Notes on हामी एउटै हौं | Grade 8 > Nepali > हामी एउटै हौ | KULLABS.COM

हामी एउटै हौं

Notes, Exercises, Videos, Tests and Things to Remember on हामी एउटै हौं

Please scroll down to get to the study materials.

Registration open for Special Scholarships

  • Note
  • Things to remember

पाठ `१७

एकाङकी

हामी एउटै हौ

  • उत्तर भन :
  • ‘हामी एउटै हौ’ कस्तो विधा हो ?

उत्तर – ‘हामी एउटै हौ’ (नाटक) एकांकी विधा हो |

  • यस एकांकीमा कति जना पात्र छन् ?

उत्तर – यस एकांकीका चार जना पात्र छन् |

  • स्नेह पाउँदा हाम्रो मन के गर्न थाल्छ ?

उत्तर – स्नेह पाउँदा हाम्रो मन मयुर झै प्वाँख फिजाएर नाच्न थाल्छ|

  • कमलले बुबाकै किन रेलगाडी रोक्न अनुरोध गर्यो ?

उत्तर – कमलले बुबालाई पुल भत्केकाले रेलगाडी रोक्न अनुरोध गर्यो

  • पीडा हुँदा हाम्रो मन कस्तो हुन्छ |

उत्तर – पीडा हुँदा हाम्रो मन कालो बादल झै धुम्म हुन्छ |

  • पाठका आधारमा ठिक बेठिक छुटयाऊ :
  • विजया हाम्रो देशको राजधानीमा बस्छिन् |

उत्तर - विजया हाम्रो देशको राजधानीमा बस्छिन् | ( ठिक)

  • हामी सबै यस राष्ट्रको सिमा रक्षामा तैनाथ सजग प्रहरी हौं |

उत्तर - हामी सबै यस राष्ट्रको सिमा रक्षामा तैनाथ सजग प्रहरी हौं |

  • विश्वका असंख्य मानवमध्ये हामी नेपाली हों |

उत्तर - विश्वका असंख्य मानवमध्ये हामी नेपाली हों | (ठिक)

 

 

 

 

 

  • सङक्षिप्त उत्तर लेख |
  • कमलले टिभी बन्द गर्न र विजयाले खोल्न आग्रह गर्नुको कारण के हो ?

उत्तर- कमलले एक सचेत व्यक्ति थियो | ऊ राष्ट्रीय भावना र एकताका विषयमा बढी जोड दिन्थ्यो | टिभीको कार्यक्रममा उसको विचारको प्रतिनिधित्व भएको थिएन, त्यसैले ऊ कुनै किसिमको फाइदा नहुने कार्यक्रम हेरेर समय बर्बाद पार्न चाहदैनथ्यो | टिभीमा नुत्यको कार्यक्रम आइरहेकाले त्यसबाट कुनै किसिमको उपलब्धि नहुने देखेर कमलले टिभी बन्द गर्न खोज्यो तर उसकी बहिनि विजया मनोरन्जनप्रिय थिई | उसलाई टिभीमा आउने नुत्य कार्यक्रम मन पर्थ्यो | टिभीमा अर्को कार्यक्रम आउने बेला भएको थियो | तुलनात्मक रुपमा हेर्दा कलमभन्दा विजया कम बौद्धिक देखिन्छ | यस दृष्टिले उसको मन मनोरन्जनतर्फ लाग्नु कुनै अनैठो मानिन्न | त्यसैकारणले गर्दा विजयाले टिभी खोल्न आग्रह गरी |

 

  • जनकले मानिसको परिचय कसरी दिएका छन् |

उत्तर – जनकले संसारका मानिसहरुको सहिरुपमा परिचय दिएका छन् | उनका विचारमा संसारमस मानिसहरु कोहि केटा, कोहि महिला, कोहि पुरुष छन् | यी सबै अलग – अलग देखिए पनि सबै यस पृथ्वीका प्राणी हुन् | यी सबै पृथ्वी नामक सुन्दर बगैचामा फलेफुलेको कर्मशील प्राणी हुन् र हों भन्ने भावना हामी कसैले पनि ब्रिसनु हुन् |हामी  उतिकै सन्तान हौ र हाम्रो प्राकृतिक पोसाक पनि समान छ  भन्दै जनकले मानिसको वास्तविक र यथार्थ ढंगले परिचय दिएका छन् |

 

  • शान्तिले विश्वलाई के भनेकी छन् |

उत्तर – सह्न्तिले विश्वलाई हामीजस्ता मानवैमानवको उत्त्त्मा संग्रहालय र विशाल भण्डार हो भनेकी छन् |

 

  • एकाङकीमा नेपालीहरुको परिचय कसले के भनेर गराएको छ ?

उत्तर – यस एकाङकीमा आएका कलमले विश्वका असङ्ख्य मानवमध्ये हामी नेपाली हौ, हाम्रो हिमालको विशाल माथ छ | बुद्धको शान्त मन छ र भूकुटीको उदार मन छ भनेर नेपालीको परिचय गराएको छ | साथै उसले हामी सबै नेपाली हिम्लाई राष्ट्रका जिउँदा र स्वतन्त्र नागरिक हौ भनी परिचय दिएको छ भने शान्तिले नेपाल राष्ट्रको सिमारक्षामा तैनाथ प्रहरी हौ भनेर नेपालीहरुको परिचय गराएकी छे | सबै पात्रले सबै नेपाली एक छन् नै नेपालीको परिचय हो भनेर चिनाउने काम गरेका छन् |

२)

ब्याख्या गर :

  • यो विश्व हामी जस्ता मानवैमानवको उत्तम संग्रहालय र विशाल भण्डार हो |

उत्तर – माथिको सुन्दर हरफमा मनिक्रमराज शर्माद्रारा लिखित ‘हामी एउतै हौ | नामक एकाङकाकीबाट साभार गरिएको हो | जनकले सम्पूर्ण प्राणीहरुमा मानवजाति नै श्रेष्ठ प्राणी हो | भनेपछि शान्तिले मानवजातिको महानतामाथि प्रकाश पर्दै उक्त अंश भनेकी हुन् |

 

संसारमा थुप्रै मानिसहरुको बसोबास रहेको छ | ति मानिसहरु जातजाति, भाषाभाषी र लिङ्गमा विभाजित छन् | तिनीहरु आपसका लडाईं झगडा पनि गर्छन | तर मानिस एक सचेत प्राणी भएको नाताले उसले उत्तम हुनु राम्रो देखिन्छ | उत्तम आचरणबाट नै मान्छेको पहिचान गर्न सकिन्छ | यस्तै मानिसहरुको समुह संसारमा भेटिन्छ | अनेकौ ज्ञानराशी भएका मानिसहरु पृथ्वीकको गर्वमा भेट्न सकिन्छ | उनीहरुले धर्तिको शोभालाई बढाएका छन् | मान्छेले असल – असल काम गरेर संसारमा आफ्नो परिचय दिएका छन् |

यसरी माथिका हरफमा संसारमा धेरै मानिसहरु रहेका छन् र उनीहरुले आफ्नो असल परिचय पनि दिएका छन् भन्ने कुरालाई सशक्त ढंगले प्रस्तुत गरिएको छ |

  • हामी सबै यस राष्ट्रको सिमा रक्षामा तैनाथ प्रहरी हौ |

उत्तर – माथिको सुन्दर एवम् भावपूर्ण पङ्क्ति एकाङकीकार मनिक्रमराज शर्माद्रारा लिखित ‘हामी एउटै हौ’ नामक एकाङकीबाट उद्धरण गरिएको हो | शान्तिले आफ्ना सबै परिवारसंग हामी नेपालीहरुको परिचय दिने क्रममा उक्त वाक्य भनेकी हुन् |

 

नेपाली जाति विश्वमै वीरजातिका रुपमापरिचित छ | ठुल्ठुला लडाईं र देशको गौरब बढाउने काममा नेपालीहरुले आफ्नो विर्ता र साहस प्रदर्शन गरेको इतिहास अझै पनि ताजै छ | विगतका अनेकै संघर्षमा नेपालीहरुले आत्मबलिदान गरेका थिए | हाम्रो देशमा कोहि आइलाग्छ भने वा हाम्रो देशमाथि  कसैले नराम्रो काम गर्छ भने नेपालीहरु हातमाहात मिलाएर अगाडी बढेका थिए र सबै बढ्ने छन् | हामी नेपालीले हाम्रो सीमाको रक्षाका लागिसधै सजग र सचेत भएर भूमिका पुरा गर्दै आएका छौ | जसरी प्रहरीले आफ्नो कर्तब्य पूरा गर्छ , त्यसैगरी हामी नेपालीले नेपालको रक्षा गर्दा आएका छौ | हामी कहिल्यै देशको रक्षा गर्ने क्रममा पछि परेका छैनौ र हामी पुर्खाले देखाएको बहादुरी र साहस देखाउंछौ |

 

यसरी हामी नेपालीहरु आफ्नो दशको रक्षाका लागि सदा तयार हुदैं आएका छौ र यो परिचय हामीले कालान्तरसम्म पनि दिइरनुपर्छ |

  • स्नेह पाउँदा हाम्रो मन मयुर झै फिजाँएर नाच्न थाल्छ र पिडा पाउँदा कालो बादल ज्झई घुम्म पर्छ |

उत्तर – माथि उल्लिखित हरफ एकाङकी मनिक्रमराज शर्माद्रारा लिखित ‘ हामी एउटै हौ’ नामक एकाङकीबाट साभार गरिएको हो | नेपालीजाति, नेपाली सभ्यता र संस्कृतिका बारेमा कुराकानी गर्ने क्रममा शान्तिले माथिको पङ्क्ति भनेकी हुन् |

हामीलाई कसैले आदर गर्यो वा माया गर्यो भने हामी ज्यादै खुसी हुन्छौ | यो मानव जातिको स्वभाव पनि हो | कसैलेहामीलाई माया गर्यो भने हामी भित्रभित्रै खुसीले गद्गद् हुन्छौ मयुरले आफ्नो प्वाँख फिंजाएर नाचेझै हाम्रो मन पनि नाच्न थाल्छ | तर हामीलाई दु:ख पिडा आइलाग्यो भने मन खुसी हुदैन | पिडा वा दु:खको अनुभूति नराम्रोसंग हुने गर्दछ | त्यो आकाशमा क्लो बादल मडारिएझै मडारिइरन् छ |

यसरी माथिका पङ्क्तिमा मानवीय स्वभावका बारेमा उल्लेख गरिएको छ | यसले मानवीय स्वभावको वास्तविक कुरालाई समेटेको छ |

 

  • ‘हामी एउटै हौ’ एकाङकीको मुख्य सन्देश के हो |

उत्तर – संसारमा मानिसहरु विभिन्न भाषाभाषी, जातजाति, लिङ्गका आधारमा विभाजन भए पनि यस धर्तिका सुन्दर प्राणीको रुपमा चिन्न सकिन्छ | मानिस यस धर्तिको कर्मशील प्राणी भएकाले क्रमकै आधारमा मान्छेको जीवन सार्थक बन्छ भन्ने सन्देश यस पाठले दिएको छ | यस संसारमा सम्पूर्ण मानवजाति एउटै हुन् | त्यसैले देश, जात लिङ्ग आदिको आधारमा कहिल्यै झगडा गर्नुहुन्न भन्ने शिक्षा पनि यस पाठले दिएकोछ | यसैगरी हामी नेपालीहरुले आफ्नो देश, आफ्नो संस्कृतिलाई माया गर्नुपर्छ र यस्तै मानिस सदा पुज्य र अमर हुन्छन् भन्ने शिक्षा पनि दिएको छ | नेपाल आमाका सन्तान् हामी सबै नेपालीले आफ्नो देशको रक्षाको लागि सधै लडेर सामना गर्नु पर्छ | कसैले कसैको भेदभाव नराखी देशको इज्जत गर्न सिक्नु पर्छ भन्ने सन्देश यस पाठले दिएको छ |

  • उल्टो अर्थ दिने शब्द छानेर जोडा मिलाऊ :

शान्त   उत्तम    प्रश्न   अनुत्त्तम    अशान्त     राष्ट्र       उत्तर

 

उत्तर – शान्त = अशान्त

उत्तम       = अनुत्त्तम

प्रश्न       = उत्तर

 

  • तलका शब्दको अर्थ लेख :

माथ      तैनाथ     कर्मशील       प्रसन्न      गर्वसाथ

 

उत्तर – माथ  = शिर, टाउको

तैनाथ    = खटाउने वा राख्ने काम, नियुक्ति

कर्मशील  = निश्चित काममा लागिपर्ने, लगनशील

प्रसन्न   = खुसी, प्रफुल्ल

गर्वसाथ  = आत्मगौरव साथ, स्वाभिमानपूर्वक

 

  • अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर :

सन्तति,  चक्र,    स्वतन्त्र,    भूमण्डल, प्वाँख फिंजाएर नाच्नु,  धुम्म पर्नु

उत्तर – सन्तति  = हामीले आफ्नो सन्ततिको सधै ख्याल राक्नु पर्छ |

चक्र  = मेरा हातका औलामा एउटा मात्र चक्र छ |

स्वतन्त्र = संसारमा मानिसले स्वतन्त्र भएर बाच्न पाउनुपर्छ |

भूमण्डल = हाम्रो अस्तित्व भूमण्डलमा अडिएकोछ |

प्वाँख फिँजाएर नाच्नु = माता पिताको माया पाउदा मन मयुर झै प्वाँख फिँजाएर नाच्न थाल्छ |

धुम्म पर्नु = सानेका कुरा सुनेर उसकी स्वास्नी धुम्म परेर बसेकी थिई |

 



Questions and Answers

Click on the questions below to reveal the answers

0%

ASK ANY QUESTION ON हामी एउटै हौं

No discussion on this note yet. Be first to comment on this note