Subject: Nepali
पाठ २२
कथा
स्वाभिमान
उत्तर – जनरल हेस्टीङको स्वभाव उग्र, रुखो र कठोर थियो |
उत्तर – ब्राडसा सिक्किम, पटना, गोरखापुर र कुमाउको वस्तुस्थिति बुझेका एक जासुस थिए |
उत्तर – नेपाल प्रबल हिमाली राष्ट्र निर्माण गर्न चाहन्थ्यो |
उत्तर – नेपालले तिब्बतको बाटो हुँदै मंगोलियाको सुन नेपाल भित्र्याई ब्यापारिक समिन्नति बढाएको थियो |
उत्तर – राष्ट्रवादीहरुका लागि आफ्नो देश ठुलो हुन्छ |
उत्तर – यो भनाइ जनरल हेस्टीङले आफ्ना सहयोगीसंग नेपालीहरुको कमजोरी उजागर गर्ने क्रममा आएको हो |
उत्तर – यो भनाइ भीमसेन थापाले भरदारी सभासद्संग अंग्रेजसंग युद्ध गर्ने कि नगर्ने सवाल जवाफमा आएको छ |
उत्तर – यो भनाइ भिमसेन थापाले रङनाथबाट अंग्रेजहरुको बढाइ चढाई गरी युद्ध नगर्ने कुरा सुन्दा त्यसको प्रतिक्रिया स्वरूप आएको हो |
उत्तर – यो भनाइ रङ्गनाथले भारदारी सभालाई अंग्रेजकोले भोगेको भूभाग दिनु उचित हुन्छ भन्ने सवाल जवाफमा आएको छ |
सङक्षिप्त उत्तर लेख :
उत्तर – जनरल हेस्टिङनिकै चतुर र साहसी अंगेज गभर्नर थिए | सैनिक सेवामा राम्रो ख्याती कमाइ सकेका हेस्टिङ आफुपुर्वका जनरलभन्दा आफु भिन्न र शक्तिशालि ठान्थे | निकै महत्वाकांक्षी र जिद्दीवाल हेस्टिङको नेपालप्रति राम्रो धारणा थिएन | उनको नेपालले ब्रिटेन जस्तो शक्तिशाली राष्ट्रसंग जोरी खोज्न नहुने धारणा थियो | उनी मराठा,शिख र नेपालीलाई एकै सासमा निल्न सक्छौ भन्ने ठान्थे | नेपालीलाई लोभको पासो फालिदियो भने ती बत्तीका पुतली झै झूम्मिन आइपुग्छन् भने तिनलाई एकएक गरी सखाप पार्नुपर्छ भन्ने खराब नियतका थिए | नेपालीलाई लोभ लालचमा पारेर फसाउन सके नेपालको सुन्दर भूभाग आफ्नो हुन्छ भन्ने जनरल हेस्टिङले सोचेका थिए |
उत्तर – नेपालले आफ्नो समुन्तिको लागि प्रतिकूल राष्ट्रिय र अन्तरास्ट्रिय परिस्थितिका बाबजुद धेरै कामहरु गरिरहेको थियो | नेपालले आफ्नो समुन्तिका लागि तिब्बतको बाटो हुदै मंगोलियाको सुन नेपाल भित्याई अन्तराष्ट्रिय क्षेत्रमा ब्यापारको पहुच बढाएको थियो | त्यस्तै अंगेज बिरोधि देशसंग सम्पर्क विस्तार गरी आफ्ना राष्ट्रमाथि कसैले धावा बोल्न नसकोस भनेर सतर्कता र कुटनीति अपनाएको थियो | पराजित रजैटालाई दबाउन फ्रान्सबाट विशेषज्ञ ल्याई आफ्ना सेनालाई तालिम दिएको थियो | नेपालको आफ्नो समुन्तिका लागि राष्ट्रीय र अन्तर्राष्ट्रिय वातावारणलाई आफ्नो आफ्नो अनुकुल बनाउन निकै उदाहरणीय कामहरु गरिरहेको थियो |
उत्तर – नेपालमा अंगेज बिरोधि शक्ति बढ्दै गएको थाहा पाएर नेपालसंग युद्धको तयारी गरिरहेको अंगेजले आफ्नो युद्धनीतिको प्रारम्भिक प्रयासस्वरूप रौतहटका बाइस गाउँ र स्युराज र बुटवलमा सिमा किचलो निकालि काम गर्यो | उसले ती भूभाग आफ्ना भएको दाबी गर्दै पच्चिस दिनभित्र खाली भूभाग गर्न ११ मार्च १८१४ मा नेपाललाई पत्र पनि पठायो | उसले उक्त अवधिभित्र भूभाग खाली नगरे युद्ध गर्ने चेतावनी पनि दियो | एक्कासी यस्तो अंगेजहरुको धम्किपूर्ण र निहुँखोजा कुराको खबरले नेपाल दरबारमा सनसनी फैलियो |
उत्तर – अंगेजको पच्चिस दिनभित्र जग्गा खाली गर्ने चेतावनी सहित पत्र पाएपछि नेपाल दरबारमा खैलाबैला मच्चियो | नेपालसंग अंगेजले दाबी गरेका भूभाग छाड्नु वा उनीहरुसंग युद्ध गर्नु बाहेक अरु की विकल्प थिएनन् | यस्त्तो विषम परिस्थितिकाबारेमा\ छलफल गर्ने उदेश्यले भिमसेन थापाले भारदारी सभा बोलाए | सो समयमा नेपालको आन्तरिक वस्तुस्थिति बुझेका रङनाथले हामी अंगेजसंग युद्ध गर्न सक्दैनौ बरु उनीहरुले मागेका भूभाग दिएर शान्त पारौ भन्ने प्रस्ताव अघि सारे | रङनाथको यस्तो लाछी र हतिहर प्रस्ताव सुनेर अंगेजको कुटनीति बुझेका भिमसेन थापा राताराता आँखा पारेर उठे |
उत्तर – अंगेजलाई उनीहरु दाबी गरे अनुसारको भूभाग सुम्पनु पर्छ भन्ने रङनाथको प्रस्तावलाई सुनेपछि रिसाले चुर भएका स्वाभिमानी भीमसेन थापाले उनलाई पराईले माया माग्यो भन्दैमा आफ्नी आमालाई सुम्पनु सकिन्छ भनी प्रश्न गरे | आज बुटवल माग्नेले भोलि राजधानी पनि माग्न सक्ने भएकाले आफ्नो देशको एक टुक्रा पनि अंगेजलाई सुम्पनु हुदैन भनी बताए | अंग्रेजसंग साम्राज्य र उनीहरुका ज्यादतीका विरूद साहसका साथ लड्न भिमसेन थापाले रङनाथलाली भने |
उत्तर – चेतन वाशिष्ठद्रारा लिखित ’स्वाभिमानी’ एक ऐतिहासिक विषयवस्तुमा आधारित कथा हो | यस कथाले सङ्कटका बेला साहस र धैयपूर्वक लड्न र परिआएका खण्डमा देशका निम्ति ज्यानको बाजी थाप्न पनि पछि नहुने सन्देश दिएको छ |
जनरल हेस्टीङजस्ता अत्यन्त चतुर र दुस्सासी अंग्रेजहरु नेपाल जस्तो सिन्दर देशलाई आफ्नो कब्जामा पार्न चाहन्थे | नेपालीहरुलाई सानोतिनो प्रलोभनमा पारेर सजिलै आफ्नो उद्देश्य पुरा गर्न सकिन्छ भन्ने उनीहरुलाई लागेको थियो | प्रलोभनमा पार्न कठिनाई हुने कुरा थाहा पाएपछि उनीहरुलाई लागेको थियो | प्रलोभनमा पार्न कठिनाई हुने कुरा थाहापछि उनीहरु लागेको थियो | प्रलोभन पार्न कठिनाई हुने कुरा थाहा पाएपछी उनीहरुले नेपालको केहि भूभागको दाबी गरे | भूभाग नसुम्पिए युद्धका निम्ति तयार रहन पनि चेतवानी दिए | यस घटना नेपाल दरबारका खैलाबैला मच्चियो | रङनाथ जस्ता केहि स्वार्थी र कमजोर मानसिकता भएका व्यक्तिले अंग्रेज जस्तो शक्तिशाली शत्रुसंग लड्नुको सट्टा उनीहरुले दाबी गरे अनुसारको भूभाग फिर्ता गर्ने कुरा गरे | तर साहसी र अंग्रेजहरुको कुटनीति राम्रोसंग अंग्रेजसंग लड्न तयार रहेको जिकिर गरे | आखिरमा भिमसेन थापाकै जित भयो | त्यसैले शत्रुका अगाडी झुक्न नहुँने र परिआएका खण्डमा मर्न पनि तयार हुनुपर्ने देश भक्तिपूर्ण सन्देश यस कथाले दिएको पाइन्छ |
उत्तर – नेपाल सुन्दर पहाडी मुलुक हो | यसको सुन्दरताले सबैलाई लोभ्याउने गर्छ | गर्मीले पाकिरहेको अंग्रेजहरुलाई नेपालका सुन्दर पहाडी भूभागले खुबै लोभ्याएको थियो | उनीहरुका आँखा नेपालको सुन्दर पहाडी भूभागमा परेको थियो |
अंग्रेजहरु पहाडका शितल अनि मनोरम फाँटमा सुन्दर बङ्गला बनाउने र राज्य संचालन गर्ने सोचमा थिए | उनीहरुलाई एकातिर प्रशस्त आनन्द लिन सक्ने कुराले आकर्षित गरिरहेको थियो भने अर्कातिर आफ्नो साम्राज्य विस्तार गर्ने कामलाई पनि अगाडी बढाउन सकिने सोच आइरहेको थियो |
नेपाल प्राकृतिक हिसाबले अत्यन्त सुन्दर मुलुक हो | खासा गरि साम्राज्यवादी अंग्रेजहरु यस्तो सुन्दर भूभागलाई आफ्नो पार्न र त्यहिँबाट राज्य गर्न चाहन्थे | तर स्वाभिमानी नेपालिहरुले उनीहरुको सपना चकानाचुर पारिदिए |
जस्तै ; सुर्य – दिवाकर
सुर्य, डर, मौका, पत्र, अपमान, शिर, अवसर, चिठी, दिवाकर, त्रास, माथ, तिरस्कार
उत्तर – सुर्य – दिवाकर
डर – त्रास
मौका – अवसर
पत्र – चिठी
अपमान – तिरस्कार
शिर – माथ
उदाहरण : भोलिदेखि जिल्ला स्तरीय परिक्षा भए तापनि सरोज पढ्न छोडेर कानमा तेल हालेर बसेको छ |
रातारात आँखा पार्नु, खेलवाड गर्नु, आफ्नै टाउकामा आफैले बन्चरो हान्नु, धावा बोल्नु, जारी खोज्नु, वचन दिनु, तल्ले पहाड बनाउनु, बाध्य हुनु, जाल रच्नु
उत्तर-
राता राता आँखा पार्नु = अंग्रेजलाई नेपालको भूभाग सुम्पने कुरा सुनेर भिमसेनले आँखा राता राता बनाए|
खेलवाड गर्नु = आफ्नो बालबच्चाहरुको भविष्यमाथि अभिभावकले कहिल्यै खेलवाड गर्नु हुदैन |
आफ्नो टाउकामा आफैले बन्चरो हान्नु = मेरो साथीलाई मैले राम्रो पढ्ने कुरा सिकाएको ऊ झनै उल्टै रिसाए गयो मैले आफ्नो टाउकोमा आफै बन्चरो हाने |
धावा बोल्नु = मलाई मेरो दादाले म माथि धावा बोल्ने कुरा सुनेर अचम्म लाग्यो |
जोरो खोज्नु = आफुभन्दा शक्तिशाली शत्रुसंग जोरी खोज्नु राम्रो होइन |
वचन दिनु = मैले अनुराधालाई सहयोग गर्ने वचन गरेको छु |
तिललाई पहाड बनाउनु = राम तिललाई पहाड बनाउन खुब सिपालु छ |
बाध्य हुनु = म तिम्रो कुरालाई काट्न नसकेर आज यँहा आउन बाध्य छु |
जाल रच्नु = आफ्नो स्वार्थ पुरा गर्नका लागि मानिसहरु जाल रच्ने काम गर्न पछि पर्दैनन् |
उत्तर
ण - एकीकरण, महत्वपूर्ण
श – देश, शक्तिशाली, शितल, पश्चिम, विशेषज्ञ
ष – साम्राज्य, सुर्य, ससाना, सैनिक, सल्लाह, सरकार, स्वभाव, जासुस, साम, सिमित, सीमा, स्वाभिमान
उत्तर – ओंला, त्यहीं, गाउँ, आफैं, तपाईं
उत्तर – त्यो बेला यिनले सहायता नदिएको भए मेरो के चल्थ्यो र ?
उत्तर – उनले हात बाधेर बसेको भए यसरी अगाडी बढ्न पाईदैनथ्यो |
© 2019-20 Kullabs. All Rights Reserved.