Notes on प्रश्नोत्तर कविता | Grade 10 > Nepali > प्रश्नोत्तर | KULLABS.COM

प्रश्नोत्तर कविता

  • Note
  • Things to remember
  • Exercise

भानुभक्त आचार्य – ( वि. सं. १८७१ - १९२५ )

       भानुभक्त आचार्यको जन्म धनन्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको चुँदी तम्घमा  वि.सं.१९७१ असार २९ गते भएको थियो। बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर कुवा, पाटी - पौवा बनाउने इच्छाबाट मरेपछि पनि केही न केही नाम रहोस् भन्ने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।

योगदान 

१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।

       नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भातृत्व, कर्तव्य, देशप्रेम, जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन्। नेपाली भाषा साहित्यको श्रीगणेश गर्ने तथा रामायण जस्तो वृहत काव्यलाई नेपाली भाषामा रुपान्तरण गरी आफ्नो प्रतिभा झल्काएका छन् |

कृतिहरू 

  • प्रश्नोत्तर(वि.सं. १९१० )
  • भक्तमाला (वि.सं. १९१०)
  • वधूशिक्षा (वि सं १९१९)

अन्य थुप्रै फुटकर कविताहरु

 

प्रश्नोत्तर कविताको सारंश

      प्रस्तुत कवितामा कविले जीवनजगतका विभिन्न पक्षमाथि प्रश्न पठाएर तिनको उत्तर दिने प्रयास गरेका छन् | उपजाति र वसन्ततिलका छन्दमा रचित प्रस्तुत कवितामा कविले जीवनोपयोगी सुक्तिका रूपमा आएका यी प्रसङ्गले सत्य पक्षको खोजी गर्न पनि सहयोग गर्दछ |

      प्रस्तुत कवितामा कविले प्रश्न सोध्दै त्यसको उत्तर पनि दिएका छन् | कविता मार्फत समाजलाई नैतिक चेतना तथा आदर्शतिर उन्मुख गराउने प्रयत्न गरेका छन्पहिलो पंतिमा शत्रु कसलाई मान्ने भन्दा आफ्नै दश इन्द्रिय शत्रु र तिनै दश इन्द्रिय मित्र पनि हुन् भन्दछन् | एवम् क्रमले अरू सबै पंतिमा सोहि अनुरुप प्रश्न र जवाफ पनि दिएका छन् |

 

 



  •  भानुभक्त आचार्यको जन्म  तनहुँको चुँदी तम्घमा  वि.सं.१९७१ असार २९ गते भएको थियो।
  • नेपाली भाषा साहित्यको श्रीगणेश गर्ने तथा रामायण जस्तो वृहत काव्यलाई नेपाली भाषामा रुपान्तरण गरी आफ्नो प्रतिभा झल्काएका छन् |
  • कवितामा कविले प्रश्न सोध्दै त्यसको उत्तर पनि दिएका छन् | 
.

Very Short Questions

मानव शरीरमा जम्मा दशवटा इन्द्रीयहरू हुन्छन् | ज्ञानशक्तिका आधारमा पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, छाला र जिब्रो) हुन्छन् भने कर्मशाक्तिका आधारमा पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, वायु र उपस्थ) हुन्छन् | यी दशवटा इन्द्रियलाई मानिसले आफ्नो नियन्त्रणमा राख्नुपर्दछ | यदि नियन्त्रण गर्न नसक्दा आपसी व्यवहारमा यिनै इन्द्रियका कारण बैमनस्यता बढाउछ | यी इन्द्रियहरूलाई मानिसले आफ्नो वशमा राखेर आपसमा व्यवहार गर्दा सबैसँग मित्रता बढ्उँछ | तसर्थ असल एवम् खराब दुवै कार्य गर्नमा मानिसलाई यी इन्द्रियहरू नै प्रेरित गर्ने भएकाले इन्द्रियलाई शत्रु र मित्र दुवै भनिएको हो |

सर्वप्रथम कविले यस कविता विद्यालाई संसारलाई सुन्दर बनाई सिँगार्ने प्रमुख गहनाको रूपमा चित्रण गरेका छन् | हामीलाई आमाले झैँ सुख दिने वस्तु भनेको विद्या नै हो, यो बाहेक संसारमा अरू त्यस्ता कुनै वस्तु छैनन् | त्यस्तै गरी आफूले अरूलाई जति बाँड्यो वा दियो, त्यति नै आफूमा बृद्धि हुँदै जाने तथा कहिल्यै नघट्ने वस्तु हो भनी यसरी विद्यालाई कवितामा गहना रूपमा, जन्म दिने आमासमान सुख दिने वस्तुका रूपमा र जति खर्चियो उतिनै बढ्दै जाने वस्तुका रूपमा चित्रण गरिएको छ |

विद्यारूपी धनलाई संसारमा सबैभन्दा ठूलो धन मानिन्छ | कुनै चोरले चोर्न नसक्ने, दाजुभाइका बीचमा भागवण्डा गर्न नमिल्ने र जति बढी भएपनि गह्रौँ नहुने वस्तु नै विद्या हो | विद्याले मनिसको बौद्धिक, तार्किक, क्षमतावान एवम् विभिन्न प्रतिभा र ज्ञानको भण्डार सिर्जना गराउंदछ | त्यस्तै विद्याले मानिसलाई समाजका हरेक क्षेत्रमा शिष्ट, आदर्श, नैतिकवान र विनयी व्यक्तिका रूपमा चिनाउँदछ | यही विद्याका माध्यमबाट मानिसले विभिन्न आर्थिक लाभ हुने कार्य गर्छ | यसरी एकातर्फ विद्याले मानिसलाई विनयी र सत्पात्र बनाई त्यसबाट भौतिक धन उपलब्ध गराई सुख दिलाउँछ भने अर्कातार्फ समाजमा इज्जत, मानमर्यादा र प्रतिष्ठा बढाई आत्मसन्तुष्टि दिलाएर विद्याले मानिसलाई आमाले जस्तै सुख दिन्छ |

मानिसको लागी विद्या महत्वपूर्ण गहना हो | जसले उसको जीवनलाई सुन्दर पार्न मद्दत गर्दछ | जसरी फल फलेको रूखले शोभा पाउँछ ठीक त्यसरी नै मानवरूपी वृक्षलाई विद्यारूपी फलको आवश्यकता पर्दछ अर्थात जसले विभिन्न किसिमका पुराण, दर्शन, वेद, उपनिषद आदि शास्त्रहरुको गहन अध्ययनबाट प्राप्त गरेको ज्ञानका आधारमा उसले सभामा उपस्थित स्रोतावर्गको मनलाई शास्त्रमा उल्लेख गरिएको प्रमाणलाई प्रस्तुत गर्दै तर्कयुक्त प्रवचन दिएर प्रसन्न गर्दछ, त्यही व्यक्ति सभाका बीचमा शोभायमान देखिन्छ किनभने ऊ शास्त्रको ज्ञानरुपी फलले सुशोभित बनेको हुन्छ |

मानिस सामाजिक प्राणी भएकोले ऊ समाजमा आफ्नो इज्जत र प्रतिस्ठालाई कायम राख्न चाहन्छ | लोकोपकारी कार्य गरी मानिस सामाजमा आफ्नो सुकीर्ति बढाउने उद्देश्यले सत्कर्मतर्फ लाग्छ | यस लोकमा मानिस अनैतिक कार्यतर्फ कहिल्यै लाग्नु हुँदैन | यस्ता कार्यले मानिस उसको समुदायमा घृणित र तिर्स हुन्छ | उसको सम्पूर्ण सामाजिक इज्जत र प्रतिस्ठा र मर्यादा गुम्न सक्छ, सम्मानको सट्टा बदनाम प्राप्त हुन्छ, त्यसैले यस्तो आफ्नो इज्जत र प्रतिस्ठा गुम्ने कार्य गर्नेतर्फ मानिस कहिल्यै अग्रसर हुनहुँदैन भनी कवितामा भनिएको छ |

0%

ASK ANY QUESTION ON प्रश्नोत्तर कविता

No discussion on this note yet. Be first to comment on this note