Notes on मित्रता | Grade 8 > Nepali > मित्रता | KULLABS.COM

मित्रता

Notes, Exercises, Videos, Tests and Things to Remember on मित्रता

Please scroll down to get to the study materials.

Registration open for Special Scholarships

  • Note
  • Things to remember

उत्तर भन –

क)राजकुमार द्रुपदले मित्र द्रोणसंग के प्रतिज्ञा गरे ?

उत्तर - राजकुमार द्रुपदले मित्र द्रोणसंग आफु पज्चालमा देशको राजा भएपछि सिंहासनको सुखभोग बाँड्ने र आधा राज्य पनि दिने प्रतिज्ञा गरे |

ख) द्रोणको बिबाह कोसंग भएको थियो ?

उत्तर – द्रोणको बिबाह क्रुपिसंग भएको थियो |

ग)अश्वत्थामा कसका छोरा हुन् ?

उत्तर – अश्वत्था द्रोण र कृपीका छोरा हुन् |

घ) युधिश्ठिरको ओंठी द्रोणले कहाँबाट निकाले ?

उत्तर- युधिश्ठिरको ओंठी द्रोणले सुखा इनारबाट निकाले |

ङ) द्रोण कसरी द्रोण आचार्य भए ?

उतर – द्रोणलाई भिष्मले हस्तिनापुरमा ससम्मान बस्दै राजकुमारलाई शस्त्रास्त्रको शिक्षण प्रशिक्षण दिन आग्रह गरेका कुरा उनले स्वीकार गरेपछि उनि आचार्य द्रोण भए |

च)आचार्य द्रोण कसलाई विशेष स्नेह गर्थे ?

उत्तर – आचार्य द्रोण आफ्ना शिष्य अर्जुनलाई विशेष स्नेह गर्थे |

 २. कसले कसलाई भनेको हो, लेख |

क)  आधा राज्य म तिमीलाई नै दिन्छु | यो मेरो प्रतिज्ञा हो

उत्तर - राजकुमार द्रुपदले द्रोणलाई मित्रता प्रगाढ भएको कारणले भनेको हो |

ख)यी, मैले पनि ढुध पाए |

उत्तर – अश्वत्थामाले द्रोण र कृपीलाई पानीमा पिठो घोलेर सेतो पदार्थलाई ढुध ठानेर यो कुरा भनेका हुन् |

ग)म संग अब यो शरीर र शस्त्रास्त्र विद्या मात्र बाँकि छ |

उत्तर – प्रशुरामले द्रोणलाई दु:खी देखेर भनेका हुन् |

घ)हुन्छ, तपाईको प्रस्ताव मलाई स्वीकार छ |

उतर – द्रोणले भिष्मलाई हस्तिनापुर बसी राजकुमारलाई शस्त्रास्त्रको शिक्षण प्रशिक्षणका निम्ति स्वीकृति दिने क्रममा भनेका हुन् |

ङ) पज्चाल नरेश द्रुपदलाई ल्याऊ र मलाई अर्पण गर |

उतर – द्रोणले राजकुमारलाई गुरुदक्षिणाको सट्टामा पज्चाल नरेशद्रुपदलाई ल्याउने आज्ञा दिन क्रममा भनेका हुन् |

 ३ . पाठको दोस्रो अनुच्छेद पढर  तल सोधीएका प्रश्नको उत्तर भन |

क)राजकुमार द्रुपद कहिले आफ्नो देश पाज्चाल फर्के ?

उत्तर – राजकुमार द्रुपद पढाई सकेर आफ्नो पाज्चाल फर्के |

ख)बालक अश्वत्थामा किन रुन्थे ?

उत्तर – गाईको ढुध खान नपाऊँदा बालक अश्वत्थामा रुन्थे |

ग)को अश्वत्थामालाई देखाई ढुध खान्थे ?

उत्तर – छिमेकी ऋषिकुमारहरु अश्वत्थामा देखाई ढुध खान्थे |

घ)अश्वत्थामा किन नाच्दै र हाँस्दै पानी खान थाले ?

उत्तर – राजकुमारहरुले पानीमा पिठो हालेर घोलेर दिएपछि त्यसलाई ढुध ठानीअश्वत्थामा नाच्दै र हाँस्दै पानी खान थाले |

 ४)तलका प्रश्नहरुको उत्तर लेख

क)द्रोण र कृपीलाई किन सारै दु:ख लाग्यो ?

उत्तर – पढाई सकेर राजकुमार द्रुपद आफ्नो देश पाज्चाल फर्केपछि उनको कृपीसंग बिबाह भयो | कृपीको कोखाबाट अश्वत्थामाको जन्म भयो | उनीहरु संग गोठमा एउटा दुहुनो गाइ सम्म पनि थिएन | ढुध खान नपाउदा बालक अश्वत्थामा सधै रुन्थे | छिमेकी राजकुमारहरु सधै अश्वत्थामा ढुध देखाई देखाई खान्थे | उनीहरुले पटक पटक बालक अश्वत्थामा पानीमा पिठो खोलेर दिन्थे | ढुध ठानेर बालक अश्वत्थामा नाच्दै र हास्दै त्यसलाई खान्थे | राजकुमारहरुको अपमान र बालक छोरालाई ढुध सम्म जुटाउन नसकेका द्रोण र कृपीलाई सारै दु:ख लाग्यो |

ख)द्रोण कसरी शस्त्रास्त्र विद्यमा पारङगत भए ?

उत्तर – परिवारको लालनपालन गर्न नसक्दा दु:खी बनेका द्रोणले युद्धर्शी परशुरामले सर्वस्व दान गर्छन भन्ने सुने | उनी परशुरामबाट केहि हात पार्न सकिन्छ कि भन्ने आशाले घरबाट धेरै टाढा रहेको महेन्द्र पर्वत पुगे तर उनी पुग्नुअघि नै परशुरामले सर्वस्व दान गरिसकेको थिए | यो कुरा थाहा पाएर द्रोण दु: खी देखेर परशुरामले आफुसंग शास्त्रत्र विद्या मात्र बाँकि रहेको त्यो लिनतयार छौ भनि सोधे | त्यसलाई द्रोणले सहर्ष स्वीकार गरे | त्यसलाई ठुलो उपलब्धि ठान्दै गुरुबाट शिक्षण सिकाई सुरु गरेको केहि समयमै उनी शास्त्रात्र विद्यमा पारङ्ग भए |

ग) द्रुपदका कस्ता कुरा सुनेर द्रोण रन्थनिए |

उत्तर – परिवारलाई पालन समेत गर्यो परेको बेला आफ्ना आत्मीय मित्र पाज्चलका यज्ञसेन द्रुपद राजा भएको खबर थाहा पाएपछि खुशी हुदै द्रोणले राजा द्रुपदलाई भेटे र पहिले उनले गरेको प्रतिज्ञा र आफ्नो सिंहासनमा विराजमान अवस्थाको कुरा सुनाए | तर स्वार्थी द्रुपदले आफु सिंहासनमा विराजमान राजा, तिमि दरिद्र बाहुन, यो अवस्थामा हामी कसरी मित्रता सम्भव छ भनि प्रश्न गरे | साथै मित्रतामा पद, धान, इज्जत सबै बराबर भएका संग मात्र हुन्छ भन्दै उनलाई सामान्य शिष्टता समेत नभाएको, गुरुकुलमा बस्दा भनेका, गरेका क्रियाकलापहरु वाहियात भएका  कुरा गर्दै उनलाई अपमानित गरे | आफ्नो दरवारमा आएकोले एक रात बास बसी खाना खाएर भोलि आफ्नो बाटो लाग्न समेत आज्ञा दिए | आफ्नो मित्र ठानेका द्रुपदबाट यस्तो आपमान जनक सुन्दा द्रोण रन्थनिए |

घ) राजकुमारहरु किन आश्चर्य चकित भए |

उत्तर – राजकुमारहरु युधिष्ठिर र उनका भाइहरु मैदानमा जुटेर डन्डीबियो खेलीरहेको बेला खेल्दाखेल्दै डन्डी उछिट्टीएर सुखा इनारमा खस्यो | त्यसलाई निकाल्न खोज्दा युधिष्ठिरको ओंठी पनि त्यही इनारमा खस्यो | उनीहरुले धेरै प्रयास गर्दा समेत निकाल्न सकेन् | यी सबै हेरी रहेका द्रोण र अश्वत्थामा युधिष्ठिरले देखेर भव्य भोज खुवाउने सर्तमा डन्डी र ओंठी निकाल्न भने | छोरा साथै लिएर इनारको डिलमा पुगेपछि उनले अनेकौ शास्त्र  प्रयोग गरे | त्यो शास्त्र कौशलका मध्यमबाट सजिलै ओंठी बाहिर निस्केपछि हार खएका राजकुमारहरु चकित परे |

 ङ) अश्वत्थामाको दुध खाने रहर कसरी पुरा भयो |

उत्तर –सुखा इनारमा खसेको डन्डी र ओंठीलाई अनेक शास्त्र र कौशल प्रयोग गरेर निकालेको सबै कुरा आफ्ना पितासामु राजकुमारहरुले सुनाए | अचम्मका मानिस चौतारामा बसेको पनि सुनाए | भिष्मले अवश्य पनि ति मानिस भारद्राजपुत्र द्रोण हुनुपर्छ  भनी काटेर तुरुन्तै युधिष्ठिरसगं चौतारामा गएर द्रोणलाई आदरका साथ लिएर आए | अथिति सम्मान गर्दै भिष्मले द्रोणको प्रशंसा गर्दै आफ्नो राज्यको आचार्य भई हस्तिनापुर बस्न आग्रह गरे |आफ्नै राज्य सम्झेर राजकुमारहरुलाई शास्त्रात्रको शिक्षण प्रशिक्षण दिनुहोस भनेर आग्रह गरेपछि सबै सुविधा पाए | त्यसपछि अश्वत्थामाको दुध खाने रहर पुरा भयो |

 च) पाज्चाल नरेश द्रुपदले किन द्रोणसंगको मित्रता ब्रिर्सन पुगे ?

उत्तर – पाज्चाल नरेश द्रुपदल र द्रोण बाल्यकालमा अत्यन्तै मिल्ने साथी थिए | उनिहरु संगै पढ्थे, संगै खान्थे, संगै खेल्थे र सगै बस्थे | समय बित्दै जादा द्रुपद पाज्चाल देशका राजा भए | राजा भएपछि उनलाई ऐश्वर्यको मात लाग्यो | उनि घमण्डले उन्मत्त भए | त्यसै कारणले नरेश द्रुपदले आफ्नो बालसखालाई भुल्न पुगे |

छ) द्रोणको अपमान गर्दा राजा द्रुपदको अवस्था कस्तो थियो |

उत्तर - द्रोणको अपमान गर्दा राजा द्रुपदको अवस्था निकै दयनीय थियो | उनको राज्य खोसियो | उनि द्रोणबाट पराजित भई उनका बन्धनमा परे | उनि द्रोणका अगाडी अकिञ्चन बने | द्रोणले व्यङ्ग्य गर्दै आफु आझै पनि द्रुपददंग मित्रता चाहने कुरा गरे अनि मित्रता भन्ने कुरा बराबरीको बिचमा मात्र सुनेर द्रुपदलाई ठुलो ग्लानी भयो | यसरी स्वार्थी घमण्डका कारण द्रोणको अपमान गर्दा द्रुपदको अवस्था उच्च बाट निरिह भयो |

ज)आचार्य द्रोणले द्रुपदलाई किन आधा राज्य दिन्छु भने ?

उत्तर – सत्ता घमण्डका कारण मित्रतालाई लात्त मरेका द्रुपदको स्वार्थीपन द्रोणले तोडीदिए | द्रोण पाज्चालका राजा भए पनि द्रुपदजस्तो स्वार्थी र घमण्डी थिएन् | उनमा मित्रताको भावना निकै ठुलो थियो | एक्लै खाने, रमाउने, सुखभोग गर्नेभन्दा बाँडेर खानमै आनन्द हुने ठानी आचार्य द्रोणले द्रुपदलाई आधा राज्य फिर्ता दिन्छु भने |

 झ) द्रुपद किन आफ्नो राज्यमा पुगेपछि पनि शान्ता हुन् सकेन् |

 उतर – द्रुपद आफ्नै क्रियाकलापका कारण आफ्नो राज्यमा पुगेपछि पनि शान्ता हुन् सकेन् | उनले राजा भएपछि आफ्ना साथीलाई भुले | उनमा घमण्ड पलायो | यसको परिमाण  स्वरूप उनको राज्य खोसियो | उनि अकिञ्चन बने | चाहेको भए द्रोणले बन्धनमा राख्न सक्थे | तर उल्टै आधा राज्य फिर्ता दिएर पठाईदिए | आफ्नै घमण्डको कारण यो सबै भोग्नु पर्यो | यसकारण उनी द्रोणबाट छुटेर आफ्नो राज्यमा पुगे पछि पनि शान्ता हुन् सकेन् |

 ञ)‘मित्रता’ कथा बाट के शिक्षा पाइन्छ |

उत्तर- कथाकार शारदारमण नेपालबाट तयार पारीएको “मित्रता” कथाबाट धेरै शिक्षा पाइन्छ | मित्रता जीवनको आनन्द, शान्ति दिनुका साथै प्रगतिको बाटो तिर लम्कन सहयोग गर्दछ | द्रुपद र द्रोणको मित्रता कायम रहून्चेल कुनै समस्या थिएन | तर द्रुपद राजा भए पछि घमण्ड भएपछि साथीको नाता तोडीएको थियो | र उनको राज्य पनि कोसिन पुगेको थियो | उनी लज्जित र अपमानित हुन् पुगे | राजाबाट गरिब हुनुपर्दा उनलाई सारै पीर पर्यो | त्यसैले मित्रतालाई हामीले कहिल्यै बिर्सन हुदैन भन्ने शिक्षा यस कथाबाट प्राप्त हुन्छ |

 

५ . भाव स्पष्ट पार :

१)ऐश्वर्य मात लाग्यो | घमण्डले उन्मत्त हुनुभयो | मसंगको मित्रता बिर्सनुभयो | वचनबद्धता बिर्सनुभयो | मेरो अपमान पनि गर्नुभयो |

उत्तर – मानिसले ठुलो ऐश्वर्य प्राप्त गरेपछि आफु अभिएको धर्ति बिर्सन्छ | आफन्तजन, आफ्नो कर्तब्य सबै बिर्सेर ऊ घमण्डी बन्छ | स्वार्थी भएर उसले हुने नहुने काम पनि गर्दछ | यस्तै द्रुपद पाज्चाल देशका राजा भएपछि आफ्ना बालसखालाई गरेको अपमानको प्रतिक्रिया स्वरूप द्रोणको उक्त भनाइ प्रस्तुत गरिएको हो |पाज्चालदेशका राजा भएपछि द्रुपदमा राज जामाएर ऐश्वर्यले घर जमायो | यही घमण्डीको कारण मित्रता समेत ब्रिसिन पुगे | उनले बाल्यकालका साथीलाई समेत वास्था गरेनन | उनले मित्रतालाई दिएको सुखभोग बाँड्ने र आधा राज्य दिने बचनलाई पनि त्यागीदिए | यतिमात्र होइन आफ्ना साथीलाई घोरअपमान समेत गरे |ऐश्वर्य र सुखले मानिसलाई मानिसको शिर सधै समान राख्दैन | यसकारण मानिसले आफ्नो कर्तब्यलाई कहिले बिर्सनु हुदैन |

 २) म आझै पनि तपाईंसंग मित्रता चाहन्छु | अहिले तपाई अकिञ्चन, म सत्तासिन

उत्तर – द्रोण नम्र, विनयी र दुरदर्शी मित्र थिए | यसको विपरित थिय द्रुपद घमण्डी र स्वार्थी | उनी आफ्नो बचन प्रति पक्का थिएन् | त्यसको कारण उनले आफ्नो सत्ता गुमाउन पुगे र आफ्नै मित्रबाट अपमानित भएको महसुस गर्नुपर्यो |द्रोण आग्नो बालसखा घमण्डी भए पनि वा उनले आफ्नो घोर अपमान गरे पनि द्रुपदसंग मित्रता कायम नै राक्न चाहन्थे | उनले चाहेको भएको बन्धनमा राक्न सक्थे | द्रुपदले जस्तै व्यवहार द्रोणले आफ्नो बालसखा प्रति देखाउन चाहेनन | उनी नम्र र उदार थिए | यस्तो उदार मन भएका द्रोणले आफ्नो मिहिनेत र इमानका कारण ऐश्वर्य प्राप्त गर्नसके अनि जीवन सुखद् बने पनि उत्तारर्ध सुखद् रह्यो |

३) यदि तिमि मित्रता कथाको राजा द्रुपद भएको भए द्रोणले पुरानो प्रतिज्ञा सम्झाउदा के गर्थ्यो , उत्तर देऊ |

 उत्तर – यदि म मित्रता  कथाको राजा द्रुपद भएको द्रोणले पुरानो प्रतिज्ञा सम्झाउदा सर्वप्रथम अगालो मार्दै उसको हलखबर भनुहोस भनेर भन्थे | द्रोणका कुरा सुनेपछि उनलाई आदर र सम्मान साथै सेवकहरुलाई बस्नका लागि राम्रो ब्यबस्था मिलाउन भन्थे | उनी सगै बसेर दुख सुखका कुरा गर्दै सगै बसरे खाना खान्थे | पढाईको कुरा गर्दै सगै बस्दा खादा, खेलेको कुराहरु गर्दै विगतका कुरामा रमाउथे | आफ्नो बाँचा पुरा गर्नलाई आधा राज्य दिएर दुवै सुखका साथ बस्थे |म द्रुपद जस्तो सत्तामा  पुगेपछि सुखभोग गर्ने, घमण्डी हुने र आफ्ना प्रिय मित्रलाई आपमान गर्नु सट्टा नम्र हुने, आदर एवम् सम्मान गर्दै सच्चा मित्रताको परिचय दिन्थे |

 

  • मित्रता त पद, प्रतिष्ठा, ज्ञान, धन र शक्ति सबै कुरा बराबर भएकाहरुसंग मात्र हुन्छ ‘ भन्ने राजा द्रुपदको विचारसंग तिमि सहमत वा असहमत के छौ, कारण सहित स्पष्ट पार |

उत्तर- मित्रता त पद, प्रतिष्ठा, ज्ञान, धन र शक्ति सबै कुरा बराबर भएकाहरुसंग मात्र हुन्छ ‘ भन्ने राजा द्रुपदको विचारसंग म पूर्ण रुपमा असमहती छु : मित्रता भावनात्मक कुरा हो | मित्रतामा पद, प्रतिष्ठा, ज्ञान, धन र शक्तिको आंशिक प्रभाव पर्न सक्छ तर यो नै सबै कुरा होइन |सच्चा मित्रले कहिले पनि पद, प्रतिष्ठा, ज्ञान, धन र शक्तिलाई त्यति महत्व दिदैनन् | जो स्वार्थी छ | जसले समयको चक्रलाई बुझ्न सक्दैन त्यस्ताले केहि समयका लागि मात्र सोच्ने गर्दछन् | जो दुरदर्शी छ | जसले समयलाई बुझेको हुन्छ उसले कहिले पनि पद, प्रतिष्ठा, ज्ञान, धन र शक्तिलाई महत्व दिदैन् | राजा भएपछि उन्मंत र घमण्डी बनेका द्रुपद अकिञ्चन बनेका र गरिब तर दुरदर्शी अनि नम्र स्वभावका द्रोण सत्तामा पुगे पनि घमण्ड नदेखाई आफ्ना बालसखा द्रुपदलाई आधा राज्य दिन तयार हुँदा उनमा देखिएको चिन्ता रहित अवस्थाले,पद, प्रतिष्ठा ज्ञान, धन र शक्ति ठुलो कुरा होइन भन्ने स्पष्ट हुन्छ | पद, प्रतिष्ठा आदिले मानवलाई मानव भएर बाँच्न प्रेरित गर्दैन, त्यसैले घमण्डी र अदुररदर्शी द्रुपदका विचार सित म पूर्णत् : असहमत छु |

 शब्द भण्डार

तलका शब्दको अर्थ लेख :

प्रगाढ, अकिञ्चन, सर्वोत्तम, विश्राम

 प्रगाढ – ज्यादै, गहिरो

अकिञ्चन = निर्धन, गरिब

सर्वोत्तम = सबभन्दा उत्तम

विश्राम = आराम, थकाई मर्ने काम

मित्र+ ता = मित्रता भए जस्तै तलका शब्दमा”ता” प्रत्यय जोडेर नयाँ शब्द बनाऊ |

शत्रु, कवि, दरिद्र, शिष्ट, समान

शत्रु = शत्रु + ता = शत्रुता

कवि = कवि + ता = कविता

दरिद्र = दरिद्र + ता = दरिद्रता

शिष्ट = शिष्ट + ता = शिष्टता

समान = समान + ता = समानता

पर्यायवाची शब्द छानेर जोडा मिलाऊ |

 आचार्य, प्रयत्न, अकिञ्चन, अभिवादन, स्तर, कोसिस, गुरु, नमस्कार, तह, दरिद्र, बन्धन

आचार्य = गुरु

प्रयत्न = कोसिस

अकिञ्चन = दरिद्र

अभिवादन = नमस्कार

स्तर = तह

अनुकरणात्मक शब्दसंग मिल्दो क्रिया छानेर जोडा मिलाऊ :

 मुसुक्क, धुरुधुरु, झलक्क, क्वारक्वारत़ी, टन्न, रुनु, हाँस्नु, खानु, सम्झनु, हेर्नु, नाच्नु

मुसुक्क = हाँस्नु

धुरुधुरु = रुनु

झलक्क = सम्झनु

क्वारक्वारती = हेर्नु

टन्न  = खानु

 अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर :

उन्मत्त हुनु, सत्तासीन हुनु, अंकमाल गर्नु, अशान्त हुनु, मुसुक्क मुस्कुराउनु

उन्मत्त हुनु = द्रुपद राजा राजसिंहासनमा बसेपछि उन्मत्त भएका थिए |

सत्तासीन हुनु = सत्तासीन भएपछि द्रोणले आफ्नो राजनीतिक कुशलता पर्दशन हरेक थिए |

अंकमाल गर्नु = लामो समय पछि भेटेको मेरो बालसखालाईमज्जाले अंकमाल गरे |

अशान्त हुनु = देशको खराब राजनीतिक कारणले मलाई सधै अशान्त हुन्छ |

मुसुक्क मुस्कुराउनु = विद्यालयबाट फर्के पछि मेरो ममीले सधै मुसुक्क मुस्कुरौदै खाजा दिनु हुन्छ |

 शुद्ध पारी सार :

एक पटक हामी किशिस गर्छो हामी पाच भाई जान्छौ अर्जुनले विनम्रता साथ अभिवादन गरदै भने

उत्तर – “ एक पटक हामी कोसिस गर्छो | हामीपाँच भाई जान्छौ|” अर्जुनले विनम्रताका साथ अभिवादन गर्दै भने |

 उदाहरण हेरी अन्य सामग्रीको अध्ययन गरी ऋ र रि लागेका पाँच पाँच ओटा शब्दहरु टिप :

उदाहरण = ऋ – ऋषि, रि – रिसाए

उत्तर –ऋ               रि

       ऋण              रिस

       ऋणी              रिसाउनु

        ऋतु              रिबन

       ऋचा               रिक्सा

       ऋग्वेद              रिट्ठे



Questions and Answers

Click on the questions below to reveal the answers

0%

ASK ANY QUESTION ON मित्रता

No discussion on this note yet. Be first to comment on this note