सर आइज्याक न्युटन

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

सर आइज्याक न्युटन

पाठ २१

जीवनी

सर आइजयक न्युटन

  • उत्तर भन :
  • मानवको जीवन किन सुखी र सम्पन्न बनेको छ ?

उत्तर – वैज्ञानिक आविष्कारको उपलब्धीताले मानिसको जीवन सुखी र सम्पन्न बनेको छ |

  • न्यूटनको पालन पोषण र हेरचाह किन न्युटनकी हजुरआमाले गर्नुपर्यो ?

उत्तर – न्युटनको पालन पोषण र हेरचाह उनकी आमाको द्रोसो विवाह भएपछि उनकी हजुरआमाले गर्नुपर्यो |

  • न्युटन किन खेतमा काम गर्न तयार भएनन् ?

उत्तर – खेतमा काम गर्नुभन्दा अन्य अनुसन्धान गर्न मन भएकाले न्युटन खेतमा काम गर्न तयार भएनन् |

Scholarships after +2 Abroad Studies Opportunities
  • न्युटनले सन् १६६७ मा के कुराको आविष्कार गरे ?

उत्तर –न्युटनले १६६७ मा क्यलाकुलासको आविष्कार गरे |

  • ठिक बेठिक छुट्याऊ :
  • न्युटनले ‘सर’ को उपाधि पाएपछि सर आइज्याक न्युटन भएका हुन् |

उत्तर - न्युटनले ‘सर’ को उपाधि पाएपछि सर आइज्याक न्युटन भएका हुन् | ( ठिक)

  • न्युटनले प्रकाश सम्बन्धी सिद्धान्तको प्रतिपादन गरे |

उत्तर - न्युटनले प्रकाश सम्बन्धी सिद्धान्तको प्रतिपादन गरे | (ठिक)

  • न्युटन उनन्तिस वर्षको उमेरमा क्याम्ब्रिजको ट्रिनिटी कलेजमा भर्ना भए|

उत्तर -  न्युटन उनन्तिस वर्षको उमेरमा क्याम्ब्रिजको ट्रिनिटी कलेजमा भर्ना भए| ( बेठिक)

  • न्युटनले सन् १९६८ मा नयाँ किसिमको टेलिस्कोपको आविष्कार गरे |
  • उत्तर - न्युटनले सन् १९६८ मा नयाँ किसिमको टेलिस्कोपको आविष्कार गरे | (ठिक)

 

 

  • कोष्ठकबाट ठिक उत्तर छानेर खाली ठाउँ भर :
  • आइज्याक न्युटनको जन्म सन्.............. मा भएको थियो | (१६४२, १६४२, १८४२ )

उत्तर - आइज्याक न्युटनको जन्म सन् १६४२ मा भएको थियो |

  • न्युटनको प्रसिद्ध किताबको नाम ............. हो | ( माई लाइफ इज ब्युटिफुल गेम, प्रिन्सिपिया, ओरिजन अफ स्पिसिज )

उत्तर - न्युटनको प्रसिद्ध किताबको नाम प्रिन्सिपिया हो |

  • न्युटन ............. वर्षको उमेरमा विद्यालयमा भर्ना भए | ( दस,बार, पन्ध )

उत्तर -  न्युटन बार वर्षको उमेरमा विद्यालयमा भर्ना भए |

 

  • न्युटनले ........ को आविष्कार गरे | ( टेलिभिजन, टेलिस्कोप, टेलिफोन )

उत्तर – न्युटनले टेलिस्कोपको आविष्कार गरे |

 

  • ब्रिटिस सरकारले न्युटनलाई .... ओ उपाधिबाट सम्मानित गर्यो | ( महान् वैज्ञानिक, सर,ज्याक )

उत्तर - ब्रिटिस सरकारले न्युटनलाई सरको उपाधिबाट सम्मानित गर्यो |

  • जोडा मिलाऊ :

न्युटनको जन्म                           सन् १६६७

क्यलाकुलसको आविष्कार         सन् १६४२

नंया टेलिस्कोपको आविष्कार      सन् १७२७

न्युटनको मुत्यु                           सन् ३.३ से. मि.

न्युटनको टेलिस्कोप लम्बाई      सन् १७२९

                                            सन् १६६८

 

 

उत्तर - न्युटनको जन्म               सन् १६४२

क्यलाकुलसको आविष्कार         सन् १६६७

नंया टेलिस्कोपको आविष्कार      सन् १६६८

न्युटनको मुत्यु                            सन् १७२७

न्युटनको टेलिस्कोप लम्बाई      ३.३ से. मि.

                           

 

 

  • तलका प्रश्नहरुको उत्तर देऊ :
  • आइज्याक न्युटनको बाल्यकाल किन सङ्घर्षमय बन्न पुग्यो ?

उत्तर – महान् वैज्ञानिक सर आइज्याक न्युटनको जन्म सन् १६४२ डिसेम्बर २५ का दिन ब्रिटेनमा भएको थियो | पिता आइज्याक न्युटन सिनियर र माता हान्ना एसिकफका कोखबाट जन्मिएका न्युटनको बाल्यकाल सङ्घर्षमय बन्न पुग्यो | उनी जन्मनुभन्दा पहिले नै उनका पिताको निधन भएको र उनी जन्मिएपछि उनकी आमाले द्रोसो बिबाह गरी अर्कैसंग गएकी हुनाले उनको बाल्यकाल कष्टपूर्ण बन्यो | बालकका लागि आमाबुबाको माया निकै आवश्यकता पर्छ | यिनका अभावमा बालकले निकै दु:ख पाउँछ | न्युटन जन्मनुभन्दा अगाडी पिताको निधन भएकाले बुबाको माया र स्नेहबाट उनी टाढा भए नै आमाले पानीसानैमा छाडेकीले उनले बाल्यकालमा निकै दु:ख पाए | आमाको द्रोसो बिबाहपछि उनको पालनपोषण उनको मवालकी हजुरआमाल मर्गिरी एसिकोफबाट भएको पाइन्छ | यसरी न्युटनले पिताको निधन भएको र आमाले पनि अर्कैसंग बिबाह गरेपछि उनको बाल्यकाल सङ्घर्षमय बन्यो |

 

  • न्युटनले प्रकाश सम्बन्धी के कस्ता कुराहरु पत्ता लगाए |

उत्तर – प्रतिभाशाली व्यक्ति न्युटनले धेरै यन्त्रहरुको आविष्कारका साथै क्यालकुलस बाइनोमियल सिद्धान्तको आविष्कारपछि प्रकाश र रङका विषयमा अध्यययन तथा अनुसन्धान गर्न थाले | उनले लामो अनुसन्धानपछि सुर्यको प्रकास हेर्दा सेतो देखिए पनि यो सात रङले बनेको हुन्छ भन्ने पत्ता लगाए | उनले यी सात रङलाई प्रिज्मका सहायताले अलग अलग गर्न सकिने तथ्य पनि अघि सारे | उनले यी नै सात रङलाई मिलाएर सेतो रङमा बदल्न सकिन्छ भन्ने कुरा पनि पत्ता लगाए | उनले प्रकाशको यस अध्यययनबाट सन् १६६८ मा नयाँ किसिमको टेलिस्कोपको आविष्कार समेत गरे | यसरी नन्युटनले अध्ययन तथा अनुसन्धानबाट प्रकाश सम्बन्धी धेरै कुरा पत्ता लगाए |

 

  • टेलिस्कोपको आविष्कारलाई किन आधुनिक विज्ञानका क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानियो /

उत्तर – न्युटनले लामो खोज र अनुसन्धानबाट धेरै कुरा र सिद्धान्त पनि आविष्कार गरे | उनले गरेका काममध्ये प्रकाशसम्बन्धी अध्ययन ज्यादै महत्वपूर्ण मानिन्छ | उनले प्रकाशको अध्ययनबाट सन् १६६८ मा नयाँ किसिमको टेलिस्कोपको आविष्कार गरे | न्युटनको यो टेलिस्कोप जम्मा ३.३ से.मि.को मात्र अर्थात् सानो भए प्न्नी आधुनिक विज्ञानका क्षेत्रमा यसको आविष्कार महत्वपूर्ण रहेको थियो | कुनै पनि वस्तुलाई यस टेलिस्कोपबाट हेर्दा चालिस गुणा ठुलो देखिन्थ्यो | यसले हेर्दा टाढाका मात्र होइन वृहस्पतिका उपग्रह पनि देख्न सकिने भएकाले टेलिस्कोपको आविष्कारलाई आधुनिक विज्ञानका क्षेत्रमा महत्वपूर्ण उपलब्धी मानियो |

 

  • न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम के कस्ता विचारहरु समेटिएका छन्?

उत्तर – न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम आधुनिक विज्ञानका क्षेत्रमा छुट्टै महत्व राख्नने खोज विषय हो | उनले धेरै चितत्न,मनन र आकर्षणअनुसन्धानपछि गुरुत्वाकर्षणको नियम पत्ता लगाएका हुन् | गुरुत्वाकर्षणको नियम अनुसार दुई पिण्ड बिचामा भएको पनि धेरै हुन्छ | त्यसकारण बढीद्रब्यमान भएको पदार्थले कम द्रब्यमान भएको पदार्थलाई आफु तिर खिच्छ | यही नियमानुसार पृथ्वीसुर्यतिर आकर्षित हुन्छ र सुर्यको वरिपरी आविष्कार गर्छ | यसै नियमअनुसार बलका कारणले चन्द्रमा पृथ्वीतिर आकर्षित हुन्छ र पृथ्वीको वरिपरी परिक्रमा गर्छ भन्ने जस्ता विचारहरु न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम समेटिएका छन् |

  • पृथ्वी सुर्यको वरिपरी परिक्रममा गर्नु र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्नुको कारण के हो ?

उत्तर – न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियमानुसार जुन पदार्थको द्रब्यमान बढी हुन्छ, त्यसको आकर्षण बल पनि धेरै हुने गर्छ | सोहि नियमानुसार पृथ्वीभन्दा सुर्यको बल धेरै भएकाले उसले सुर्यको परिक्रमा गर्छ |त्यस्तै चन्द्रमाभन्दा पृथ्वीओबल धेरै भएकाले चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ | यसरी पृथ्वीभन्दा सुर्य र चन्द्रमा भन्दा पृथ्वीको बल धेरै भएर आफूतिर आकर्षण गर्नुनै पृथ्वीले सुर्यको वरिपरी परिक्रमा गर्नू र पृथ्वीको परिक्रमा गर्नुको कारण हो |

  • न्युटनले जीवनमा के कस्ता मान सम्मानहरु पाए ?

उत्तर आधुनिक विज्ञानका क्षेत्रमा ठुलो योगदान दिने न्युटनले जीवनमा धेरै मान सम्मान पाए | उनले धेरै सङ्घ सस्थाहरु र राष्ट्रबाट मान सम्मान र पुरस्कार पाए | त़ी पुरस्कारमध्ये उनले विज्ञानका क्षेत्रमा दिएको विशिष्ट ग=योगदानको कदर गर्दै ब्रिटिस सरकारबाट ‘सर’ को उपाधिद्रारा विभूषित र सम्मानित गरियो | त्यसपछि उनी  संसारभर आइज्याक न्युटनबाट सर आइज्याक न्युटनका नामले प्रसिद्ध भए |

 

  • सर आइज्याक न्युटनको जीवनीबाट के प्रेरणा पाउन सकिन्छ ?

उत्तर - सर आइज्याक न्युटनको जीवनीबाट संसारमा जन्म लिएपछि केहि न केहि ठोस काम गर्न पछि पर्नु हुदैन भन्ने प्रेरणा पाइन्छ | यस्तै सङ्घर्षपूर्ण जीवनका बिच उनले आफ्नो जीवनलाई लामो समयसम्म खोज र अनुसन्धानमा लगाए | उनले अतिनै मिहेनत गरेर विभिन्न यन्त्रहरुका साथै क्यालकुलस र बाइनोमियल सिद्धान्तको पनि आविष्कार गरे | नयाँ किसिमको टेलिस्कोप आविष्कार, गुरुत्वाकर्षणसम्बन्धी  नियम, प्रकाशसम्बन्धी सिद्धान्त प्रतिपादन जस्ता कार्यले उनी महान् वैज्ञानिकका रुपमा सैसरभर चिनिए | उनले विज्ञानका क्षेत्रमा विशिष्ट योगदान दिए बापत विभिन्न मान सम्मान समेत पाए | त्यसैले मानिसले निरन्तर नयाँ नयाँ खोज र अनुसन्धानमा लाग्नुपर्ने, केहि गर्न सके त्यसको प्रतिफल पनि पाइने जस्ता प्रेरणाहरु सर आइज्याक न्युटनको जीवनीबाट पाउन सकिन्छ |

  • सर आइज्याक न्युटनले गरेका आविष्कारहरुले मावन जीवनमा कस्तो प्रभाव पारेको छ ? आफ्नो विचार लेख |

उत्तर – सर आइज्याक न्युटनले आधुनिक विज्ञानका क्षेत्रमा मावन जीवनलाई काम लाग्ने धेरै कुराको आविष्कार गरेका छन् | यसले मावन जीवनमा ठुलो प्रभाव परेको छ | सर आइज्याक न्युटनका आविष्कारहरु निम्न छन् |

  • पानी, घडी,धुप घडी र वायु घट्ट
  • क्यलाकुलस र बाइनोसियल
  • टेलिस्कोप
  • गुरुत्वाकर्षणसम्बन्धी नियम

उनले टेलिस्कोपको आविष्कार गरेर चालिस गुणा ठुलो देखिने कुरा पत्ता लगाए | यसको सहायताले मानवले ग्रह उपग्रह समेत देख्न सक्ने भयो | यस्तै उनको गुरुत्वाकर्षण सम्बन्धी नियमले मानवको चिन्तन र सोचाईमा झनै ठुलो परिवर्तन ल्याइदियो | यस्तै उनको प्रकाश सम्बन्धी सिद्धान्त, पानीघट्ट, धुपघडी, वायुघट्ट आदिको निर्माण र क्यालकुलस र बाइनोमियल सिद्धान्तको आविष्कारले मानव जीवनमा ठुलै हलचल ल्याइदियो | मावन सभ्यतालाई नै ठुलो फड्को मार्न सक्ने खालका आविष्कारका कारण मानव जीवनको सोचाई, व्यवहार र क्रियाकलापमा समेत ठुलो प्रभाव परेको छ |

  • भाव स्पष्ट पार:
  • आधुनिक विज्ञानका जगत्मा न्युटन वैज्ञानिक, दार्शनिक र भौतिक शास्त्रीहरुको नजरमा निकै माथि उठे |

उत्तर – आधुनिक विज्ञानका जगत्मा संसारम देखा पार्ने थुप्रै वैज्ञानिकहरुमध्ये सर आइज्याक न्युटन पनि हुन् | उनले विज्ञानका क्षेत्रमा थुप्रै कुराको खोज अनुसन्धान गरी धेरै कुरा पत्ता लगाउनुका साथै सिद्धान्त पनि प्रतिपादन गरे |

 

न्युटनको आधुनिक विज्ञानका क्षेत्रमा दिएको योगदान ज्यादै महत्वपूर्ण भएकाले उनलाई वैज्ञानिक, दार्शनिक र भौतिक शास्त्रीहरुले निकै सम्मानका साथ हेर्ने काम गरे | सानातिना कामले मानिस त्यसै चिनिदैन | उसले संसारमै हलचल पैदा गर्ने काम गरेको छ भने मात्रै मानिसहरु उसप्रति आकर्षित हुन्छन् | त्यस्तै न्युटनले विज्ञानका क्षेत्रमा विशिष्ट योगदान दिएका कारण उनीप्रति वैज्ञानिकहरु, दार्शनिकहरु र भौतिक शास्त्रीहरु कृतज्ञ बने | न्युटनले देखेको बाटोमा अग्रसर हुदैं उनी पछिका पुस्तले अनेकै आविष्कार गरे | त्यसैको प्रतिफल रुपमा आजको दुनियाँ रमाईरहेको छ |

 

  • धेरै चिन्तन, मन र अनुसन्धानपछि न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाए |

उत्तर – खोज र अनुसन्धानको कार्य आफैमा सजिलो हुदैन | अत्यन्तै कठोर परिश्रमबाट मात्रै वैज्ञानिकहरुले नयाँ कुरा पत्ता लागेका हुन्छन् | न्युटनले पनि धेरै मिहिनेतपछि गुरुत्वाकर्षणको नियम पत्ता लगाएका थिए |

न्युटनले निकै लामो समयसम्म खोज र अनुसन्धानमा समय बिताए | यस क्रममा उनले पानी घडी, धुप घडी र वायु घट्ट बनाउनुका साथै धेरै चिन्तन मनन र अनुसन्धानपछि क्यल्कुलास र बाइनोमियल सिद्धान्तको आविष्कार गरे | उनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउन पनि धेरै समय खर्चनु पर्यो | उनले पाकेको स्याउ भुइँमा किन खस्यो र भुइँमै खस्नुपर्ने वैज्ञानिक कारण के हो त्यो पनि पत्ता लगाए | यस क्रममा उनले बढी द्रव्यमान भएको पदार्थलाई कसरि आकर्षित गर्छ भन्ने कुरा पत्ता लगाए | यो गुरुत्वाकर्षणको नियम पत्ता लगाउन न्युटनले धेरै चिन्तन, मनन र अनुसन्धान गर्नु परेको थियो |

 

  • सर आइज्याक न्युटनले आधुनिक विज्ञानका क्षेत्रमा दिएको योगदानको सविस्तार बयान गर |

उतर – सर आइज्याक न्युटनले आधुनिक विज्ञानका क्षेत्रमा ठुलो योगदान दिएका छन् | उनले लामो खोज र अनुसन्धानपछि पानी घडी, धुप घडी र वायु घट्ट बनाउन काम गरे | मानिस प्रकृतिकै सहारामा चल्नु पर्ने अवस्थालाई उनका यी आविष्कारले मानिसको जीवनलाई थोरै भए पनि सहज बनाईदियो | यस्तै क्यलाकुलस र बायनोमीयल सिद्धान्तको आविष्कारले गणितका क्षेत्रमा ठुलो परिवर्तन ल्याईदियो भने प्रकाश र रङको नियम पत्ता लगाउने र टेलिस्कोपको आविष्कार त विज्ञानका क्षेत्रमा नयाँ क्षितिजको नै आविष्कार हुन् पुग्यो |

न्युटनले विज्ञानका क्षेत्रमा एकपछि अर्को महत्वपूर्ण योगदान दिंदै गए | उनका योगदानमध्ये सबैभन्दा महत्वपूर्ण गुरुत्वाकर्षणसम्बन्धी नियम हो | उनले धेरै चितन्न, मनन र अनुसन्धानपछि गुरुत्वाकर्षणको नियम पत्ता लगाएका थिए | उनले पत्ता लगाएका नियमनुसार दुई पिण्डबिच आकर्षित गर्छ भन्ने सम्बन्धमा रहेको छ | उनका अनुसार जुन पदार्थको द्रब्यमान बढी हुन्छ, त्यसको आकर्षक बल पनि धेरै हुनेगर्छ | त्यसैकारण बढी द्रब्यमान भएको पदार्थले कम द्रब्यमान भएको पदार्थलाई आफुतिर खिच्ने काम गर्छ | यो न्युटनको गुरुत्वाकर्षणसम्बन्धी नियमले विश्वमा ठुलो हलचल ल्याईदियो | यसले संसारका थुप्रै वैज्ञानिक, दार्शनिक र भौतिक शास्त्रीहरुको ध्यानकर्षण गरायो |

सर आइज्याक न्युटन एक विशिष्ट वैज्ञानिक हुन् | उनले आधुनिक विज्ञानका विविध क्षेत्रमा ठुलो योगदान पुर्याएका छन् |

 

  • यदि वर्तमान समयमा सर आइज्याक न्युटनले पुर्नजन्म लिएमा तिमि न्युटनलाई के सम्बन्धी नयाँ आविष्कार गर्न प्रोत्साहित गर्ने थियौ र किन, स्पष्ट पार |

उत्तर – यदि वर्तमान समयमा सर आइज्याक न्युटनले पुर्नजन्म लिएमा म उनलाई मानव जीवनलाई रोगब्याधिबाट उन्मुक्ति पाउने कुराको आविष्कार गर्न प्रोत्साहित गर्थे | निश्चय नै आज विज्ञानले मानव समुदायलाई धेरै कुरा प्रदान गरिसकेको छ | तर पनि मानव जीवन अनेक रोगब्याधिका कारण आज चितित बनेका छन् | मानवलाई यस सङ्कटबाट मुक्ति दिलाउनु आजका वैज्ञानिकको कर्तब्य हो |

 

आज विश्व समुदाय इबोला जस्तो भयानक रोगबाट ग्रसित छन् | दक्षिण अफ्रिकाबाट फैलिएको यस रोगले संसारलाई नै गाँजिएको छ | अनेकै प्राकृतिक प्रकोपहरु र क्यान्सर, एड्स जस्ता भयानक रोगहरुको सिकार भइरहेको बेला इबोलाले सताइरहेको बेला सर आइज्याक न्युटनले पुर्नजन्म लिएमा म उनलाई वर्तमान समयमा विश्व समुदायलाई नै ग्रसित पारिरहेको अवस्थामा यस रोगको निदानका लागि औषधीको आविष्कार गर्न प्रोत्साहन गर्थे | उनले मेरो सल्लाहलाई मानेर इबोला रोगको निदान भएमा विश्व समुदायलाई नै ठुलो सहयोग पुग्ने थियो | आज न्युटन जस्ता प्रतिभाशाली ब्यक्तिको खाँचो महसुस भएको छ | उनले यस क्षेत्रमा खोज अनुसन्धान गर्ने हो भने इबोला जस्तो भयानक रोगबाट मानव समुदायले मुक्ति पाउने कुरामा विश्वास गर्न सकिन्छ |

  • मिल्दो अर्थ छानेर जोडा मिलाऊ :

धुपघडी             न्युटनको प्रसिद्ध किताब

टेलिस्कोप           शक्ति, क्षमता, योग्यता

प्रिन्सिपाया          वायुको वेगबाट चल्ने मेसिन

वायु घट्ट            दुर दर्शन

सामर्थ्य             घाम को शक्तिबाट चल्ने घडी

परिक्रमा            आशा गरेभन्दा धेरै

विलक्षण            वरिपरी घुम्ने काम

                       अनैठो

 

उत्तर – धुपघडी         घामको शक्तिबाट चल्ने घडी

टेलिस्कोप           दुर दर्शन

प्रिन्सिपाया          न्युटनको प्रसिद्ध किताब

वायु घट्ट           वायुको वेगबाट चल्ने मेसिन

सामर्थ्य             शक्ति, क्षमता, योग्यता

परिक्रमा             वरिपरी घुम्ने काम

विलक्षण             अनैठो

 

  • तलका शब्दको अर्थ लेख :

वायुघट्ट, उपहार, रहस्य, वुहस्पति, गुरुत्वाकर्षण

उत्तर – वायुघट्ट  -  वायुको वेगबाट चल्ने मेसिन    

उपहार         - सौगात. कोसेली

रहस्य         - बुझ्न कठिन हुने भित्रि कुरो, गोप्य कुरो

वुहस्पति      - सौर्यमण्डलको एक विशाल ग्रह

गुरुत्वाकर्षण    - पृथ्वीमा हुने आकर्षण शक्ति

 

  • अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर :

अनुसन्धान, विलक्षण, सामर्थ्य, सङ्घर्षमय

उत्तर

– अनुसन्धान  = सर आइज्याक न्युटनले खोज अनुसन्धान गरेर धेरै कुराको आविष्कार गरे |

विलक्षण  = लियोनार्दो द भिन्ची विलक्षण प्रतिभाका मानिस थिए |

सामर्थ्य  =  लक्ष्मीप्रसाद देवकोटाको आफ्नो अद्भुत प्रतिभा र सामर्थ्यद्रारा थुप्रै महाकाब्यहरुको श्रीजना गरे |

संघर्समय = न्युटनको बाल्यकाल निकै  सङ्घर्षमय बनेको थियो |

  • विज्ञान + इक = वैज्ञानिक भए जस्तै तलका शब्दमा इक प्रत्यय जोडेर नंया शब्द बनाऊ :

दिन,    भूगोल,    इतिहास,    समाज,     पुराण

उत्तर –दिन – दिन + इक = दैनिक

भूगोल – भूगोल + इक = भौगोलिक

इतिहास – इतिहास + इक = ऐतिहासिक

समाज – समाज + इक = सामाजिक

पुराण – पुराण + इक = पौराणिक

 

  • सच्याएर कापीमा सार :

आविस्कार, विभुसित, परिकर्मा, पिरिजम, सङ्घर्षमय, आकर्सित

उत्तर – आविस्कार = आविष्कार

विभुसित = विभूषित

परीकर्मा = परिक्रमा

पिरिजम = प्रिज्म

संघर्समय = सङ्घर्षमय

आकर्सित = आकर्षित

 

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.