नेपाली संस्कृति

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

नेपाली संस्कृति

पाठ २०

प्रबन्ध

नेपाली संस्कृति

  • एक वाक्यमा उत्तर लेख :
  • नेपाल कस्तो बगैचा हो ?

उत्तर नेपाल हिमाल र तराईको विविधताले भरिपूर्ण भएको सुन्दर बगैचा हो |

  • नेपाली संस्कुतिलाई कस्तो तालसंग तुलना गरिन्छ ?

उत्तर – नेपाली संस्कुतिलाई सय थरी बाजाबाट पैदा हुने एउटा मनोहर तालसंग तुलना गरिन्छ |

  • ‘गाँस’ छाड्नु साथ नछाड्नु’ उखानको तात्पर्य के हो ?

उत्तर – ‘गाँस छाड्नु साथ नछाड्नु’ उखानको तात्पर्य सङ्कटमा पनि मित्रता नछाड्नु हो |

Scholarships after +2 Abroad Studies Opportunities
  • नेपाली संस्कुतिका मूल मन्त्र के हो ?

उत्तर – नेपाली संस्कृतिका मूल मन्त्र मैत्री, करुणा र क्षमा हुन् |

  • हामी वृक्ष वनस्पतिलाई किन श्रदधा गर्छों |

उत्तर – हामी वृक्ष, वनस्पतिलाई उनीहरुको उपकर सम्झी श्रद्धा गर्छो

  • हामी कस्तो गल्तिलाई क्षमा गर्छों ?

उत्तर हामीले असल मनसायले काम गर्दा गल्ति भएमा क्षमा गर्छों |

  • हामी कुन – कन पर्वमा शुभ कामना व्यक्त गर्छों ?

उत्तर – हामी बुद्ध पुर्णिमा, तिज, दसैँ तिहार, छठ, इद, क्रिसमस, उधौली, उभौली, ल्होसार, माघी, होलिआदि चाड पर्वमा शुभ कामना व्यक्त गर्छों |

  • नेपाली संस्कृतिमा पाहुनाको कस्तो स्थान छ ?

उत्तर – नेपाली संस्कृतिमा पाहुनाको देवताको जस्तो स्थान छ |

  • ठिक उत्तरमा ठिक चिन्ह लगाऊ :
  • नेपाली संस्कृतिको मूल विशेषता के हो ?
  • अनेकतामा एकता आ) पश्चिम संस्कृतिको सहयोग इ) सय थरी बाजाको ताल ई) सबै जातको फुलबारी

उत्तर –अ) अनेकतामा एकता

  • केलाई सबै जातको फुलबारीको सुवाससंग दाँज्न सकिन्छ |
  • नेपाली संस्कृति आ) नेपाली जातजाति  इ) परोपकार र क्षमादान         ई) जिउँदाको जन्ती

 

उत्तर –आ) नेपाली जातजाति

  • ‘ गाँस छोड्नु साथ नछोड्नु’ उखानको आशय के हो ?
  • सङ्कटमा पनि मित्रता नछाड्नु
  • जस्तै अवस्थामा पनि खान नछाड्नु
  • खाने मामिलामा साथीको वास्ता नगर्नु
  • खान पाइन्छ भने मित्रता पनि तोड्नु

उत्तर – अ) सङ्कटमा पनि मित्रता नछाड्नु

 

 

  • उत्तर लेख :
  • चरा चुरुङगीको बोलिसंग नेपालको के कुरालाई दाँज्न सकिन्छ |

उत्तर – नेपालका थरीथरीका जातजाति धेरै किसिमका भाषा, मठ मन्दिर , गुम्बा, मस्जिद, गिर्जाघर, अनेकै चाडपर्व. रितिरिवाज र प्रचलनहरु अनेकै मुहानबाट निस्केको पवित्र नदी आदिलाई चार चुरुङगीको बोलिसंग दाँज्न सकिन्छ |

  • नेपाललाई किन सबै जातको फुलबारी भनिएको हो ?

उत्तर – नेपाललाई अनेक जातजातिको बसोबास रहेको छ | नेपालीहरु यहाँ विविध भेगबाट आएर बसोबास गरेका छन् | यहाँ अनेकौ जातजाति,  भाषाभाषी, धर्म तथा संस्कृति मान्ने मानिसहरुको सुन्दर मेल रहेको छ | नेपालीहरु कहिल्यै जात, धर्म र संस्कृतिका आधारमा झगडा गर्दैनन् | फूलबारीको शोभा बढाउन अनेकौ फूलहरुको आवश्यकता पर्छ | फुलबारीलाई एउटै फूलले मात्र शोभा दिन सक्दैन | फुलबारीलाई अनेकौ फूलहरुको शोभा दिए जस्तै नेपालमा धेरै जातजाति, भाषाभाषी, धर्मतथा संस्कृति मान्नेहरु एकै ठाउँ मिलेर बसोबास गरे भएकाले नेपाललाई सबै जातजातिको फुलबारी भनिएको हो |

  • नेपाली संस्कृतिलाई किन इन्द्रेणीसंग दंजिँन्छ ?

उत्तर – इन्द्रेणीमा अनेकौ रङहरु हुन्छन् | इन्द्रेणीको शोभा बढाउन तिनै विविध रङहरुले काम गरेका हुन्छन् | अर्थात्, रङहरु सुन्दर सृष्टि इन्द्रेणी हो | त्यस्तै विविध जाति, वेश, र परम्पराको नेपालीसंकृति हो | उंह हरेक जातजातिका आ- आफ्नै परम्परा, भाषा, धर्म भएपनि त़ी सबै कुराको समष्टि रुप नेपाली संस्कृति हो | इन्द्रेणीमा हरेक रङको अलगै परिचय र विशेषता भए झै नेपालका विविध जातजाति, भाषाभाषीको छुट्टै विशेषता छ | सम्पूर्ण नेपालीहरुको भाषा, धर्म, संस्कृतिको समष्टि रुप नै नेपाली संस्कृति हो | यसैमा इन्द्रेणीको जस्तो सौन्दर्य प्राप्त गर्न सकिन्छ | अत: नेपाली जाति, परम्परा, भाषा आदिमा विविधताका साथै एकता भएकाले नेपाली संस्कृतिलाई इन्द्रेणीसंग दाँजीन्छ |

  • नेपालीहरुको मैत्री भावना कंहा स्पष्टसंग व्यक्त हुन्छ ?

उत्तर – नेपालीहरुको मैत्री भावना समाजमा स्पष्टसंग व्यक्त हुन्छ | समाजमा बसोबास गर्ने अनेक जातजाति र धर्म संस्कृति एवम् परम्परा मान्ने मानिसहरु पारस्परिक सद्भाव, सहयोग र सुसम्बन्ध कायम गर्न सदा तत्पर रहन्छन् | त्यसैको ज्वलन्त उदाहरण ‘ जिउँदाको जन्ती मर्दाको मलामी’ भन्ने उखान हो | यति मात्र होइन, नेपाली समाजमा ‘ गाँस छाड्नु साथ नछाड्नु’ भन्ने उखानबाट पनि आपसीसहयोग र एकताको भाव स्पष्ट हुन्छ | जुनसुकै भाषी वा धर्म संस्कृति मान्ने भए पनि हामी एक अर्काको सम्मान र आदर गछौ | त्यसैले नेपालीहरुको मैत्री भावना सामाजिक एवम् धार्मिक कार्यहरुमा स्पष्टसंग ब्यक्त हुन्छ |

  • नेपाली संस्कृतिलाई अनुकरणीय बनाउने पक्षहरु के के हुन् ?

उत्तर – नेपाली संस्कृतिलाई अनुकरणीय बनाउने पक्षहरु धेरै छन् | सबैलाई आफन्त ठान्ने धर्मका नाउँमा झगडा नगर्ने, पशुपन्छीमाथि अपार दया र माया गर्ने, बुद्ध पुर्णिमा, तिज, दसैँ, तिहार छठ, इद, क्रिसमस, उधैली, उभैली, ल्होसार आदि चाडपर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने र अपार हर्ष प्रकट गर्ने, सत्यको प्रशंसा गर्ने, असल कार्यको कदर र सम्मान गर्ने, असल मनसायले काम गर्दा गल्ति भए क्षमा दिने आदि नेपाली संस्कृतिलाई अनुकरणीय बनाउने पक्षहरु हुन् |

  • नेपाली समाजमा दानवीरको गौरव गान किन गरिन्छ ?

उत्तर – परोपकार समाजमा सेवा नेपाली संस्कृतिका धरोहर हुन् | यसका लागि त्यागको आवश्यकता पर्दछ | बिना त्याग न ट परोपकार गर्न सकिन्छ न ट समाज सेवा नै | आपत् विपत्मा परेकाहरुको उद्धार गर्ने, परोपकारी भावनाबाट प्रेरित भएर पाटी, पौवा, चैतारी आदि बनाउने, मठ, मन्दिर, पुल, धर्मशाला, धारो निर्माणगर्ने जस्ता काम परोपकारको भावनाबत गरिन्छ | यस्तै अनाथालय, वृद्धाश्रम आदि सामाजिक संस्था स्थापना गरी समाज सेवाको काममा लाग्न पनि नेपालीहरु सदा तत्पर रहेका पाइन्छन् | यस्ता परोपकारी र समाजसेवामा त्यागको भावना हुने भएकाले नेपाली समाजमा दानवीरगौरव गान गरिन्छ |

  • नेपाली संस्कृति कस्ता विकृतिहरु पाइन्छन् ?

उत्तर – परोपकार र त्यागको भावना भेटिने नेपाली संस्कृतिमा धेरै प्रकारका विकृतिहरु पाइन्छन् | अनुकरणीय नेपाली संस्कृतिमा धेरै विकृतिहरु पनि छन् | नेपाली समाजमा छुवाछुत प्रथा, महिला हिंसा, बाल बिबाह, जस्ता विकृति देख्न सकिन्छ | साथै गरिव र असहायलाई हेप्ने, नोकर बनाउने सामन्तवादी सोचबाट नेपाली समाज अझै मुक्त भइ सकेको छैन | यसैगरि हाम्रा असल संस्कृतिप्रति आँखा चिम्लने र पराइ संस्कृतिलाई आत्मसात गर्ने प्रवूर्ति पनि बढदो क्रममा छ नेपाली संस्कृतिमा पाइन्छन् |

  • भाव विस्तार गर :

विविधता बिचको एकता नेपाली संस्कृति मूल खम्बा |

उत्तर – नेपाली समाजमा अनेकै जातजाति, भाषाभाषी, धर्म, संस्कृति आदि मान्ने मनिह्हरुको बसोबास रहेको छ | संसारका कतिपय मुलुकमा धर्म, जात संस्कृति भाषा आदिका नाममा झगडा हुने, ठुलो हिंसा हुने स्थिति प्रशस्त देख्न र सुन्न सकिन्छ | तर नेपाली समाज विविधता युक्त भए पनि यंहका जनतामा अनुपम एकता छ |

 

नेपालमा हिन्दु, मुस्लिम, क्रिश्चियन आदि धर्म मान्ने मानिसहरु बसोबास गर्छन | यिनीहरुका आ – आफ्नो मन्दिर, गुम्बा, मस्दिज रहेका छन् | चाडपर्व मनाउंदा कसैले अर्काको धर्म संस्कृतिप्रति अबरोध गर्दैन | आपसमा मेलमिलाप सटासट् गर्छन, दुखसुख बाढ्छन् | नेपाली समाज विविधतामय भए पनि संस्कृति एकता यँहा कायम छ | नेपालीहरु जातजाति, भाषाभाषी, धर्म, संस्कृति आदिका आधारमा फुट्ने होइन एकताबद्ध भइ बाँच्न चाहन्छन् | यस्तो विशिष्ट नमुना नेपालमा मात्रै भेटिन्छ | यही अनेलातामा एकता नै नेपाली संस्कृति खम्बा बनेको छ |

 

  • नेपाली संस्कृति मुख्य मुख्य विशेषता के के हुन्, वर्णन गर |

उत्तर – नेपाली संस्कृतिका थुप्रै विशेषता रहेका छन् | नेपालमा विविध भेगबाट आएका विविध जातिहरुको बसोबास रहेको छ | नेपाललाई विविध जातका फुलको साझा फुलबारीको रुपमा लिने गरिन्छ | यँहाका यिनै विविधतामय समाजको जगमा नेपालीसंस्कृतिको उदय र विकास भएको पाइन्छ | नेपाली संस्कृतिभित्र तमाम जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुका विचार र भावाना मिलेका छन् | यो नेपाली संस्कृतिको मूल

विशेषता हो |

नेपालमा अनेक जाति र तिनका भाषा, भेष र परम्परा भए पनि साझा विशेषताका रुपमा संगै बाचौ र हासौ भन्ने भावनालाई नेपालीहरुले आत्मसात् गरेका छन् | वास्तवमा नेपाली संस्कृति सबै नेपालीको समुन्नित चाहने साझा भावनाका रुपमा विकसित भएको पाइन्छ | यहाँ पारस्परिक सद्भाव, सहयोग र सुसम्बन्धको भावना सबैमा छाएकोछ | करुणा, मैत्री, क्षमा जस्ता भावहरु नेपाली संस्कृतिका मूल मन्त्रकै रुपमा रहेका छन् र यिनलाई नेपालीहरुले आत्मसात् गर्दै आएका छन् |

 

परोपकार र समाज सेवा नेपाली संस्कृति अनुपम उदाहरण हुन् | आफ्ना आश्रय आएका पाहुनालाई सत्कार गर्ने . पाहुनालाई देवता ठान्ने, पाटी, पौवा, चैतारो, मठ, मन्दिर, पुल धर्मशाला, धारो आदिको निर्माण गरी परोपकारको उदाहरण पेस गर्ने र अनाथालय, वूदधाश्रमबनाई सेवा गर्ने प्रचलन रहीएको छ | जसले असल काम गर्छ त्यस्ताको प्रशंसा गर्नु र दानवीरको गौरव गान गर्नु पनि नेपाली संस्कृतिका विशेषता नै हुन् | यिनै विविध विशेषताले गर्दा नेपाली संस्कृति विश्व मानव समुदायका लागि पनि अनुकरणीय बनेको छ

 

  • तलका समावेशक शब्दसंग समवेश्य शब्दको जोडा मिलाऊ :

जस्तै : बाजा = बादल

फुल  नेपाल   नाच    धर्म  वृक्ष  तराई   चमेली    हिन्दु   लाखे  काग   पिपल

 

उत्तर – फुल       चमेली

नाच            लाखे

धर्म            हिन्दु

वृक्ष            पिपल

  • तलका शब्दको अर्थ बताऊ :

विविधतामय, धर्मावलम्बी,  तमाम,  प्रशासक,  समृद्धि, सङ्गम

उत्तर – विविधतामय = भिन्नता हुने, अनेक हुने

धर्मावलम्बी        = धर्मका अनुयायी

तमाम            = भए जति सबै, सम्पूर्ण, आम

प्रंशसक           = प्रंशसा गर्ने, अर्काको गुणको तारिफ गर्ने

समृद्धि          = उन्नति, प्रगति

सङ्गम          = सम्मिलन, मिल्ने ठाउँ

 

  • अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर :

सुवास, दानवीर, विकृति, लोकप्रिय, समुन्नती, अनुकरणीय, इन्द्रणी, आनन्दित,  लालयित, जिउँदाको जन्ती मर्दाको मलामी, गाँस छोड्नु साथ नछोड्नु

उत्तर – सुवास – बगैचाबाट फुलको सुवास आइरहेको छ |

दानवीर – नेपाली समाजमा दानवीरहरु थोरै मात्र पाइन्छन् |

विकृति – नेपाली संस्कृतिमा थुप्रै विकृतिहरु देखापर्न थालेका छन् |

लोकप्रिय – नारायण गोपालले धेरै लोकप्रिय गीतहरु गाउनु भएको छ |

समुन्नति – राष्ट्रको समुन्नतिमा हामी सबै एकजुट भएर लाग्नुपर्छ |

अनुकरणीय – नेपाली संस्कृति विश्व मानव समुदायका लागि अनुकरणीय बनेको छ |

इन्द्रणी – इन्द्रणी लागेको बेला मयुर पनि खुसि भएर नाच्छ |

आनन्दित – मलाई हाम्रो देशको वातावारणले सारै आनन्दित तुल्याउछ |

लालायित – विद्धार्थीहरु घुम्नका लागि लालयित हुन्छन् |

जिउँदाको जन्ती मर्दाको मलामी – छिमेकी भनेका जिउँदाको जन्ती र मर्दाको मलामी भएकाले सधै मिलेर बस्नुपर्छ भनेर मलाई आमाले सधै सम्झाउनु हुन्थियो |

गाँस छोड्नु साथ नछोड्नु – हामीलाई जतिनै सुख भएता पनि गाँस  छोड्नु बरु साथ चाहिँ कहिल्यै छोड्नु हुदैन् भनेर गुरुले सिकाउनु हुन्छ |

 

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.