Notes on lesson on जयपृथ्वीबहादुर सिंह | kullabs.com

जयपृथ्वीबहादुर सिंह

जीवनी   

Notes

जयपृथ्वीबहादुर सिंह (जीवनी)

नेपाली भाषा, साहित्य, शिक्षा, स्वास्थ्य, सामाजिक सुधारकाकार्य एवम् विश्वशान्ति, भातृत्व र मानवताको उत्थानमा लागि पर्ने एक महान व्यक्ति जयपृथ्वीबहादुर सिंहलाई नजिकैबाट चिन्ने अवसर प्रस्तुत पाठबाट प्राप्त गर्न सकिन्छ | स्वदेश तथा विदेश जहाँ रहेपनि, जस्तोसुकै विषम परिस्थितिमा पनि मानवसेवा, राष्ट्रसेवा तथा विश्वशान्तिको लागि जुट्न सक्नुपर्छ भन्ने प्रेरणा पनि उनको जीवनीबाट पाइन्छ | सादा जीवन र उच्च विचारमा सदा आस्था राख्ने, मानव जातिको हकहितका लागि मरिमेट्ने र मानवतावादको सिद्धान्तद्वारा विश्वमा शान्ति, समानता र भ्रातृत्वको भावना फैलाउने व्यक्ति नै इतिहासमा अमर बन्न सक्छ भन्ने प्रेरणा जयपृथ्वीबहादुर सिंहको जीवनीबाट पाइन्छ |

काल

क्रियापदले वर्णन गरेको काम वा अवस्थाको समयलाई काल भनिन्छ |बितिसकेको समयमा काम हुने, हुँदै गरेको, भइसकेको, हुने बानी परेको र भइसकेको कुरा पछि थाहा भएको बुझाउने क्रियापदको समयलाई भूतकाल भनिन्छ | कुनै पनि काम अहिलेको समयमा वा वर्तमान अवस्थामा हुने, हुँदै गरेको वा भइसकेर पनि प्रवाभ बाँकी रहेको बुझाउने क्रियापदको समयलाई वर्तमानकाल भनिन्छ | पछिको वा आउने समयमा काम हुने कुरा बुझाउने क्रियापदको समयलाई भविष्यत् काल भनिन्छ |