Notes on भाव अर्थ | Grade 8 > Nepali > साहित्यकार रविन्द्रनाथ ठकुर | KULLABS.COM

भाव अर्थ

Notes, Exercises, Videos, Tests and Things to Remember on भाव अर्थ

Please scroll down to get to the study materials.

Registration open for Special Scholarships

  • Note
  • Things to remember

व्याकरण

                                               भाव र अर्थ

भाषामा प्रयोग गर्ने मान्छेको मनोभाव वा आशयलाई बिझाउदा फेरिने क्रियापदको रुपलाई भाव वा अर्थ भनिन्छ | भावलाई निम्न पाँच भागमा विभाजन गरिएकोछ |

  • सामन्यार्थ भाव
  • आज्ञार्थ भाव
  • इच्छार्थ भाव
  • सम्भावनार्थ भाव
  • सङ्केतार्थ भाव

 

  • सामान्यर्थ भाव – कुनै पनि काम गर्नका लागी सामान्य मनोभाव अभिव्यत्त गर्ने क्रियापदलाई सामान्यर्थ वाक्य भनिन्छ

उदाहरण- म बोल्छु |

ऊ पनि सुत्यो |

  • आज्ञार्थ भाव – कुनै गर्नका लागि आज्ञा / आदेश वा अनुरोध दिनुलाई आज्ञार्थ भनिन्छ | आज्ञार्थको क्रियापदमा दृतिय पुरुषमा मात्रै हुन्छ | यसमा दृतिय पुरुषका ई, अ, उ, ओ प्रत्यय जोडीएर आज्ञार्थ क्रियापद बन्दछन् |

उदाहरण तँ भात खा

तपाई लेख्नुहोस

 

  • इच्छार्थ भाव – कुनै काम गर्नका लागि इच्छा, प्रयोग, आशिर्वाद, उपदेश, विन्ती आदि भावलाई ब्यत्त गर्ने क्रियापदलाई इच्छार्थ भनिन्छ | इच्छार्थको प्रयोग तिनै पुरुषमा हुन्छ | यसमा प्रत्ययहरु उं, ओं, एस्, ए, ओस्, उनु धातुमा जोडीएर इच्छार्थक क्रियापद बन्दछन् |

उदाहरण – म घर जाऊ |

तिमि सफल भए |

 

  • सम्भावनार्थ भाव – कुनै पनि काम गर्नका लागि अनुमान, सम्भावना, अड्कल आदि भावलाई व्यत्त गर्ने क्रियापसलाई सम्भावनार्थ भनिन्छ | यसले भविष्यमा हुने कार्यलाई निर्देशित गर्दछ |

उदाहरण – म आउला

उनी आउलीन् |

 

  • सङ्केतार्थ भाव – कुनै पनि कार्य गर्नका लागि कार्य र करण सम्बन्ध भएको वाक्यलाई सङ्केतार्थ भनिन्छ | यसमा दुई उपवाक्य हुन्छन जसमध्ये एउटाले कार्य र अर्कोले त्यसको कारणलाई देखाएका हुन्छन |

उदाहरण – तिमिले भन्यौ भने म जानेछु |

परिश्रम गरे सफल भइन्छ |

अभ्यास

  • पाठको तेस्रो अनुछेदका क्रियापदलाई अज्ञात भूत कालमा परिवर्तन गरी पुनलेर्खन गर |

उत्तर – लेखे = लेखेछन्

लगे = लगेछन्

बटुले = बटुलेछन्

पाए = पाएछन्

पर्यो = परेछ

पारे = पारेछन्

थाले = थालेछन्

  • तलका भूत कालका सामान्य पक्षका क्रियापदलाई अभ्यस्त परिवर्तन गरि पुनलेर्खन गर :
  • रविन्द्रनाथले तल्लिन भई कविताको आराधना गरे |

उत्तर – रवीन्द्रनाथ तल्लिन भई कविताको आराधना गर्थे |

  • उनले नाटक रचना गरे |

उत्तर – उनी नाटक रचंना गर्थे |

  • उनले नंया किसिमका छोटा कथा लेखे |

उत्तर – उनी नंया किसिमका छोटा कथा लेख्थे |

  • उनले मनोवैज्ञानिक आधारमा उपन्यास रथे |

उत्तर – उनी मनोवैज्ञानिक आधारमा उपन्यास रच्थे |

 

  • उनी चित्रकलाको साधनामा लागे |

उत्तर – उनी चित्रकलाको साधनामा लाग्थे |

  • उनले शान्तिनिकेतन नामक विद्यालय खोले |

उत्तर – उनी शान्ति निकेतन नामक विद्यालय खोल्थे|

  • उनले विद्यालयका लागि पाठ्य पुस्तक पनि लेखे |

उत्तर – उनी विद्यालयका लागि पाठ्य पुस्तक पनि लेख्थे |

  • कोष्ठमा दिईएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर :
  • उनीहरु कविता लेख्छन् | सम्भानार्थ

उत्तर – उनीहरु कविता लेख्लान् |

  • तिमहरु पाठ्यपुस्तक पढ्छौ | सम्भानार्थ

उत्तर – तिमीहरु पाठ्यपुस्तक पढोंला |

  • हामी छोटा कथा पढ्छौ | इच्छार्थ

उत्तर – हामी छोटा कथा पढों |

  • रवीन्द्रनाथले कविताको आराधना गरे | सम्भानार्थ

उत्तर - रवीन्द्रनाथले कविताको आराधना गर्लान् |

 

  • भाइले नोबेल पुरस्कार पाउँछ | इच्छार्थ

उत्तर - भाइले नोबेल पुरस्कार पाओस् |

 



Questions and Answers

Click on the questions below to reveal the answers

0%

ASK ANY QUESTION ON भाव अर्थ

No discussion on this note yet. Be first to comment on this note