Notes on भाग्य भन्दा परिश्रम ठुलो | Grade 10 > Nepali > भाग्यभन्दा परिश्रम ठुलो | KULLABS.COM

भाग्य भन्दा परिश्रम ठुलो

Notes, Exercises, Videos, Tests and Things to Remember on भाग्य भन्दा परिश्रम ठुलो

Please scroll down to get to the study materials.

Registration open for Special Scholarships

  • Note
  • Things to remember
  • Exercise

 

भाग्यभन्दा परिश्रम ठूलो (वादविवाद)

परिचय 

            कुनै निश्चित विषय वा शीर्षकमा पक्ष र विपक्षबाट गरिने तर्कपूर्ण प्रस्तुतीकरलाई वादविवाद भनिन्छ | वादविवादमा आफ्ना पक्षको समर्थन र पुष्टि (मण्डन) तथा विपक्षका तर्कसँग असहमति राख्तै तिनको शिष्टतापूर्वक खण्डन  गरिन्छ | वादविवाद एकातर्फी वा दुइतर्फी हुन्छ | दुइतर्फी वादविवादमा पक्ष वा विपक्षको सृजना गरेर तार्किक कुराहरू अगाडि सारिन्छ भने एकतर्फीमा चाहिँ पक्ष वा विपक्षबाट मात्र आफ्ना तार्कहरू राखिन्छन् | सामान्यतया विद्यार्थीका लागि एकतर्फी वादविवाद नै उत्तम हुन्छ | वादविवादबाट निश्चित समयमा बोलिसक्ने सीपको विकास हुन्छ भने विपक्षीका तर्कहरूलाई खण्डन गर्न सक्ने सामार्थ्यको वृद्धि पनि हुन्छ |

            वादविवादमा सम्बोधनका साथ तर्क र त्यसको पुष्टि गर्दा भाषालाई कलात्मक, शृङ्खलाबद्ध र प्रभावकारी बनाउनुपर्छ | आफ्नो विषयको प्रस्तुतिका साथै विपक्षका तर्कहरूमाथि प्रहार गरी तिनलाई काट्न सक्नुपर्छ | वादविवादमा विषयले स्वीकार गरेको कुरालाई पक्ष र त्यसको उल्टो कुरालाई विपक्ष भनिन्छ |

वादविवाद लेख्ने तरिका 

  • आफूले लेख्नुपर्ने विषयको पक्ष र विपक्षका रूपमा आउन सक्ने महत्वपूर्ण बुँदाहरू तयार पार्ने |
  • बुँदाहरूलाई तार्किक र प्रभावपूर्ण बनाउने अनि तिनलाई क्रममा मिलाएर लेख्ने |
  • औपचारिक रूपमा सभापति, निर्णायकमण्डल, गुरुहरू तथा उपस्थित साथीहरूलाई सम्बोधन गरेर लेखन सुरु गर्ने (आफू सहभागी भएर) |
  • समयलाई ध्यान दिएर प्रथम पुरुष शैलीमा पहिले आफ्नो पक्ष बताउने र त्यसका तर्फबाट तर्कहरू प्रस्तुत गर्ने |
  • पूर्ववक्ताले विपक्षबाट तर्कहरू राखेको कल्पना गरी तिनलाई काट्न आफ्नो तर्क प्रस्तुत गर्ने |
  • बोल्दा पात्रहरूको प्रयोग गर्न सक्ने हाउभाउ इत्या कोष्ठमा लेख्ने |
  • निष्कर्षका रूपमा आफ्ना पक्षका तर्फबाट बलियो दृष्टान्त (उदाहरण) सहित धन्यवाद दिएर समाप्त गर्ने |

 

 



  •  कुनै निश्चित विषय वा शीर्षकमा पक्ष र विपक्षबाट गरिने तर्कपूर्ण प्रस्तुतीकरलाई वादविवाद भनिन्छ | 
  • वादविवादमा सम्बोधनका साथ तर्क र त्यसको पुष्टि गर्दा भाषालाई कलात्मक, शृङ्खलाबद्ध र प्रभावकारी बनाउनुपर्छ | 
  • वादविवादमा विषयले स्वीकार गरेको कुरालाई पक्ष र त्यसको उल्टो कुरालाई विपक्ष भनिन्छ |
.

Questions and Answers

Click on the questions below to reveal the answers

 वादविवादमा सहभागी हुने व्यक्तिले बोल्दा निम्न कुरामा ध्यान दिनुपर्छ,

  • प्रत्येक वक्तालाई पाँच मिनेटको समय दिइने छ | चार मिनेट भएपछि जनाउ घन्टी बजाइनेछ र अन्तिम घन्टी बजेपछि वक्ताले आफ्नो भनाइलाई टुङ्याउनु पर्नेछ |
  • कुनै व्यक्ति, वर्ग, जाति वा समुदायमाथि कुनै किसिमको आक्षेप लाग्ने कुराहरू कुनै वक्ताले पनि बोल्न पाउने छैन | विभेद ल्याउने साम्प्रदायिक भावना फैलाउने र लैङ्गिक समताको भावनालाई उपेक्षा गर्ने किसिमका कुनै पनि सन्दर्भहरू ल्याउन पाइनेछैन |
  • निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ |

पक्षतर्फका दोस्रा वक्ताले प्रस्तुत गरेका तर्फहरूमध्ये मुख्य-मुख्य कुराहरू निम्नानुसार छन् :

  • निराशावादी दृष्टिकोण अघि सार्नु आजको परिवेशमा कदापि सान्दर्भिक छैन |
  • जस्तोसुकै विपत्तिमा पनि पारिश्रम गर्न नछाड्नेहरू महापुरुष हुन्छन् |
  • वेदले हामीलाई परिश्रम वा कर्म गरेरै सय वर्ष बाँच्ने सन्देश दिएको छ |
  • परिश्रम नै हाम्रो ज्ञान, विज्ञान, नीति, धर्म, कला, साहित्य, जीवन र जगतको निर्धारक हो |
  • पन्चमहाभूत सदैव श्रमरत छन् |
  • जीवनको अर्को नाम नै कर्म हो र कर्म भन्नु नै परिश्रम हो |
  • परिश्रमरूपी ईश्वरलाई अनास्था गरेर जीवनरूपी रथ किमार्थ अघि बढ्न सक्दैन |
  • परिश्रम गर्दा गर्दा जीवनले नयाँ रूप धारण गर्दछ |
  • धर्म, अर्थ, काम र मोक्ष गरी हाम्रा चार पुरुषार्थ छन् |
  • निरन्तर साधनारत रहेर परिश्रम गरेमा हामी राजा विश्वामित्रबाट ब्रमहर्षि विश्वमित्र बन्न सक्छौ, सिद्धार्थ गौतम बुद्ध हुन सक्छौँ |

      आजको वादविवाद प्रतियोगितामा म विषयको विपक्ष भाग्यभन्दा परिश्रम ठूलो भन्ने पक्षमा आफ्ना मन गढन्ते  र भ्रामक तर्कहरू प्रस्तुत गरेर जानुभयो | उहाँका ती तर्कहरूसँग बिल्कुलै सहमत हुन सकिन्न | भाग्यलाई जतिसुकै नकारे पनि आजसम्म उहाँले हासिल गर्नुभएका उपलब्धिहरू भाग्यकै वरदान हुन् | परिश्रमबाटै सबै कुरा सम्भव हुन्छ भन्नु बालुवाको कहल बनाउन खोज्नु मात्रै हो | भाग्यभन्दा बढी यस संसारमा कसैले केही पाउँदैन | भाग्य मानवजीवनको आधार हो; भाग्यकै जगमा सुखी जीवनको महल बनाउन सकिन्छ | आफ्नो भाग्य आफैँसँग छ भन्ने कुरालाई कदापि नकार्न सकिदैंन | भाग्य भनेको दैवी विधान हो | यसलाई कसैले पनि मेट्न सक्दैनन् | भाग्यमा जे जति छ त्यसलाई कसैले पनि हर्न सक्दिन, खोस्न सक्दिन | "भाग्यमा भए थलैमा" कहाँ त्यसै भनिएको हो र ? भाग्यमा छ भने थोरै परिश्रम, थोरै लगानीबाट पनि ठूलो उपलब्धी हासिल गर्न सकिन्छ | भाग्यमा छैन भने जतिसुकै परिश्रम गरे पनि, टाउकै फोरे पनि सफलता प्राप्त गर्न सकिन्न | हाम्रो नीतिमा पनि "भाग्यं फलाति सर्वत्र" अर्थात् भाग्यमा भए जहाँ सुकै सफलता प्राप्त हुन्छ भनिएको छ |

0%

ASK ANY QUESTION ON भाग्य भन्दा परिश्रम ठुलो

No discussion on this note yet. Be first to comment on this note