Notes on भाव | Grade 11 > Nepali > म फूल लिएर आउनेछु | KULLABS.COM

भाव

  • Note
  • Things to remember

भाव

भाषामा प्रयोग गर्ने मान्छेको मनोवाद वा आशयलाई बुझाउँदा फेरिने क्रियापदको रुपलाई भाव भनिन्छ। भावलाई निम्न पाँच भागमा विभाजन गरिएको छ।

  • सामान्यार्थ
  • आज्ञार्थ
  • इच्छार्थ
  • सम्भावनार्थ
  • सङ्केतार्थ

 

सामान्यार्थ
कुनै पनि काम गर्नका लागी सामान्य मनोवाद अभिव्यक्त गर्ने क्रियापदलाई सामान्यार्थ भनिन्छ अर्थात क्रियाको कार्य व्यापार सामान्य रुपमा सम्पन्न भएको बताउने वा वक्ताको मनोभावनामा कुनै विशेष अवस्था प्रकट हुँदैन भने क्रियाको त्यस्तो भावलाई सामान्यार्थ भनिन्छ। सामान्यार्थले क्रियाको निश्चीतता पनि बुझाउँछ।
उदाहरण: राजु पढ्छ।

आज्ञार्थ
कुनै काम गर्नका लागी आज्ञा/ आदेश वा अनुरोध दिनुलाई आज्ञार्थ भनिन्छ अर्थात क्रियाको कार्य व्यापारमा आज्ञा, अनुमति, आदेश दिइएको आशय प्रकट भएको त्यस्तो आशयगत विशिष्ट अर्थ बताउने क्रियाको भावलाई आज्ञार्थ भनिन्छ। यसमा द्वितीय पुरुषका ई, अ, उ, ओ आदि प्रत्यय जोडिएर आज्ञार्थक क्रियापद बन्दछन्।
उदाहरण: तिमी पाठ नपढ।

इच्छार्थ
कुनै काम गर्नका लागी इच्छा, प्राथना, आशीर्वाद, उपदेश, विन्ती आदि भावलाई व्यक्त गर्ने क्रियापदलाई इच्छार्थ भनिन्छ। अर्थात क्रियाको कार्य व्यापारमा इच्छा, विन्ती, अनुरोध जस्ता अभिप्राय प्रकट भएमा इच्छार्थ हुन्छ। यसमा प्रत्ययहरु उँ, औँ, एस्, ओस्, उनु धातुमा जोडिएर इच्छार्थ क्रियापद बन्दछन्।
उदाहरण: उसले पाठ पढोस्।

सम्भावनार्थ
कुनै पनि काम गर्नका लागी अनुमान, सम्भावना, अड्कल आदि भावलाई व्यक्त गर्ने क्रियापदलाई सम्भावनार्थक भनिन्छ। अर्थात क्रियाको कार्या सम्पन्न हुने सम्भावना धेरै मात्रामा रहेको तर कहिले सम्पन्न हुने हो भन्ने निश्चीतता नरहेको आशय बुझाउने क्रियाको भाव सम्भावनार्थ हो। यसले भविष्यमा हुने कार्यलाई निर्देशित गर्दछ।
उदाहरण: आज पानी पर्ला।

सङ्केतार्थ
कुनै पनि कार्य गर्नका लागी कार्य र करण सम्बन्ध भएको वाक्यलाई सङ्केतार्थ भनिन्छ। अर्थात वाक्यमा कार्य कारण सम्बन्ध देखाई अर्थ स्पष्ट पार्ने क्रिया सङ्केतार्थक क्रिया हो। कुनै पनि एउटा क्रिया आफैमा सङ्केतार्थक हुँदैन। वाक्यमा प्रयोग भएर अर्को शब्द वा अर्को क्रियासँग सम्बन्ध राखी कार्य-कारण सम्बन्ध देखाएमा मात्र कुनै क्रिया सङ्केतार्थक बन्छ।
उदाहरण: तिमीले दिए मा खान्थें।



  • भाषामा प्रयोग गर्ने मान्छेको मनोवाद वा आशयलाई बुझाउँदा फेरिने क्रियापदको रुपलाई भाव भनिन्छ।
  • कुनै पनि काम गर्नका लागी सामान्य मनोवाद अभिव्यक्त गर्ने क्रियापदलाई सामान्यार्थ भनिन्छ।
  • कुनै काम गर्नका लागी आज्ञा/ आदेश वा अनुरोध दिनुलाई आज्ञार्थ भनिन्छ।
  • कुनै काम गर्नका लागी इच्छा, प्राथना, आशीर्वाद, उपदेश, विन्ती आदि भावलाई व्यक्त गर्ने क्रियापदलाई इच्छार्थ भनिन्छ।
  • कुनै पनि काम गर्नका लागी अनुमान, सम्भावना, अड्कल आदि भावलाई व्यक्त गर्ने क्रियापदलाई सम्भावनार्थक भनिन्छ।
  • कुनै पनि कार्य गर्नका लागी कार्य र करण सम्बन्ध भएको वाक्यलाई सङ्केतार्थ भनिन्छ।
.

Very Short Questions

0%

ASK ANY QUESTION ON भाव

No discussion on this note yet. Be first to comment on this note