Notes on कारक | Grade 8 > Nepali > देवकुमारी थापा | KULLABS.COM

कारक

Notes, Exercises, Videos, Tests and Things to Remember on कारक

Please scroll down to get to the study materials.

Registration open for Special Scholarships

  • Note
  • Things to remember
  • Exercise

कारक

कारक शब्दको सोझो अर्थ कार्य गर्ने हो | क्रियासंग सिधा सम्पर्क भएका नाम र सर्वनामलाई कारक भनिन्छ | वाक्यस्तरमा क्रियापदसंग सम्बद्ध नामपद कारक रुपमा आउछन् |

कारकलाई निम्न ६ भागमा बिभाजन गरिएको छ |

  • कर्ता कारक
  • कर्म कारक
  • करण कारक
  • सम्प्रदान कारक
  • अपदान कारक
  • अधिकरण कारक  

  • कर्ता कारक – कुनै पनि कार्य सम्पादन गर्ने नामिक पदलाई कर्ता कारक भनिन्छ | अर्थात् वाक्यमा काम गर्ने नामिक शब्दलाई कारक भनिन्छ | यो के र कसलाई भन्ने प्रश्नको उत्तरमा आउछ र सामान्यतया ले/वाट विभक्ति चिन्हहरु लाग्दछन् |
    उदाहरण – प्रहरीले हिर्कायो |
  • कर्म कारक – कर्म कारक भन्नाले वाक्यमा कामको परिमाण भोग्ने वा असर पर्ने नामिक शब्दलाई जनाउदछ | यो के र कसलाई भन्ने प्रश्नको उत्तरमा आउछ | यसमा सामान्यतया दृतिया विभत्तिको चिन्ह लाई लाग्दछ |
    उदाहरण – प्रहरीले चोरलाई हिर्कायो |
    मैले कलमले चिठी लेखे |
  • करण कारक – करण कारण भन्नाले वाक्यमा कार्यव्यापारको साधन कारक वा प्रयोजन बुझाउन आउने नामिक पदलाई बुझाउदछ | यसमा सामान्यता के ले केवाट प्रश्नको उत्तरमा आउछ र यसमा प्राय ले\वाट\ दृरा जस्ता तृतिय विभक्त्तिका चिन्हहरु लाग्दछन् |
    उदाहरण -  मैले कलमले चिठी लेखे |
  • सम्प्रदान कारक – सम्प्रदान कारक भन्नाले वाक्यमा क्रियाले गर्ने कामको लक्ष्य वा काम गराईको प्रयोजन बुझाउन आउने नामिक पदलाई बुझाउछ |अर्थात् कार्यब्यापारको लक्षित उदेश्यले बनी आउने नामिक पदलाई सम्पदान कारक भनिन्छ | यो समन्यता कसलाई प्रश्नको उत्तरमा आउछ र यसका लागि\ निम्ति\ लाई\ जस्ता चतुर्य विभक्ति चिन्हरुरू लाग्दछ |
    उदाहरण -  दिदिले बहिनीलाई खेलौना ल्याइदिन् |
  • अपदान कारक – क्रियाले बुझाउने काम सुरु हुने समय र छुट्टिने ठाउँ बुझाउने पदलाई अपदान कारक भनिन्छ | अपदान कारकमा देखि\बाट लाग्दछ |उदाहरणा – रुखबाट फल खस्यो |
  • अधिकरण कारक – क्रियाले बुझाउने कामको आधार जनाउने पदलाई अधिकरण कारक भनिन्छ | अधिकरणमा कारकमा “मा” विभक्ति लाग्छ |
    उदाहरण –भाई कुर्सीमा बस्यो |

 

विभक्ति

आफ्नो स्वतन्त्र अर्थ नभएको तर नामिक पदहरुसंग जोडीएर पदीय अन्तरसम्बन्ध कायम गरि क्रियासग सम्बन्ध राखेर आउने पदसगलाई विभक्ति भनिन्छ |विभंक्तिलाई नामिक शब्दसग नजोडिने हो भने अर्थपुंर्ण हुदैन |

उदाहरण – मैले रामलाई पिटे |

रमेशले लट्ठीले हिर्कायो |

मलाई आज सन्चो छैन |

 कारकीय अर्थ र विभक्ति चिन्ह तालिका

कारक

अर्थ

विभक्ति

विभक्ति चिन्ह

कर्ता   

कार्य गर्ने

प्रथम

ले/वाट

कर्म

गरिने वस्तु

दृतीय

लाई /कन

करण

साधन, उपकरण

तृतिया

ले /वाट /द्रारा

सम्प्रदान

जसका लागि गरिन्छ

चतुर्थी

लाई/ लागि/ निम्ति

अपदान

छुट्टिने ठाउँ, स्रोत

पंचमी

देखि/ वाट

अधिकरण

आधार \ आश्रय

सप्तमि

मा/ माथि

षष्ठी विभाक्तिमा को का की /रो रा रि /नोना नी जस्ता विभक्ति चिन्हको प्रयोग हुन्छ |

 कोष्ठकमा दिईएको सङक़ेतअनुसार विभक्ति चिन्ह राखेर खाली ठाउँ पुरा गर :

       अप्सरा ......... नयाँ किताब किनिन् | (प्रथम विभक्ति )
        अप्सराले नयाँ किताब किनिन् |

         सोनु भाइ .....बोलाऊछिन् | ( दृतीया विभक्ति )

        सोनुले भाइलाई बोलाऊछिन |

          हरि बिहानै....... पढ्दै छ | (पंचमी विभक्ति)

           बिहानैदेखि पढ्दै छ |

           गोपाल कलम...... चिठी लेख्छन् | ( तृतीया विभक्ति )

            गोपाल कलमले चिठी लेख्छन् |

         मेरो टेबुल ...... घडी छ |(सप्तमी विभक्ति )

          मेरो टेबुलमा घडी छ |

 

 

  • रेखाङकित शब्दको कारक छुट्याऊ :
    चित्रलेखाले इनारबाट बाल्टीमा पानी झिकेर ल्याइन् र भाइलाई दिईन् |

    चित्रलेखाले– कर्ता कारक

     इनारबाट – अपदान कारक

    बाल्टीमा – अधिकरण

    पानी – कर्म कारक

    भाईलाई– सम्प्रदान

    सन्तोषले लठ्ठीले सर्पलाई हिर्कायो |

    सतोषले– कर्ता कारक

    लट्ठीले– करण कारक

    सर्पलाई– कर्म कारक

  • मनोजले कलमले चिठी लेखेर आफ्नो साथीलाई पठाए |
    मनोजले – कर्ता कारक

             कलमले – करण कारक

               साथीलाई – सम्प्रदान

एक वाक्यमा उत्तर भन :

  • देवकुमारीको जन्म कहाँ र कहिले भएको थियो ?

उत्तर – देविकुमरिको जन्म भारतको दार्जीलिङ अन्तर्गत खरसाङमा भएको वि.स.१९८५ चैत २२ गतेका दिन भएको थियो |

  • देवाकुमारीले थापाले किनबाल साहित्यक पुस्तक लेख्न थालिन् ?

उत्तर – देवाकुमरीथापाले बाल बालिकालाई असल र शिक्षित पार्न बाल साहित्यकको पुस्तक लेख्न थालिन् |

  • देवकुमारिले आफ्नै खर्चमा कुन संस्था स्थापाना गरिन् ?

उत्तर – देवकुमारीले आफ्नै खर्चमाबबरसिंह गुठी स्थापना गरिन् |

  • देवकुमारी थापा कुन कुन क्षेत्रमा उदाहरण बनिन् ?

उत्तर – देवकुमारी थापा समाज, साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रमा उदाहरण बनेकी छन् |

 

जोडा मिलाऊ

देवकुमारी थापाको जन्म स्थल – खरसाङ

पहिलो नेपाली बाल पत्रिका    – हिमाल किशोर

मानवको मुख्य कर्तब्य       – सेवा

देवाकुमरीले तिस वर्षसम्म सेवा गरेको संस्था – बाल मन्दिर

विराट साहित्य संस्था       - अध्यक्ष

 

ठिक उत्तरमा चिन्ह लगाउ :
क)देवकुमारी थापाले गरेको नयाँ काम के हो ?
अ)बाल कथा लेखन आ) बाल पत्रिका लेखन
बाल नाटक प्रकासन ई) बाल मन्दिर संचालन

उत्तर – आ) बाल पत्रिका प्रकाशन

ख)देवकुमारी अध्यक्ष रहेको संस्था कुन हो?
अ)विराट साहित्य संस्था आ) बाल पत्रिका प्रकाशन
बाल नाटक मन्च ई) अन्तर्राष्ट्रिय मन्च
उत्तर – अ ) विराट साहित्य संस्था

मिल्ने शब्द छानेर खाली ठाउँ भरि वाक्य पुरा गर :

क ) असल काममा हैसला दिने ब्यक्ति....... हुन्छन् ( थोरै, ज्यादै, अलिकति)

उत्तर – असल कानमा हैसला दिने व्यक्ति थोरै हुन्छन् |

ख)बाल बालिकाहरु नै देशका भविष्य ......... हुन् |( भार, निर्माता, खेलाडी)

उत्तर – बाल बालिका नै देशका निर्माता हुन् |

ग)नेपाली साहित्यमा देवकुमरीको ...... स्थान छ | ( गहिरो, विशिष्ट, चर्को )

उत्तर – नेपाली साहित्यमा देवकुमारीको विशिष्ट छ |

घ)हिमाल किशोर पहिलो नेपाली ....... हो |

 ( बाल पत्रिका, हिमाल साहित्य, बाल साहित्य )

उत्तर – हिमाल किशोर नेपाली बाल पत्रिका हो |

 

 

उत्तर लेख

क)देवकुमारीको बाल साहित्यमा कस्तो योगदान रहेको छ ?

उत्तर –देवकुमारी थापाको बाल साहित्यमा ठूलो योगदान रहेको छ | यिनले बाल बालिकाहरु देशका भविष्य निर्माता अनि समाज र राष्ट्रियको जग भएकोले उनीहरुलाई असल र शिक्षित तुल्याउने हेतुले बाल साहित्य सिर्जना गर्ने काम गरिन् | उनले नेपाली साहित्यमा बाल साहित्यको कमी देखी धेरै किताबहरु लेख्नने काम गरेकी छिन् | बालबालिकाहरुले छोटो र मिठोकथाहरु बढी मन पराउने भएकाले सोहीअनुसार थुप्रै कथा लेखिन् |असल वातावरण  सकरात्मक सन्देशले भरिएको उनका बाल कथामा बाल मनोविज्ञानको सुन्दर प्रयोग भएको पाइन्छ | बाल बालिकाहरुको मनोवीज्ञानलाई ख्याल गरी लेखिएका उनका प्रतिनिधि रचनाहरुमा पुण्यात्मा आमा, रामको कथा, कथाको बटुलो, प्रलय प्रतिक्षा, टपरी, देवकुमारी थापाका उत्कृष्ट कथाहरु रहेका छन् | उनैले सर्वप्रथम  हिमाल किशोर नामक बाल पत्रिका प्रकाशन गरेर बाल साहित्यको विकास र विस्तारमा योगदान पुर्याइन | उनको प्रेरणा धेरै बाल साहित्यकारहरु बाल साहित्य लेखनमा प्रवेश गरेको पाइन्छ | अत : नेपाली बाल साहित्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको स्पष्ट हुन्छ |

 

 



Questions and Answers

Click on the questions below to reveal the answers

त्तर – मुखिया गङ्गाधरका दुई छोरामध्ये जेठा मुरलीधर पण्डित थिए | उनी सधैँ बिहान सबेरै नुहाउँथे र आधा दिन सम्म पूजापाठ गर्थे | उनी आफ्नो धर्मसंस्कृतिप्रति बढी नै श्रद्धा राख्दथे, अरूलाई सताउनु पाप ठान्थे , जिल्लामा पण्डित मुरलीधरका नामले प्रख्यात थिए, उनी परम्परागत किसिमका पहिरन मखमलको टोपी, च्यादर र ललाटमा चन्दन लगाएर हिंड्थे भने श्रीधर चाहिं राजनीतिक पार्टिका सदस्य र ग्राम विकासका प्रधान थिए | जुँगादारी खौरन्थे, धोक्रे सुरुवाल र कुर्था लगाउँथे, लामो बुलबुले कपाल पाल्थे, आधा अंग्रेजी, चौथाई संस्कृत, चौथाई नेपाली मिसाएर बोल्थे, पूजापाठमा गर्नु र टीकाचन्दन लगाउनु उनी दासत्व हो भन्थे | मुरलीधर र श्रीधरका बीचमा यस किसिमका चारित्रिक भिन्नता देखिन्छन् |

0%

ASK ANY QUESTION ON कारक


You must login to reply

Forum Time Replies Report
shahsneha13@gmail.com

I need more answer of the Q/A (of devkumari thapa related lesson)


You must login to reply

हामीले गाउँमा रहेका समाजसेवीहरुऌाई सममान गयौ ा

Ask any queries on this note.गाउ र समाजसेवी कुन कारक हो


You must login to reply