Notes on शब्दवर्ग | Grade 11 > Nepali > मधुमालतीको कथा | KULLABS.COM

शब्दवर्ग

  • Note
  • Things to remember

नामयोगी

नामिक पदसँग जोडिएर वा सम्बन्धित भएर वाक्य भित्रका अन्य पदहरुसँग सम्बन्ध स्थापित गर्ने विभक्ति बाहेकका अव्यय शब्दलाई नामयोगी भनिन्छ| नामयोगी मुख्यतय नाम, सर्वनाम र विशेषणका पछाडी तथा कहिलेकाहिँ अव्ययका पछाडी विभक्ति झैँ जोडिन आउँछन्|
उदाहरण: ऊ तिमीमाथि अन्याय गर्दै छ|

नामयोगी निम्न प्रकारका हुन्छन्:

  • समयवाचक नामयोगी: पहिले, बित्तिकै, अघि, पछि, पश्चात, उपरान्त आदि|
  • स्थानवाचक नामयोगी: भित्र, बाहिर, तल, माथि, वर, पर, माझ, तर्फ, छेउ आदि|
  • कारणवाचक नामयोगी: कारण, निमित, निम्ति, लागी, खातिर आदि|
  • रीतिवाचक नामयोगी: अनुसार, बमोजीम, भन्दा, मुताविक, झै आदि|
  • अवाधिवाचक नामयोगी: पर्यन्त, सम्म, मात्र, केवल आदि|
  • दिशावाचक नामयोगी: तिर, तर्फ, पट्टि, सामुन्ने आदि|
  • अभाववाचक नामयोगी: बिना, बाहेक, सिवाय, बेगर, अतिरिक्त आदि|
  • सहार्थवाचक नामयोगी: सित, सँग, समेत, सहित, साथै आदि|
  • सटहीवाचक नामयोगी: सट्टा, बापत आदि|

 

क्रियायोगी/ क्रियाविशेषण

क्रियापदको विशेषता अथवा क्रियासँग सम्बन्ध राख्ने शब्दलाई क्रियायोगी भनिन्छ| यसले क्रियापदको स्थान, समय, परिमाण, रिति, कारण व हेतु आदि सम्बन्धि विशेषता बताउँदछ| वाक्यमा कहाँ, कसरी, कति, किन, के गरेर आदि प्रश्न को उत्तरमा आउने शब्दलाई क्रियाविशेषण भनिन्छ|
क्रियाविशेषण मुख्यतया: पाँच प्रकारका हुन्छन्:

  • समयवाचक क्रियाविशेषण: आज, भोलि, भर्खर, उहिले, पर्सि, बेलुका, राति, सधैँ आदि|
  • स्थानवाचक क्रियाविशेषण: भित्र, बाहिर, तल, माथि, आगाडी, पछाडी, मुनि, वारि आदि|
  • परिमाणवाचक क्रियाविशेषण: धेरै, थोरै, अलिकति, मनग्य, ज्यादै, प्रशस्त, सबै आदि|
  • रितिबोधक क्रियाविशेषण: राम्ररी, सुस्तरी, एक्कासी, तुरुन्त, चाडै, झट्ट, बेस्सरी आदि|
  • कारणवाचक क्रियाविशेषण: खान, पढ़नाले, नाच्न, खेल्ने, लेखेकोमा, खोकनाले आदि|

 

संयोजक

वाक्यभित्र दुई वा सो भन्दा बढि शब्द शब्दावली तथा उपवाक्य जोड्ने अव्यय शब्दलाई संयोजक भनिन्छ| संयोजक निम्न दुई प्रकारका हुन्छन्:

  • सापेक्ष संयोजक
    मिश्र वाक्यभित्र स्वतन्त्र उपवाक्य र अधीन उपवाक्य जोड्ने संयोजकलाई सापेक्ष संयोजक भनिन्छ| जब-तब, जहिले-तहिले, जसरी-तसरी, जो-त्यो आदि सापेक्ष संयोजक हुन्|

  • निरपेक्ष संयोजक
    संयुक्त वाक्यभित्र स्वतन्त्र उपवाक्यहरुलाई र वाक्यभित्रका दुई वा सो भन्दा बढि पद, पदावली जोड्ने संयोजकलाई निरपेक्ष संयोजक भनिन्छ| र त्यो परन्तु अथवा यध्यपि, एवम् तथा किन्तु यसर्थ अनि, त्यसैले आदि निरपेक्ष संयोजक हुन्|

विस्मयादिबोधक

मानव मनमा उब्जने विभिन्न संवेग आश्चर्य, खुसी, दुख, रीस, प्रशंसा आदिलाई जनाउन प्रयोग गरिने अव्यय पदलाई विस्मयादिबोधक भनिन्छ| विस्मयादिबोधकले विभिन्न अवस्थामा मानिसका मनमा उब्जेका विस्मय, आश्चर्य, हर्ष, शोक, पीडा, घृणा, सम्बोधन आदिलाई बुझाउँछ| जस्तै: आहा, ओहो, आम्मै, ए, अरे, ल आदि| विस्मयादिबोधक निम्न प्रकारका छन्:

  • आश्चर्यवाचक: ओहो, अरे, आम्मै, आप्पै आदि|
  • हर्षवाचक: आहा, धन्य, जय आदि|
  • शोकवाचक: विचरा, कठै, ज्या, हा, ऐया, आत्थु आदि|
  • प्रशंसावाचक: स्वाबास, वाह, क्यावात् आदि|
  • घृणावाचक: छि, छ्या, धत्, धिक्कार, थुक्क आदि|
  • सम्बोधनवाचक: ए, ओ, ओइ आदि|

निपात

आफ्नो खास अर्थ नहुने अथवा छुट्टै र स्वतन्त्र अर्थ नहुने तर वाक्यलाई रोचक वा मिहासपूर्ण बनाउने अव्यय शब्दलाई निपात भनिन्छ| निपातले वाक्यलाई घतलाग्दो एवम् तिख्खर बनाउने कार्य गर्दछन्| आफ्नो स्वतन्त्र अर्थ नभए पनि निपातले वाक्यमा विभिन्न धारणा, अनुभुति, र अभिव्यक्तिलाई सहज ढंगले प्रकट गर्न सहयोग गर्छन्| निपात वाक्यको सुरु, विच, र अन्त्यमा प्रयोग हुन्छन्| निपातका प्रकारलाई निम्न आधारमा देखाउन सकिन्छ|

अक्षरको आधार: यस आधारमा निम्न प्रकारका छन्:

  • एकाक्षरी निपात: त, कि, क्या, पो, नै, ल आदि|
  • अनेक्षरी निपात: अरे, क्यारे, नाइँ, हगी, सके, केरे आदि|

 

अर्थको आधार: यस आधारमा निपात निम्न प्रकारका छन्:

  • सन्देहवाचक: कि, के, रे, ह आदि|
  • निश्चयवाचक: त, ता, न, नि, पो आदि|
  • अनिश्चयवाचक: कि, क्यार, सके आदि|
  • स्मरणवाचक: ए
  • आग्रहवाचक: खै, न्, नि, हे आदि|
  • परोक्षकथनवाचक: रे, अरे
  • सामार्थ्यवाचक: नाइँ
  • समर्थनवाचक: न्, लौ, हगि
  • थेगाहरु: चाइने जो, तपाईको, क्यानाम, माने आदि|



  • नामिक पदसँग जोडिएर वा सम्बन्धित भएर वाक्य भित्रका अन्य पदहरुसँग सम्बन्ध स्थापित गर्ने विभक्ति बाहेकका अव्यय शब्दलाई नामयोगी भनिन्छ|
  • क्रियापदको विशेषता अथवा क्रियासँग सम्बन्ध राख्ने शब्दलाई क्रियायोगी भनिन्छ|
  • वाक्यभित्र दुई वा सो भन्दा बढि शब्द शब्दावली तथा उपवाक्य जोड्ने अव्यय शब्दलाई संयोजक भनिन्छ|
  • मानव मनमा उब्जने विभिन्न संवेग आश्चर्य, खुसी, दुख, रीस, प्रशंसा आदिलाई जनाउन प्रयोग गरिने अव्यय पदलाई विस्मयादिबोधक भनिन्छ|
.

Very Short Questions

0%

ASK ANY QUESTION ON शब्दवर्ग

No discussion on this note yet. Be first to comment on this note