विशेषण

Subject: नेपाली

Find Your Query

Overview

विशेषण

विशेषणको परिचय

नाम वा सर्वनामको गुण, दोष आदि विशेषता बुझाउने शब्दलाई  विशेषण भनिन्छ । नाम वा सर्वनाममा कस्तो, कति, कुन, कत्रो, कसको जस्ता प्रश्नहरु गर्दा आउने उत्तर नै विशेषण हुन् । जस्तै: 

गाई  - कस्तो ?    - रातो ( रातो गाई ) 

मान्छेहरु - कस्तो?    - अग्ला (अग्ला मान्छेहरु ) 

केटी - कस्ती ?    - गोरी (गोरी केति) 

चामल -  कति?    - अलिकति (अलिकति चामल ) 

रुपैया - कति ?    - दश ( दश रुपैया) 

छोरो  - कुन?    - जेठो (जेठो छोरो) 

घर  - कत्रो ?    - ठुलो (ठुलो घर ) 

भाइरल - कसको ?    - रामको ( रामको भाइ ) 

मान्छे - कस्तो ?    - मातेको ( मातेको भाइ )

प्रस्तुत उदाहरणहरुमा  ' रातो 'ले गाई ,  'आगला  ले मान्छेहरु र  'गोरिले 'केटी  को गुणलाई बुझाएका छन् भने 'अलिकति 'ले चामल को परिमाण, 'दश'ले रुपैयाको सङ्ख्या,'रामको'ले भाइसंग  को भेदक  सम्बन्ध र 'मातेको'ले मान्छेको आवस्थालाई बुझाउने काम गरेका छन् । त्येसैले यी सबै विशेषण हुन् । 

                     विशेषणले जुन पदको  विशेषता बुझाउछ , त्येसलाई विशेस्य भनिन्छ । मिठो अचार  मा आएको  'मिठो'विशेषण  हो भने 'अचार'विशेस्य हो । येसरिनै माथि उल्लेख गरिएका गाई , मान्छे , केटी, चामल, रुपैया , छोरो, घर,भाइ र मान्छे सबै विसेस्यपद हुन्। 

विशेषण का प्रकार 

विशेषण गुन्बोधक ,परिमाणबोधक , संखियाबोधक , सर्वानामिक , भेदक र कृदन्त  गरि ६ प्रकारका  छन् । 

क)  गुणबोधक विशेषण - विशेस्यपदको गुण,दोस, रङ , आकार, आवस्था आदि बुझाउने विशेषणलाई गुणबोधक भनिन्छ । जस्तै : कालो, रातो, हरियो, सेतो, आग्लो, होचो, सानो, ठुलो, रोगि, धनि, गरिब, पिरो, तितो, आमिलो, मिठो, झापाली, नेपाली, बनेपाली, मासिक, साप्ताहिक, प्राचिन, नबिन, भलादमी, गफाडी, भोजपुरी, नेवारी, फलामे, सुनौलो इत्यादि । 

ख)  परिमाणबोधक विशेषण - कुनै पनि वस्तुको निश्चित सङ्ख्यालाई नबुझाइ त्यसको यति, उति  भन्ने परिमाण, तौल  वा मात्रलाई बुझाउने  विशेषणलाई परिमाणलाई परिमाणबोधक विशेषण भनिन्छ। जस्तै : अलिकति, थोरै, धेरै, प्रशस्त, यति, उति, कति, बहुत, अनगिन्ती, सबै, निकै, केहि, ज्यादा, कम्ती, अधिकांस, कतिपय , सारा आदि । 

ग) सङ्ख्याबोधक विशेषण - विशेस्यपदको मात्रलाई सङ्ख्याले तोकेर बुझाउने विशेषणलाई सङ्ख्याबोधक भनिन्छ । यसले निश्चित सङ्ख्या , अनिश्चित सङ्ख्या, आवृत्ति, प्रत्येक आदि सङ्ख्यात्मक रूपलाई संकेत गर्दछ । जस्तै : 

निश्चित सङ्ख्या बुझाउने  - एक, दुई, दश , सय, हजार 

अनिश्चित सङ्ख्या बुझाउने - पचासौ, सयौ , हजारौ 

आवृति बुझाउने  - दोब्बर, तेब्बर, दशगुना 

क्रम बुझाउने  - पहिले , दोस्रो, तेस्रो 

अंश बुझाउने  - आधा, डेढा, दुइतिहाइ, चौथाइ 

प्रत्येक बुझाउने  - एकेक , हरेक, प्रत्यक 

समूह बुझाउने  - दुवै, तिनै, चारै, पाचचै 

घ) सर्वानामिक विशेषण - नामका आगाडी वा विसेस्यपड़का साथमा आएर त्यसको विशेषता बुझाउने सर्वानामलाई सर्वानामिक विशेषण भनिन्छ । त्यही पद नामका सट्टामा आउदा सर्वनाम हुन्छ भने नामसगै आउदा विशेषण बनेको छ।  प्रयोगआनुसार दर्शकवाचक, सम्बन्धवाचक, व प्रश्नवाचक सबै सर्वनामहरु सर्वानामिक विशेषण बन्न सक्छन । जस्तै :  

दर्शकवाचक : यो घर   यो   

त्यो रुख   त्यो      

यी किताबहरु यी  

ती मान्छेहरु  ती

सन्बन्धवाचक  : जो व्यक्ति   जो

                    जुन कुरा    जुन 

                    जोसुकै मान्छे   जोसुकै  

                    जस्तो रुप      जस्तो 

प्रश्नवाचक :     को मान्छे   को  

                  कोहीसथि  कोही 

                  कुन ठाउँ    कुन  कुनै

                 कुनै किताब कुनै 

रेखान्कित सबै सर्वनानिक पदहरु विशेषण हुन् तर यिनै पदहरु स्वतन्त्ररूपमा प्रयोग भए वा नामका सत् आए भने सर्वनाम नै हुन्छन् । 

ङ)  भेदक विशेषण - नाम वा सर्वनामलाई अरुभन्दा फरक देखाउने विशेषणलाई भेदक भनिन्छ र नाम वा सर्वनाममा  षष्ठी विभक्तिका प्रात्ययहरु को, का, कि, रो, र, रि, नो, ना, नी, जोडिददा भेदक विभक्ति बन्दछ । जस्तै:  

रामको भाइ - रामको

उनकी बहिनि - उनकी

तेरा किताबहरु - तेरा

आफ्नो मान्छे - आफ्नो

आफ्नी दिदी - आफ्नो

उसका साथीहरु - उसका

मेरो गाउँ - मेरो

मेरी आमा - मेरी

आफ्ना साथीहरु  - आफ्ना

च ) क्रिदंता विशेषण - धातुमा  एको, एका, एकी, ने, दो, जोडिएर नामपाद्को विशेषता बुझाउने आएमा तिनलाई विशेषण भनिन्छ । जस्तै : 

सुनेको कुरा  - सुनेको 

देखेकी केटि - देखेकी 

फुल्दो गुलाब - फुल्दो 

घुमेका ठाउँ -  घुमेका

 

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.