Notes on lesson on जय भोलि | kullabs.com

जय भोलि

निबन्ध  

Notes

जय भोलि

नेपाली समाजमा भोलिवाद मलजलका साथ जरो गाडेर फस्टाउँदैछ र बढ्दैछ गएको साथै हाम्रो समाजमा यो भोलिवाद यसरी विकसित भइसकेको छ कि सामाजिक क्षेत्रमा होस् या शिक्षा क्षेत्रमा होस्, राजनीतिक क्षेत्रमा होस् या प्रशासनिक क्षेत्रमा, जुनसुकै क्षेत्रमा गएपनि भोलिवादको विकास भएको पाइन्छ | अड्डा अदालतदेखि लिएर सिंहदरबारसम्म भोलिवादले गहिरो रूपमा जरा गाडिसकेको पाइन्छ | मानिसले भोलिको लागि थाती नराख्ने काम एउटै छ, त्यो हो खाने काम, अरू सबै काममा भोलिवाद लागेकै हुन्छ | निबन्धकर अर्यालले भोलिको यतार्थतलाई निकै सुन्दर ढंगले प्रस्तुत गरेका छन् |

धातु

क्रियापद वा कृदन्त शब्दको मूल रूपलाई धातु भनिन्छ | नाम, विशेषण र अव्यय आदि नजोडिई बनेका क्रियाका मूल रूप नै मूल धातु हुन् |नाम, विशेषण र अव्यय शब्दमा प्रत्यय लगेर बनेका व्युत्पन्न धातुलाई नामधातु भनिन्छ |सामान्य (मूल) धातुमा 'आउ' प्रत्यय लागेर बनेका व्युत्पन्न धातुलाई प्रेरणार्थक धातु भनिन्छ |