Notes on करण र अकरण | Grade 10 > Nepali > दोषी चस्मा | KULLABS.COM

करण र अकरण

  • Note
  • Things to remember
  • Exercise

 

 करण 

    कुनै पनि सकारात्मक अर्थ बुझाउने वाक्यलाई करण भनिन्छ | यसले हो वा छ भन्ने सकारात्मक अर्थ दिन्छ |

जस्तै :-

  • राजन नेपाली पढ्छ |
  • दिपा ज्ञानी छे |
  • आमा हिँडेर जाँदै हुनुन्हुछ |
  • पानी परे बाली सप्रिन्छ |
  • सन्दिप क्रिकेट खेल्थ्यो |

अकरण 

    कुनै पनि नकारात्मक अर्थ बुझाउने वाक्यलाई अकरण भनिन्छ | यसले होइन भन्ने नकारत्मक अर्थ दिन्छ | जस्तै :-

  • राजन नेपाली पढ्दैन |
  • दिपा ज्ञानी छैन |
  • आमा हिँडेर जाँदै हुनुन्हुन्न |
  • पानी परे बाली सप्रिंदैन |
  • सन्दिप क्रिकेट खेल्दैनथ्यो

 

 



- कुनै पनि सकारात्मक अर्थ बुझाउने वाक्यलाई करण भनिन्छ |

- कुनै पनि नकारात्मक अर्थ बुझाउने वाक्यलाई अकरण भनिन्छ | 

 

.

Very Short Questions

केशवराजलाई आफ्नी पत्नीको युक्ति मन परेन र उनले भोलि बिहानै गई माफी माग्ने निश्चय गरेनन् | अब त उनलाई निन्द्रा चाहियो, तर सधैँ बिहान नहोला भन्ने ध्याउन्नले उनको बाँकी रहेको रात उपयोगमा ल्याउन सके र झिसमिसेमै नउठेर लुगा नलगाएर नजान तयार परेनन् | केवल घडीले अबेर गरिदिएन |

अँ तिमीले भनेर कहाँ हुन्छ |

यसपाली पानी धेरै पर्छ क्यारे |

खै उनीहरू त अहिलेसम्म आइपुगेनन् नि|

आउँदै हुनुहोला नै, तिमीले हतार गरेर हुन्छ |

मलाई त धेरै भोक पो लाग्यो |

हैन ब्यारे यो कुरा साँचो हो ?

त्यति काम गर्न कुन ठूलो कुरो भो , म गरिहाल्छु नि |

यसपालिको दशैंमा त दिदीभिनाजु दुवै जना आउने रे |

आमा बजारबाट छिट्टै आउनु  |

तिमीले के भनेकी हँ, मैले केही बुझिन नि |

 

 

      कुनै पनि वाक्यमा प्रयुक्त क्रियापदले सकारात्मक अर्थ बुझाउँछ भने त्यसलाई करण र नकारात्मक वा निषेध अर्थ बताउँछ भने त्यसलाई अकरण भनिन्छ |

जस्तै :-

करण वाक्य                                                             अकरण वाक्य

देवकोटाले महाकाव्य लेखे |                              देवकोटाले महाकाव्य लेखेनन् |

मोतीराम कविता लेख्थे |                                   मोतीराम कविता लेख्दैनथे |

देवकोटाले उपन्यास लेख्लान् |                           देवकोटाले उपन्यास नलेख्लान् |     

  यसरी वाक्यमा कर्ताले काम गरेको हो भन्ने अर्थ बुझिन्छ भने करण र कर्ताले काम गरेको होइन वा छैन भन्ने अर्थ बुझिन्छ भने त्यसलाई अकरण भनिन्छ | 

 

0%

ASK ANY QUESTION ON करण र अकरण


You must login to reply

Forum Time Replies Report
सुनिल थापा

अागो तातो हुन्छ को अकरण के हुन्छ


You must login to reply

गीता चाडै उडे


You must login to reply