Notes on पदयोग र पदवियोग | Grade 10 > Nepali > सहिदहरुको सम्झनामा | KULLABS.COM

पदयोग र पदवियोग

  • Note
  • Things to remember
  • Exercise

 

पदयोग 

एउटा पदमा अर्को पद गाँसिने वा जोडिने प्रक्रियालाई पदयोग भनिन्छ | अर्थात् पद वा शब्दहरूलाई जोडेर लेख्नु पदयोग हो | पदयोग हुँदा ती पदमा जोडिएर आउने चिन्ह वा पदलाई एउटै डिकमा लेख्नु पर्दछ |

पदयोग हुने अवस्था 

 विभक्ति, उपसर्ग, प्रत्यय, नामयोगी शब्दहरू जोडिएर लेखिन्छन्,

जस्तै :- राहुलले, तिमीलाई, स्कूलबाट, सहकुलपति, अनुसार, लेखहरू, यहाँभित्र, चौरसँग, बिनाकाम किनुन्जेल, दायाँपट्टि आदि |

 समस भएर बनेका शब्दहरू जोडिएर लेखिन्छन्,

जस्तै :- पूजासामग्री, आमाछोरी, माछापुच्छ्रे, घण्टाघर, चरिनङ्ग्रे आदि |

द्वित्व भएर बनेका शब्दहरू जोडिएर लेखिन्छन्,

जस्तै :- घरघर, गर्ल्यामगुर्लुम, बल्लबल्ल, सरसर, झैझगडा, आलोपालो, आदि |

 संयुक्त क्रियाहरू जोडिएर लेखिन्छन्,

जस्तै :- खानुपर्थ्यो, गइसक्नुभएछ, पढिसकेपछि, लेखिदिउँला, हिँडिसक्नुभयो आदि |

अकरण बुझाउने 'न' जोडिएर लेखिन्छन्,

जस्तै :- नहर, जाँदिनँ, हेर्दैनथ्यो, गएन, नखालान्, गइनछिन् आदि |

केही अव्ययहरू जोडिएर लेखिन्छन्,

जस्तै :- किनभने, किनकि, तापनि, यसकारण,हुनत आदि |

 

पदवियोग 

एउटा पदमा अर्को पद नगाँसिने वा नजोडिने प्रक्रियालाई पदवियोग भनिन्छ | अर्थात् पद वा शब्दहरूलाई नजोडि लेख्नु पदयोग हो | पदवियोग हुँदा ती पदमा जोडिन आउने चिन्ह वा पदकौ छुटाछुट्टै डिकोमा लेख्नुपर्दछ |

पदवियोग हुने अवस्था 

वाक्यमा प्रत्येक शब्दहरू छुट्टाछुट्टै लेखिन्छन्,

जस्तै :- हामी बजार गएर लुगा किनी छिटै फर्क्यौ |

 विभक्तिभन्दा पछि आएको विभक्ति वा नामयोगी नजोडिई लेखिन्छन्,

जस्तै :- राजेन्द्रका लागि, सुष्माका निम्ति, त्यसदेखि पर, उसले भन्दा, घरका पछिल्तिर आदि |

 निपातहरू छुट्टै लेखिन्छन्,

जस्तै :- हिजो त, बहिनी पो, आउने रे, तिमी नै, गाए है आदि |

 विभाजक न आएमा छुट्टै लेखिन्छन्,

जस्तै :- न यता न उता, न आयो न खबर गयो, न गीता न सीता, न स्कूल न घर आदि |

संयुक्त क्रियाक बीचमा निपात आएमा क्रिया छुट्टै लेखिन्छन्,

जस्तै :- जानु नै पर्छ, भन्नु त पर्ने नै हो, काट्नु त भएन, पढ्नु त धेरै छ आदि |

क्रियापदले पूर्ण र अपूर्ण पक्ष जनाउँदा छुट्टै लेखिन्छन्,

जस्तै :- जाँदै छ, भनेको हुनेछ, लेख्दै छन्, पढेकी थिइन्, पर्दै छ आदि |



  • कुनै पनि पद वा शब्दहरूलाई जोडेर लेख्नु पदयोग हो |
  • पदयोग हुँदा ती पदमा जोडिएर आउने चिन्ह वा पदलाई एउटै डिकमा लेख्नु पर्दछ |
  •  कुनै पनि पद वा शब्दहरूलाई नजोडि लेख्नु पदयोग हो |
  • पदवियोग हुँदा ती पदमा जोडिन आउने चिन्ह वा पदकौ छुटाछुट्टै डिकोमा लेख्नुपर्दछ |
.

Very Short Questions

भूपी शेरचन लोकप्रिय कवी हुन् | उनका कवितामा जनताका दु:खलाई सरल भाषामा व्यक्त गरेको पाइन्छ | उनी एक बिद्रोही कवी पनी मानिन्छन् |

यस संसारका बारेमा गम्भीर अध्ययन, खोज एवम् अनुसन्धान गरी वैज्ञानिक निष्कर्षमा पुग्ने काम त्यति सजिलो छैन |

विकासको सिद्धान्तअनुसार कुनै जाति ओह्रालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् |

हठात् यसको दृष्टि आफ्ना बाबुको पाखुराका लामा दागमा पर्यो र सोध्यो – 'बा यहाँ के भयो हँ ?' कृष्णबहादुरले भने, 'लडा लडाइंमा गोली लागेको बाबु |'

उषा, निशा र मनिषाले नेपाली भाषाका बारेमा छलफल गरे; र उनीहरूले नेपाली भाषाको उद्गम संस्कृत भाषा हो भन्ने निष्कर्ष पनि निकाले | छलफलकै क्रममा उषाले भनी – "होइन ए निशा, नेपाली भाषालाई किन राष्ट्रभाषा भनिएको हो ?" निशाले हाँस्दै जवाफ दिई "ओहो ! तिमीलाई यति कुरा पनि थाहा रहेनछ | हाम्रो मातृभाषा नेपाली, बोलचालको  (सम्पर्क) भाषा, सरकारी कामकाजको भाषा तथा नेपालीहरू सबैले बुझ्ने र बोल्ने भाषा भएकोले राष्ट्रभाषा भनिएको हो  |" यसका निम्नलिखित विशेषताहरू रहेका छन् :

  • सरकारी कामकाजको भाषा
  • धेरै नेपालीहरूको मातृभाषा
  • नेपालको सबैभन्दा ठूलो लिपि तथा साहित्य भएको भाषा
  • सबै जातजातिको माध्यम भाषा |

नाती        -     नाति          : हाम्रो नाति बेलायतमा बस्छ |

पडाइ        -     पढाइ          : सलिनाको पढाइ धेरै राम्रो छ |

पण्डित्याइ -     पण्डित्याइँ   : गोपालका हजुरबुबा पण्डित्याइँ गर्नुहुन्छ |

माथी        -     माथि          : सविनाको घरको छानामाथि परेवाहरू बसेका छन् |

केराऊ      -     केराउ         : गंगालालले बजारबाट एक के.जी केराउ लिएर आए|

वहीनि      -     बहिनी       : दिपाकी बहिनी मामाघर गएकी छे |

तीमि       -     तिमी         : आज तिमी किन विद्यालय नगएको ?

कमिलो     -     कमीलो     : सानी नानीलाई रोटे कमीलोले चिल्यो |

इस्वर        -     ईश्वर       : ईश्वरले हामी सबैको रक्षा गरून् |

अतित       -     अतीत      : अतीतका कुराले मलाई निकै पिरोल्छ |

आत्मिय     -     आत्मीय   : उनी मेरी आत्मीय साथी हुन् |

आसिर्बाद     -     आशीर्वाद  : दशैंमा ठूलाबढाले सानालाई आशीवार्द दिन्छन् |

परिछ्या      -     परीक्षा        : मैले यसपाली एस.एल.सी. परीक्षा लेखेको छु |

  • ­­संसार, संस्कृति, भनुँला, अँध्यारो, जाँच, नाउँ, अंश, सारांश, अँजुली, कंस, हंस, अंखोरा, संतोस,
  • नोट : दुख, अत, वस्तुत, क्रमश, नि सन्देह जस्ता शब्दहरूमा शिराबिन्दु र चन्द्रबिन्दु लाग्दैन, विसर्गको मात्र प्रयोग हुन्छ | यी शब्दहरूलाई यसरी लेखिन्छ, दु:ख, अत:, वस्तुत:, क्रमश:, नि:सन्देह |

बुबाले भन्नुभएको एउटा ज्ञानबर्दक कथा आज पनि मलाई राम्रैसँग याद छ | त्यो  कथा यस्तो थियो | उहिले एउटा रानीटार भन्ने गाउँ थियो | त्यहाँ एउटा निमन नाम गरेको असाध्यै चालख केटो बस्थ्यो | ऊ केवल मेलापात मात्र गर्दथ्यो | ऊ सानै भएकोले होला मानिसले परिश्रम गरेर खानुपर्छ, ठग्ने बानी गर्नुहुँदैन भन्ने ज्ञान उसमा आएको थिएन | एकदिन उसका घरमा साँझमा एकजना योगी टुप्लुक्क आइपुगे | ती योगी र उसका बीचमा बेलुका निकै राम्रा गफगाफ भएछन् | त्यसरी योगीका कुराले निमनका आँखा खुल्यो | भोलिपल्ट बिहान सबेरै योगी आफ्नो बाटो लागेछन् | ऊ हिँडेको केही बेरपछि निमन बिउँझियो र भित्रबाट बाहिर आएर हेर्दा उसले योगीलाई देखेन | त्यसपछि ऊ घरको दलानमा भएको खाटमाथि बसेर हिजो बेलुका योगीसँग भएका गफहरू सम्झेर मुसुक्क मुस्कुरायो | निमनलाई योगीका कुराले चित्तबुझ्यो र आफू पनि अबदेखि समाजसेवी बनेर समाजको सेवा गर्ने अठोट गर्यो |

0%

ASK ANY QUESTION ON पदयोग र पदवियोग

No discussion on this note yet. Be first to comment on this note