Notes on प्रत्यय र समास | Grade 11 > Nepali > हर्कबहादुर | KULLABS.COM

प्रत्यय र समास

  • Note
  • Things to remember

प्रत्यय

मूल शब्दका पछाडी जोडिने शब्दलाई प्रत्यय भनिन्छ अर्थात् शब्दको पछाडी भाषिक तत्व जसको छुट्टै अर्थ हुँदैन तर  शब्दमा जोडिएपछि शब्दसँग सार्थक भएर आउँछ, त्यसलाई नै प्रत्यय भनिन्छ।
उदाहरण: गाईको गोठ= गाईगोठ

प्रत्ययद्वारा शब्द निर्माण

अक्कड = बोल्+ अक्कड= बोलक्कड

ली = पाल्पा+ ली = पाल्पाली

अत = खप्+ अत= खपत

ले =गाउँ+ ले = गाउँले

अन्त = लेख्+ अन्त= लेखन्त

अक = सेव्+ अक= सेवक

आइ =गर्+ आइ= गराइ

अन = पठ्+ अन= पठन

आइँ =राज+ आइँ= रजाइँ

इक = समाज+ इक= सामाजिक

आउ = बच्+ आउ= बचाउ

इत = पाल्+ इत= पालित

आली =लेक+ आली= लेकाली

ईय = मानव+ ईय= मानवीय

इलो = रस+ इलो= रसिलो

क = दश+ क= दशक

ई = नेपाल+ ई= नेपाली

तम= प्रिय + तम= प्रियतम

उवा = सेक्+ उवा= सेकुवा

ति= गम्+ ति = गति

ए = पाखो + ए= पाखे

त्व= व्यक्ती+ त्व= व्यक्तित्व

एनी = साल+ एनी= सालेनी

मान्= गति+ मान्= गतिमान्

ओ = रोप्+ ओ= रापो

वान् = बल+ वान्= बलवान्

ती = घुम्+ ती= घुम्ती

य = कवि+ य= काव्य

 

समास

दुई वा दुई भन्दा बढी स्वतन्त्र शब्दहरुको संयोजनबाट सिङ्गो शब्द निर्माण गरिने प्रक्रियालाई समास भनिन्छ। समासबाट बनेको नयाँ शब्दलाई समस्त शब्द भनिन्छ भने शब्दहरुको छुट्टीएको रूपलाई विग्रह भनिन्छ।

समासको प्रकार

नेपाली भाषामा मुलत: समासलाई ६ भागमा विभाजन गरिएको छ।

  • तत्पुरुष समास
  • द्विगु समास
  • कर्मधारय समास
  • अव्ययीभाव समास
  • द्वन्द समास
  • बहुव्रीहि समास

 

तत्पुरुष समास

दुई शब्दका बिच समास हुँदा बिभक्ती लोप हुने र पछिल्लो शब्दको अर्थ प्रधान हुने प्रक्रियालाई तत्पुरुष समास भनिन्छ। यसमा द्वितीय, तृतीय, चतुर्थी, पञ्चमी, षष्ठी र सप्तमी बिभक्ती चिन्ह लोप हुन्छ।उदाहरण:

गाईको + गोठ= गाईगोठ

भाइलाई + मारा= भाइमारा 

पूजालाई  + सामग्री =पुजासमग्री 

वनमा + भोज = वनभोज 

द्विगु समास

सङ्ख्या विशेषण शब्दसँगै समुहवाची नाम जोडिएर नयाँ शब्द बन्ने प्रक्रियामा पछिल्लो शब्दको अर्थ प्रधान भएमा त्यसलाई द्विगु समास भनिन्छ। द्विगु समासबाट बन्ने समस्त शब्द समूहबोध हुन्छ।उदाहरण

दुई मनको समूह= दोमन

तीन + नदीको समुह = त्रिवेणी

दस  + दानको समुह = दशदान

 

कर्मधारय समास

विशेषणको विशेषण्सँग, विशेषणको नामसँग तथा नामको नामसँग योग भइ पछिल्लो शब्दको अर्थ प्रधान हुने समासको प्रक्रियालाई कर्मधारय समास भनिन्छ। यसरी बनेको समस्त शब्दमा अघिल्लो शब्दले विशेषणको काम गर्दछ।उदाहरण

रातो +  पिरो= रातोपिरो

महान् + कवि = महाकवि

भानिज + दाइ = भान्दाइ

 

अव्ययीभाव समास

अव्ययसँग अव्यय वा अरु शब्द तथा अन्य शब्दहरुका बिच योग भई अर्थ प्रदान गर्ने गरि समस्त शब्द बन्ने प्रक्रियालाई अव्ययीभाव समास भनिन्छ।उदाहरण

हरेक+ दिन= हरदिन

रात + दिन = रातदिन 

वारी + पारि = वारिपारि

 

द्वन्द समास

दुई वा दुईtन्दा बढी समास महत्त्वका शब्दहरुका बिच समास हुँदा दुवै शब्दको अर्थ प्रधान हुने प्रक्रिया द्वन्द समास हो। यसमा शब्दहरुको विचमा रहने संयोजनको लोप हुन्छ। यसरी जोडिने शब्दहरु कि उस्तै खाल्का कि विपरीतार्थक हुन्छन्।उदाहरण

दाजु र भाइ= दाजुभाई

आमा  र बाबु  = आमाबाबु 

तन मन र धन  =  तनमनधन 

 बहुव्रीहि समास

दुई वा दुईभन्दा बढी शब्द मिलेर समस्त शब्द बन्दा भिन्न अर्थ प्रधान हुने विशेषण शब्द बन्ने प्रक्रियालाई बहुव्रीहि समास भनिन्छ। यसरी बनेका शब्द विशेष रुढ वा परम्परागत अर्थमा प्रयोग गरिन्छ।उदाहरण

लामा खुट्टा भएको= लामखुट्टे

बाघको जस्तो मुख भएको = बाघमुखे 

नाक काटीएको  = नकटो 



  • मूल शब्दका पछाडी जोडिने शब्दलाई प्रत्यय भनिन्छ अर्थात् शब्दको पछाडी भाषिक तत्व जसको छुट्टै अर्थ हुँदैन तत शब्दमा जोडिएपछि शब्दसँग सार्थक भएर आउँछ, त्यसलाई नै प्रत्यय भनिन्छ।
  • दुई वा दुई भन्दा बढी स्वतन्त्र शब्दहरुको संयोजनबाट सिङ्गो शब्द निर्माण गरिने प्रक्रियालाई समास भनिन्छ।
  • दुई शब्दका बिच समास हुँदा बिभक्ती लोप हुने र पछिल्लो शब्दको अर्थ प्रधान हुने प्रक्रियालाई तत्पुरुष समास भनिन्छ।
  • विशेषणको विशेषण्सँग, विशेषणको नामसँग तथा नामको नामसँग योग भइ पछिल्लो शब्दको अर्थ प्रधान हुने समासको प्रक्रियालाई कर्मधारय समास भनिन्छ।
  • अव्ययसँग अव्यय वा अरु शब्द तथा अन्य शब्दहरुका बिच योग भई अर्थ प्रदान गर्ने गरि समस्त शब्द बन्ने प्रक्रियालाई अव्ययीभाव समास भनिन्छ।
.

Very Short Questions

0%

ASK ANY QUESTION ON प्रत्यय र समास


You must login to reply

Forum Time Replies Report
गोविन्द आचार्य

नौगेडी को विग्रह के हो ?


You must login to reply