Notes on जयपृथ्वीबहादुर सिंह (जीवनी) | Grade 10 > Nepali > जयपृथ्वीबहादुर सिंह | KULLABS.COM

जयपृथ्वीबहादुर सिंह (जीवनी)

  • Note
  • Things to remember
  • Exercise

 

जयपृथ्वीबहादुर सिंह 

जन्म - विसं १९३४ भाद्र ७, सेती अञ्चल, बझाङ

पद – राजा (बझाङ)

धर्म – हिन्दू

सम्मान – कर्नेल पद, दोस्रो गौतम बुद्ध,  बैतडी–बझाङ राजमार्गलाई जयपृथ्वीबहादुर राजमार्ग नामाकरण

योगदान - भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य, समाज सुधार आदि

मृत्यु – वि.सं. १९९७, बङ्गलोरमा,भारत 

        एक बझाङ्गी राजा जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भएको थियो । उनले लेखेको  'अक्षराङ्क शिक्षा'  नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । त्यस्तै उनको  'प्राकृतव्याकरण' नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो | जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक 'अक्षराङ्क'मा  देवनागरी  लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए।  उनको "अक्षराङ्क शिक्षा" नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ। जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर विसं १९५८ (इ.सं.१९०१)मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ। उनले नेपाल, भारत, बेलायत आदि देशहरूमा आफ्नो व्यक्तित्व प्रदर्शन गरी कर्नेल पदबाट सम्मानित पनि भएका थिए | नेपाली साहित्यमा मात्र नभएर समाजसेवाका क्षेत्रमा समेत अविस्मरणीय बन्न पुगेका मानवतावादी विचारक जयपृथ्वीबहादुर सिंहको व्यक्तित्वका विविध आयाम र उनका योगदानमा आधारित यस जीवनीले विद्यार्थीहरूलाई विशेष प्रेरणा प्रदान गर्दछ | यसका साथै विद्यार्थीहरूमा भाषिक सीपको विकास गर्ने तथा भाषा तत्वका बारेमा पनि जानकारी बढाउने उद्देश्यबाट प्रस्तुत जीवनी शिक्षण सिकाइका लागि प्रस्तुत गरिएको छ |

 

 



  • जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते सेती अञ्चलको बझाङमा भएको थियो ।
  • अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्
  •  नेपाल, भारत, बेलायत आदि देशहरूमा आफ्नो व्यक्तित्व प्रदर्शन गरी कर्नेल पदबाट सम्मानित पनि भएका थिए |
  • नेपाली साहित्यमा मात्र नभएर समाजसेवाका क्षेत्रमा समेत अविस्मरणीय बन्न पुगेका थिए |
.

Very Short Questions

वि.सं. १९३४ सालमा बझाङमा जन्मिएका जयपृथ्वीबहादुर सिंह सानैदेखि दयालु र उदार स्वभावका थिए | उनी आफ्ना पिताको धार्मिक क्रियाकलापबाट प्रभावित भएकाले उनले पनि धार्मिक एवं आध्यात्मिक चिन्तन र व्यवहारको विकास गरी आफूमा मानवीय गुणको समेत विकास गराएका थिए | सानैदेखि प्रतिभाशाली उनले आफ्नो जीवनको धेरै समय ज्ञान लिने र दिने कार्यमा बिताए | उनी आफ्नो अध्ययन र ज्ञानका कारण विशिष्ट बुद्धिजीवीका रूपमा नेपली भाषा तथा साहित्यका क्षेत्रमा स्थापित भए | अझ भन्नुपर्दा उनी शिक्षा र सामाजिक सुधार भनेपछि तन, मन र धन दिएर लागिपर्ने स्वभाव थिए |

जयपृथ्वीबहादुर सिंह आफ्नो देश र जनताको स्थिति देखेर चिन्तित भई त्यसलाई सुधार गर्न आफ्नो अध्ययन सकिएपछि गृह जिल्ला बझाङ फर्किएर त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक आदि स्थितिको अध्ययन गर्न थाले | शिक्षाको अभावले गर्दा अन्धकारमा रहेका आम मानिसहरूलाई विभिन्न विषयको अध्ययन र तालिमको व्यवस्था मिलाए | स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले एउटा आयुर्वेदिक औषधालयको स्थापना गरे | उनले धार्मिक र सामाजिक क्षेत्रमा पनि थुप्रै सुधारका कार्य गरे | उनले मानिसहरूको सीपको विकास गर्न तालिम कार्यक्रमको पनि व्यवस्था मिलाए | त्यस्तै रोजगारी प्रदान गर्न गाउँघरमा घरेलु इलम संचालन गर्न मानिसहरूलाई प्रोत्साहित समेत गरे | गरीब कि उनले धार्मिक किसानहरूलाई मोहियानी हक दिलाउने क्रिन्तिकारी कदम समेत चलाए | बझाङका मानिसहरूलाई सुविस्ता दिन उनले यातायात, हाटबजार आदिको व्यवस्था गरी चौतर्फी विकासमा सहयोग पुर्याए |

जयपृथ्वीबहादुर सिंह विश्वशान्ति, भातृत्व र मानवताका पक्षमा आवाज उठाउने व्यक्तित्व थिए | उनले विश्वशान्तिका लागि बझाङको राजपाटसमेत आफ्ना भाइलाई जिम्मा लगाएर आफू भारतको बङ्गलोरमा गएर बस्न लागे | वि.सं. १९९१ सालमा उनले बङ्गलोरमा "मानवतावादी संघ" खोली आफ्ना विचार र मानवतावादी सिद्धान्तको प्रचारप्रसार गरी विश्वशान्ति, भातृत्व र मानवताको उत्थानमा मन, वचन र कर्मले लागे | उनले विश्वशान्तिलाई महत्व दिदै इजिप्ट, स्विट्जरल्यान्ड, जर्मन, अमेरिका, फ्रान्स, जापान आदि देशहरूको भ्रमण गरे | उनले भारतमा मानवतावाद सम्बन्धी मासिक पत्रिकाको प्रकाशन सुरु गरे | साथै म्यानमारमा "जे.पी इन्स्टिच्युट" नामक संस्थाको स्थापना गरी विश्वशान्तिका लागि उनले यस्ता प्रयत्न गरेका थिए |

जयपृथ्वीबहादुर सिंह नेपाली भाषा र साहित्यका उपासक थिए | यसै भाषाका माध्यमबाट जनतालाई शिक्षा दिइनुपर्छ भन्ने सोचैमा उनी सदा दृढ रहे | उनको यो सोचाइको कदर गर्दै तत्कालीन राणा प्रधानमन्त्री देवशमसेरले नेपाली भाषाकै माध्यमबाट शिक्षा दिलाउने निर्णय गरे | नेपाली भाषामा जयपृथ्वीबहादुर सिंहले विभिन्न विषयका पाठ्यपुस्तकहरू तयार पारे | उनी नेपालको शैक्षिक जगतमा संस्थागत रूपमा नेपाली भाषामा पाठ्यपुस्तक लेख्ने पहिला व्यक्ति हुन् | पाठ्यसामग्रीको अभाव पूर्ति गर्न उनले कलकत्ताबाट आफैँले हाते प्रेस किनेर ल्याई आफ्नै देशको पुस्तक प्रकाशन गर्ने व्यवस्था मिलाए | उनले आफ्नो जीवनमा दुई दर्जनजति पुस्तकहरू लेखेका थिए | नेपाली भाषामा कुनै व्याकरण नलेखिएको अवस्थामा "प्राकृत व्याकरण" लेख्ने उनी पहिला व्याकरणकार हुन् | नेपाली बालसाहित्यका क्षेत्रमा पनि कलम चलाउने उनी नै पहिला व्यक्ति हुन्  | उनका कृतिहरू व्यवहारोपयोगी छन् र तिनका नैतिक शिक्षामाथि जोड दिइएको छ | यी माथिका उनका कृति र योगदानबाट यो प्रष्ट हुन्छ कि जयपृथ्वीबहादुर सिंह नेपाली भाषाका एक सच्चा सेवक हुन् |

जयपृथ्वीबहादुर सिंहको जीवनबाट अनेक किसिमका प्रेरणाहरू पाइन्छन | हामी सबैले आफ्नो मुलुकको भलाइ र उन्नति गर्नु हामी सबैको धर्म हो, असल काम गर्नु सबैको भलो चिताउनु हो, सत्यबाट सन्तोष पाइन्छ, खराब विचार र घृणाबाट दु:ख हुन्छ, राम्रो काम गरे मात्र सन्तोष मिल्छ भन्ने प्रेरणाहरू हामी उनकै जीवनीबाट पाउँछौ | स्वदेश तथा विदेश जहाँ रहेपनि, जस्तोसुकै विषम परिस्थितिमा पनि मानवसेवा, राष्ट्रसेवा तथा विश्वशान्तिको लागि जुट्न सक्नुपर्छ भन्ने प्रेरणा पनि उनको जीवनीबाट पाइन्छ | सादा जीवन र उच्च विचारमा सदा आस्था राख्ने, मानव जातिको हकहितका लागि मरिमेट्ने र मानवतावादको सिद्धान्तद्वारा विश्वमा शान्ति, समानता र भ्रातृत्वको भावना फैलाउने व्यक्ति नै इतिहासमा अमर बन्न सक्छ भन्ने प्रेरणा जयपृथ्वीबहादुर सिंहको जीवनीबाट पाइन्छ |     

 

0%

ASK ANY QUESTION ON जयपृथ्वीबहादुर सिंह (जीवनी)

No discussion on this note yet. Be first to comment on this note