हुन्छन् | जस्तै :-

मुख्य उपवाक्य          निरपेक्ष संयोजक            मुख्य उपवाक्य

शीला गोरी छे                 तर                सरू काली छे

संयुक्त वाक्य = मुख्य उपवाक्य + निरपेक्ष संयोजक + मुख्य उपवाक्य

दुईभन्दा बढी मुख्य उपवाक्यहरू जोडिएर पानी संयुक्त वाक्य बन्छ, जस्तै :-

  • म खान खान्छु, लुगा लगाउँछु र विद्यालय जान्छु |

यहाँ,

मुख्य उपवाक्य (१)    = म खान खान्छु

मुख्य उपवाक्य (२)    = (म) लुगा लगाउँछु

मुख्य उपवाक्य (३)    = (म) विद्यालय जान्छु

निरपेक्ष संयोजकहरू   = अल्पविराम (,), 'र'

 

त्यस्तै संयुक्त वाक्यका केही उदाहरणहरू –

  • नेपालीहरू सगरमाथा चढ्छन् अनि आफ्नो नाम राख्दछन् |
  • आँप तिमी खाऊ कि म खान्छु |
  • त्यहाँ वृक्षरोपण गरिएन, त्यसैले पहिरो गयो |
  • मानिसलाई धेरै आपत पर्छ तर धैर्य छोड्नुहुँदैन |



  • कुनै उद्देश्य र विधेय मिलेर रचना भएको स्वतन्त्र भाषिक एकईलाई वाक्य भनिन्छ |
  • एउटा उद्देश्य र एउटा विधेय भएको वाक्यलाई सरल वाक्य भनिन्छ |
  • एउटा मुख्य उपवाक्य र एक वा एकभन्दा बढी अधीन उपवाक्य मिलेर बनेको वाक्यलाई मिश्र वाक्य भनिन्छ | 
  • दुई वा दुईभन्दा बढी स्वतन्त्र उपवाक्यहरूलाई निरपेक्ष संयोजकले जोडेमा त्यसलाई संयुक्त वाक्य भनिन्छ |
.

Very Short Questions

मिश्र वाक्य :

१) विधिमुताविक नुहाएर जब धोती फेर्न लाग्दा तब उनले खूब लम्कँदै आएका विदुरलाई देखे |

२) जब तपाईंजस्तो धीर मानिस आज यसरी आत्तिएको देखें तब  अचम्म लाग्यो |

३) "दाजुको प्रचण्ड आकार जब देख्नुभयो तब तपाईं जागेर आउनुभा'को हो कि कसो ?"

४) जब लामो सुस्केरा हाले, तब धौम्यले भने |

५) जब मनको वह धौम्यसँग पोखे तब विदुरको आवेश अलिअलि शान्त भयो |

संयुक्त वाक्य :

१) विधिमुताविक नुहाएर धोती फेर्न लागे अनि उनले खूब लम्कँदै आएका विदुरलाई देखे |

२) तपाईंजस्तो धीर मानिस पनि आज यसरी आत्तिएको देखें त्यसैले अचम्म लाग्यो |

३) "दाजुको प्रचण्ड आकार देख्नुभयो अनि जागेर आउनुभा'को हो कि कसो ?"

४) धौम्यले लामो सुस्केरा हाले अनि भने |

५) विदुरले मनको वह धौम्यसँग पोखे त्यसैले उनको आवेश अलिअलि शान्त भयो |

 

0%

ASK ANY QUESTION ON वाक्य

No discussion on this note yet. Be first to comment on this note