क्रियापद - कुनै पनि कामको घटना, प्रक्रिया वा अवस्था बुझाउने पदलाई क्रियापद भनिन्छ | क्रियापदले वाक्यमा कर्ताले गरेको काम, घटेको घटना, अवस्था वा स्थिति बुझाउने शब्दलाई जनाउछ, साथै वाक्य टुङ्ग्याउने कार्य गर्छ | धातुमा काल, वचन, लिङ्ग, वाच्य, पक्ष आदि बुझाउने प्रत्यय जोडेर निर्माण गरिन्छ |
उदाहरण -
क) रामले मिठाई खायो | ( काम बुझाउने )
ख) भाई भिर बाट लड्यो | ( घटना बुझाउने )
ग) गोपाल खाटमा निदाएछ | ( स्थिति बुझाउने )
घ) त्यो केटी दुब्लई | ( अवस्था बुझाउने )
त्यस्तै :- क्रियापद बन्नका लागि धातुमा प्रत्ययहरू थपिनुपर्छ | धातुको स्वतन्त्र प्रयोग हुदैन तर क्रियापद बनिसकेपछि ती वाक्य प्रयुक्त हुन्छन् | जस्तै :-
धातु + प्रत्यय = क्रियापद
लेख + छ = लेख्छ
लेख + ई = लेखी
लेख + यो = लेख्यो
यस्तै तरिकाले 'लेख धातुबाट लेख्ला,लेखनेछ, लेखेको छ, लेक्दै छ, लेखिन, आदि अनेकौं क्रियापद बन्न सक्तछन् |
ASK ANY QUESTION ON क्रियापद
No discussion on this note yet. Be first to comment on this note