Notes on पाठ ९ व्यापारिक चिठी | Grade 10 > Nepali > व्यापारिक चिठी | KULLABS.COM

पाठ ९ व्यापारिक चिठी

  • Note
  • Things to remember

पाठ – ९

व्यापारिक चिठी

      कुनैपनि व्यवसाय गर्ने संस्थाले व्यापारिक सम्बन्ध वा कारोबारका लागि माग र आपूर्तिसँग सम्बन्धित भई लेख्ने चिठी व्यापारिक अथवा व्यावसायिक हो | यस्ता चिठीहरू सामान किनबेचका लागि प्रयोग गरिन्छन् र सामान्यत: संस्थाको नाममा छापिएको 'लेटरप्याड' मा लेखिन्छ | यसको शैली औपचारिक हुन्छ |

व्यापारिक चिठी लख्ने तरिका :

  • पृष्ठको माथिल्लो भागमा पहिले संस्थाको नाम र ठेगाना लेखी त्यसको मुनि दायाँतिर मिति लेख्ने |
  • बायाँ किनारमा माथितिर प.सं. (पत्र सङ्ख्या) लेख्ने |
  • त्यसभन्दा मुनि विषयका रूपमा सम्बन्धित कुरा छोटो पारेर लेख्ने |
  • विषयभन्दा मुनि एक पङ्ति छाडी पाउने संस्थाको प्रमुखलाई सम्बोधन गर्ने र त्यसमुनि संस्थाको पूरा ठेगाना लेख्ने |
  • त्यसपछि एक पङ्ति छाडी सुरुमै 'महोदय' वा 'महाशय' लेख्ने |
  • 'महोदय' लेखेको पङ्तिका मुनिबाट सम्बन्धित विषयको मूल कुरालाई शिष्टतापूर्वक छोटकरीमा लेख्ने |
  • अन्त्यमा 'सहयोगका लागि धन्यवाद !' लेखी चिठी टुङ्ग्याउने |
  • बायाँतिर 'भवदीय' वा 'यहाँको शुभेच्छुक' लेखी त्यसमुनि आफ्नोनाम र पद लेख्ने

 

नोट : 'श्रीमान' लेखेर सम्बोधन गरेपछि नाम वा पदका अन्त्यमा 'ज्यू' लगाउनुपर्दैन |

 

अभ्यास -

१) तलका प्रश्हरूको उत्तर दिनुहोस् :

क) व्यापारिक चिठीको आदि, मध्य र अन्त्यमा केके कुरा लेखिन्छन् ?

उत्तर – व्यापारिक चिठीको आदि वा शुरुमा मितिका साथै चिठी पठाइने कार्यालय, संस्था आदिको प्रमुख व्यक्तिलाई ओहदा सुहाँउदो सम्बोधन, सम्बन्धित संस्थाको नाम र पूरा ठेगाना लेखिन्छ | व्यापारिक चिठीको मध्य वा बीचमा चिठी लेख्नाको कारणसहित विषय, विषयको आशय प्रष्ट हुने गरी बयान लेखिन्छ | व्यापारिक चिठीको अन्त्यमा चिठी पठाइने मानिससँग चिठी पठाउने मानिसले शुभेच्छासहित विदा माग्दै चिठी पठाउने मानिसको पूरा नाम, ठेगाना लेखी हस्ताक्षर गरिन्छ |

ख) व्यापारिक चिठी र घरायसी चिठीमा के-कस्ता भिन्नताहरू हुन्छन् ?

उत्तर –

व्यापारिक चिठीमा :-मिति अनिवार्य हुन्छ र उक्त मिति पत्रको दायाँतर्फको शिरमा लेखिन्छ | यस प्रकारको चिठीमा संघसंस्थाका प्रमुखलाई सम्बोधन गर्दै उक्त संघसंस्थाको पूरा नाम, ठेगाना लेखिन्छ | यस चिठीका लागि विषय अनिवार्य हुन्छ | विवरणमा विषयले भन्न खोजेको कुरा राम्रोसँग खुलेको हुनुपर्छ | चिठी लेखिसकेपछि चिठी लेख्ने मानिसले चिठीको बायाँतर्फको तल आफ्नो नाम ठेगाना र हस्ताक्षर  लेखिन्छ |

घरायसी चिठी :- शुरुमा चिठी पठाउने व्यक्तिको सानो ठेगाना लेखी त्यसको मुनि मिति लेखिन्छ | यस प्रकारको चिठीमा लेख्ने व्यक्तिले लेखिने व्यक्तिसँगको आफ्नो नाता सम्बन्धअनुसारको सम्बोधन गरी अभिवादनसमेत लेख्नुपर्छ | चिठीको अन्त्यमा आफ्नो साइनो अनुसारको शब्दको प्रयोग गरी आफ्नो नाम, ठेगाना लेखिन्छ | यसप्रकार व्यापारिक चिठी र घरायसी चिठीमा भिन्नताहरू पाइन्छन् |

 

२) तलका संयोजक र नामयोगी शब्द राखेर वाक्य निर्माण गर्नुहोस् :

संयोजक : र, अनि, कि, तर, किनभने, वा, अथवा

       – आमा र दिदी मामाघर जानुभएको छ |

अनि      – तिमी खाना खाऊ अनि सँगै विद्यालय जाउँला |

कि         – यो कलम विशालको कि विवेकको हो ?

तर          – म काठमाडौँ आउछु तर तिम्रो घरमा निस्कन भ्याउँदिन |

किनभने   – अरूण ज्यादै पारिश्रम गर्छ किनभने ऊ धेरै धन कमाउन चाहन्छ |

वा       – तिमीलाई खारेको वा नौनी घिउ कुन मन पर्छ ?

अथवा     -  बजारबाट आँप अथवा सुन्तला जे भए पनि लिएर आउ है |

   

नामयोगी : तिर, सम्म, माथि, तर्फ, सित, भित्र, नजिक, पछि, मुन्तिर

तिर    – ओहो ! कमला कता तिर हिड्यौँ |

सम्म   – तिमी कहिलेसम्म नेपालमा बस्ने हो राजु ?

माथि   – हाम्रो घरमाथि ठूलो पिपलको रूख छ |

तर्फ    – गौरब आफ्नै कोठातर्फ गयो |

सित    – म आज बुबासित बजार जान्छु |

भित्र    – शिक्षक हामीभित्र असल नागरिकको गुण देख्नुहुन्छ |

नजिक – सदिक्षाको घर लोक सेवा कार्यालयनजिक पर्छ |

पछि    – मेरी बहिनी दस बजेपछि विद्यालय जान्छे |

मुन्तिर – त्यो ठूलो पहाडमुन्तिर एउटा मन्दिर छ |



.

Very Short Questions

0%

ASK ANY QUESTION ON पाठ ९ व्यापारिक चिठी

No discussion on this note yet. Be first to comment on this note