Notes on सहिदहरूका सम्झनामा | Grade 10 > Nepali > सहिदहरुको सम्झनामा | KULLABS.COM

सहिदहरूका सम्झनामा

  • Note
  • Things to remember
  • Exercise

       

सहिदहरूको सम्झनामा

source: www.weallnepali.com भूपी शेरचन
source: www.weallnepali.com
तस्वीर:भूपी शेरचन

 

भूपी शेरचन 

जन्म           :     वि.सं. १९९२ पुस १२ गते  मुस्ताङ, थाक टुकुचे

मृत्यु            :     २०४६ जेठ १, काठमाडौँ

शिक्षा           :       बि.ए. सम्म

पेशा             :      कवि

राष्ट्रियता     :      नेपाली

विधा           :      कविता (गद्य)

सम्मान/पुरस्कार :    साझा पुरस्कार(२०२६),  गोरखा दक्षिणबाहु दोस्रो(२०४२)

      भूपी शेरचनको (वास्तविक नाम: भुपेन्द्रमान शेरचन) जन्म वि.सं. १९९२ साल पुस (१४ मे १९३७) महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी ६ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपी अत्यन्त सवेदनशील थिए ।

सेवा, पेसा र संलग्नता 

  • नेपाल कमन्युस्ट पार्टीको जिल्ला सचिव(२०१२)
  • ठेकेदारी(२०१८ देखि)
  • नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०२६)

भूपी शेरचनका प्रकाशित कृतिहरू

 १.परिवर्तन (नाटक, २०१० साल)
२. नयाँ झ्याउरे (कविता,२०१० साल)
३. निर्झर (कविता, २०१५ साल)
४. घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५ साल)

मूल भाव

कवितामा कवि शेरचनले सहिदहरूको परिचय दिँदै हाम्रो मुलुकमा अहिलेको अवस्था ल्याउन सहिदहरूले निर्वाह गरेको भूमिकाका बारेमा चर्चा गरेका छन् | साथै सहिदहरूको इच्छा र सपनाअनुसर पछिल्ला पुस्ताका मानिसहरूले पनि आ-आफ्नो कर्तव्य पूरा गर्नुपर्ने आशय पनि यस कवितामा पाइन्छ | हाम्रो देशमा एक सय चार वर्षसम्म शासन गर्ने राणाहरूले शासन हटाइ मुलुकमा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले भएको जनक्रान्ति हाम्रा केही पूर्वजहरूको अकालमै ज्यान गएको छ | हाम्रा सहिदहरूले आफ्नो जीवनको अन्तिम अवस्थामा पुग्दासम्म पनि अनेकौँ चाहनाहरू मनमा लिएका थिए जसलाई पूरा गर्न बाँकी नै थियो | अब पछिका हामीहरूले उनीहरूका ती चाहनाहरूलाई यथाशक्य, यथाशीघ्र पूरा गराउनुपर्दछ | यदि हामीले आफ्नो काम गर्न सकेनौ, आफ्नो कर्तव्य पूरा गर्न सकेनौ भने हामीलाई हाम्रो मातृभूमि, इतिहास र हाम्रा सहिदहरूले धिक्कार्नेछन् किनभने उनीहरूको प्रयासबाट प्राप्त भएको स्तिथिलाई उपभोग गर्दै आज हामी बाँचेका छौँ भन्ने मूल भाव यस कवितामा पाइन्छ |

 



  • भूपी शेरचनको जन्म वि.सं. १९९२ साल पुस महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो ।
  • उनले पाएको सम्मान/पुरस्कार   साझा पुरस्कार(२०२६),  गोरखा दक्षिणबाहु दोस्रो(२०४२) आदि हो |
  • शेरचनले सहिदहरूको परिचय दिँदै हाम्रो मुलुकमा अहिलेको अवस्था ल्याउन सहिदहरूले निर्वाह गरेको भूमिकाका बारेमा चर्चा गरेका छन् | 
.

Very Short Questions

संसारमा भएका विभिन्न मुलुकहरूमा आ-आफूलाई सुहाउँदो किसिमको संविधान, कानुन, नीति, नियम, व्यवस्था पद्धति तर्जुमा र कार्यान्वयन गरेको पाइन्छ | उपर्युक्त कुराहरू कुनै राम्रा पनि हुन सक्छन् भने कुनै नराम्रा पनि हुन सक्छ्न् | राम्रा जतिलाई यथावत राखेर नराम्रा जतिलाई चाहिँ समयनुसार फेर्दै, सुधार्दै लैजानुपर्ने हुन्छ | कसैलाई अनुपयोगी ठहरिएको नीतिनियम अर्को कसैलाई उपयोगी भइरहेको पनि हुन्छ | यस्तो अवस्थामा स्वीकार गर्ने र स्वीकार नगर्ने दुई पक्षको निर्माण हुन जान्छ | यी दुई पक्षक बीचमा क्रान्ति पनि हुन्छ | मुलुकको हितलाई ध्यानमा राखेर अघि बढ्ने क्रममा मुलुकका केही व्यक्तिहरूको मृत्यु पनि हुनसक्छ | यसबाट यो प्रष्ट हुन्छ कि कुनै मुलुकमा परिवर्तन गर्नु छ, सुधार गर्नु छ भने देशका केही वीर नागरिकहरूले आफूलाई बलिदान गर्न सक्नुपर्छ अन्यथा मुलुक बन्दैन |

कुनैपनि देश र जनताको भलाइका लागि सङ्घर्ष गर्दा गर्दै प्राण त्याग गर्ने मानिस त्यस देशको सहिद बन्छ | प्रत्येक देशका सहिदहरूले आफू मरेर गएपनि आफ्नो देश र जनताको सधैँ उन्नति, प्रगति भइरहोस् भन्ने इच्छा राखेका हुन्छन् | उनीहरूको उक्त इच्छा पुरा गराउने जिम्मेवारी बाँकी रहेका अरू नागरिकहरूको हुन्छ | बाँकी रहेका नागरिकहरू आफ्नो र देशको दिनानुदिन प्रगति गर्दै गाए भने सहिदहरूको इच्छा पूरा हुन्छ | यो नै सहिदहरूप्रतिको कर्तव्य हो | हाम्रा पनि सहिदहरूले सङ्घर्ष गरेर आफूलाई गुमाउँदा आफ्नो राष्ट्र र जनताहरूको भलाइका लागि आफ्नो बलिदान गर्दछन् | अब अहिले यस देशमा बसोबास गर्ने हामी नेपाली नागरिकहरूले आफ्नोराष्ट्र र जनताको उन्नति गर्न सकेमा हाम्रो सहिदहरू हामीसँग प्रसन्न रहन्छन् | हाम्रो कर्तव्य भनेको नै सहिदहरूलाई खुशी तुल्याउनु हो |

प्रस्तुत कविताका लेखक कवि शेरचनले सहिदहरूप्रति गहिरो श्रद्धाभाव व्यक्त गरेका छन् | आज हामी नेपालीले खाने प्रत्येक गाँस र फेर्ने प्रत्येक सासमा सहिदको रगत मिसिएको छ | हाम्रो मुटुको प्रत्येक चालमा सहिदको हृदयको धड्कन पाइन्छ | हाम्रा जीवनका खुशीका प्रत्येक क्षणहरूमा सहिदको जीवन देख्न सकिन्छ | अर्थात् सहिदहरूले हाम्रो खुशी र सुखी जीवनका लागि उनीहरूले आफ्नो जीवन उत्सर्ग नगरेका भए आज हामी खुशी र सुखी बन्ने थिएनौं | त्यसकारण हाम्रो सुन्दर जीवन निर्माण गर्न सहिदहरूले आफ्नो जीवन उत्सर्ग गरेका हुँदा हामीले उनीहरूको सुन्दर सपना साकार पर्नेतर्फ इतिहासलाई नबिर्सीकन नि:स्वार्थ भावले राष्ट्रोन्नतिका कार्यमा सरिक हुनु नै सहिदहरूप्रति गहिरो श्रद्धाभाव व्यक्त हुन सक्दछ भनी कविले 'सहिदहरूको सम्झना' कवितामा सहिदहरूप्रति श्रद्धा व्यक्त गरेका छन् |

'सहिदहरूको सम्झनामा' शीर्षक कविता कवि भूपी शेरचनद्वारा लेखिएको हो | यस कवितामा कवि शेरचनले सहिदहरूको परिचय दिँदै हाम्रो मुलुकमा अहिलेको अवस्था ल्याउन सहिदहरूले निर्वाह गरेको भूमिकाका बारेमा चर्चा गरेका छन् | साथै सहिदहरूको इच्छा र सपनाअनुसर पछिल्ला पुस्ताका मानिसहरूले पनि आ-आफ्नो कर्तव्य पूरा गर्नुपर्ने आशय पनि यस कवितामा पाइन्छ | हाम्रो देशमा एक सय चार वर्षसम्म शासन गर्ने राणाहरूले शासन हटाइ मुलुकमा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले भएको जनक्रान्ति हाम्रा केही पूर्वजहरूको अकालमै ज्यान गएको छ | हाम्रा सहिदहरूले आफ्नो जीवनको अन्तिम अवस्थामा पुग्दासम्म पनि अनेकौँ चाहनाहरू मनमा लिएका थिए जसलाई पूरा गर्न बाँकी नै थियो | अब पछिका हामीहरूले उनीहरूका ती चाहनाहरूलाई यथाशक्य, यथाशीघ्र पूरा गराउनुपर्दछ | यदि हामीले आफ्नो काम गर्न सकेनौ, आफ्नो कर्तव्य पूरा गर्न सकेनौ भने हामीलाई हाम्रो मातृभूमि, इतिहास र हाम्रा सहिदहरूले धिक्कार्नेछन् किनभने उनीहरूको प्रयासबाट प्राप्त भएको स्तिथिलाई उपभोग गर्दै आज हामी बाँचेका छौँ भन्ने मूल भाव यस कवितामा पाइन्छ |

0%

ASK ANY QUESTION ON सहिदहरूका सम्झनामा

No discussion on this note yet. Be first to comment on this note