Notes on क्रियायोगी | Grade 8 > Nepali > दाजुलाई चिठी | KULLABS.COM

क्रियायोगी

Notes, Exercises, Videos, Tests and Things to Remember on क्रियायोगी

Please scroll down to get to the study materials.

Registration open for Special Scholarships

  • Note
  • Things to remember

क्रियायोगी

क्रियाविशेषण भनेको क्रियापदसित कहाँ, कसरि, किन, कहिले, कति प्रश्न गर्दा उत्तरका रुपमा आउने शब्द क्रियाविशेषण हो |अर्थात क्रियापदको विशेषता अथवा क्रियासँग सम्बन्ध राख्ने शब्दलाई क्रियायोगी भनिन्छ| यसले क्रियापदको स्थान, समय, परिमाण, रिति, कारण व हेतु आदि सम्बन्धि विशेषता बताउँदछ| वाक्यमा कहाँ, कसरी, कति, किन, के गरेर आदि प्रश्न को उत्तरमा आउने शब्दलाई क्रियाविशेषण भनिन्छ|

क्रियाविशेषण मुख्यतया: पाँच प्रकारका हुन्छन्:

  • समयवाचक क्रियाविशेषण: आज, भोलि, भर्खर, उहिले, पर्सि, बेलुका, राति, सधैँ आदि|
  • स्थानवाचक क्रियाविशेषण: भित्र, बाहिर, तल, माथि, आगाडी, पछाडी, मुनि, वारि आदि|
  • परिमाणवाचक क्रियाविशेषण: धेरै, थोरै, अलिकति, मनग्य, ज्यादै, प्रशस्त, सबै आदि|
  • रितिबोधक क्रियाविशेषण: राम्ररी, सुस्तरी, एक्कासी, तुरुन्त, चाडै, झट्ट, बेस्सरी आदि|
  • कारणवाचक क्रियाविशेषण: खान, पढ़नाले, नाच्न, खेल्ने, लेखेकोमा, खोकनाले आदि|

 
 क्रियाविशेषण शब्दहरु टिपोट गर |

राम्ररी, अहिले, गरेर, कहिले, कहाँ, कसरि, किन, कति, तल, माथि, अहिले , पहिले, भित्र, बाहिर, वारी, पारी, पढेर, धेरै, थोरै

पाठमा प्रयोग भएका कम्तिमा पाँच ओटा क्रियाविशेषण शब्द टिपेर वाक्यमा प्रयोग गर

उत्तर – हिजो = श्याम हिजो बजार गयो |

नाकै = तिमि निकै बाठो रैछौ |

गरेर = तिमि यो काम गरेर चाडैं घर फर्क है |

राम्ररी = तपाई यो किताब राम्ररी पढ्नुहोस् |

बसेर = उषाले सहरमा बसेर धेरै दु:ख गरिन् |

भएर = तिमीले ठुलो मान्छे भएर देशको सेवा गर्नु है |

अहिले = तिमि अहिले के काम गर्दै छौ |

धेरै = यस गाउँका धेरै युवाहरु विदेश गएका छन् |

पाठमा प्रयोग भएका नामयोगी, संयोजक, र निपात टिप

नामयोगी – माथि, पटक, संग, भन्दा, लाई

संयोजक = तर, र

निपात = पनि, त

 रेखांकित शब्दहरुको पदवर्ग छुट्याऊ :

परिश्रमी किसानले सधै परिश्रम गर्छ र यस धर्तिमा आफु बाँचेर अरुलाई पनि बचाउछ |

उत्तर =परिश्रमी = विशेषण

किसान= नाम

सधै = विशेषण

 परिश्रम = नाम

गर्छ = क्रिया

 र = संयोजक

आफु = सर्वनाम

बाँचेर = क्रिया विशेषण

 अरु = विशेषण

बाँचाउछ = क्रिया

मौरी पालन फलफुल खेतीबाट धेरै युवा युवतीहरुले राम्रो आम्दानी गरेका छन् |

उत्तर –

र = संयोजक

बाट = नामयोगी

धेरै = विशेषण

युवायुवतीहरु = नाम

राम्रो = विशेषण

गरेका छन् = क्रिया

 



Questions and Answers

Click on the questions below to reveal the answers

0%

ASK ANY QUESTION ON क्रियायोगी

No discussion on this note yet. Be first to comment on this note