Notes on कारक र विभक्ति | Grade 10 > Nepali > इमानसिंह चेमजोङ | KULLABS.COM

कारक र विभक्ति

  • Note
  • Things to remember
  • Exercise

कारक र विभक्ति

कारक 

नाम र सर्वनाम बीचमा हुने सिधा सम्बन्धलाई कारक भनिन्छ | वाक्यमा क्रियापदसँग सम्बन्ध राख्ने नामिक शब्द (नाम, सर्वनाम र विशेषण) का रूपहरूलाई कारक भनिन्छ | अर्थात् नामपद र क्रियापदका बीचमा हुने भूमिकामुलक अर्थतात्विक सम्बन्ध नै कारक हो |

जस्तै :-

उसले सुजनलाई लठ्ठीले हान्यो |

यस वाक्यमा 'हान्यो' क्रियापदसँग तीनओटा नामिक शब्दहरू 'उसले', 'सुजनलाई', 'लठ्ठीले' सम्बन्धित भएर वाक्यमा आ-आफ्नो भूमिका खेलेका छन् :भूमिका खेल्ने / काम गर्ने शब्द         क्रियापद      कार्य / भूमिका

     उसले              हान्यो        ऊ : कर्ता (काम गर्ने)

     सुजनलाई        हान्यो       सुजन : कर्म (कामको असर पर्ने

     लठ्ठीले             हान्यो       लठ्ठी : करण (हान्ने साधन)

यसरी माथिको वाक्यमा क्रियापदसँग सम्बन्ध राख्ने 'ऊ' 'सुजन' र 'लठ्ठी' ले क्रमशः कर्ता, कर्म र करणको भूमिका खेलेका हुनाले ती कारक हुन् |

 

कारकका प्रकार 

कर्ता कारक 

वाक्यमा कुनै पनि कार्य सम्पादन गर्ने नामिक शब्दलाई कर्ता कारक भनिन्छ | यसमा प्राय 'को' वा 'कसले' भन्ने प्रश्नको उत्तर आउँछ | त्यस्तै कर्ता कारकमा सामान्यतया 'ले/बाट/द्वारा' जस्ता प्रथमा विभक्तिका चिन्हहरू लाग्दछन् | 

जस्तै :-

रेशमले गीत गायो |

तिनीहरू घर गएनन् |

वीरले युद्ध जित्यो |

 कर्म कारक 

वाक्यमा कामको परिणाम भोग्ने वा असर पर्ने नामिक शब्दलाई कर्म कारक भनिन्छ | यसमा प्राय 'के' वा 'कसलाई' यसमा सामान्यतया द्वितीया विभक्तिको चिन्ह 'लाई' लाग्दछ |

जस्तै :-

खुशीलाई पिट्छु |

पत्रका बेच्छ |

किरणले सोझालाई हेप्छ |

करण कारक 

वाक्यमा काम गर्न प्रयोग गरिने साधन, कारण वा हेतु बुझाउन आउने नामिक शब्दलाई करण कारक भनिन्छ | यस कारकमा प्राय 'के ले' वा 'के बाट' भन्ने प्रश्नको उत्तर आउँछ | यसमा सामान्यतया 'ले/ बाट/ द्वारा' जस्ता तृतीय विभक्तिका चिन्हहरू लाग्दछन् |

जस्तै :-

बहिनी चम्चाले खाना खान्छे |

उसले गणेशद्वारा काम बनायो |

हामी बसबाट मुक्तिनाथ गयौँ |

 सम्प्रदान कारक 

वाक्यमा क्रियाले गर्ने कामको लक्ष्य वा काम गरेको प्रयोजन बनी आउने नामिक शब्दलाई सम्प्रदान कारक भनिन्छ | यो प्राय 'कसलाई' भन्ने प्रश्नको उत्तरमा आउँछ | यसमा 'लागि/ निम्ति/ लाई' जस्ता चतुर्थी विभक्तिका चिन्हहरू लाग्दछन् |

जस्तै :-

हामीले भूकम्पपिढीतका लागि चन्दा उठायौँ | 

कलाले पूजाका निम्ति फूल टिपी |

बुबाले भाइलाई लुगा ल्याइदिनुभयो |

अपादान कारक :

वाक्यमा काम सुरु हुने समय, छुट्टिने ठाउँ वा वस्तुको स्रोत बनेर प्रयोग गरिने शब्दलाई अपादान कारक भनिन्छ | यसमा प्राय 'देखि/ बाट' जस्ता पन्चमी विभक्तिका चिन्हहरू लाग्दछन् |

जस्तै :-

आइतबारदेखि पानी पर्दैछ |

सिन्धुलीबाट आइपुग्यो |

बाँदर रूखबाट हाम्फाल्यो |

अधिकरण कारक :

वाक्यमा हुने कामको ठाउँ, समय वा विषयको आधार देखाउने नामिक शब्दलाई अधिकरण कारक भनिन्छ | यो कारकमा प्राय 'कहाँ वा कहिले' भन्ने प्रश्नको उत्तरमा आउँछ | यसमा 'मा', 'माथि' जस्ता सप्तमी विभक्तिका चिन्हहरू लाग्दछन् |

जस्तै :-

चरो रूखमा बसेको छ |

घरमाथि हेलिकोप्टर उड्दै छ |

कलम झोलामा राख |

 

विभक्ति 

आफ्नो कुनै स्वतन्त्र अर्थ नभएको तर नामिक पदसँग जोडिएर पदिय अन्तरसम्बन्ध कायम गरी क्रियासँग सम्बन्ध राख्ने परसर्गलाई विभक्ति भनिन्छ | अर्थात् नामिक शब्द (नाम, सर्वनाम, विशेषण) का पछाडि आएर कराकलाई छुट्याउने चिन्हहरूलाई विभक्ति भनिन्छ | विभक्तिले एउटा शब्दको क्रियासँग रहने सम्बन्धलाई स्पष्ट पारेर देखाउन सहयोग गर्दछन् |

जस्तै :-

ऊ बिहानदेखि खेल्दै छन् |

सुमनद्वारा सामान किनियो |

एक घण्टामा बसपार्क पुगिन्छ |

दिलिपलेलाई किताब ल्याइदियो |

जोगीले चामल झोलामा राख्यो र आँगनबाट हिँड्यो |

 

कारक र विभक्तिका अर्थ र चिन्हहरूको तालिका

 

कारक

सम्बन्ध/भूमिका/अर्थ

विभक्ति

विभक्ति चिन्ह

कर्ता

काम गर्ने

प्रथमा

 

ले/बाट/ द्वारा

कर्म

कामको असर पर्ने

द्वितीया

 

लाई/ कन

करण

काम गर्ने साधन

तृतीया

 

 ले/ बाट/ द्वारा

सम्प्रदान

जसका लागि काम गरिन्छ

चतुर्थी

लाई/ लागि/ निम्ति

उपादान

छुट्टिने ठाउँ/ सुरु हुने समय

पन्चमी

देखि/ बाट

सम्बन्ध

नाता र स्वामित्व

षष्ठी

को, का, की,/ रो, रा, री/ नो, ना, नी

अधिकरण

 आधार/ आश्रय दिने

सप्तमी

मा /माथि

सम्बोधन

बोलावट

 

सम्बोधन

 

 

हे/ ए/ ओ



  • नाम र सर्वनाम बीचमा हुने सिधा सम्बन्धलाई कारक भनिन्छ |
  • वाक्यमा कुनै पनि कार्य सम्पादन गर्ने नामिक शब्दलाई कर्ता कारक भनिन्छ | 
  • वाक्यमा कामको परिणाम भोग्ने वा असर पर्ने नामिक शब्दलाई कर्म कारक भनिन्छ |
  • वाक्यमा काम गर्न प्रयोग गरिने साधन, कारण वा हेतु बुझाउन आउने नामिक शब्दलाई करण कारक भनिन्छ | 
  • वाक्यमा क्रियाले गर्ने कामको लक्ष्य वा काम गरेको प्रयोजन बनी आउने नामिक शब्दलाई सम्प्रदान कारक भनिन्छ | 
  • वाक्यमा काम सुरु हुने समय, छुट्टिने ठाउँ वा वस्तुको स्रोत बनेर प्रयोग गरिने शब्दलाई अपादान कारक भनिन्छ | 
  • वाक्यमा हुने कामको ठाउँ, समय वा विषयको आधार देखाउने नामिक शब्दलाई अधिकरण कारक भनिन्छ |
  • आफ्नो कुनै स्वतन्त्र अर्थ नभएको तर नामिक पदसँग जोडिएर पदिय अन्तरसम्बन्ध कायम गरी क्रियासँग सम्बन्ध राख्ने परसर्गलाई विभक्ति भनिन्छ 
.

Very Short Questions

  • इमानसिंहले एकदिन विद्यालयमा किराँतहरूको संस्कृति विषयमा चर्चा सुनेछन् | (कर्ता कारक, प्र.वि)
  • अनुसन्धान कार्यमा तल्लीन हुनुपरेकाले उनले घरपरिवारलाई बढी समय दिन सकेनन् | (सम्प्रदान कारक, च. वि)
  • ज्ञान बुद्धिबाट शक्ति प्रकट हुन्छ | (करण कारक, तृ. वि)
  • नेपालबाहिर जन्मिएर पानी उनले आफ्नो कर्मथलो भने नेपाललाई नै बनाए | (कर्म कारण, द्वी.वि)
  • सिक्किममा पूर्वी नेपालको लिम्बूवान क्षेत्रमा आई उनले त्यहाँ 'लिम्बूवान सुधार सङ्घ' गठन गरे | (सम्प्रदान कारक, प. वि)
  • इमानसिंह चेमजोङ लिम्बूवान र खम्बूवान क्षेत्रका प्रत्येक गाउँगाउँमा डुलेर किराँती, भाषा, इतिहास, धर्म र संस्कृतिको खोजी गर्ने कार्यमा लाग्न थाले | (अधिकरण कारक, स. वि)

पोखराबाट     -     अपादान कारक

दाइलाई       -     सम्प्रदान कारक 

शिवानीले      -    कर्ता कारक

किस्तीमा      -    अधिकरण कारक

उपहार        -       कर्म कारक

बुबाले         -     कर्ता कारक  

बजारबाट      -     अपादान कारक

भाइलाई             -     सम्प्रदान कारक           

कलम         -     कर्म कारक

उनले         -     कर्ता कारक

झटाराले             -     करण कारक

रूखबाट             -     अपादान कारक

नास्पाती       -     कर्म कारक

चेतनले        -     कर्ता कारक

रूखमा        -     अधिकरण कारक

लठ्ठीले        -     करण कारक

भुइँमा         -     अधिकरण कारक

किसानले      -     कर्ता कारक

इनारबाट      -     अपादान कारक

बाल्टिनले      -     करण कारक

तरकारीबारीमा -     अधिकरण कारक

दाइले           -     कर्ता कारक

बेलायतबाट     -     अपादान कारक

भाइलाई          -     सम्प्रदान कारक

जहाजमा        -     अधिकरण कारक

सामान             -     कर्म कारक 

द्रोण          -     कर्ता कारक

भाइलाई     -     सम्प्रदान कारक

कापी         -     करण कारक

किरणले        -     कर्ता कारक

सोझालाई      -     सम्प्रदान कारक

आमा         -     कर्ता कारक

तिर्थदेखि      -     अपादन

म                -     कर्ता कारक

पशुपतिनाथमा -     अधिकरण

तपस्या       -     कर्म कारक

मा    -     सप्तमी       ले     -     प्रथमा

द्वारा -     तृतीया       मा    -     सप्तमी

को    -     षष्ठी        ले     -     प्रथमा

लाई   -     द्वितीया      मा    -     सप्तमी

ले     -     प्रथमा        का    -     षष्ठी

लाई   -     द्वितीया      ले     -     प्रथमा

लाई   -     चतुर्थी

मा    -     सप्तमी       बाट   -     पन्चमी 

लाई    -    द्वितीया      ले     -     तृतीया

ले     -     प्रथमा        ले     -     तृतीया

ले     -     प्रथमा       लाई   -     द्वितीया

ले     -     तृतीया

 को   -     षष्ठी        मा    -     सप्तमी

ले     -     प्रथमा        मा    -     सप्तमी

लाई   -     सम्प्रदान

देखि   -     पन्चमी       मा    -     सप्तमी 

ले     -     प्रथमा        ले     -     तृतीया

मा    -     सप्तमी   

मैले कक्षा एकबाट नै पढेको विद्यालय जनता माध्यमिक विद्यालयका नामबाट हाम्रो गाउँमा मात्र नभई जिल्लामा पनि त्यतिकै प्रख्यात छ | जसमा कक्षा एकदेखि दशसम्म पठनपाठन हुन्छ भने विद्यार्थीको सङ्ख्या जम्मा ५३० रहेको छ | विद्यालय भौतिक तथा वातावरणीय संरचना पनि निकै नै राम्रो मानिन्छ | जम्मा चार वटा भवन र एक्काइस वटा कोठा भएको हाम्रो विद्यालयमा सबै कक्षाकोठामा आवश्यक शैक्षिक तथा भौतिक सामग्रीहरू भरिपूर्ण छन् | नेपाली र अङ्ग्रेजी दुवै माध्यमद्वारा पठनपाठन हुने हाम्रो विद्यालयका शिक्षकहरू पनि दक्ष र तालिमप्राप्त छन् | तीस जना शिक्षकहरू रहेको हाम्रो विद्यालयमा विद्यार्थी र शिक्षकहरू बीच आत्मीय सम्बन्ध प्रष्ट देखिन्छ | हामीलाई विद्यालयद्वारा आयोजना गरिने विभिन्न कार्यक्रमहरूमा पनि उपस्थित गराई आफू र आफ्ना साथीहरूलाई सबैमाझ परिचित हुने तथा आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पनि दिइन्छ | समग्रमा भन्दा अन्य विद्यालयको तुलनामा हाम्रो विद्यालय आर्थिक, भौतिक, शैक्षिक, वातावरणीय तथा व्यपस्थापनका दृष्टिले उत्तम मानिन्छ |

 

0%

ASK ANY QUESTION ON कारक र विभक्ति

No discussion on this note yet. Be first to comment on this note