Notes on शब्दवर्ग | Grade 10 > Nepali > प्रश्नोत्तर | KULLABS.COM

शब्दवर्ग

  • Note
  • Things to remember

 शब्दवर्ग

शब्दले गर्ने कामका आधारमा छुट्याउने शब्दको समूहलाई शब्दवर्ग भनिन्छ |  शब्दवर्ग अन्तरगत निम्न कुराहरु पर्दछ |

 नाम

कुनै पनि प्राणी वा स्थान एवं मुर्त वा अमुर्त वस्तुलाई जनाउने तथा वाक्य स्तरमा कर्ता, कर्म, वा पूरक भई आउने पदहरु नै नाम पद हुन् | कुनै पनि व्यक्ति, ठाउँ, जाति, वस्तु, समूह आदि बुझाउने पदलाई नाम भनिन्छ | नाम शब्द 'को, के ' भन्ने प्रश्नको उत्तरको रुपमा आउंछ |

उदाहरण -

          को ? - विमल, मामा, भाउजू, दिपा आदि |

         के ? - घर, माया, सुख, परेवा, सुन, बथान आदि |

 सर्वनाम

नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ | वाक्यमा नामकै जस्तो काम गर्न नाम, पदावली, उपवाक्य र वाक्यका सट्टामा आउने हुनाले सर्वनाममा पनि विभक्ति चिन्ह लाग्दछ | ' म, तँ, ऊ, त्यो, यो, तपाईं, उहाँ, जो, को, आफू ' आदि सर्वनामहरु हुन् |

उदाहरण  –

         क) रोहितले राम्ररी पढ्यो | राम्रो  श्रेणी उत्तीर्ण भयो |

         ख) उसले राम्रा पुस्तकहरु किन्यो र ती निकै उपयोगी छन् |

         ग) परिश्रमी कृष्ण परीक्षामा उत्तीर्ण भयोयो राम्रो कुरो हो |

  विशेषण

  नाम वा सर्वनामको गुण, दोष, संख्या आदि विशेषता बुझाउने पद वा शब्दलाई विशेषण भनिन्छ | वाक्यमा नामसित 'कुन, कस्तो, कति, कत्रो ' आदि प्रश्न सोध्दा उत्तरका रुपमा आउने शब्द विशेषण हुन्छ |

 उदाहरण –

          क) चरो ठूलो छ |                          - कत्रो ?

          ख) कान्छो छोरो घर आयो |         -  कुन ?

         ग) म थोरै खान खान्छु  |              -  कति ?

         घ)आकाशको रङ्ग निलो छ |        -  कस्तो

क्रियापद

कुनै पनि कामको घटना, प्रक्रिया वा अवस्था बुझाउने पदलाई क्रियापद भनिन्छ |  क्रियापदले वाक्यमा कर्ताले गरेको काम, घटेको घटना, अवस्था वा स्थिति बुझाउने शब्दलाई जनाउछ, साथै वाक्य टुङ्ग्याउने कार्य गर्छ | धातुमा काल, वचन, लिङ्ग, वाच्य, पक्ष आदि बुझाउने प्रत्यय जोडेर निर्माण गरिन्छ |

उदाहरण -

          क) हरिले मिठाई खायो |       ( काम बुझाउने )

         ख) गाई भिर बाट लड्यो |     ( घटना बुझाउने )

         ग) गोपाल खाटमा निदाएछ |   ( स्थिति बुझाउने )

         घ) त्यो केटी दुब्लई |         ( अवस्था बुझाउने )

त्यस्तै :- क्रियापद बन्नका लागि धातुमा प्रत्ययहरू थपिनुपर्छ | धातुको स्वतन्त्र प्रयोग हुदैन तर  क्रियापद बनिसकेपछि ती वाक्य प्रयुक्त हुन्छन् | जस्तै :-

       धातु    +      प्रत्यय         =      क्रियापद

       पढ्     +      छ            =      पढ्छ

       पढ्     +      ई             =      पढी

       पढ्     +      यो            =      पढ्यो

       यस्तै तरिकाले 'पढ्' धातुबाट पढ्ला, पढ्नेछ, पढेको छ, पढ्दैछन्, पढीन्, पढीनन्, पढेछन्, आदि अनेकौं क्रियापद बन्न सक्तछन् |

अव्यय

 वचन, लिङ्ग, पक्ष, काल, भाव आदिका आधारमा रूप परिर्वतन नहुने पदलाई अव्यय भनिन्छ | यस अन्तर्गत नामयोगी, क्रियाविशेषण (क्रियायोगी), संयोजक, विस्मयादिबोधक र निपात पर्दछन्|

 नामयोगी - नामिक शब्द (नाम, सर्वनाम, विशेषण) का पछाडि प्राय: जोडिएर प्रयोग गरिने शब्दहरूका बीचमा सम्बन्ध गाँस्ने अव्यय शब्दलाई नामयोगी भनिन्छ |

उदाहरण -

             क) रूखमुनि शीतल छ |

             ख) तिमीबिना म बस्न सक्छु |

             ग) सूत्रअनुसार  हिसाब गर |

             घ) दिनभरि घरैमै बस |

यहाँ प्रयुक्त 'मुनि, बिना, अनुसार, भरि ' आदि शब्द नामिक शब्दका पछाडि जोडिएर आएका छन् |

  क्रियायोगी  - क्रियासित कहाँ, कसरी, किन, कहिले, कति प्रश्न गर्दा उत्तरका रूपमा आउने शब्द क्रियायोगी (क्रियाविशेषण) हो | अर्थात क्रियाको विशेषता वा परिवेश जनाउने पदलाई क्रियायोगी भनिन्छ |

उदाहरण -

             क) म काम राम्ररी गर्छु |

              ख) तिमी निकै धरै काम गर्छौ |

              ग) तपाई अति माथि पुग्नुभो |

       यहाँ वाक्यमा राम्ररी, निकै, अति शब्दहरूले क्रमश: क्रियापद, विशेषण र क्रियाविशेषणका विशेषता बुझाएकाले ती क्रियाविशेषण हुन् |

 संयोजक - दुई वा दुई भन्दा बढी शब्द, पदावली तथा उपवाक्यलाई जोड्ने शब्दलाई संयोजक भनिन्छ |

उदाहरण -

            क) तिमी र म घर जाऔं|

            ख) केटी लेख्छे पनि पढ्छे पनि |

           ग) तिमी आऊ नत्र म नै आउछु |

           घ) भाइ रुन्छ किनभने कल्पना उसलाई कुट्छे |

           यहाँ माथिका ' र, पनि, नत्र, किनभने ' जस्ता शब्दहरु संयोजकका रूपमा आएका छन् |

विस्मयदिबोधक - विभिन्न अवस्थामा मानिसका मनमा उब्जेका संवेग, ( आश्चर्य, खुसी, दु:खी, घृणा, शोक, प्रशंसा ) आदिलाई जनाउन प्रयोग गरिने अव्यय शब्दलाई विस्मयदिबोधक भनिन्छ |

                विस्मयदिबोधक शब्द प्राय: वाक्यका सुरुमा विस्मयदिबोधक चिन्ह (!) सहित प्रयोग गरिन्छ |

उदाहरण - 

           क) आम्मै ! कत्ति ठूलो घर |

           ख) छि ! कस्तो फोहोर |

           ग) बिचरा ! कति दु:ख पाएको |

           घ) स्याबास ! अझै राम्रो गर |

 निपात - आफ्नो स्वतन्त्र अर्थ नहुने  तर वाक्यमा विभिन्न धारणा, अनुभूति र अभिव्यक्तिलाई सहज रुपले प्रकट गर्न सहयोग गर्ने र भिन्नतासमेत ल्याउन सक्ने अव्यय शब्दलाई निपात भनिन्छ |

 

उदाहरण - 

           क) मलाई त भोक पो लग्यो |

          ख) खै उसको चालचलन ता मलाई थाहा छैन |

          ग) तिमी घर नजाने रे |

          घ) होइन ब्यारे, दिपक स्कूल गएको छ |

          यहाँ माथि प्रस्तुत ' त, पो, खै, ता,रे, ब्यारे ' जस्ता निपात शब्दले वाक्यमा आएका अभिव्यक्तिलाई अर्थपूर्ण बनाएको छ |

 

 



 नाम शब्द 'को, के ' भन्ने प्रश्नको उत्तरको रुपमा आउंछ

' म, तँ, ऊ, त्यो, यो, तपाईं, उहाँ, जो, को, आफू ' आदि सर्वनामहरु हुन् 

वाक्यमा नामसित 'कुन, कस्तो, कति, कत्रो ' आदि प्रश्न सोध्दा उत्तरका रुपमा आउने शब्द विशेषण हुन्छ |

धातुमा काल, वचन, लिङ्ग, वाच्य, पक्ष आदि बुझाउने प्रत्यय जोडेर निर्माण गरिन्छ |

अव्यय अन्तर्गत नामयोगी, क्रियाविशेषण (क्रियायोगी), संयोजक, विस्मयादिबोधक र निपात पर्दछन्|

.

Very Short Questions

0%

ASK ANY QUESTION ON शब्दवर्ग

No discussion on this note yet. Be first to comment on this note