मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो | यसका निर्माताहरू मैथिली नारीहरू हुन् | मैथिल नारीहरूलाई सानैदेखि मिथिला चित्रकलाबरे अभ्यास गराइन्छ | चित्रको विषयवस्तु, रङ्गयोजना र प्रयोजनबारे मैथिल नारीहरूलाई घरमै जानकारी गराइन्छ | उनीहरूले बनाएको हरेक चित्रकलामा तिनीहरूको संस्कार व्यक्त भएको पाइन्छ | मैथिल नारी वा कलाकारहरू यस्ता चित्रहरू घरका भित्ता र भुइँमा साथै घाँस र बाँसबाट बनाइएका सामानहरू र सुती तथा रेसमी कपडाहरूमा बनाउने गर्छन | मिथिला चित्रकलाहरू प्राय: अस्थायी नै हुन्छन् तापनि नारी समुदायले एकछिन एकपछि अर्को पुस्तालाई हस्तान्तरण गर्दै जाने भएकाले यसको विकास यसरी नै भएको हो |

मिथिला चित्रकलामा स्थानीय स्रोत – साधनहरूको मात्र प्रयोग गरिन्छ | मैथिल नारीहरूले चामलको पिठो, बेसार, सिन्दुर आदि विभिन्न घरेलु सामाग्रीहरू र वनस्पतिबाट चित्रकलामा प्रयोग गरिने रङ्गहरू बनाउँछन् | मिथिला चित्रकलामा सेतो, सिन्दुरी, पहेँलो, निलो, रातो, कालो र हरियो गरी जम्मा सात किसिमका रङ्गहरू प्रयोग गरिन्छन् | चामलबाट सेतो, सिन्दुर र बाख्रीको दूध मिसाएर सिन्दुरी, बेसार र सिमीको पातबाट पहेँलो, निलबाट निलो, सागपात र फलबाट रातो, ध्वाँसोमा गोबर र गुद मिसाएर कालो, चित्रलाई टल्काउनु परेमा रङ्गमा बेलको गुदी मिसाइन्छ | यसप्रकार मिथिला चित्रकलामा रङ्ग संयोजनको व्यवस्था मिलाइन्छ |  

मैथिल नारीहरूले खासखास अवसर परेर चित्र बनाउदछन् | विशेष गरेर विवाह. ब्रतबन्ध, पूजाआजा, चाडपर्व, ब्रतपूजाका अवसरमा मिथिला चित्र बनाउने गरिन्छ | त्यसैले यो चित्रकला निर्माण गर्ने वस्तु र स्थानहरू पनि आफ्नै किसिमका छन् | मैथिल नारीहरू यस्ता चित्रकलाहरू घरघ)का भित्ता, भुइका साथै घाँस र बाँसबाट बनाएका सामानहरू सुती र रेसमी कपडाहरू, डाली कलश माटाका हात्ती, चकटी, पंखा सहलेसको मुर्ति आसि स्थान र वस्तुहरूमा बनाउने गर्छन् |

मिथिला चित्रकलामा लौकिक र परलौकिक दुवै विषयहरू प्रयोग भएका हुन्छन् | लौकिक विषयअन्तर्गत मानिस, पशुपन्छी, फलफूल, रूख र पहाडका चित्रहरू बनाइन्छन् | परलौकिक विषयअन्तर्गत काली, दुर्गा, शिव, लक्ष्मी, सरस्वती, विष्णु, राम, सीता, राधा, कृष्ण आदिका चित्रहरू बनाइन्छन् | यसरी सामाजिक धरातलमा बसेर मैथिल नारीहरूले आफ्नो धार्मिक भावनालाई कलामा सार्थक रूप दिएका छन् |

मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो | यसका सर्जकहरू मैथिल नारीहरू हुन् | यो चित्रकला गौरबमय मैथिली संस्कृति जतिकै पुरानो छ | मैथिल नारीवर्गले यसमा आफ्नो प्रतिभाअनुसार जातीय पहिचानलाई चित्रण गर्दै आएका छन् | यस लोककलाबाट आज नेपालको सांस्कृतिक छवि उच्च हुन पुगेको छ | आज यसले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रसिद्ध पाउन थालेको छ | नेपालको राष्ट्रिय संकृतिका रूपमा रहेको यस कलाले आफ्नै प्रकारको मौलिक अस्तित्व कायम गरेको छ | यसबाट यो प्रष्ट हुन्छ कि नेपालको राष्ट्रिय संस्कृतिको सम्वर्द्धनमा मिथिला चित्रकलाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ |

मिथिला चित्रकला नेपालको राष्ट्रिय संस्कृतिको अमूल्य सम्पदा हो | यसलाई मैथिल नारीहरूले संरक्षण गर्दै आएका छन् | विभिन्न चाडपर्व, पूजाआजा, विवाह, ब्रतबन्ध आदिमा यो कलाको प्रयोग गरिन्छ | कुन अवसरमा कुन प्रतीकको प्रयोग गर्ने भन्ने बारे परम्परा नै बसेको छ | यस चित्रकलामा प्रशस्त मात्रामा प्रतीकहरूको प्रयोग गरिन्छ | यस्ता प्रतीकले एकातर्फ लोकको विचार र मङ्गल भावलाई व्यक्त गरेका हुन्छन् भने अर्कातर्फ चित्रलाई सुन्दर एवं आकर्षक बनाएका हुन्छन् | यस कलामा हात्तीलाई शुभ, वैभव र नारी जातिको प्रतीक, घोडालाई बल र पुरुष जातिको प्रतिक र गाईलाई पवित्रताको प्रतीकका रूपमा प्रयोग गरिएको छ | त्यसैगरी सुगालाई गुरु र मित्रताको, माछालाई उत्पादन शक्ति र नारी जातिको, कछुवालाई विष्णु एवम् पुरुष जातिको, हाँसलाई सौन्दर्य तथा विवेकको, कमलको फूललाई स्नेह, कोमलता, वैभव र नारीको तथा कदम्बको फूललाई प्रेमको प्रतीकको रूपमा प्रयोग गरिन्छ भने बाँसलाई वंशवृद्धि ए पुरुष जातिको प्रतीक मानी चित्रकलामा अङ्कित गरिन्छ |

मिथिला चित्रकलाका मौलिक परम्परा अहिलेसम्म पनि कायमै छन् | मैथिल नारीहरूले हरेक चित्रहरूमा आफ्ना संस्कारलाई सहज ढङ्गबाट अर्थपूर्ण रूपमा व्यक्त गर्दछन् | स्थानीय वस्तुको प्रयोग चित्रकलामा हुनु, घरेलु सामग्री र वनस्पतिबाट रङ्ग निर्माण गरी चित्रकलामा प्रयोग गर्नु पनि यसको मौलिक विशेषता नै मानिन्छ | मिथिला चित्रकलाको मौलिक विशेषता भनेकै देवीदेवताहरूका चित्रमा पनि मानवीय भाव व्यक्त हुनु हो | त्यसैले देवीदेवताहरूका अनुहारमा पनि मानवीय ममता र स्नेहको भावलाई झल्काउँदै तिनीहरूका पहिरन र गरगहनालाई चित्रकलामा समाजका नारीको जस्तो तुल्याएर सार्थक रूप दिनु मिथिला चित्रकलाका मौलिक विशेषताहरू हुन् |

माथि प्रस्तुत वाक्य कक्षा दसको नेपाली पाठ्यपुस्तकको मिथिला चित्रकला शीर्षक निबन्धबाट झिकिएको हो | यस निबन्धलाई हाम्रो नेपाली पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले तयार पारेका हुन् |

   मिथिला चित्रकला राजा जनकका पालादेखि प्रचलनमा रहेको बुझिन्छ | राजा जनकले सीताको विवाह हुँदा मिथिला क्षेत्रको लोक विशेषतामा आधारित चित्रकला बनाउन लगाएको भन्ने बुझिन्छ | त्यसबेलादेखि मिथिला क्षेत्र लगायत सम्पूर्ण नेपाल अधिराज्यको सांस्कृतिक सम्पदाको अभिवृद्धिमा महत्वपूर्ण योगदान गर्दै आएको छ | नेपाली संस्कृति भित्रका विवाह, ब्रतबन्ध, चाडपर्व, पूजाआजा, ब्रत आदि विभिन्न सांस्कृतिक उत्सवहरूका बारेमा मिथिला चित्रकाला आधारित हुन्छ | घरलाई, आँगनलाई, भुइँलाई, कलशका साथै अन्य थुप्रै वस्तु र स्थानलाई सुन्दरता प्रदान गर्दै आएको मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो |

   मिथिला चित्रकलाले एकातिर मैथिल नारीहरूभित्रको प्रतिभालाई विकास हुने मौका दिएको छ भने अर्कातिर नेपालको संस्कृतिलाई उच्च बनाएको छ | विशेष गरी नेपालको तराई प्रदेशमा पर्ने मिथिला क्षेत्रमा सुरू गरिएको यस चित्रकलाले नेपालका अरू क्षेत्र र स्थानमा पनि राम्रो प्रभाव पारिसकेको छ | मिथिला चित्रकला नेपालको राष्ट्रिय सम्पदा भएकोले यसलाई लोप हुनबाट बचाउनु हामी सम्पूर्ण नेपाली जनताको मुख्य दायित्व हो |

प्रस्तुत वाक्य कक्षा दसको नेपाली पाठ्यपुस्तकको मिथिला चित्रकला शीर्षक निबन्धबाट झिकिएको हो | यस निबन्धलाई हाम्रो नेपाली पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले तयार पारेका हुन् |

      मिथिला क्षेत्रका नारीहरूद्वरा सिर्जना गरिएका मिथिला चित्रकला नेपाली समाजमा प्रचलित विभिन्न धार्मिक अवसरमा आधारित छ | मिथिला क्षेत्रका नारीहरूद्वारा बनाइने निथिला चित्रकलामा प्रतीकहरूलाई विशेष स्थान दिइएको पाइन्छ | चित्रकलामा मात्र नभएर गीत, संगीत, साहित्य आसि क्षेत्रामा पनि प्रतीकहरूको विशेष स्थान रहेको हुन्छ | मिथिला चित्रकलामा प्रयोग हुने प्रतीकहरूको पनि आफ्नै महत्व पाइन्छ | यस चित्रकलामा हात्तीलाई शुभ, वैभव र नारी जातिको रूपमा, घोडालाई बल र पुरुष जातिको प्रतिक र गाईलाई पवित्रताको प्रतीकका रूपमा प्रयोग गरिएको छ | त्यसैगरी सुगालाई गुरु र मित्रताको, माछालाई उत्पादन शक्ति र नारी जातिको, कछुवालाई विष्णु एवम् पुरुष जातिको, हाँसलाई सौन्दर्य तथा विवेकको, कमलको फूललाई स्नेह, कोमलता, वैभव र नारीको तथा कदम्बको फूललाई प्रेमको प्रतीकको रूपमा प्रयोग गरिन्छ भने बाँसलाई वंशवृद्धि र पुरुष जातिको प्रतीक मानी चित्रकलामा अङ्कित गरेको पाइन्छ |

      मिथिला चित्रकलामा प्रयोग हुने गरेका यी प्रतीकहरू सामाजिक तथा सांस्कृतिक महत्वले भरिपूर्ण भएका हुन्छन् | समाजलाई एकतामा आवद्ध गर्न यी प्रतीकहरू र मिथिला चित्रकला निकै प्रभावशाली रहेका छन् |

   मिथिला चित्रकला शीर्षक निबन्ध यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले रचना गरेका  हुन् | प्रस्तुत निबन्धका लेखक तथा सम्पादकहरूले नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान दिएका छन् | यस निबन्धमा लेखकद्वारा मिथिला क्षेत्रमा बर्षौ अघिदेखि प्रचलित नेपालको संस्कृतिको संरक्षण गर्दै आएको मिथिला चित्रकलाको परिचय र यसको सांस्कृतिक महत्वमाथि प्रकाश पारिएको छ |

   मिथिला क्षेत्रमा मैथिल नारीहरूद्वारा निर्माण गरी प्रचलनमा ल्याएको मिथिला चित्रकलाका आफ्नै किसिमका मौलिक स्वरूप र विशेषताहरू पाइन्छन् | चित्र बनाउन प्रयोग गरिने रङ्गहरू बनाउने साधनहरू र तरिकाहरूमा नै मौलिकता पाइन्छ | चामलको पिठो, ध्वाँसो, सिमीको पात, बाख्रीको दूध, बेलको गुदी, सिन्दुर आदि जस्ता स्थानीय स्रोत र साधनहरूको प्रयोग हुनु पनि यसको मौलिकताभित्र पर्दछ | चित्र बनाइने साधनहरू पनि घरको भित्ता, भुइँ, कपडा, डाला, डाली, ढाकी आदि हुनुले समेत मिथिला चित्रकलाका मौलिक स्वरूप र विशेषताहरू प्रष्ट रूपमा झल्किन्छन् | चित्रकला प्रयोग गरिने अवसरहरू विवाह, ब्रतबन्ध, पूजा, चाडपर्व आदि सामाजिक तथा सांस्कृतिक अवसरहरू हुनुले पनि यस चित्रकलाका मौलिकतालाई अझ बढी चिनाएको छ |मिथिला चित्रकलाका स्रस्टाहरूले यो चित्रकला निर्माण गर्दा प्रकृति, मानिस, पशुपन्छी, कीराफट्याङ्ग्रा, पहाड, खोला, नदी, हिमाल आदि प्रतीकहरूको प्रयोग गर्नुले पनि यस चित्रकलाका मौलिक स्वरूप र विशेषताहरू स्पष्ट भएका छन् |

   मिथिला प्रदेशबाट सिर्जना भएको मिथिला चित्रकलाले प्रमुख रूपमा मिथिला प्रदेशकै सामाजिक र सांस्कृतिक महत्वलाई अरू सामु प्रस्तुत गरेको छ | यस चित्रकलामा प्रयोग भएका सबै वस्तुहरू स्थानीय स्रोत र साधनहरूबाट नै निर्माण गर्नाले मिथिला चित्रकलाको मौलिकता र विशेषता अझ बढी प्रष्ट भएको छ |

   मिथिला चित्रकला शीर्षक निबन्ध यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले रचना गरेका मिथिला चित्रकला हुन् | प्रस्तुत निबन्धका लेखक तथा सम्पादकहरूले नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान दिएका छन् | यस निबन्धमा लेखकद्वारा मिथिला क्षेत्रमा बर्षौ अघिदेखि प्रचलित नेपालको संस्कृतिको संरक्षण गर्दै आएको मिथिला चित्रकलाको परिचय र यसको सांस्कृतिक महत्वमाथि प्रकाश पारिएको छ |

   नेपालका विभिन्न क्षेत्र र प्रदेशहरूमा विभिन्न जातजाति, उपजाति, भाषाभाषी, धर्म र संस्कृतिका मानिसहरूले बसोबास गर्ने गर्दछन् | नेपालको हिमाली प्रदेशमा एक जात र संस्कृति भएका मानिसहरू बस्छन् भने पहाडी प्रदेशमा अर्कै र तराई प्रदेशमा पनि भिन्न जातिका तथा संस्कृतिका मानिसहरूको बसोबासो रहेको छ | यही सिलसिलामा नेपालको तराई प्रदेशमा अवस्थित मिथिला क्षेत्रमा नेपालभित्र प्रचलित एउटा छुट्टै संस्कृतिका मानिसहरू बस्छन् | मिथिला प्रदेश भनेर सप्तरी, सिराहा, धनुषा र महोत्तरी गरी तराईका जिल्लाहरूलाई चिनिन्छ | यस क्षेत्रमा मिथिला चित्रकलाको निकै ठूलो महत्व रहेको पाइन्छ | प्रारम्भमा यस क्षेत्रमा मात्र सीमित रहेको उक्त चित्रकला वर्तमान समयमा नेपाल राष्ट्रकै अमूल्य निधि बनेको छ | यसलाई अहिले जहाँसुकैका मानिसले पनि उत्तिकै महत्व दिन थालेका छन् |

   मिथिला चित्रकला मिथिला क्षेत्रमा सृष्टि भएर नेपालमा अरू क्षेत्रमा पनि प्रसिद्ध र लोकप्रिय बन्न पुगेको छ | यस चित्रकलाले नेपालको चित्रकारितालाई वृद्धि गर्न विशेष सहयोग गरेको हुनाले मिथिला चित्रकलालाई राष्ट्रिय चित्रकलाको महत्वपूर्ण अङ्गका रूपमा लिन सकिन्छ |

मिथिला चित्रकला शीर्षक निबन्ध यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले रचना गरेका  हुन् | प्रस्तुत निबन्धका लेखक तथा सम्पादकहरूले नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान दिएका छन् | यस निबन्धमा लेखकद्वारा मिथिला क्षेत्रमा बर्षौ अघिदेखि प्रचलित नेपालको संस्कृतिको संरक्षण गर्दै आएको मिथिला चित्रकलाको परिचय र यसको सांस्कृतिक महत्वमाथि प्रकाश पारिएको छ |

   मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो | मिथिला क्षेत्रको संस्कृतिलाई यसले जीवन्तता प्रदान गरेको छ | यस कलाका सर्जक मैथिल नारीहरू हुन् | मैथिल समुदायको धार्मिक एवं सांस्कृतिक महत्वका शुभकार्यहरूमा यस्ता चित्रहरूको निर्माण गरिन्छ | विवाह, ब्रतबन्ध, न्वारान, पूजाआजा, चाडपर्व आदि जस्ता अवसरमा यसको अनिवार्य निर्माण गर्ने परम्परा रहेको छ | यस चित्रकलामा विभिन्न प्रतीकहरूको प्रयोग गरिएको हुन्छ | ती सबै प्रतीक सामाजिक एवं सांस्कृतिक दृष्टिले ज्यादै महत्वपूर्ण मानिएका छन् | यस्तो सांस्कृतिक महत्व बोकेको मिथिला चित्रकलाले मैथिल समाजलाई एकताको सूत्रमा बाँध्न सफल भएको पाइन्छ |

   मैथिल संस्कृति जति पुरानो छ, मिथिला चित्रकला पनि त्यतिकै गौरवमय एवं प्राचीन कलाको रूपमा रहिआएको पाइन्छ | कलाका सर्जक मैथिल नारीहरूले आफ्नै घरमा छोरीहरूलाई आमाहरूले मिथिला चित्रकला सिकाउँदै कला हस्तान्तरण गर्ने परम्परा रहिआएको छ | मैथिल नारीवर्गले आफ्नो प्रतिभाद्वारा जातीय पहिचानलाई उस कलामा चित्रण गर्दै आएका छन् | यस कलाले एकातर्फ संस्कृतिको रक्षा गरेको छ भने अर्कातर्फ व्यवसायिक रूप पनि लिएको छ | यस सांस्कृतिक कलाले नेपालको छविलाई उच्च बनाउन सहयोग पुर्याएको छ | यस कलाले वर्तमान समयमा नेपाली संस्कृतिको संरक्षण तथा सम्वर्द्धन मात्र नगरेर व्यावसायिक दृष्टिले पनि महत्वपूर्ण बनाउन मद्दत गरेको छ | यस चित्रकला बिक्रीवितरण देशभित्रका आन्तरिक बजारमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजारमा समेत पुगेको छ | राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न ठाउँहरूमा यस चित्रकलाको प्रदर्शनी हुन थालेको छ |

   मिथिला चित्रकलाले राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्मको बजारमा स्थान पाएकाले एकातर्फ आय आर्जन गर्ने व्यावसायिक रूप ग्रहण गरेको छ भने अर्कातर्फ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रसिद्ध कमाउन सफल भएको मिथिला चित्रकला नेपालको राष्ट्रिय संस्कृतिका रूपमा रहेको छ |