Notes on पदसंगति | Grade 10 > Nepali > कर्तव्य | KULLABS.COM

पदसंगति

  • Note
  • Things to remember
  • Exercise

 पदसंगति

 वाक्यमा कर्ताको लिङ्ग, वचन, पुरुष र आधार अनुसार क्रियाको लिङ्ग, वचन, आदर मिलाउनुलाई पदसंगति भनिन्छ |

लिङ्ग

 स्त्री वा पुरुष जाति बुझाउने वा छुट्याउने व्याकरणको चिन्हलाई लिङ्ग भनिन्छ | त्यस्तै लिङ्गको अभिव्यक्ति नाम, विशेषण र क्रियापदमा हुन्छ | नेपालीमा स्त्रीलिङ्ग र पुलिङ्ग गरी दुई किसिमका लिङ्गहरू छन् |

स्त्रीलिङ्ग - नेपालीमा पोथी वा स्त्रीजातिलाई जनाउने चिन्हलाई स्त्रीलिङ्ग भनिन्छ |

उदाहरण – क) काली केटी आउदै छे |

                 ख) ममता राम्री छिन् |

माथिको (क) र (ख) वाक्यमा स्त्रीलिङ्ग जनाउन 'केटी, ममता' (नाम), 'काली, राम्री' (विशेषण), र 'छे, छिन्' (क्रियापद) प्रयोग गरिएका छन् |

पुलिङ्ग - नेपालीमा भाले वा पुरुषजातिलाई जनाउने चिन्हलाई पुलिङ्ग भनिन्छ |

उदाहरण – क) मोटो केटो आउदै छ |

                 ख) आलोक र अनुप मिहिनेत छन् |

माथिको (क) र (ख) वाक्यमा पुलिङ्ग जनाउनको लागि 'केटो, आलोक, अनुप' (नाम), मोटो, मिहिनेत, (विशेषण), र 'छ, छन्' (क्रियापद), आएका छन् |

 

        त्यसैगरी नेपालीमा सर्वनाम र अव्यय शब्दले लिङ्गको अभिव्यक्ति गर्दैनन् साथै मानवबाहेक अन्य सजीव नाममा लिङ्गको परिवर्तन भएपनि विशेषण र क्रियापदमा कुनै परिर्वतन हुदैन | 

उदाहरण – क) कालो गोरु चर्दैछ |

                 ख) कालो गाई चर्दैछ |

 

लिङ्ग परिर्वतन गर्ने तरिका

  • पुलिङ्गी शब्दका पछाडि 'ई' प्रत्यय लगाएर

कुमार      - कुमारी              पाठो    - पाठी

बाहुन      - बाहुनी               तिम्रो   - तिम्री

 

  • पुलिङ्गी शब्दका पछाडि 'नी' प्रत्यय लगाएर

नाति       - नातिनी              साहू    - साहुनी

लिम्बू      - लिम्बुनी             पण्डित - पण्डित्नी

 

  • पुलिङ्गी शब्दका पछाडि 'एनी'/'इनी' प्रत्यय लगाएर

सुब्बा      - सुब्बेनी              काजी   - कजिनी

लामा       - लमिनी              मुखिया - मुखिनी

 

  • पुलिङ्गी शब्दमा  'इका' प्रत्यय लगाएर

गायक      - गायिका             चालक - चालिका

बालक      - बालिका             सम्पादक  - सम्पादिका

 

  • विभिन्न प्रत्ययहरू थपेर

छात्र       - छात्रा                कवि           - कवयित्री  

श्रीमान     - श्रीमती              भगवान        - भगवती

 

  • शब्दको अघिल्लो र पछिल्लो रूप फेरेर

बाबुसाहेब    - मैयाँसाहेब            भालेगिद्ध       - पोथीगिद्ध

हजुरबा     - हजुरआमा 

 

  • शब्दहरू नै फेरेर

बाख्रो       - बाख्री               फूपू    - फुपाजू

वर        - बधू                वीर    - विराङ्गना

 वचन

 कुनै सङ्ख्या बुझाउने व्याकरणको चिन्हलाई वचन भनिन्छ | वचनको अभिव्यक्ति नाम, सर्वनाम, विशेषण र क्रियापदमा हुन्छ | वचन दुई किसिमका हुन्छन् |

एकवचन -  एउटा वस्तुलाई बुझाउनको लागी एकवचन प्रयोग गरिन्छ |

नाम – राजु, दिदी, बाघ

सर्वनाम – म, त, ऊ, तिमी

विशेषण – कालो, पिरो, अग्लो, बाठो

क्रियापद – छ, थियो, थिइन्, गर्यो

 

बहुवचन – एक वा एकभन्दा बढी वस्तुलाई बुझाउनको लागी बहुवचनको प्रयोग गरिन्छ | 

नाम – राजुहरू, दिदीहरू, बाघहरू 

सर्वनाम – हामी, उनीहरू, तिमीहरू 

विशेषण – मेरा, काला, अग्ला, ठुला 

क्रियापद – छन्, थिए, थियौं

   नेपालीमा आदरार्थी भएका क्रियापदको प्रयोग गर्दा वचनमा कुनै भेद हुदैन |

उदाहरण –

          तिमी गयौ             तिमीहरू गयौ

          आमा जानुभो           आमाहरू जानुभो

 

वचनको परिवर्तन गर्ने तरिका

  • शब्दमा 'हरू' थपेर

मान्छे        - मान्छेहरू            फूल    - फूलहरु

केटी          - केटीहरू              लेख    - लेखहरू

 

  • शब्दको अन्त्यको 'उ', 'ई' र 'ओ' लाई 'आ' मा बदलेर (हरू थपे पनि हुने)

केटो   - केटा / केटाहरू               काली   - काला

ठूलो   - ठूला                छानु    - छाना

 

  • रूप फेरेर 'हरू' थप्ने

म    - हामी / हामीहरू       ती / त्यो       - तिनीहरू 

ऊ    - उनीहरू              यो / यी        - यिनीहरू

 

  • शब्द दोहोर्याएर

को    - कोको               दिन    - दिनदिनै

जो    - जोजो               फूल    - फूलैफूल

 

  • 'गण', 'वर्ग', 'वृन्द', 'जान' जस्ता बहुवचन बुझाउने प्रत्यय थपेर (तर त्यसपछि' हरू' थप्नुहुँदैन)

महिला        - महिलावर्ग            सज्जन  `      - सज्जनवृन्द  

भक्त         - भक्तजन            देव           - देवगण

 

पुरुष 

व्यक्तिलाई बुझाउने व्याकरणको शब्दलाई पुरुष भनिन्छ | पुरुषले बोल्ने (वक्ता) व्यक्तिलाई प्रथम पुरुष, सुन्ने (श्रोता) व्यक्तिलाई द्वीतीय पुरुष र कुरा गरिने व्यक्ति (विषय) लाई जनाउने तृतीय पुरुषलाई जनाउदछ | यसले क्रियाका आधारमा कर्ता र क्रियाका बीचमा सम्बन्ध स्थापना गरी व्यक्ति वा कर्ताको भेद देखाउने पदहरूलाई पुरुष भनिन्छ | पुरुषलाई निम्न  तीन प्रकारमा विभाजन गरी अध्ययन गर्न सकिन्छ |

 प्रथम पुरुष  - यसले बोल्ने वा लेख्ने अर्थात आफैलाई जनाउदछ |  जस्तै - म, हामी/हामीहरू | 

उदाहरण -  म खाना खान्छु |

          हामी बजार जन्छौ |

 द्वीतीय पुरुष - यसले सुन्ने व्यक्ति वा श्रोतालाई जनाउदछ | जस्तै - तँ, तिमी, तपाईं, यहाँ, हजुर, यहाँहरू आदि |

उदाहरण -   तिमी कविता लेख्छौ |

                  तपाईं पोखरा जानुहुन्छ  |

 

 तृतीय पुरुष - यो कुरा गरिने व्यक्ति वा विषयलाई जनाउन प्रयोग गरिन्छ | जस्तै - ऊ, त्यो, उनी, उनीहरु, तिनीहरु, उहाँ,उहाँहरू आदि |

उदाहरण -   ऊ रोटी खान्छ |

                  उहाँ नेपाली पढाउनुहुन्छ |

वाक्यमा पुरुष परिवर्तन गरिएका कही उदाहरणहरू

प्रथम पुरुष                द्वीतीय पुरुष                 तृतीय पुरुष

म रुन्छु                  तँ रुन्छस् / तिमी रुन्छौ                ऊ रुन्छ / उनी रुन्छन् |

हामी लेख्छौँ               तिमीहरू लेख्छौ                उनीहरू लेख्छन् |



  • वाक्यमा कर्ताको लिङ्ग, वचन, पुरुष र आधार अनुसार क्रियाको लिङ्ग, वचन, आदर मिलाउनुलाई पदसंगति भनिन्छ |
  •  स्त्री वा पुरुष जाति बुझाउने वा छुट्याउने व्याकरणको चिन्हलाई लिङ्ग भनिन्छ | 
  •  कुनै सङ्ख्या बुझाउने व्याकरणको चिन्हलाई वचन भनिन्छ | 
  • व्यक्तिलाई बुझाउने व्याकरणको शब्दलाई पुरुष भनिन्छ | 
.

Very Short Questions

एकवचन

  • गङ्गाधारको एउटा छोरो थियो |
  • उमेर पुगेको बुढोपाकोले मुरलीधरको पक्ष लियो |
  • मर्ने बेलामा दुवै छोराले आधाआधा बाँडेर खानु भनी बूढाले भेनेको मैलेले प्रत्यक्ष देखे सुनेको हुँ |
  • अतीतको एउटा स्मृति उनका सामुन्ने साकार भएर आयो |
  • यो ठिटा चुरोट फुक्न र पुङ्नपुच्छरको उट्पटाङ गफ चुट्नबाहेक अर्थोक जान्दैन |

 

आफ्नै माताका झैँ उनी पनि अरूलाई सताउनु महापाप सम्झनथिन् | (लिङ्ग)

 आफ्ना पिताका झैँ उनीहरू पनि अरूलाई सताउनु महापाप सम्झन्थे| (वचन)

कपिल मेरो असाध्यै मिल्ने साथी हौ | ऊ सानै देखि शान्त र सरल स्वभावको थियो, जसले गर्दा उसको व्यवहार अहिले पनि शान्त, सालिन र भद्र किसिमको छ | ऊ कक्षामा सधैँ प्रथम हुन्छ साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि अब्बल नै रहन्छ | जेहेन्दार मिहिनेती, लगनशील तथा मिलनसार भएकाले उसलाई विद्यालयमा शिक्षक तथा विद्यार्थी सबैले मन पराउँछन् |

       पढाई, लेखाईका साथै अनुसन्धानमा उसको बढी रुची छ | आफ्नो देशमा भएर विभिन्न खानी तथा स्रोत सम्पदाको अध्ययन अनुसन्धान गरी देश विकासमा टेवा पुर्याउने उसको लक्ष्य रहेको छ | ऊ विद्यालयमा जति इमान्दार छ त्यतिनै घरमा सहयोगी र आज्ञाकारी छोरो छ | छरछिमेक, नातागोता सबैको प्यारो ऊ साँच्चै नै असल छ |

बहिनी  - मेरी बहिनी सानी छे |

 गुरुमा  - हामीलाई गुरुमाले नेपाली पढाउँनुहुन्छ |

 खेताला - खेतमा खेतालाले काम गर्दै छन् |

तपाईं   - तपाईं कहाँ जानुभएको थियो ?

कमिलो – मलाई रोटे कमिलोले टोक्यो |

 जुम्रो   - बबिताको टाउकोमा जुम्रो हिँड्दै थियो |

0%

ASK ANY QUESTION ON पदसंगति

No discussion on this note yet. Be first to comment on this note