Notes on न्यायको पक्ष | Grade 10 > Nepali > न्यायको पक्ष | KULLABS.COM

न्यायको पक्ष

  • Note
  • Things to remember
  • Exercise

 

न्यायको पक्ष

source:www.flickr.com तस्वीर भदरीनाथ भट्टराई
source:www.flickr.com
तस्वीर: भदरीनाथ भट्टराई

 

बदरीनाथ भट्टराई

जन्म       - वि.सं. १९६५ काठमाडौँ

सेवा         - नेपाली साहित्यमा

विधा       - कथा

पुरस्कार   - वेदनिधि र गुणराज पुरस्कार

मृत्यु         - वि.सं. २०५२

मूल भाब

      नेपाली कथा जगतमा आफ्नै छुट्टै पहिचान बनाउन सफल कथाकार बदरीनाथ भट्टराईले सामाजिक विषयवस्तुलाई आफ्ना कथाको विषय बनाउने गरेका छन् | इतिहास, पुरण, वेदलाई कथाको भिन्नाभिन्नै क्षेत्र बनाएर उनले विगतका यथार्थभित्रका अमूल्य र रोचक तथ्यमाथि प्रकाश पारेका छन् | विगतका घटना, चरित्र र प्रवृत्तिलाई टिपेर पनि समसामयिक समाजका निमित्त ती कुरालाई प्रेरणादायी बनाउन सक्नु उनको साहित्यिक प्रतिभाको खुबी हुन् | सामाजिक, नितिचेताना सच्चरित्रता, देशप्रेम, मानवतावाद, तिब्र कर्तव्यबोध वा दयित्वबोध सामाजिक सङ्गति आदि नै उनका ऐतिहासि, पौराणिक र वैदिक कथाहरूका विषयगत क्षेत्रहरू हुन् | 'न्यायको पक्षमा' कथा महाभारतको वनपर्वमा आधारित छ | पाण्डवहरू वनवास गइसकेपछि राजा धृतराष्ट्रले विदुरलाई सल्लाको निम्ति दरबारमा बोलाउँदछन् | उसले राजासँग पाण्डवहररूलाई फिर्ता बोलाउनुपर्ने प्रस्ताव राख्दछन्, तर उनको यो प्रस्ताव स्वीकार्य हुँदैन | यसबाट अपमानित बनेका विदुर पाण्डवको आश्रम खोज्दै जान्छन् र बाटामा धौम्य ऋषिसँग भेट हुन्छ | यसपछिको प्रसङ्गलाई कथा बनाएर कथाकारले सत्यका पक्षधर विदुरप्रति झुकाव राख्दै "सत्य नै न्याय हो" भन्ने विचार व्यक्त गरेका छन् |

 

 



  • न्यायको पक्षमा' कथा महाभारतको वनपर्वमा आधारित छ |
  • पाण्डवहरू वनवास गइसकेपछि राजा धृतराष्ट्रले विदुरलाई सल्लाको निम्ति दरबारमा बोलाउँदछन् |
  • राजासँग पाण्डवहररूलाई फिर्ता बोलाउनुपर्ने प्रस्ताव राख्दछन्, तर उनको यो प्रस्ताव स्वीकार्य हुँदैन |
  • अपमानित बनेका विदुर पाण्डवको आश्रम खोज्दै जान्छन् र बाटामा धौम्य ऋषिसँग भेट हुन्छ | 
.

Very Short Questions

दुर्योधनलाई विदुरले "निकै नै अपमानजनक ढङ्गका शब्दहरूको प्रयोगद्वारा गाली गरे - " के कुरा गर्छस् कुलाङ्गार ! तँ आफ्नो आङको भैंसी नदेख्ने, अर्काको अङमा भने नभएको जुम्रा पनि छ कि भनेर शङ्का गर्ने ! हेर् यदि तँ नजन्मेको भए अथवा जन्मनासाथ मरेको भए ज्यादै बेस हुन्थ्यो किनकि तँ अहिलेसम्म बाँचिरहेको हुनाले नै यो सबै कुकार्यहरू भइरहेका छन् | हेर्, तँ कस्तो कस्तो कुकर्ममा पनि पछि हटिनस् आफैँ सम्झी | निर्दोस भीमसेनलाई विष खुवाएर खोलामा बगाइदिएको कुरा तैँले बिर्सिस् होला | लाहाको घरमा आगो लगाइदिएर पाण्डवहरूलाई स्वाहा पार्न आँटेको याद छ ? यस्ता अपराध त तैँले हजारौं गरेको छस् | साँच्चिकै भनौं भने प्रयाश्चितका निम्ति बाह्र वर्षसम्म वनवास त तँलाई पो पठाउनुपर्ने" आदि जस्ता उक्तिद्वारा गाली गरे |

सत्य र न्यायका पक्षमा सधैँ लागिपर्ने विदुर कहिल्यै पनि कौरवको पक्षम लिएनन् | उनले पाण्डवहरूको पक्ष लिएका हुनाले दाजु धृतराष्ट्र र भतिजो दुर्योधनसँग प्रायः उनको झगडा भइरहन्थ्यो | यही क्रममा एक दिन विदुरले पाण्डवहरूका तर्फबाट राजा धृतराष्ट्र र युवराज दुर्योधनसँग विवाद पर्दा राजाले उनलाई राज्यबाट निकालिदिएका करणले पाण्डवहरूसँग भेट गर्न विदुर धौम्य ऋषिको आश्रममा गएका थिए |

यस कथाका प्रमुख पात्र विदुर अत्यन्त सरल प्रकृतिका देखिन्छन् | उनी कथाभित्र न्यायप्रेमी पात्रका रूपमा स्थापित भएका छन् | राज्यको शासनप्रणाली संचालन गर्दा राजाले सबैमा समान व्यवहार गर्नुपर्दछ, कसैलाई काखा कसैलाई पाखा गर्नुहुँदैन | यदि त्यसो गरियो भने त्यो व्यवहारलाई न्यायसङ्गत भन्न मिल्दैन | सत्य र धर्म छाड्नुहुँदैन, मानिसले न्यायको पक्ष लिनु   पर्दछ, अन्यायको होइन, ठूलो र सानो नछुट्याउने, न्यायप्रति सदैव आस्था र विश्वास राख्ने, आफ्नो कूल र वंशको इज्जत, मानमर्यादा एवम् प्रतिष्ठालाई सदा जीवन्त बनाई उच्च राख्नुपर्छ भन्ने विदुर सरल प्रवृति, स्वच्छ भावना, सदाचार, सद्व्यवहार एवम् सद्गुणका प्रतीकका रूपमा स्थापित पात्र हुन् |

कौरवहरूको जालबाट वनवास जान बाध्य भएका पाण्डवहरू एक समयमा धौम्य ऋषिका आश्रममा आश्रय लिएर बसेका थिए | धौम्य ऋषि पनि पाण्डवहरूकै पक्षम थिए | उता हस्तिनापुरबाट निकालिएका विदुर पनि पाण्डवहरूलाई खोज्दै जाँदा धौम्य ऋषिसँग भेट हुन्छ | त्यहीं दुवैजना कुरा गर्न थाल्छन् | उनीहरू त्यहाँ धेरै विषयमा कुराहरू पनि गर्दछन् | विशेष गरी विदुर त्यहाँ आएको, विदुर र धृतराष्ट्रका बीचमा विवाद भएको, विदुरलाई देश निकाला गरेको, सत्य र न्यायका विषयमा धौम्य ऋषि र विदुरका बीच कुराकानीमा  संवाद भयो |

विदुर र धृतराष्ट्र एकै परिवारका दाजुभाइ भए पनि उनीहरू बीचको स्वाभाव भने विल्कुलै फरक थियो | धृतराष्ट्र दुष्ट तथा स्वार्थी थिए भने विदुर सरल, सुशील तथा सत्यवादी थिए | धृतराष्ट्र जे जसरी भएता पनि आफ्नै छोरालाई हस्तिनापुरको उत्तराधिकारी बनाउन चाहन्थे भने विदुरचाहिँ न्यायुक ढङ्गले पाण्डवहरूलाई राज्य दिलाउन चाहन्थे | धृतराष्ट्र पाण्डवहरूलाई राज्य दिने पक्षमा थिएनन् | यसप्रकार धृतराष्ट्रले आफू राजा भएर पनि राजाले राज्यभरि संचालन गर्नुपर्ने काम र कर्तव्यहरू गर्न सकिरहेका थिएनन् | उनी पूर्ण रूपमा पक्षपती थिए | उनी पाण्डवहरू वनमा दु:ख पाइरहून र आफ्ना छोराहरू राज्य संचालन गरिरहून् भन्ने चाहन्थे | यो कुरा विदुरलाई मन परेको थिएन यसकारण उनी धृतराष्ट्रका विचारहरूसँग सहमत हुन सकेनन् |

 

न्यायको पक्ष कथा महाभारतको पौराणिक ग्रन्थबाट झिकिएको हो | यो कथामा महाभारतको विषयवस्तुमा आधारित भएपनि यसलाई एक नीतिमूलक, शिक्षामूलक, सन्देशमूलक कथा मानिन्छ | यस कथामा सत्य र असत्य, न्याय र अन्यायका घटनाहरूलाई देखाइएको छ | यस कथाले गरेको संकेतअनुसार यस धर्तीमा जन्मिएका सबै मानिसहरू एउटै स्वभावका हुँदैनन्, कोही असल हुन्छन् भने कोही खराब बानीका पनि हुन्छन् | कोही सत्यको पक्ष लिन्छन् भने कोहीले असत्यको पक्ष लिएका हुन्छन् | सत्यको मार्ग त्यागेर असत्यलाई रोज्नेले जीवनमा कहिल्यै सफलता पाउँदैनन् | उनीहरूलाई क्षणिक सुख भएपनि त्यसले भविष्यमा हानी गर्न पनि सक्छ | तर कोहीले भने सत्य वा न्यायको पक्षलाई अँगालेर सत्मार्गमा लागेका हुन्छन् | त्यसैले कसैले पनि असत्य र अन्यायको पक्ष लिनु हुँदैन सधैँ न्यायको पक्षमा लागिपर्नु उत्तम हुन्छ  भन्ने सन्देश यस कथाले दिएको छ | 

0%

ASK ANY QUESTION ON न्यायको पक्ष

No discussion on this note yet. Be first to comment on this note