Notes on सरल, संयुक्त र मिश्र वाक्यको पहिचान | Grade 11 > Nepali > शत्रु | KULLABS.COM

सरल, संयुक्त र मिश्र वाक्यको पहिचान

  • Note
  • Things to remember

सरल, संयुक्त र मिश्र वाक्यको पहिचान

वाक्यको परिचय

पद तथा पदावलीको व्यवस्थित एवम सार्थक समूहलाई वाक्य भनिन्छ। वाक्यमा उदेश्य र विधेय अनिवार्य घटकका रुपमा रहेका हुन्छन्।
वाक्यलाई तीन भागमा विभाजन गर्न सकिन्छ।

  • सरल वाक्य
  • मिश्र वाक्य
  • संयुक्त वाक्य

सरल वाक्य
एउटा उदेश्य र एउटा मात्र विधेय रहेको वाक्यात्मक संरचनालाई सरल वाक्य भनिन्छ। सरल वाक्यमा एउटा मात्र कर्तामा एउटा मात्र क्रियापद हुन्छ। तर एक भन्दा बढी असमापिका क्रिया भने रहन सक्दछन्।
उदाहरण: रमा पढ्छे।

मिश्र वाक्य
एउटा मुख्य उपवाक्य र अर्को आश्रीत उपवाक्य मिलेर बनेको वाक्य मिश्र वाक्य हो। यसमा एउटा स्वतन्त्र उपवाक्य र एक वा एकभन्दा बढी अभिनस्त उपवाक्यहरु रहेका हुन्छन्। यस्ता उपवाक्यहरुको योजकको रुपमा जब-तब, त्यो, जसरी-उसरी, भनी जस्ता सापेक्ष संयोजकहरुको प्रयोग गरिन्छ।
उदाहरण: जब घाम लाग्ला तब धान सुकाउँला।


संयुक्त वाक्य
एकभन्दा बढी स्वतन्त्र उपवाक्यको योगबाट निर्मित वाक्य संयुक्त वाक्य हो। संयुक्त वाक्यमा आउने उपवाक्यमा समापक क्रियाको प्रयोग भएको हुन्छ। यस्ता उपवाक्यलाई निरपेक्ष संयोजकले जोडेको हुन्छन्। कहिले शून्य संयोजकहरुको सहयोगबाट पनि संयुक्त वाक्यको रचना हुन सक्छ।
उदाहरण: राम ज्ञानी र परिश्रमी छ।



  • पद तथा पदावलीको व्यवस्थित एवम सार्थक समूहलाई वाक्य भनिन्छ। वाक्यमा उदेश्य र विधेय अनिवार्य घटकका रुपमा रहेका हुन्छन्।
  • एउटा उदेश्य र एउटा मात्र विधेय रहेको वाक्यात्मक संरचनालाई सरल वाक्य भनिन्छ।
  • एउटा मुख्य उपवाक्य र अर्को आश्रीत उपवाक्य मिलेर बनेको वाक्य मिश्र वाक्य हो।
  • एकभन्दा बढी स्वतन्त्र उपवाक्यको योगबाट निर्मित वाक्य संयुक्त वाक्य हो।
.

Very Short Questions

0%

ASK ANY QUESTION ON सरल, संयुक्त र मिश्र वाक्यको पहिचान

No discussion on this note yet. Be first to comment on this note