Notes on कर्तब्य | Grade 10 > Nepali > कर्तव्य | KULLABS.COM

कर्तब्य

  • Note
  • Things to remember
  • Exercise

गुरूप्रसाद मैनानी - (वि.सं. १९५७ -  २०२८ )

       गुरूप्रसाद मैनानीको जन्म काशीनाथ मैनानी र काशीरूपादेवी मैनानीका पुत्रको रूपमावि.सं. १९५७ सालमा धनकुटामा (घर काभ्रेपलान्चोक भए पनि उनका बाबु जागीरका सिलसिलामा धनकुटा गएका बाले उनी त्यही जन्मेका हुन्) भएको हो । गुरूप्रसादले धेरै पढ्न सकेनन् । बाबुको जागीर सरुवा हुँदा बाबुसँगसँगै जानुपर्ने भएकाले उनको बसाइ एकै ठाउँमा हुन सकेन । त्यसैले पहिले घरमै उनले अक्षर चिने, त्यसपछि 'लघुकौमुदी', 'अमरकोश', 'रुद्री', 'दुर्गासप्तशती' आदि पढे । अनि स्रेस्ता पाठशालामा पढे । त्यस बेला नेपालमा धेरै विद्यालय थिएनन्।

       गुरूप्रसाद मैनाली एक प्रसिद्ध सामाजिक यथार्थवादी कथाकार हुन् | उनले पहिलो पटक लेखेको कथा 'नासो' हो । त्यो कथा सर्वप्रथम १९९२ सालमा 'शारदा' भन्ने साहित्यिक प्रत्रिकामा छापियो । त्यो कथा अत्यन्त प्रसिद्ध भयो । सबैतिरबाट उनलाई 'फेरि यस्तै कथा लेख्नुपर्छ'  भन्न थालियो । त्यसभन्दा पहिले सामान्य घरपरिवारका सामान्य घटनालाई कथा बनाएर लेख्ने चलन नै थिएन । 'नासो' कथा छापिएपछि नयाँ चलन चल्यो र त्यो नयाँ चलन चलाउने व्यक्ति कथाकार गुरूप्रसाद मैनाली भए । 'नासो' कथालाई सबैले अत्यन्त राम्रो मानेपछि गुरूप्रसाद मैनालीले अरू कथाहरू पनि लेखे। 'परालको आगो', 'बिदा', 'शहीद' आदि शीर्षकका उनका कथाहरू पनि धेरै चर्चित भए । वि.सं. २०२० सालमा प्रसिद्ध समालोचक डा. तारानाथ शर्माले मैनालीका ११ वटा फुटकर कथा जम्मा पारे, अनि आफू सम्पादक बनेर 'नासो' नामको कथासङ्ग्रह निकाले । जागीर छोडेपछि मैनाली काठमाडौँमा बसोबास गर्न थाले । उनी काठमाडौँमा नै भएको समयमा वि.सं. २०२८ साल जेठ २५ गते उनको निधन भयो । गुरूप्रसाद मैनालीले कथाबाहेक हास्यव्यङ्ग्यविधामा केही लेख तथा फुटकर निबन्ध पनि प्रकाशित गराएका थिए । नेपाली भाषाका एक प्रसिद्ध साहित्यकार मैनाली सबैले मन पराउने र बुझ्ने खालका कथा थोरै लेखे पनि प्रसिद्ध हुन सकिन्छ भन्ने शिक्षा कथाकार गुरूप्रसाद मैनानीबाट पाउन सकिन्छ |

कथाको  सारंश

       समाजमा घट्ने यथार्थ घटनाहरुलाई आधारमा राखी उनी कथाहरू लेख्छन् | त्यसको एउटा उदाहरण हो कर्तव्य कथा | समस्याग्रस्त नेपाली समाजलाई नजिकैबाट नियालेका उनले मानिसको जीवनका दु:ख र पीडालाई आफ्ना कथाहरुमा झल्काएको हुनाले उनलाई सामाजिक यथार्थवादी कथाकार मानिन्छ | साथै आदर्शमा विश्वास भएकोले उनका कथाको एक पात्रलाई आदर्शवादी बनाएर मानिसलाई उच्च महिमायुक्त जीवनयापन निम्ति अग्रसर हुन प्रेरित गरेका छन् |

       कर्तव्य एक समाजिक कथा हो | यस कथाले एक आदर्श बाबुका भिन्न प्रकारका चरित्र भएका दुई दाजुभाई बीचको कलहलाई चित्रण गरिएको छ | दाजुभाई बीचमा सानोतिनो कुराले मनमुटाब भयो भन्दैमा आफ्नो कर्तव्य र जिम्मेवारीबाट पर सर्नु हुदैन, आफुले राम्रो गरेपछि अर्काले पनि आफुलाई सकारात्मक दृष्टिले हेर्छ अथवा उसमा पनि सकारात्मक परिर्वतन आउन सक्छ भन्ने सन्देश प्रवाह गरेको छ | यसका साथै सम्पति भन्दा मानवीय सम्बन्ध ठूलो कुरा भएकोले यसलाई जोगाउन समाजका प्रत्येक सदस्यले सकारात्मक सोच र त्याग गर्न सक्नुपर्छ भन्ने विषयलाई कथामा प्रस्तुत गरिएको छ |



  •  गुरूप्रसाद मैनाली एक प्रसिद्ध सामाजिक यथार्थवादी कथाकार हुन् |
  • उनले पहिलो पटक लेखेको कथा 'नासो' हो । 
  • समाजमा घट्ने यथार्थ घटनाहरुलाई आधारमा राखी उनी कथाहरू लेख्छन् |
  • समाजका प्रत्येक सदस्यले सकारात्मक सोच र त्याग गर्न सक्नुपर्छ भन्ने विषयलाई कथामा प्रस्तुत गरिएको छ |
.

Very Short Questions

गङ्गाधर गाउँका एक नामी समाजसेवी तथा महान् पुरुष थिए | उनी आफ्नो सारा सम्पतिलाई जनताको थाती (नासो) भन्ने गर्थे र आफूलाई त्यस सम्पतिको संचालक मात्र ठान्दथे | गाउँका गरिबको चुल्हो नबालेको र सुत्केरी भोकै परेको, खबर सुन्नासाथ उनीहरुलाई बोलाएर अन्न पैसा आदि सहयोग दिएर पठाउँथे, सबैका अन्नदाता थिए, कसैले तिर्ने भाखा सोधेमा 'सके तिर्नु नसके तिमीहरुकै हो' भन्ने जवाफ दिन्थे | गाउँमा कसैको विवाह, वर्तमन, चाडबाड, मरीमराऊ कुनै कार्य रोकिदैनथो | वरपर दस गाउँका मानिसमा कसैमाथि अन्याय हुदैनथ्यो | यदी अन्याय परेमा उनीकहाँ न्याय माग्न मानिसहरू भेला हुन्थे | गाउँका बालबालिका, युवा, वृद्धा सबैका प्रिय थिए | समग्रमा भन्दा गङ्गाधरको चरित्र, परोपकारी, सहनशील, मिजासिलो, इमान्दार, नैतिकवान, मानवीय भावले प्रेरित, सहयोगी ग्रामपिताका रूपमा थियो भन्न सकिन्छ |

मुखिया गङ्गाधरका दुई छोरामध्ये जेठा मुरलीधर पण्डित थिए | उनी सधैँ बिहान सबेरै नुहाउँथे र आधा दिन सम्म पूजापाठ गर्थे | उनी आफ्नो धर्मसंस्कृतिप्रति बढी नै श्रद्धा राख्दथे, अरूलाई सताउनु पाप ठान्थे , जिल्लामा पण्डित मुरलीधरका नामले प्रख्यात थिए, उनी परम्परागत किसिमका पहिरन मखमलको टोपी, च्यादर र ललाटमा चन्दन लगाएर हिंड्थे भने श्रीधर चाहिं राजनीतिक पार्टिका सदस्य र ग्राम विकासका प्रधान थिए | जुँगादारी खौरन्थे, धोक्रे सुरुवाल र कुर्था लगाउँथे, लामो बुलबुले कपाल पाल्थे, आधा अंग्रेजी, चौथाई संस्कृत, चौथाई नेपाली मिसाएर बोल्थे, पूजापाठमा गर्नु र टीकाचन्दन लगाउनु उनी दासत्व हो भन्थे | मुरलीधर र श्रीधरका बीचमा यस किसिमका चारित्रिक भिन्नता देखिन्छन् |

बाबुका नाममा रहेको जिउनी खेतका विषयमा मुरलीधर र श्रीधरका बीचमा विवाद भयो | विवादले निकै ठूलो रूप लिन पुग्यो | गाउँका मानिसहरू विवादका क्रममा दुई पक्षमा विभाजित भए | बूढापाकाहरू मुरलीधर पक्षमा लागे भने युवाहरू श्रीधरका पक्षमा लागे | विवादमा बूढापाकाहरूले धर्मका आधारमा निर्णय गरे भने युवाहरूले ऐनकानुनका आधारमा श्रीधरका पक्षमा फैसला गरे | यस विवादको निचोड गर्न मुरलीधरले ग्रामसभा विसर्जन भएको केही दिनपछि कानुनको सहारा लिँदै अदालतमा नासिल दिए | मुरलीधरको कानुनी आधार कमजोर भएकाले अदालतले लिखत प्रमाणका आधारमा श्रीधरका पक्षमा फैसला दियो र विवाद टुङ्गियो |

बाबुले आफ्ना सन्तान प्रति, दाजुले आफ्नोभाइ प्रति, एक भाइले आफ्नो दाजु प्रति र एक सन्तानले आफ्नो वंश वा कुल  प्रति आफ्नो कर्तव्य पूरा गर्नुपर्ने हुन्छ, त्यसैको अनुशरण गर्दै मुरलीधरले आफ्नो भाइसँग बोलचाल नभए पनि भतिजोको विवाहमा नबोलाइकन गएर बाबु हुनुको कर्तव्य पूरा गरेर आफ्नो वंशको इज्जत र प्रतिष्ठालाई समाजमा उच्च बनाएका छन् | यतिमात्र नभएर उनले आफ्नो भाइलाई उपचार गर्न देशतर्फ लगेर आफ्नो कर्तव्य निस्वार्थ भावले निर्वाह गरेका छन् |

कर्तव्य' शीर्षक कथाले प्रत्येक परिवारमा परिवारको जेष्ठ सदस्यले अरू सदस्यहरू प्रति अभिभावकको भूमिकालाई कसरी पूरा गर्नुपर्दछ भन्ने संदेश दिएको छ | यस धर्तीमा जन्मिएर आएपछि मानिसको आफ्नो कूल वा वंशको पहिचान रहन्छ, आफ्नो परिवार हुन्छ | परिवारका सदस्यहरूबीच एकआपसमा सानातिना समस्याहरू पनि सिर्जना हुन्छन्, यस्ता समस्याहरूले सदस्यहरूबीच विवाद भई झगडामा परिणत हुने, बोलचाल बन्द हुने, आवतजावत बन्द हुने र विभिन्न प्रकारका मुद्दामामिला समेत हुन सक्दछ | यस प्रकारका समस्या भए पनि समाजमा बसेपछि समाजका अगाडि आफ्नो इज्जत प्रतिष्ठा परिवारका कुनै एक सदस्यबाट गुम्न लाग्यो भने आँखा चिम्लेर अथवा मुकदर्शक बनेर बस्नु हुदैन, यस्तो परिस्थितिमा प्रस्तुत कथाका केन्द्रीय पात्र मुरलीधरले झैँ हामीले पनि जेष्ठ सदस्यको नाताले आफ्नो कर्तव्य सधैँ निर्वाह गर्नुपर्छ भन्ने मूल आसय नै यस 'कर्तव्य' कथामा पाइन्छ |

'कर्तव्य' कथाले दाजुभाइका बीचको भातृप्रेम कतिसम्म गाढा हुन्छ भन्ने कुरालाई प्रष्ट रूपमा देखाएको छ | एकाआपसमा जतिसुकै कटुता भएतापनि, ईर्ष्या र डाह भए पनि आवतजावत नै बन्द भएर पानी बराबरको अवस्था नै भए पनि अथवा अड्डा अदालतमा मुद्दममिला नै गरी शत्रुवत व्यवहार नै एकअर्कामा गरे पनि रगतको नाता कहिल्यै टुट्दैन | आन्तरिक गृहकलहले जतिसुकै उग्ररुप लिए पनि बाहिरी समाजका अगाडि वा जोरीपारी तथा छरछिमेकका अगाडि आफ्नो कूल तथा वंशको इज्जत प्रतिष्ठामा धक्का लाग्न दिनु हुँदैन | अप्ठेरो अवस्थामा एकले अर्कोलाई सहयोग गर्नैपर्छ, सानातिना कुरामा आपसी प्रेम वा रगतको नातालाई भौतिक सम्पतिका कारण बिर्सनु हुन्न, विगतका कमी कमजोरीलाई बिर्सिएर आपसी सहयोग, सदभाव तथा आत्मीय ममतालाई जीवान्त तुल्याउनेतर्फ अग्रसर हुनुपर्छ र दाजुभाइका बीचको रगतको नाता निकै नै गाढा हुन्छ भन्ने भातृप्रेमलाई यस कथा मार्फत उजागर गरिएको छ |  

0%

ASK ANY QUESTION ON कर्तब्य

No discussion on this note yet. Be first to comment on this note