• मद्वारा बिहान सबेरै उठियो |
  • मद्वारा खाना खाई विद्यालय गएर धेरै पढियो |
  • मद्वारा साथीहरूसँग भलिवल पनि खेलियो |
  • मद्वारा घर आएर खाजा खाई बजार गइयो |
  • मद्वारा तेल, चिनी, नुन, मसला र तरकारी किनियो |

कर्ता प्रमुख भएको वाक्यलाई कर्तृवाच्य, कर्म प्रमुख भएकोलाई कर्मवाच्य र भाव प्रमुख भएकोलाई भाववाच्य भनिन्छ | जस्तै :-

  • डायमण्ड समशेरले सेतो बाघ लेखे | (कर्तृवाच्य)
  • देवकोटाद्वारा मुनामदन लेखियो | (कर्मवाच्य)
  • आज धेरैबेरसम्म पढिएछ |

कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य बीचको अन्तर निम्नानुसार छ :

कर्तृवाच्य

  • कर्ता प्रमुख वा उद्देश्य हुन्छ,
  • कर्ता अनुसारकै लिङ्ग, वचन, पुरुष र आदरमा क्रियापद रहन्छ,
  • क्रियापद सकर्मक र अकर्मक दुवै हुन्छ,

कर्मवाच्य

  • कर्म प्रमुख वा उद्देश्य हुन्छ,
  • कर्म अनुसारकै लिङ्ग, वचन, पुरुष र आदरमा क्रियापद रहन्छ,
  • सकर्मक क्रियापद मात्र हुन्छ,कर्तालाई गौण बनाउन यसमा 'द्वारा' वा 'बाट' विभक्ति थपिन्छ भने धातुपछि 'इ' जोडिएको हुन्छ |

भाववाच्य

  • धातुको भाव वा अर्थ प्रमुख वा उद्देश्य हुन्छ,
  • क्रियापद सधैँ पुलिङ्ग, तृतीय पुरुष, एकवचन र अनादरमा हुन्छ,
  • कर्तामा 'द्वारा' वा 'बाट' जोडिन्छ वा कर्ता लोप गरिन्छ | 'म' लाई 'आफू' मा परिवर्तन गर्न सकिन्छ,
  • धातुपछि 'इ' जोडिन्छ, यसको अकर्मक क्रियापद मात्र हुन्छ |