Notes on वाच्य | Grade 10 > Nepali > मिथिला चित्रकला | KULLABS.COM

वाच्य

  • Note
  • Things to remember
  • Exercise

 

वाच्य परिवर्तन  

वाच्य :- वाक्यमा कर्ता, कर्म र भावका आधारमा क्रियापदको रूप परिवर्तन गर्ने प्रक्रियालाई वाच्य भनिन्छ | कर्ता, कर्म र भावसँग क्रियापदको सम्बन्ध फेर्दा वाक्यको अर्थमा भने कुनै परिवर्तन हुँदैन | वाच्यको अभिव्यक्ति क्रियापदले गर्दछ,

जस्तै :-

शीला स्याउहरू खान्छे |

यहाँ,

   कर्ता        = शीला (स्त्रीलिङ्ग, एकवचन, अनादर)

   क्रियापद  = खान्छे (स्त्रीलिङ्ग, एकवचन, अनादर)

यसमा कर्ताको सम्बन्ध क्रियापदसँग छ त्यसैले 'शीला' वाक्यको उद्देश्य हो |

शीलाद्वारा स्याउहरू खाइन्छन् |

यहाँ,

कर्ता      = शीला (स्त्रीलिङ्ग, एकवचन, अनादर)

कर्म       = स्याउहरू (बहुवचन)

क्रियापद = खाइन्छन् (बहुवचन)

यसमा कर्मको सम्बन्ध क्रियापदसँग छ त्यसैले 'स्याउहरू' वाक्यको उद्देश्य भएको छ |

 आज त नाचिन्छ |

यस वाक्यमा कर्ता तथा कर्म छैनन् तर क्रियापदले आफ्नै धातुको भाव (अर्थ)लाई उद्देश्य बनाएको छ |

 

                                   वाच्यका प्रकार

कर्तृवाच्य                           कर्मवाच्य                       भाववाच्य

कर्ता मुख्य हुने अथवा         कर्म मुख्य हुने अथवा       क्रियापद नै मुख्य हुने |

कर्ताअनुसार क्रियापद हुने |  कर्मअनुसार क्रियापद हुने |   

    

 कर्तृवाच्य 

कर्ता मुख्य भई कर्ताकै लिङ्ग, वचन, पुरुष र आदरअनुसार रहेको क्रियापदको रूपलाई कर्तृवाच्य भनिन्छ | कर्तृवाच्यको क्रियापद सकर्मक वा अकर्मक दुवै हुनसक्छ,

जस्तै :-

हरि कथाहरू पढ्छ |               पढ्छ        = सकर्मक कर्तृवाच्य

तँ लेख लेख्तैनस् |                लेख्तैनस्      = सकर्मक कर्तृवाच्य

बहिनी रोई |                     रोई          = अकर्मक कर्तृवाच्य

तिमी हाँस्दैनौ |                  हाँस्दैनौ       = सकर्मक कर्तृवाच्य

कर्मवाच्य 

कर्म मुख्य भई कर्मकै लिङ्ग, वचन, पुरुष र आदरअनुसार रहेको क्रियापदको रूपलाई कर्मवाच्य भनिन्छ | कर्मवाच्यको क्रियापद सकर्मक मात्र हुन्छ | कर्मवाच्यको कर्तामा 'बाट' वा 'द्वारा' विभक्ति जोडिएको हुन्छ र क्रियापदको धातुपछि 'इ' थपिएको हुन्छ, जस्तै :-

तिमीहरूद्वारा खाना खाइयो |              खाइयो            = कर्मवाच्य

तँद्वारा लेख लेखिँदैन |                        लेखिँदैन         = कर्मवाच्य

तिनीहरूबाट गोली हानिंदै थियो |           हानिंदै थियो   = कर्मवाच्य 

 

त्यस्तै कर्मवाच्य्मा कर्तालाई गौण बनाउन यसमा 'बाट', 'द्वारा' जस्ता विभक्ति थपिने हुनाले कर्ता नराख्दा पनि फरक पर्दैन किनभने यसमा कर्म नै वाक्यको उद्देश्य बनेको हुन्छ,

 जस्तै :-

मद्वारा भाइ कुटिएला |                      भाइ कुटिएला           = कर्ता लोप

हामीबाट रूखहरू ढालिन्छन् |              रूखहरू ढालिन्छन्       = कर्ता लोप  

सरकारद्वारा हत्यारा पक्रियो |             हत्यारा पक्रियो         = कर्ता लोप

 भाववाच्य 

धातुको भाव वा सम्पन्न हुने काम मुख्य भई बन्ने क्रियापदको रूपलाई भाववाच्य भनिन्छ | भाववाच्यमा उद्देश्य वा लक्ष्य नै धातुको अर्थ हुन्छ | भाववाच्यको क्रियापद अकर्मक मात्र हुन्छ र तृतीय पुरुष, एकवचन, पुलिङ्ग तथा अनादरमा रहेको हुन्छ | भाववाच्यको कर्तामा 'बाट' वा 'द्वारा' विभक्ति जोडिन्छ र त्यो गौण बन्दछ, जसले गर्दा यो लोप पनि हुन्छ | यसमा धातु पछि 'इ' जोडिएको हुन्छ,

जस्तै :-

मद्वारा हाँसियो |                           = हाँसियो |                  (कर्ताको लोप)

दिदीद्वारा घर गइयोस् |                  = घर गइयोस् |            (कर्ताको लोप)

हामीद्वारा सुर्खेत बजार घुमियो |     = सुर्खेत बजार घुमियो |  (कर्ताको लोप)

आफू आज त पढिन्छ                      = आज त पढिन्छ |       (कर्ताको लोप)

                   

 

 

 

 

 

 

 

 



  • कर्ता मुख्य भई कर्ताकै लिङ्ग, वचन, पुरुष र आदरअनुसार रहेको क्रियापदको रूपलाई कर्तृवाच्य भनिन्छ |
  •  कर्म मुख्य भई कर्मकै लिङ्ग, वचन, पुरुष र आदरअनुसार रहेको क्रियापदको रूपलाई कर्मवाच्य भनिन्छ |
  • धातुको भाव वा सम्पन्न हुने काम मुख्य भई बन्ने क्रियापदको रूपलाई भाववाच्य भनिन्छ |
.

Very Short Questions

  • मद्वारा बिहान सबेरै उठियो |
  • मद्वारा खाना खाई विद्यालय गएर धेरै पढियो |
  • मद्वारा साथीहरूसँग भलिवल पनि खेलियो |
  • मद्वारा घर आएर खाजा खाई बजार गइयो |
  • मद्वारा तेल, चिनी, नुन, मसला र तरकारी किनियो |

कर्ता प्रमुख भएको वाक्यलाई कर्तृवाच्य, कर्म प्रमुख भएकोलाई कर्मवाच्य र भाव प्रमुख भएकोलाई भाववाच्य भनिन्छ | जस्तै :-

  • डायमण्ड समशेरले सेतो बाघ लेखे | (कर्तृवाच्य)
  • देवकोटाद्वारा मुनामदन लेखियो | (कर्मवाच्य)
  • आज धेरैबेरसम्म पढिएछ |

कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य बीचको अन्तर निम्नानुसार छ :

कर्तृवाच्य

  • कर्ता प्रमुख वा उद्देश्य हुन्छ,
  • कर्ता अनुसारकै लिङ्ग, वचन, पुरुष र आदरमा क्रियापद रहन्छ,
  • क्रियापद सकर्मक र अकर्मक दुवै हुन्छ,

कर्मवाच्य

  • कर्म प्रमुख वा उद्देश्य हुन्छ,
  • कर्म अनुसारकै लिङ्ग, वचन, पुरुष र आदरमा क्रियापद रहन्छ,
  • सकर्मक क्रियापद मात्र हुन्छ,कर्तालाई गौण बनाउन यसमा 'द्वारा' वा 'बाट' विभक्ति थपिन्छ भने धातुपछि 'इ' जोडिएको हुन्छ |

भाववाच्य

  • धातुको भाव वा अर्थ प्रमुख वा उद्देश्य हुन्छ,
  • क्रियापद सधैँ पुलिङ्ग, तृतीय पुरुष, एकवचन र अनादरमा हुन्छ,
  • कर्तामा 'द्वारा' वा 'बाट' जोडिन्छ वा कर्ता लोप गरिन्छ | 'म' लाई 'आफू' मा परिवर्तन गर्न सकिन्छ,
  • धातुपछि 'इ' जोडिन्छ, यसको अकर्मक क्रियापद मात्र हुन्छ |

 

0%

ASK ANY QUESTION ON वाच्य

No discussion on this note yet. Be first to comment on this note