Subject: Nepali
पाठ १२
मेरो घर
प्रभा भट्टराई
उत्तर किसानको घर छानामा खर र ढुंगाको आँगनले बनेको छ |
उत्तर – किसानका सहेलीहरु फरिया चोली लगाएका चेली जस्ता छन् |
उत्तर – किसान मन्दिर, गुम्बा, मस्जिद, चर्च आदि सबै ठाउँमा छरिन्छन् |
उत्तर – किसानले मिहिनेत र कर्म गरेर अन्न उमारी जहान पाल्छन् |
उदाहरण : फरिया चोली लाएका चेली, छन् मेरा सहेली
फरिया चोली लाएका चेली मेरा सहेली छन् |
उत्तर – फरिया चोली लाएका चेली मेरा सहेली छन्
धान र गहुँ जत्तिकै खेतमा बयेली खेल्छन् |
मारुनी, घाटु, सोरठी, सेलो, सवाई, दोहोरी
आनन्दसंग नखेली, नहेरी मन मान्दैन ||
तलका प्रश्नको उत्तर भन
उत्तर – प्रभा भट्टराईद्रारा लिखित ‘ मेरो घर’ कवितामा भुतललाई अति नै सुन्दर रुपमा प्रस्तुत गरिएको छ | कविले सङ्केत गरेको भुतल नेपाल हो | यसलाई घामले मायालु न्यानो माया दिन्छ | भने जुनले शितल प्रदान गर्दछ | माया साट्न र जीवनलाई रसिलो पार्न प्रकुतीले पनि सधै तत्परता देखाइरहेको हुन्छ | त्यसैले यस कवितामा भुतललाई रमणीय र सुन्दर रुपमा प्रस्तुत गरिएको छ |
उत्तर नेपाल अनेक जातजाति, धर्म संस्कुति र रितिरिवाज मान्ने मानिसहरुको बसोबास रहेको छ | कतै हिन्दु धर्म मान्नेहरुका मन्दिर देख्न पाइन्छ भने चर्च देख्न पाइन्छ | धर्मका नाममा यहाँ झैझगडा देख्न र सुत्न पाइन्न | सबैले आ – आफ्नो चाडपर्व मनाउछन | हिन्दुहरुले दसैँ, तिहार , छठ मिलेर मनाउछन् भने मुस्लिमहरुले इद अनि अरुले माघी र ल्होसार जस्ता चाडपर्व रमाइलो गरी मनाउछन् |आफ्ना परम्पराअनुसार चाडपर्व मनाउदा एक अर्कामा सद्भाव राखेको पाइन्छ | यसरी नेपालमा धार्मिक सहिष्णुताको विशिष्ट नमुना रहेको पाइन्छ |
उत्तर – यस कवितामा प्रकृतिको वर्णन सै रुपमा सौन्दर्यपूर्ण रुपमा गरिएको छ | सबै नेपाली एकआपसमा मिलेर बसेको देखेर हिमाललाई पनि माया लाग्छ | त्यसैले हिमाल फुलेको छ | त्यस्तै खोलानाला धर्ति रसाउदै बग्छन् र नेपाललाई रसिलो बनाउने काम गरेका छन् | यहाँ खोला गाइरहेका हुन्छन भने रुख नाचीरहेका भेटिन्छन् | यस्तो रमाइलो वातावारण पहाड समेत बोलिरहेका पाइन्छ | सबैले एकअर्काको सहयोग र मायाले जीवन बितिरहेका हुन्छन | कसैले कसैको रिस राक्दैन | नेपालको प्रकृति र सौन्दर्यको वर्णन गरिएको छ|
उत्तर – किसान निरन्तर आफ्नो काममा खटिरहन्छ | हिउँद, वर्षा, साझं, बिहान केहि नभनी खुसिसाथ काममा लाग्ने उसको बानी हुन्छ | माटोको पुजारी बनेर मिठो सम्बन्ध गाँस्दै मिहिनेत गरी कर्मवीर बनेर धर्तिको सेवामा समर्पित हुन पाउँदा किसान गर्वले छाती फुलाउछ | उसले मिहिनित गरी उमारेको बालीले जहान पाल्छ | त्यसैले किसान मिहिनेत गर्ने र अन्न\बाली उब्जाएर जहान पाल्ने भएकाले उसलाई धर्तिको कर्मवीर सन्तान मानिएको हो |
उत्तर – प्रभा भट्टराईद्रारा लिखित ‘ मेरो घर’ कविताको भावलाई देशप्रेम हो | यस कवितामा कवयित्रीले नेपाली जीवनशैलीका साथै प्रकृतिले प्रदान गर्ने सौन्दर्य र आनन्दलाई प्रस्तुत गरेको पाइन्छ | कृषि प्रधान देश नेपालका महिलाहरुले फरिया तथा चोली लगाएर मारुनी, घाटु, सोरठी, सेलो, सवाई, दोहोरि आदि भाका हाल्दै नाच्ने र गाउने गर्छन | प्राकृतिक र संस्कृतिक दृष्टिले समेत समृद्ध मानिएको नेपालमा हिन्दु, बुद्ध, मुस्लिम, इस्लाम आदि छन् | सबैले मिलेर बसेको देखेर प्रकृतिले पनि नेपाली धर्तिलाई हराभरा र सुन्दर पारेको छ | यस्तो देशका किसान एकदमै मिहिनेती र कर्मयोगी छन् | नेपाल र नेपालीहरुको गुणवान गर्दै, देशप्रेम र एकताको भावलाई समेटेको छ |
ब्याख्या गर :
क)
मन्दिर, गुम्बा, मस्जिद, चर्च, सबैमा छरिन्छ
पोल्टामा दिन्छन् सबैले माया, यातित्कै भरिन्छ |
तिहार, दसैँ, छठ र इद माघी र ल्होसार
साथी छन धरै, रमाइलो गर्दै, मनाउंछु चहाड |||\
उत्तर = नेपालमा धार्मिक सहिष्णुताको स्थिति विश्वको लागि उदाहरण बनेको छ | अनेक जातजाति, धर्म, संस्कृति र परम्परा मान्ने मानिसहरुको बसोबास भा पनि यँहा सबै मिलेर बसेका छन् | एक अर्काको धर्मको सम्मान गरका छन् |
कवयित्रीले यो धार्मिक सहिष्णुताको माया तथा प्रेम मन्दिर, गुम्बा,मस्जिद ,चर्च आदि सबैतिर छर्ने कुरा बाताएको पाइन्छ | अनेक जातजाति भाषाभाषीको बसोबास भएको देश नेपालमा सबैले आआफ्नो धर्म परम्परा मान्दछन् र त्यहाँ कसैले कसैको बिरोध गर्दैन् | एकअर्काको धर्मक सम्मान गर्ने गर्छन | हिन्दुहरुलले दसैँ,तिहार तराईबासीले छठ पर्व आज नेपालभरी साझा रुपमा मनाउदै आएका छन् | यस्तै थारु जतिको माघी, तामाङ, शेर्पा, गुरुङ आदिको ल्होसार आदि पर्वलाई पनि व्यापक रुपमा मनाउदै आएको पाइन्छ | नेपालमा यो
परम्परा परापूर्वकालदेखि नै चल्दै आएको पाइन्छ |
माटाको गर्छु अर्चना मिठो, सम्बन्ध गाँसेर |
म मिहेनिती, म कर्मवीर, धर्तिको सन्तान
उमारी अन्न जहान पाल्छु, भन्दछन् किसान ||
उत्तर = नेपाल एउटा कृषि प्रधान मुलुक हो | यँहा कृषि क्षेत्रको आधुनिकीकरण हुन् सकेका छैन | त्यसैले यँहाका किसानले आधुनिक मेशिन र प्रविधिको ज्ञानबाली नै खेतिको काम गर्नुपर्ने हुन्छ | त्यसैले यँहाका किसानले मेहेनेत गरेर परम्परागत कृषि पेशालाई आम्दानी स्रोत बनाएका छन् | उनीहरु हिउँद, वर्षा, साझा, बिहान केहि नभनीकन हाँसीखुशी काममा लगनशील भएर लागिरहन्छ | उनीहरु माटो संग मिठो सम्बन्ध गाँसेर माटोमानै रमाउछन् | माटोकै पूजा अर्चना पनि गर्छन |नेपाली अति नै मेहेनेती र संघर्षशिल छन् | आफ्नो माटोमा रगत र पसिना बगाउन पछि पर्दैन् | नेपाली किसानको मिहेनेती र लगनशीलताले नेपालको कृषि पेसा सम्मानित बनेको छ |
भूतल कर्मवीर अर्चना सहेली पूजा पृथ्वीको बाहिरी भाग
सधै काममा खट्ने माया साथी
उत्तर –भूतल - पृथ्वीको बाहिरी भाग
कर्मवीर – सधै काममा खट्ने
अर्चना – पूजा
सहेली साथी
तलका शब्दको अर्थ लेख :
माघी, छठ , मारुनी, धर्ति
उत्तर – माघी = थारु जातिले माघे संक्रान्तिका दिन नव वर्षको रुपमा मनाउने प्रसिद्ध चाड
छठ = तराई क्षेत्रमा बसोबास गर्ने जातले मनाउने पर्व
मारुनी = महिलाको भेष नाच्ने र गाउने
खर = घर, गोठ छाउन प्रयोग गरिने लामा लामा मसिना सिन्केपात हुने एक प्रकारको घाँस
धर्ति = पृथ्वी, धरणी
हिमाल बिहान आन्नद पहाड तिहार
उत्तर – हिमाल = पोखरा बाट सुन्दर हिमालको दृष्य देखिन्छ |
बिहान = म बिहान सबेरै उठेर व्यायाम गर्छु
आनन्द = मलाई फुटबल खेल्दा आनन्द आँउछ |
पहाड = मेरो घर पहाडको फेदमा पर्छ |
तिहार = हामी तिहारमा देउसीभैलो खेल्ने गर्छौं |
© 2019-20 Kullabs. All Rights Reserved.