Notes on मिथिला चित्रकला | Grade 10 > Nepali > मिथिला चित्रकला | KULLABS.COM

मिथिला चित्रकला

  • Note
  • Things to remember
  • Exercise

 

मिथिला चित्रकला

      मिथिला चित्रकलाको मौलिक परम्परा अहिलेसम्म पनि कायमै छन् | मैथिल नारीहरूले हरेक चित्रहरूमा आफ्ना संस्कारलाई सहज ढङ्गबाट अर्थपूर्ण रूपमा व्यक्त गर्दछन् | स्थानीय वस्तुको प्रयोग चित्रकलामा हुनु, घरेलु सामग्री र वनस्पतिबाट रङ्ग निर्माण गरी चित्रकलामा प्रयोग गर्नु पनि यसको मौलिक विशेषता नै मानिन्छ | मिथिला चित्रकलाको मौलिक विशेषता भनेकै देवीदेवताहरूका चित्रमा पनि मानवीय भाव व्यक्त हुनु हो | विशेष गरेर विवाह. ब्रतबन्ध, पूजाआजा, चाडपर्व, ब्रतपूजाका अवसरमा मिथिला चित्र बनाउने गरिन्छ | विभिन्न प्रतीकहरूको प्रयोग गरी मिथिला क्षेत्रको मौलिक परम्परागत कलात्मक रूपमा प्रतीक चिन्हको प्रयोग भएको पाइन्छ | जसले मैथिली समुदायको जीवनशैली र लोकपरम्पराबारे जानकारी पाउन सकिन्छ |मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो | यसका निर्माताहरू मैथिली नारीहरू हुन् | मैथिल नारीहरूलाई सानैदेखि मिथिला चित्रकलाबरे अभ्यास गराइन्छ | चित्रको विषयवस्तु, रङ्गयोजना र प्रयोजनबारे मैथिल नारीहरूलाई घरमै जानकारी गराइन्छ | उनीहरूले बनाएको हरेक चित्रकलामा तिनीहरूको संस्कार व्यक्त भएको पाइन्छ | मैथिल नारी वा कलाकारहरू यस्ता चित्रहरू घरका भित्ता र भुइँमा साथै घाँस र बाँसबाट बनाइएका सामानहरू र सुती तथा रेसमी कपडाहरूमा बनाउने गर्छन |मिथिला चित्रकला नेपालको राष्ट्रिय संस्कृतिको अमूल्य सम्पदा हो | यसलाई मैथिल नारीहरूले संरक्षण गर्दै आएका छन् | विभिन्न चाडपर्व, पूजाआजा, विवाह, ब्रतबन्ध आदिमा यो कलाको प्रयोग गरिन्छ | कुन अवसरमा कुन प्रतीकको प्रयोग गर्ने भन्ने बारे परम्परा नै बसेको छ | यस चित्रकलामा प्रशस्त मात्रामा प्रतीकहरूको प्रयोग गरिन्छ | यस्ता प्रतीकले एकातर्फ लोकको विचार र मङ्गल भावलाई व्यक्त गरेका हुन्छन् भने अर्कातर्फ चित्रलाई सुन्दर एवं आकर्षक बनाएका हुन्छन् | यस कलामा हात्तीलाई शुभ, वैभव र नारी जातिको प्रतीक, घोडालाई बल र पुरुष जातिको प्रतिक र गाईलाई पवित्रताको प्रतीकका रूपमा प्रयोग गरिएको छ | त्यसैगरी सुगालाई गुरु र मित्रताको, माछालाई उत्पादन शक्ति र नारी जातिको, कछुवालाई विष्णु एवम् पुरुष जातिको, हाँसलाई सौन्दर्य तथा विवेकको, कमलको फूललाई स्नेह, कोमलता, वैभव र नारीको तथा कदम्बको फूललाई प्रेमको प्रतीकको रूपमा प्रयोग गरिन्छ भने बाँसलाई वंशवृद्धि ए पुरुष जातिको प्रतीक मानी चित्रकलामा अङ्कित गरिन्छ |

 

 



  • मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो |
  • यसका निर्माताहरू मैथिली नारीहरू हुन् |
  • मिथिला चित्रकलालाई मैथिल नारीहरूले संरक्षण गर्दै आएका छन् |
.

Very Short Questions

मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो | यसका निर्माताहरू मैथिली नारीहरू हुन् | मैथिल नारीहरूलाई सानैदेखि मिथिला चित्रकलाबरे अभ्यास गराइन्छ | चित्रको विषयवस्तु, रङ्गयोजना र प्रयोजनबारे मैथिल नारीहरूलाई घरमै जानकारी गराइन्छ | उनीहरूले बनाएको हरेक चित्रकलामा तिनीहरूको संस्कार व्यक्त भएको पाइन्छ | मैथिल नारी वा कलाकारहरू यस्ता चित्रहरू घरका भित्ता र भुइँमा साथै घाँस र बाँसबाट बनाइएका सामानहरू र सुती तथा रेसमी कपडाहरूमा बनाउने गर्छन | मिथिला चित्रकलाहरू प्राय: अस्थायी नै हुन्छन् तापनि नारी समुदायले एकछिन एकपछि अर्को पुस्तालाई हस्तान्तरण गर्दै जाने भएकाले यसको विकास यसरी नै भएको हो |

मिथिला चित्रकलामा स्थानीय स्रोत – साधनहरूको मात्र प्रयोग गरिन्छ | मैथिल नारीहरूले चामलको पिठो, बेसार, सिन्दुर आदि विभिन्न घरेलु सामाग्रीहरू र वनस्पतिबाट चित्रकलामा प्रयोग गरिने रङ्गहरू बनाउँछन् | मिथिला चित्रकलामा सेतो, सिन्दुरी, पहेँलो, निलो, रातो, कालो र हरियो गरी जम्मा सात किसिमका रङ्गहरू प्रयोग गरिन्छन् | चामलबाट सेतो, सिन्दुर र बाख्रीको दूध मिसाएर सिन्दुरी, बेसार र सिमीको पातबाट पहेँलो, निलबाट निलो, सागपात र फलबाट रातो, ध्वाँसोमा गोबर र गुद मिसाएर कालो, चित्रलाई टल्काउनु परेमा रङ्गमा बेलको गुदी मिसाइन्छ | यसप्रकार मिथिला चित्रकलामा रङ्ग संयोजनको व्यवस्था मिलाइन्छ |  

मैथिल नारीहरूले खासखास अवसर परेर चित्र बनाउदछन् | विशेष गरेर विवाह. ब्रतबन्ध, पूजाआजा, चाडपर्व, ब्रतपूजाका अवसरमा मिथिला चित्र बनाउने गरिन्छ | त्यसैले यो चित्रकला निर्माण गर्ने वस्तु र स्थानहरू पनि आफ्नै किसिमका छन् | मैथिल नारीहरू यस्ता चित्रकलाहरू घरघ)का भित्ता, भुइका साथै घाँस र बाँसबाट बनाएका सामानहरू सुती र रेसमी कपडाहरू, डाली कलश माटाका हात्ती, चकटी, पंखा सहलेसको मुर्ति आसि स्थान र वस्तुहरूमा बनाउने गर्छन् |

मिथिला चित्रकलामा लौकिक र परलौकिक दुवै विषयहरू प्रयोग भएका हुन्छन् | लौकिक विषयअन्तर्गत मानिस, पशुपन्छी, फलफूल, रूख र पहाडका चित्रहरू बनाइन्छन् | परलौकिक विषयअन्तर्गत काली, दुर्गा, शिव, लक्ष्मी, सरस्वती, विष्णु, राम, सीता, राधा, कृष्ण आदिका चित्रहरू बनाइन्छन् | यसरी सामाजिक धरातलमा बसेर मैथिल नारीहरूले आफ्नो धार्मिक भावनालाई कलामा सार्थक रूप दिएका छन् |

मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो | यसका सर्जकहरू मैथिल नारीहरू हुन् | यो चित्रकला गौरबमय मैथिली संस्कृति जतिकै पुरानो छ | मैथिल नारीवर्गले यसमा आफ्नो प्रतिभाअनुसार जातीय पहिचानलाई चित्रण गर्दै आएका छन् | यस लोककलाबाट आज नेपालको सांस्कृतिक छवि उच्च हुन पुगेको छ | आज यसले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रसिद्ध पाउन थालेको छ | नेपालको राष्ट्रिय संकृतिका रूपमा रहेको यस कलाले आफ्नै प्रकारको मौलिक अस्तित्व कायम गरेको छ | यसबाट यो प्रष्ट हुन्छ कि नेपालको राष्ट्रिय संस्कृतिको सम्वर्द्धनमा मिथिला चित्रकलाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ |

मिथिला चित्रकला नेपालको राष्ट्रिय संस्कृतिको अमूल्य सम्पदा हो | यसलाई मैथिल नारीहरूले संरक्षण गर्दै आएका छन् | विभिन्न चाडपर्व, पूजाआजा, विवाह, ब्रतबन्ध आदिमा यो कलाको प्रयोग गरिन्छ | कुन अवसरमा कुन प्रतीकको प्रयोग गर्ने भन्ने बारे परम्परा नै बसेको छ | यस चित्रकलामा प्रशस्त मात्रामा प्रतीकहरूको प्रयोग गरिन्छ | यस्ता प्रतीकले एकातर्फ लोकको विचार र मङ्गल भावलाई व्यक्त गरेका हुन्छन् भने अर्कातर्फ चित्रलाई सुन्दर एवं आकर्षक बनाएका हुन्छन् | यस कलामा हात्तीलाई शुभ, वैभव र नारी जातिको प्रतीक, घोडालाई बल र पुरुष जातिको प्रतिक र गाईलाई पवित्रताको प्रतीकका रूपमा प्रयोग गरिएको छ | त्यसैगरी सुगालाई गुरु र मित्रताको, माछालाई उत्पादन शक्ति र नारी जातिको, कछुवालाई विष्णु एवम् पुरुष जातिको, हाँसलाई सौन्दर्य तथा विवेकको, कमलको फूललाई स्नेह, कोमलता, वैभव र नारीको तथा कदम्बको फूललाई प्रेमको प्रतीकको रूपमा प्रयोग गरिन्छ भने बाँसलाई वंशवृद्धि ए पुरुष जातिको प्रतीक मानी चित्रकलामा अङ्कित गरिन्छ |

मिथिला चित्रकलाका मौलिक परम्परा अहिलेसम्म पनि कायमै छन् | मैथिल नारीहरूले हरेक चित्रहरूमा आफ्ना संस्कारलाई सहज ढङ्गबाट अर्थपूर्ण रूपमा व्यक्त गर्दछन् | स्थानीय वस्तुको प्रयोग चित्रकलामा हुनु, घरेलु सामग्री र वनस्पतिबाट रङ्ग निर्माण गरी चित्रकलामा प्रयोग गर्नु पनि यसको मौलिक विशेषता नै मानिन्छ | मिथिला चित्रकलाको मौलिक विशेषता भनेकै देवीदेवताहरूका चित्रमा पनि मानवीय भाव व्यक्त हुनु हो | त्यसैले देवीदेवताहरूका अनुहारमा पनि मानवीय ममता र स्नेहको भावलाई झल्काउँदै तिनीहरूका पहिरन र गरगहनालाई चित्रकलामा समाजका नारीको जस्तो तुल्याएर सार्थक रूप दिनु मिथिला चित्रकलाका मौलिक विशेषताहरू हुन् |

0%

ASK ANY QUESTION ON मिथिला चित्रकला

No discussion on this note yet. Be first to comment on this note