Notes on विशेषण र संयोजक | Grade 7 > Nepali > उद्योगलाई भन्दा कृषिलाई जोड | KULLABS.COM

विशेषण र संयोजक

  • Note
  • Things to remember

विशेषण

नामको गुण, दोष, विशेषता आदि जाहेर गर्ने शब्दलाई विशेषण भनिन्छ। नामसँग गरिने कुन, कस्तो, कति, कत्रो, कस्को प्रश्नको उत्तरमा विशेषण आउछ। विशेषण नामको अघि र पछि दुवैतिर आउछ तर पछि आउँदा यसले पूरकको काम गर्दछ। विशेषणलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ।

गुणवाचक विशेषण
नामको गुण वा विशेषता बताउने शब्दलाई गुणवाचक विशेषण भनिन्छ। नाम शब्दको गुण, दोष, रङ्ग, आकार आदि बुझाउने वा कुन, कस्तो, कत्रो आदि प्रश्नको उत्तरमा आउने शब्दलाई गुणवाचक विशेषण भनिन्छ।
उदाहरण: निलो, रातो, सानो, खराब, प्राचीन, भविष्य, वर्तमान आदि।

सङ्ख्यावाचक विशेषण
नामको सङ्ख्या, क्रम, आकृति आदि बुझाउने र कति भनि प्रश्न गर्दा उत्तरमा आउने शब्दलाई सङ्ख्यावाचक विशेषण भनिन्छ। सङ्ख्यावाचक विशेषण निश्चीत र अनिश्चीत गरि दुई प्रकारको हुन्छ।
उदाहरण: एक, तिन, सात, तेस्रो, हजारौँ, सयौँ आदि।

परिमाणवाचक विशेषण
नामको यति, उति भन्ने मात्रा वा परिमाण बुझाउने शब्दलाई परिमाणवाचक विशेषण भनिन्छ।
उदाहरण: मनग्य, धेरै, थोरै, अलिकति आदि।

सार्वनामिक विशेषण
नामको ठिक अगाडी आएर नामको विशेषता जनाउने वा विशेषणको काम गर्ने सर्वनाम शब्दलाई सार्वनामिक विशेषण भनिन्छ। सार्वनामिक विशेषण मुलत: नाम भन्दा अगाडी आएर प्रयोग हुन्छन्।
उदाहरण: त्यो केटो, यो, घर, यो कलम आदि।

 संयोजक

वाक्यभित्र दुई वा सो भन्दा बढि शब्द शब्दावली तथा उपवाक्य जोड्ने अव्यय शब्दलाई संयोजक भनिन्छ| संयोजक निम्न दुई प्रकारका हुन्छन्:

  • सापेक्ष संयोजक
    मिश्र वाक्यभित्र स्वतन्त्र उपवाक्य र अधीन उपवाक्य जोड्ने संयोजकलाई सापेक्ष संयोजक भनिन्छ| जब-तब, जहिले-तहिले, जसरी-तसरी, जो-त्यो आदि सापेक्ष संयोजक हुन्|
  • निरपेक्ष संयोजक
    संयुक्त वाक्यभित्र स्वतन्त्र उपवाक्यहरुलाई र वाक्यभित्रका दुई वा सो भन्दा बढि पद, पदावली जोड्ने संयोजकलाई निरपेक्ष संयोजक भनिन्छ| र त्यो परन्तु अथवा यध्यपि, एवम् तथा किन्तु यसर्थ अनि, त्यसैले आदि निरपेक्ष संयोजक हुन्|



.

Very Short Questions

0%

ASK ANY QUESTION ON विशेषण र संयोजक

No discussion on this note yet. Be first to comment on this note