साहित्यकार रवीन्द्रनाथ ठाकुर

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

साहित्यकार रवीन्द्रनाथ ठाकुर

 

पाठ १४

जीवनी

सहित्यकार रविन्द्रनाथ ठाकुर

१)तलका प्रश्नको उत्तर भन :

क) रवीन्द्रनाथको जन्म कहाँ भएको थियो |

उत्तर – रवीन्द्रनाथ ठाकुरको जन्म भारतस्थित कोलकताको जोडासाँकु भन्ने ठाउँमा भएको थियो |

ख) रवीन्द्रनाथले साहित्य श्रीजनाहर्ने प्रेरणा कसरी प्राप्त गरे |

उत्तर – रवीन्द्रनाथले साहित्य श्रीजना गर्ने प्रेरणा आफ्नै घरमा हुने साहित्य, सङ्गीत, र चित्रकला सम्बन्धि चर्चा परिचर्चा गर्ने वातावारणबाट प्राप्त गरे |

Scholarships after +2 Abroad Studies Opportunities
  • रवीन्द्रनाथले कुन विश्व प्रसिद्ध पुरस्कार पाए |

उत्तर – रवीन्द्रनाथले विश्वप्रसिद्ध नोबेल पुरस्कार पाए |

रवीन्द्रनाथको बिबाह कुन उमेरमा कोसंग भयो ?

उत्तर – रवीन्द्रनाथको विवाह २२ वर्षको उमेरमा मूणालिनीदेवीसंग भयो |

रवीन्द्रनाथका प्रमुख चारवटा कृतिहरु के के हुन् |

उत्तर – रविन्द्रनाथका प्रमुख चार ओटा कृतिहरु ‘ गितान्जली’, काबुली बाला, गोरा, र फाल्गुनी’ हुन् |

रवीन्द्रनाथका दृष्टिमा सर्बोपरी महिमाका विषय के हुन् |

उत्तर – रवीन्द्रनाथका दृष्टिमा सर्बोपरी महिमाका विषय मानव अधिकार, राष्ट्रप्रेम र समाज सुधार हुन् |

२) जोडा मिलाऊ

रवीन्द्रनाथको जन्म                                   सन् १८८३

मूणालिनीदेवीसंग                                    जोडासाँकु

शान्ति निकेत                                      सन् १९०२

मूणालिनीदेवीको मृत्यु                               गोरा

नोबेल पुरस्कार प्राप्ति                              विद्यालय

रवीन्द्रनाथको देह त्याग                             सन् १९१३

                                               सन् १९४१

उत्तर :

रविन्द्रनाथको जन्म          जोडासाँकु

मूणालिनीदेवीको  विवाह      सन् १८८३

शान्ति निकेतन             विद्यालय

मूणालिनीदेवीको मृत्यु       १९०२

नोबेल पुरस्कार प्राप्ति       सन् १९१३

रविन्द्रनाथको देह त्याग     सन् १९४१

 

   

उत्तर लेख :

  • रविन्द्रनाथको बाल्यकाल कसरी बितेको थियो ?

उत्तर – रवीन्द्रनाथ ठाकुर विश्व विख्यात भारतीय साहित्यकार हुन् | उनको जन्म सन् १८६१ मा भारतस्थित कोलकताको जोडासंकु भन्ने ठाउँमा भएको थियो | सम्पन्न र सामाजिक दृष्टिले सम्मानित परिवारमा जन्मिएका रवीन्द्रनाथ ठाकुरका बाजेको नाम द्रारकानाथ थियो | उनी त्यस क्षेत्रकै प्रख्यात व्यक्ति थिए | उनका माता पिताको नाम शारदादेवी र देवेन्द्रनाथ थियो | उनको परिवार शिक्षित र सम्पन्न थियो | सात दाजुभाई मधेका कान्छा हुन् रवीन्द्रनाथ, उनलाई पढ्नका लागि सानैमा विद्यालय  गरीएको थियो | उनी बाल्यकाल देखीनै सिमित विद्यालय भित्र भन्दा खुल्ला वातावारणमा रमाउन चाहन्थे | उनी आफ्ना घरमा हुने साहित्य, सङ्गीत, र चित्रकला सम्बन्धि चर्चामा विशेष ध्यान दिन्थे | त्यसैले उनलाई घरमै पढ्न र सङ्गीत अभ्यास गराउने व्यवस्था समेत गरिएको  थियो | यसरी रवीन्द्रनाथ बाल्यकाल सुखद रुपमा बितेको थियो र उनले श्रजना गर्ने प्रेरणा पनि घरकै वातावारणबाट प्राप्त गरेका थिए |

 

  • रवीन्द्रनाथ हिमालको यात्राबाट के के अनुभव बटुले ?

उत्तर – रवीन्द्रनाथ एक जिज्ञास किशोर थिए | उनलाई विद्यालयको सिमित घेरामा बसेर पढ्न त्यति मन लाग्दैनथ्यो | उनी भएर हिंडुला गर्न चाहन्थे | उनकै रुचि अनुसार उनलाई बुबाले प्रकुती विचित्र स्थल हिमालयको भ्रमणमा लगे | त्यसबेला उनले महासागरदेखि हिमालयसम्मको जीवन र जगत सम्बन्धी फराकिलो अनुभव बटुल्ने मैका पाए | त्यस भ्रमणबाट उनले विभिन्न क्षेत्रका मानिस र तिनले भोगेका दु:ख, कष्ट, शोषण, उत्पीडनलाई नजिकैबाट बुझ्न पाए | हिमालयको भ्रमणबाट रवीन्द्रनाथले जीवन र जगतसम्बन्धी अनेक अनुभवहरु बटुले |

 

  • रवीन्द्रनाथको ‘ गिताज्जली’ कस्तो कृति हो ?

उत्तर – रवीन्द्रनाथ ठाकुरद्रारा रचित ‘गिताज्जली’ विश्व प्रख्यात कृति हो | यो उनको कविता विधाको विश्व प्रसिद् भएको कृति हो | यस कृतिमा प्रकृतिको बाहिरी र आन्तरिकसुन्दरताको चित्रण र इश्वरको महिमागान समेत गरिएको छ | यसका साथै यस कृतिमा प्रकृति, इश्वर र मानिसबिच घनिष्ट सम्बन्ध रहेको कुरालाईसमेत प्रस्तुत गरिएको छ | उनले यस कृतिलाई आफैले अंगेजी भाषामा अनुवाद गर्ने काम पनि गरे | यसले गर्दा उनको यो कृति अन्तरास्ट्रिय स्तरमा चर्चित हुन् पुग्यो | सन् १९१३ मा यस कृतिकालागि विश्व प्रख्यात नोबेल पुरस्कार प्रदान गरियो | यसरी यो कृति प्रकृति, इश्वर र मानवको त्रिपक्षिय सम्बन्ध रहेको कुरा कलात्मंक रुपमा खुलासा गरिएको विश्व प्रसिद्ध कृति हो |

 

  • शान्ति निकेतन विद्यालय स्थापनाको मुख्य उदेश्यके थियो |

उत्तर – रवीन्द्रनाथ ठाकुर साहित्यकार मात्र होइन, शिक्षा सेवी र बालमनोविज्ञान पनि थिए | उनी विद्यार्थीहरुमा रहेका प्रतिभालाई साहित्य, गीत, सङ्गीत र चित्रकला का मध्यमबाट उजागर गर्न चाहन्थे | विद्यालयमा यान्त्रिक वातावारणमा पठनपाठन हुने गर्थ्यो | यस्तो वातावारणबाट विद्यार्थीमा भएको सहज प्रतिभाओ प्रस्फुटन सम्भव नहुने ठानी उनले सन् १९०१ मा शान्ति निकेतन नामक विद्यालयको स्थापना गरे | यसरी विद्यार्थीमा भएको सहज प्रतिभालाई प्राकुर्तिक एवम विद्यार्थी मैत्री वातावारणमा शिक्षा दिने मुख्य उद्देश्श्यले शान्ति निकेतन विद्यालयको स्थापना भएको थियो |

  • रवीन्द्रनाथ कृतिका माध्यमबाट दिएका मुख्य सन्देश के के हुन् |

उत्तर – विश्व प्रख्यात साहित्यकार रवीन्द्रनाथ ठाकुरले साहित्य विविध विधिमा कलम चलाएका कूतीहरु प्रसिद् छन् | उनको कविता विधाको ‘गिताज्जली’ विशिष्ट रचना हो | विश्व प्रख्यात नोबेल पुरस्कार समेत प्राप्त गरेको यस कृतिमा प्रकृति, इश्वर र मानवको त्रिपक्षिय सम्बन्ध रहेको कुरालाई देखाइएको छ | त्यस्तै उनका ‘कलुबी बाला’ कथा र ‘गोरा’ जस्ता उपन्यास तथा ‘रक्तकरबी’ एवम् ‘फाल्गुनी’ जस्ता नाट्यकृतिमा समेत मानव जीवनका विशिष्ट संवेदनालाई प्रस्तुत गरिएको छ | उनका कृतिमा मुलत प्रकुती,ईश्वर र मानवको त्रिपक्षिय सम्बन्ध बुझ्न आवश्यक छ भन्ने सन्देश एकातिर दिएको छ भने अर्कोतिर मानव अधिकार,राष्ट्रप्रेम र समाज सुधार सर्वोपरि महत्वका विषय भएकोले मानव अस्तित्वका निम्ति यी अति नै दिइएको छ | यस्तै मानवको मुक्ति र समद्धि पनि उनका रचनाको सन्देश हो |

  • विपरितार्थी शब्दसंग जोडा मिलाई कापीमा सार ;

जस्तै : उत्कृष्ट = निकृष्ट

आकर्षण        पिता      औपचरिक      अनौपचारिक      विकर्षण     अरुचि    माता

उत्तर – आकर्षण   =    विकर्षण

पिता            = माता

औपचारिक       = अनौपचारिक

 

  • उस्तै अर्थ दिने शब्द संग जोडा मिलाऊ :

चकित     प्रसिद्ध       अनमोल      स्वतन्त्र       प्रख्यात     अमूल्य      विछोड      छक्क       मुक्त

उत्तर – चकित   =  छक्क

प्रसिद्ध        = प्रख्यात

अनमोल       = अमूल्य

स्वतन्त्र       = मुक्त

तलका शब्दहरुको अर्थ भन :

विविध,    साहित्यकार,   प्रतिष्ठा,    गौरवमय, मनोरम,   गहकिलो,     गुर्हस्थ,    स्रोत,    आराधना,     निर्भिक,     अन्तराल,      ममतामयी

उत्तर – विविध  = भिन्न किसिमको, अनेक थरिको, विभिन्न

साहित्यकार    = साहित्यकोरचना गर्ने व्यक्ति

प्रतिष्ठा       = इज्जत, मानमर्यादा

गौरवमय      = प्रतिष्ठा वा इज्जत भरिपूर्ण

मनोरम      = मन लोभ्याउने. मनमोहक

गहकिलो     = गहक भएको, वजनदार

गृहस्थ      = घरमा बस्ने, घरबार गरेर बस्ने, गृहस्थी

स्रोत        = मूलथलो

आराधना    = प्रार्थना

निर्भिक  =  कसैसंग नडराउने

अनतारल = दुई बिन्दु, अवकाश वा अन्तर

ममतामयी = आत्मियता, स्नेहपूर्ण

  • ‘विभूषण’ शब्दबाट ‘ विभूषण’ भए झै तलका शब्दबाट हुने रुप लेख :

रचना................................ प्रसार......................

प्रतिष्ठा.................... आकर्षण.........................

व्यवस्था...............शिक्षा............

उत्तर- रचना + इत  = रचित     प्रसार + प्रसारित

प्रतिष्ठा + इत = प्रतिष्ठित      आकर्षण + इत = आकर्षित

व्यवस्था + इत = व्यवस्थित    शिक्षा + इत = शिक्षित

  • साहित्य + कार = साहित्यकार भए जस्तै तलका शब्दबाट नयाँ शब्द बनाऊ :

कथा, उपन्यास, नाटक, चित्र, सङ्गीत, गीत, मुर्ति

उत्तर – कथा +कार = कथाकार

उपन्यास + कार = उपन्यासकार

नाटक + कार  = नाटककार

चित्र +कार = चित्रकार

सङ्गीत + कार = सङ्गीतकार

गीत + कार = गीतकार

मुर्ति + कार = मुर्तिकार

  • अर्थ स्पष्ट हे गरी वाक्यमा प्रयोग गर :

प्रतिभा, विश्व, अभ्यास, अमर, प्रेरणा

उत्तर – प्रतिभा = उसले साहित्यको क्षेत्रमा आफ्नो प्रतिभा देखायो |

विश्व = इन्टरनेटको मध्यमबाट आज हामीले विश्व देख्न सकेका छौं |

अभ्यास = निरन्तरता अभ्यास गर्न सकेमा अवश्य पनि सफल हुन सकिन्छ |

अमर = नेपालका सहिदहरु हाम्रा सामु अमर रहिरहने छन् |

प्रेरणा = मैले माताबाट प्रेरणा लिएर साहित्य श्रजनामा लागेको छु |

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.