'जय भोलि !' निबन्धमा भोलि भनी समयको ख्यालै नगर्ने हामी नेपालीहरूको राष्ट्रिय संस्कारप्रति गहिरो व्यङ्ग्य प्रहार गरिएको छ | यस निबन्धमा समय प्रवल, गतिशील र महत्वपूर्ण हुन्छ | यसलाई सही रूपमा प्रयोग गर्नुपर्छ भन्ने आशय लुकेको छ | समय मानिस भन्दा प्रवल भएकोले यसलाई मानिसले न फर्काउन नै सक्छ न रोक्न नै सक्छ | फेरी समय गतिशील भएकोले यसले मानिसहरूलाई पर्खेर बस्न पनि सक्दैन | समय सधैँ आफ्नो गतिमा हिंडिरहेको हुन्छ | यो मूल्यवान र महत्वपूर्ण भएकोले यसलाई खेर जान दिनु हुँदैन, यदि खेर गइहल्यो भने जति नै मूल्य तिर्दा पनि उसलाई प्राप्त गर्न सकिदैन |

विश्वका अन्य ठाउँमा जेसुकै भइराखे पनि हाम्रो समाजमा चाहिँ भोलैवादी प्रवृतिको राम्रो विकास भएको कुरा निबन्धकार अर्यालले देखाएका छन् | हाम्रो समाजमा व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय, सामान्य तथा अति गम्भीर कार्यका लागि पनि 'भोली' शब्दको प्रयोग हुने गरेको यथार्थ चित्रण निबन्धकार अर्यालले यस निबन्धमा गरेका छन् | यसरी जुनसुकै काममा पनि भोलि भन्ने हाम्रो बानीले अरूलाई भन्दा आफैँलाई हानि भइराखेको हुन्छ | हाम्रा सम्पूर्ण योजना र कार्यक्रमहरू ढिलासुस्तिमा परिवर्तन भइरहेका छन् | यसरी हामीले आफ्नो राष्ट्रलाई विकासवादी मार्गमा धकेलिरहेका छौं | त्यसैले निबन्धकारले हामी लगायत सूर्य, चन्द्र, पृथ्वी, हावा सबैले आजको काम भोलि गर्ने भए भने यहाँ ठूलो हलचल मच्चिने धारणा प्रस्तुत गरेका छन् अथवा भोलिवाद ठीक छैन भन्ने धारणा निबन्धकारको व्यक्त गरेका छन् |

मान्छेको मनोवृतिमा भोलिवादको प्रभाव पर्नाका कारण सम्पूर्ण वातावरण नै भोलिवाद हुनु हो | प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्यालले यस निबन्धमा भोलिवाद्लाई 'पूर्वीय दर्शनको सबैभन्दा ठूलो विशेषता हो' भनेका छन् | भोलिवादको जन्म कहिले भयो भन्ने सम्बन्धमा यकिन गर्न नसके पनि यसले भानुभक्तको समय पूर्व बनै नेपाली समाजमा मौलाएको कुरालाई लेखकले निबन्धमा उल्लेख गरेका छन् | यसरी विकसित बनेको भोलिवादले विरामी र आगलागी जस्ता संवेदनशील विषयमा पनि प्रभाव जमाएको छ, सरकारी निकायहरू भोलिवादी कुसंस्कृतिले व्याप्त छन् | मानवजीवनसँग सरोकार राख्ने संस्था, अस्पताल, टेलिफोन, एम्बुलेन्सजस्ता विषय र वस्तुहरूलाई यसले ग्रसित पारेको छ | घर परिवारदेखि राष्ट्रसम्म हरेक विषय र क्षेत्रमा भोलिवादले जरा गाडिसकेको सिङ्गो सामाजिक वातावरण नै भोलिवादी बन्न पुग्यो | यसरी हरेक विषय क्षेत्रमा जताततै भोलिवाद हावी हुनु नै मान्छेको मनोवृतिमा भोलिवादको प्रभाव पर्नाको प्रमुख कारकतत्व मान्न सकिन्छ |      

प्रस्तुत निबन्धले प्राचीनकालदेखि नै नेपाली समाजमा स्थापित र विकसित भएका भोलिवादका बेफाइदाहरू देखाउन काम छन् | भोलिवादले हाम्रो समाजलाई यति धरै ग्रसित पारेको छ कि यसबाट मुक्ति पाउन धरै नै कठिन छ | आजसम्म विद्यमान रहेको यो भोलिवादले प्राचीनकाल देखि नै व्यक्ति, परिवार, सामज र सिङ्गो राष्ट्रलाई नै पछाडि ठेलिरहेको छ | यसले विरामीको उपचारमा,आगलागीका घटनामा, व्यक्तिगत लेनदेनमा, समनाहरूको किनबेचमा, सरसफाइमा, देशको विकासका कार्यमा जताततै भोलि भन्ने गर्नाले हाम्रा सारा योजनाहरू परपर सर्दै गएका छन् | कुनै कार्य पनि समयमा पूरा हुन नसकेकोले हामी अरूका तुलनामा पछि परेका छौं | यसमा सुधार गर्नका लागि हामी सबैले उक्त बानीमा सुधार गरी ठीक – ठीक समयमा आफ्ना कार्य पूरा गर्नुपर्दछ भन्दै हामीमा रहेको मनोवृत्तिले सामाजिक विकृतिको रूपधारण गरेको विषयतर्फ प्रमुख रूपमा यस निबन्धले व्यङ्ग्य गरेको छ |

       उपर्युक्त वाक्य कक्षा दसको नेपाली किताबको 'जय भोलि !' शीर्षक निबन्धबाट निकालिएको हो | यस निबन्धका रचनाकार नेपाली साहित्यका विशिष्ट व्यङ्ग्य निबन्धकार भैरव अर्याल हुन् | वि.सं.(१९९३ – वि. सं. २०३३) अर्यालले नेपाली साहित्यलाई प्रशस्त व्यङ्ग्य निबन्धहरू प्रदान गरेर साहित्यको श्रीवृद्धि गरेका छन् | निबन्धकार अर्यालले आफ्नो 'जय भोलि !' शीर्षक प्रस्तुत निबन्धमा भोलिको राम्रो परिचय दिई नेपाली समाजलाई भोलिले अति नराम्रो प्रवाभ पारेको कुरा पनि प्रस्तुत गरेका छन् | व्यङ्ग्यात्मक निबन्ध जय भोलिबाट निकालिएको प्रस्तुत वाक्यले वर्तमान नेपाली समाजको एक चरित्रलाई चित्रण गर्ने काम गरेको छ |

       प्रस्तुत निबन्धमा हाम्रा प्रत्येक क्रियाकलापमा भोलिवादको प्रयोग हुने गरेको हुनाले हामी यसरी दिन प्रतिदिन पछाडि परेको यथार्थता रहेको पाइन्छ | यहाँ हामीले अब जतिसक्दो छिटो भोलिवादलाई हटाएर प्रत्येक कार्य आजै सम्पन्न गर्ने बानी बसाउनु आवश्यक छ भन्ने कुरा पनि यस निबन्धले देखाएको छ | यस संसारमा भएका प्राणीहरूमा मान्छे अल्छी भएजस्तो र संसारका मान्छेहरूमा नेपालका मान्छेहरू बढी अल्छे भएजस्तो आशय उक्त वाक्यमा पाइन्छ | कोही व्यक्ति आफूकहाँ कुनै महत्वपूर्ण काम लिएर आउँदा भोलिको वचन दिएर उसलाई फर्काउन पाउँदा मानिसहरू आफूलाई निकै चलाख ताथ वरिष्ठ ठान्दछन् तर यसका पछाडि आफूलाई पनि हानि पुर्याउने चरित्रको नजानिदो पाराले विकास भएको कसैलाई थाहै हुँदैन | अरूलाई ढाँट्नु, चल्नु, झुक्याउनुले अरू व्यक्ति र समाजलाई मात्र होइन आफूलाई पनि पछाडि परिरहेको हुन्छ |

       भोलिका भक्त, पुजारी वा अनुयायी बन्दा कसैलाई पनि फाइदा हुँदैन भनेर बुझेर आजको काम आजै गर्ने र अझ सकिन्छ भने आजको काम भोलि होइन भोलिको काम आजै भ्याउने बानीको विकास गर्नु आजको माग र आवश्यकता हो |

       उपर्युक्त वाक्य कक्षा दसको नेपाली किताबको 'जय भोलि !' शीर्षक निबन्धबाट निकालिएको हो | यस निबन्धका रचनाकार नेपाली साहित्यका विशिष्ट व्यङ्ग्य निबन्धकार भैरव अर्याल हुन् | वि.सं.(१९९३ – वि. सं. २०३३) अर्यालले नेपाली साहित्यलाई प्रशस्त व्यङ्ग्य निबन्धहरू प्रदान गरेर साहित्यको श्रीवृद्धि गरेका छन् | अर्यालले आफ्नो 'जय भोलि !' शीर्षक प्रस्तुत निबन्धमा भोलिको राम्रो परिचय दिई नेपाली समाजलाई भोलिले अति नराम्रो प्रवाभ पारेको कुरा पनि प्रस्तुत गरेका छन् | व्यङ्ग्यात्मक निबन्ध जय भोलिबाट निकालिएको उक्त वाक्यले हाम्रो देशको संस्कृति, दर्शन, राजनीति, प्रशासन र सामाजिक  व्यवहारलाई भोलिवादको रोगले ग्रस्त बनाएको कुरा प्रष्ट पार्ने काम गरेको छ |

       यहाँ प्रस्तुत वाक्यले हाम्रा सांस्कृतिक क्रियाकलापहरूमा भोलिवादाले जरो गाडेको देखएको छ | मन्दिर जानु थियो, भोलि जाउँला, फूल टिप्नु थियो, भोलि टिपौला, जस्ता बोली र व्यवहारले हाम्रो संस्कृति नै बिग्रिएको छ | हाम्रो दर्शन तथा राजनीतिपनि भोलिवादको शिकार बनेको छ | प्रशासनमा त झन् कुरा गरेर साध्यै छैन | एकदिनमा हुने काम एक बर्षमा पनि हुँदैन | सामाजिक  व्यवहार पनि भोलिवादबाट अछुतो छैन | आजै दिने भनेर लगेको वस्तु तीन महिनामा पनि फिर्ता हुँदैन | यसप्रकार हाम्रा सारा क्रियाकलापहरू भोलिवादका शिकार भइसकेका छन् |

       नेपालमा आदिकवि भानुभक्त आचार्यका पालाभन्दा पहिलेदेखि प्रचलनमा आएको यो भोलिवादले कसैलाई पनि बाँकी राखेन | त्यसमा पनि हाम्रो देशलाई त झनै सखाप पारिदियो | यसले नेपालको संस्कृति, दर्शन, राजनीति, प्रशासन र सामाजिक क्रियाकलापहरू सबैमा झाङ्गिएको छ

नेपाली साहित्य क्षेत्रका प्रसिद्ध हाँस्यव्यङ्ग्यकारका रूपमा परिचित भैरव अर्याल वि.सं. १९९३ मा ललितपुरको कुपण्डोलमा जन्मिएका हुन् | साहित्यको हाँस्यव्यङ्ग्य क्षेत्रमा अर्यालका काउकुती, गलबन्दी, मपाईं, जयभूँडी, इतिश्री आदि जस्ता हाँस्यव्यङ्ग्य सङ्ग्रहहरू निकै नै चर्चित छन् | हाँस्यव्यङ्ग्य क्षेत्रका प्रखर तथा विशिष्ट लेखनका रूपमा परिचित अर्यालको वि.सं. २०३३ मा काठमाडौँको गोकर्णमा निधन भयो | यीनै रचना मार्फत रुढीवादी, अन्धविश्वास, सामाजिक अन्यया र कुसंस्कारप्रति तिखो घोचपेच गर्नका साथै प्रस्तुत निबन्धमार्फत नेपाली समाजको जुनसुकै क्षेत्रमा प्रचलित भोलिवादको तितो सत्यलाई देखाउँन पनि आर्यल सफल भएका छन् |

       भोलि भन्नासाथ आजको भोलिपल्टको दिन या आउने दिन भन्ने बुझिन्छ र मानिस आज पूरा गर्न नसकेको सम्पूर्ण कार्यलाई भोलि पूरा गर्ने सुनौलो परिकल्पनाका साथ निदाउँछ तर उज्यालो हुँदा उसको  भोलि आजमा परिणत भइसकेको हुन्छ | आजको काम भोलिका लागि राख्नु नेपालीको परम्परा हो, एक सभ्यता हो र एक संस्कृति पनि हो | यसरी नेपाली समाजमा भोलिवाद मलजलका साथ जरो गाडेर फस्टाउँदैछ र बढ्दैछ | हाम्रो समाजमा हुँदा हुँदा यो भोलिवाद यसरी विकसित भइसकेको छ कि सामाजिक क्षेत्रमा होस् या शिक्षा क्षेत्रमा होस्, राजनीतिक क्षेत्रमा होस् या प्रशासनिक क्षेत्रमा, जुनसुकै क्षेत्रमा गएपनि भोलिवादको विकास भएको पाइन्छ | अड्डा अदालतदेखि लिएर सिंहदरबारसम्म भोलिवादले गहिरो रूपमा जरा गाडिसकेको पाइन्छ |

       यसरी जताततै नेपाली समाजमा भोलिवादले खुट्टो घुमाएर रजाईं गरेको कुरातर्फ लेखकले सङ्केत गरेका छन् | भोलिवाद एक सामाजिक रोग  मात्र नभएर राष्ट्रिय रोग नै बनिसकेको कुरालाई लेखकले पुष्टि गरेका छन् | एक घर परिवारका श्रीमान श्रीमती बीचमा घर व्यवहार चलाउन आवश्यक वस्तु पूरा गर्नुपर्ने सिलसिलामा पनि भोलिवाद झन् सक्रिय भएको कुरालाई औल्याउँदै, आगलागी जस्ता दैवी प्रकोपबाट हुन लागेको धनजनको क्षतिलाई गरिनुपर्ने सुरक्षा र जीवन मरणको सङ्घर्ष गरिरहेका विरामीको उपचार गर्नुपर्ने जस्ता संवेदनशील विषयमा समेत भोलिवाद अछुतो छैन | भोलिवादले हामीलाई सिर्जनाको बाटोमा लाग्नबाट हटाएर निष्क्रियतातिर धकेल्दै छ | जबाम्म भोलिवादलाई जरैदेखि उखेलेर फाल्न सकिदैन तबसम्म देश विकास असम्भव छ | मानिसले भोलिको लागि थाती नराख्ने काम एउटै छ, त्यो हो खाने काम, यी  बाहेक सबै कार्य हामीमा भोलिलाई थाती राख्ने बानी बसिसकेको लेखक बताउँछन् |