Subject: Nepali
पाठ १९
कथा
सिंह र स्यालको कथा
उत्तर – भाले र पोथी सिंहको जोडी ठुलो जङ्गलमा बस्थ्यो |
उत्तर- पोथी सिंहले दुई ओटा बच्चा जन्मायो |
उत्तर – पोथी सिंह जिउँदो स्यालको बच्चा देखेर आश्चर्य चकित भयो |
उत्तर – सिंहका छोराहरु जङ्गली हात्तीलाई झम्टन पुगे
उत्तर – सयलका दाजु भागेको देखेपछि सिंहका बच्चाहरु निराश भए |
उत्तर - सिंहको परिवारमा तिनओटा बच्चाहरु संगै हुर्किन थाले |
उत्तर पोथी सिंहले संयमित भएर हाँस्तै भन्यो |
उत्तर -शरणको मरण कहिल्यै गर्नु हुदैंन |
उत्तर - यसलाई पनि आफ्नो सानो बच्चो ठानेर मारिंन |
उत्तर – यो भनाइ सिंहले स्यालको बच्चो देखेपछि खुसि हुदै भनेको हो |
उत्तर – यो भनाइ पोथी सिंहले भाले सिंहलाई शरणमा आएको स्यालको बच्चोलाई लालनपालन गर्ने सन्दर्भमा भनेको हो |
उत्तर – यो भनाइ पोथी सिंहले भाले सिंहलाई भनेको हो |
उत्तर – यो भनाइ पोथी सिंहले स्यालको बच्चालाई भनेको हो |
उत्तर – यो भनाइ पोथी सिंहले स्यालको बच्चालाई सम्झाउदै भनेको हो |
उत्तर : पोथी सिंह सुत्केरी भएका कारण एक्लै सिकार गर्न निस्किएको हाले सिंहले दिनभर सिकार खोज्दा केहि पाएन | ऊ जंगलमा घुम्दा घुम्दा थकित भएर घर फर्कंदै गर्दा एउटा स्यालको बच्चा देखेपछि खुसी भयो | स्यालको बच्चा ज्यादै राम्रो थियो | उसैले त्यसलाई दाँतका बिचमा च्यापेर जिउंदै घरमा ल्यायो | त्यो स्यालको बच्चा भाले सिंहलाई देखेर भाग्नुको सट्टा नजिक आयो | त्यसैले बच्चाको माया लगेर भाले सिंहले स्यालको बच्चोलाई मारेन |
उत्तर – जिउदै स्यालको बच्चो ल्याएर भाले सिंहले पिथी सिंहलाई सिकार गरी पेट भर्न अर्हाएपछि पोथी सिंहले सिकार गर्न मानिन | भाले सिंहले बच्चो ठानेर नमारी ल्याएकोले उसले त्यसको हत्या गर्न उचित ठानिन् | ज्यानै जाने अवस्थामा आइलाग्दा पनि गर्न नहुने काम कहिल्यै कसैले गर्नु हुदैन भन्ने नैतिक बोध भएकी पोथी सिंहले शरणममा आएकोलाई मरण कहिल्यै गर्नु हुदैन र यो शाश्वत र सनातन धर्म पनि हो भन्दै स्यालको बच्चोको सिकार गरिन् | लोग्नेले बच्चा ठानी जिउंदै ल्याएको र त्यो आफ्ना शरणमा आएकोले आफ्नो कर्तब्य र धर्म ठानी पोथी सिंहले स्यालको सोकर गर्न नमान्नुको कारण हो |
उत्तर – स्यालको र सिंहका तिन ओटा बच्चाहरुको बाल्यकाल बडो आनन्दसंग बित्यो | उनीहरु ठुलाहुदैं गएपछि शारीरिक बनोटमा भिन्नत देखिन थाले पनि परिवारमा कहिल्यै को कसको सन्तान भन्ने विषयमा छलफल भएन | त्यसैले बाल्यकालमा त़ी बच्चाहरुका बिच कुहै प्रकारको समस्या आएन | तिनै ओटा बच्चाहरु संगै हुकिंदै र बढ्दै गए | उनीहरुका बाल्यकालीन दिनहरु खुब आनन्दका साथ बितेक थिए |
उत्तर – स्याल र सिंहका बच्चाहरुको स्वभाव एवम् बानीबेहोरा फरक प्रकुतीको थियो | एकदिन तिनैओटा बच्चाहरु जङ्गलमा खोलिएरहेका बेला हठात् जंगली हात्ती देखा पर्यो | त्यसलाई देख्न बित्तिकै सिंहका दुईओटा बच्चाहरु रिसाउदै झम्टन पुगे | यो देखेर स्यालको बाच्छोले तिनीहरुलाई झम्टनबाट रोक्यो र त्यो हात्ती तिमीहरुका कुलको जन्मजात शत्रु भएकाले त्यसको अगाडी जानु हुदैन भनी डरछेउवा कुरा गर्यो | त्यतिमात्र होइन, सिहंलाई सहयोग गर्नुको सट्टा ऊ घरतिर भाग्यो | सिहंका बच्चाहरु पनि दाजुको सहयोग नपाएर निराश भई घर फर्के | घरमा आएर सबै वृत्तान्त उनीहरुले सुनाए | यसका साथै स्याल दाइ हात्ती देखेर डराएको र भाग्ने सल्लाह दिएको भनी उडाउनसम्म उडाए | त्यतिमात्र होइन, हात्तीको डरले हामीलाई थाहै नदिई भागेको समेत आरोप लगाएपछि स्यालको बच्चो सिहंका बच्चाहरुसंग रिसायो |
उत्तर – पोथी सिहंले स्यालको बच्चोको जन्म, कुलको गतिविधि आदि बारेमा यथार्थ जानकारी गरायो | स्यालका कुलमा हात्तीको सिकार नगरिने कुराको जानकारीका साथै उसलाई आफ्नो दुध खुवाएर हुर्काएको जानकारी पनि गरायो | उसका छोराले स्यालको बच्चा भएको थाहा नपाएको अवस्थामा त्यहाँबाट भाग्नु र आफ्नै कुलका स्यालहरुसगं मिलेर बस्न पनि सल्लाह दियो | यदि आफ्नो सल्लाह नमाने आफ्ना बच्चाले तिमिलाई मार्ने छन् भनी डर पनि देखायो | पोथी सिहंबाट यथार्थ कुरा थाहा पाएपछि स्यालको बच्चो मारिने डरले थर्कमान भएर भाग्नुपर्यो |
उत्तर – सिहं र स्यालको कथा मानवतावादी विचार प्रस्तुत भएको कथा हो | यसले मानवताको सन्देश दिएको छ | सिहंजस्तो प्राणीले स्यालको बच्चालाई माया गर्दै पालनपोषण गर्नु सामान्य कुरो होइन | यस कथामा भाले सिहंले सिकार गर्न जादाँ बाटामा भेट्टाएको स्यालको बच्चोलाई जिउंदै ल्याउनु र पोथी सिहंले त्यसलाई आफ्नै बच्चासरह ठानी लालनपोषण गर्दै दुध खुवाउनु अनि आफ्नै बच्चासंगै खेल्ने, डुल्ने, रमाउने वातावारण शृजना गर्नु आफैमा महान् कार्य थिए | बच्चालाई सिकार गर्नुको सट्टा शरणमा आएकालाई कहिल्यै मरण गर्नु हुदैन भन्दै यो आफ्नो शाश्वत र सनातन धर्म भएको जनाएर पोथी सिहंले महानताको परिचय दिएको छ | आफूभन्दा सानालाई माया गर्नुपर्छ, उनीहरुको उचित हेरचाह गर्दै विवेकशील भई व्यवहार गर्नुपर्छ भन्ने सन्देश यस कथाले दिएको पाइन्छ |
यसैगरी यस कथाले अर्काको खिसीटिउरी गर्न नहुने र सङ्कटका बेला बुद्धि र विवेक पुर्याउनुपर्ने सन्देश पनि दिएको छ | सार्है मिलेर बसेका सिहंका बच्चा र स्यालको बच्चा र स्यालको बच्चाका बिच हात्तीका विषयलाई लिएर ख्यालठट्टा गर्दा आपसी सद्भाव टुटेको र एकअर्काको अस्तित्व समाप्त गर्ने भयको अवस्था शृजना भएको छ | यस्तो अवस्थामा सिहंले स्यालको बच्चालाई आफ्नै समुदायमा गई मिलेर बस्ने विवेकपूर्ण सल्लाह दिएको छ | यसरी अनावश्यक रुपमा कसैलाई घोचपेच गर्नु हुन्न र सङ्कटका बेला विवेक पुर्याउनुपर्छ भन्ने सन्देश पनि यस कथाले दिएको छ |
ज्यानै जाने अवस्था आइलाग्दा पनि गर्न नहुने काम कहिल्यै कसैले गर्नु हुदैन |
उत्तर – समाजको अस्त्तित्व कायम राख्न मानिसले धेरै कुराहरुको पालना गर्नु आवश्यक छ | मानिसले सनातनदेखि चल्दै आएका शाश्वत परम्पराहरुको उल्लंघन कहिल्यै गर्नुहुन्न | सामाजिक मर्यादा, पारिवारिक दायित्व बोध र जिम्मेवारी पुरा गर्न मानिस सधै सचेत र विवेकशील हुनुपर्छ |
समयक्रममा कहिलेकहीं अति नै कठिन अवस्थाहरु शृजना हुने गर्छन् | अकल्पनीय घटनाहरु आइलागे पनि वा ज्यानै अवस्था शृजना भएपछि समाज, परम्परा, नीति आदिले निर्देश गरेका कुराहरुको ख्याल गर्नुपर्छ | अप्ठयारो परिस्तिथिमा ज्यानै जाने अवस्था आइलागे पनि गर्न नहुने काम कहिल्यै र कसैले पनि गर्नु हुन्न |
यस पङ्क्तिले मानिसले कुबाटोमा नलाग्न सत्यको बाटोमा हिड्न र परम्परा तथा धर्मको परिपालन गर्न विशेष जोड दिएको छ |
वुत्तान्त, सनातन, विदुषी, क्षितिज, हठात्
उत्तर – वुत्तान्त = घटनाको बेलिविस्तार
सनातन = धेरै पहिलादेखिनै चलीआएको,
विदुषी = विद्वान स्त्री, पढेलेखेकी स्त्री
क्षितिज = पृथ्वी र आकाश जोडिएको जस्तो देखिने ठाउँ
हठात् = अकस्मात्, एक्कासी
टाप कस्नु, ज्यान जोगाउनु, आगो हुनु, कुलेलम ठोक्नु, निराश हुनु, शरणको मरण गर्नु
उत्तर – टाप कस्नु = प्रहरीलाई देख्न साथ चोरले टाप कस्यो |
ज्यान जोगाउनु = हुलमुलमा सधै ज्यान जोगाउनु पर्छ |
आगो हुनु = उसका कुरा सुनेर बिमला आगो भई |
कुलेलम ठोक्नु = कुकुर देख्ने बित्तिकै स्यालले कुलेलम ठोक्यो |
निराशा हुनु = परिक्षामा असफल भएकाले सागर निराशा भएको छ |
शरणको मरण हुनु = विवेकशील मानिसले शरणको मरण गर्नु हुदैन |
उसले भन्यो के म सौर्य. विद्या, रुप, सिप, आदि केहिमा तिनीहरु भन्दा कम छु र
उत्तर – उसले भन्यो “ के सौर्य, विद्या, रुप, सिप आदि केहिमा तिनीहरु भन्दा कम छु र ?”
जस्तै : सिह – सिंह
सिंह, सवाद, संस्कृतिक, साहार, मासाहरी, सस्था, सस्कार, संसार, सरचना, सयोग
उत्तर – सिह = सिंह
सवाद = संवाद
सास्कृतिक = संस्कृतिक
साहार = संहार
मासाहरी = मांसाहारी
सस्था = संस्था
सस्कार = संस्कार
ससार = संसार
सरचना = संरचना
सयोग = संयोग
© 2019-20 Kullabs. All Rights Reserved.