Subject: Nepali
ब्याकरण
विशेषण
कुनै नाम वा सर्वनामको गुण,दोस, संङख्या मात्रा जनाउने पदलाई विशेषण भनिन्छ | वाक्यमा नामसित, कति, कस्तो,कस्तो, कत्रो, कुन आदि प्रश्न सोद्दा उत्तरको रुपमा आउने शब्द विशेषण हुन्छ |
विशेषणलाई चार भागमा विभाजन गर्न सकिन्छ |
१) गुणबोधक विशेषण - विशेष्यपदको गुण, दोष, रङ आकार, अवस्था आदि बुझाउने विशेषणलाई गुण बोधक भनिन्छ |जस्तै –
धनि, गरिब, मासिक, नेपाली, पिरो, तितो, कालो, रातो, भोजपुरी, नेवारी लोभी आदि |
२) परिमाण बोधक विशेषण – कुनै पनि वस्तुको निश्चित संख्यालाई नबुझाई त्यसको यति, उति भन्ने परिमाण, तौल वा मात्रालाई बुझाउने विशेषणलाई परिमाण विशेषण भनिन्छ |जस्तै –
यति, उति, कति, बहुत, अलिकति, थोरै, कतिपय, सारा, धेरै, सबै, निक्कै , केहि, ज्यादा आदि |
३) संख्याबोधक विशेषण – विशेष्यपदको मात्रालाई संख्याले तोकेर बुझाउने विशेषणलाई संख्याबोधक विशेषण भनिन्छ | यसले निश्चित संख्या, अनिश्चित संख्या, संख्याको आबृति, संख्याको समूहआदि संख्यात्मक रुपलाई सङ्केत गर्दछ |जस्तै –
एक, दुई, दश, सय, हजार, दोब्बर, तेब्बर, पहिलो, दोस्रो, आधा, दुइतिहाइ, हरेक, प्रत्येक, तिनै, चारै आदि |
४)सर्वनामिक विशेषण– नामका अगाडी वा विशेष्यपदका साथमा आएर त्यसको विशेषता बुझाउने सर्वनामलाई सर्वानामिक विशेषण भनिन्छ | त्यही पद नामको सट्टामा आउदा सर्वनाम हुन्छ |
जस्तै – यो, त्यो, यी, जुन, को, कुनै, केहि, कुनै, हरेक, कोहि, हरेक आदि |
गुणबोधक, परिमाणबोधक, संख्याबोधक र सर्वानामिक विशेषणलाई तालिका बनाएर१०/१० ओटा विशेषण शब्द लेख |
गुणबोधक विशेषण –राम्रो, नराम्रो, असल, मोटो, खराब, दुब्लो, मिहेनिती, अमिलो, गफाडी, होचो
परिमाणबोधकविशेषण– धेरै, थोरै, अलिकति, प्रशस्त, कतिपय, सारा, सबै, निक्कै, केहि, ज्यादै,
संख्याबोधक– एक, दुई, पाँच, प्रथम, आधा, दुइतिहाइ,तिनै, दुवै, चारै, दोब्बर
सर्वानामिक– यो, त्यो, जो, जुन, के, को, कुन, जुन, कुनै, सबै
११) तलका शब्दलाई तालिकामा दिइए जस्तै कस्तो, कत्रो, कति र कुन भनी प्रश्न गर र उपयुक्त शब्द छानेर भर :
खराब, धेरै, ठुलो, जाँगरिलो, सुन्दर, टर्रो, पिरो, अजङ्ग, छोटो, त़ी, जेठो, तृतिय, पाँच, पहिलो, ठुलो, सानो
उत्तर-
कस्तो |
कत्रो |
कति |
कुन |
खराब |
ठुलो |
धेरै |
छोटो |
जाँगरिलो |
|
पाँच |
ती |
सुन्दर |
सानो |
|
जेठो |
टर्रो |
|
|
तृतीय |
पिरो |
अजङ्ग |
|
पहिलो |
© 2019-20 Kullabs. All Rights Reserved.