Subject: Nepali
क्रियापदले देखाउने कामको समयलाई काल भनिन्छ | व्यत्त गर्दा सुरु भएको, त्यस भन्दा अगाडी भइसकेको वा त्यसभन्दा पछाडी सुरु हुने कामका आधारमा काल छुट्याउने प्रचलन रहेको छ |
काललाई तिन भागमा विभाजन गरिएको छ |
भइसकेको वा वितिसकेको कुनै घटना वा कुराको निर्देशन गर्ने क्रियापदलाई भूतकाल भनिन्छ | यसले वितेका समयको काम वा अबस्थालाई बुझाउछ |
उदाहरण – रामले भात खायो |
म घर गए |
सामान्य भूत – कुनै काम पहिले वा विगतको समयमा भएको सामान्य अवस्था बुझाउने क्रियापदको पक्षलाई सामान्य भूतकाल भनिन्छ | सामान्य भूत पक्ष जनाउनका लागि क्रियापदका धातु र, यौ, इस, यो, ई, ए, इन आदि रुपहरु जोडिन्छ |
उदाहरणा – मैले हिमाल चढे |
सीता उठी |
अपूर्ण भूत – अपूर्ण भूतकालले वितेको समयमा कुनै काम भइकेको थियो भन्ने भुझाउछ | अपूर्ण भूत पक्ष बुझाउनका लागि धातुमा तै\ दै \ थियो,आदि जोडीएर कृयापदहरु बनेका हुन्छन् | उदाहरण – म हिमाल चढ्दै थिए |
पूर्ण भूत – पूर्ण भूत पक्षले कुनै पनि काम वितेको समयमा पुरा भइसकेको थियो भन्ने जनाउद्छ | र त्यसको असरसमेत बाकी नरहेको अवस्था बुझाउने क्रियापद हो | यसलाई जनाउनका लागि एको, थिए, एका थियौ, एको थिइस | आदि जोडिन्छ |
उदाहरण – मैले हिमाल चढेको थिए |
म उठेकी थिए |
अज्ञात भूत – कुनै काम विगतको समयमा भैरहेको तर अहिले आएर मात्र थाहा पाईएको अवस्था बुझाउने क्रियापदलाई अज्ञात भूत भनिन्छ |अज्ञात भूत जनाउनेका लागि धातुमा एछु, एछौ, एछस, एछन्, एछ, आदि जोडीएर अज्ञात कृयापद बनेका हुन्छन् |
उदाहरण –मैले हिमाल चढेछु |
तिमि उठेछौ |
अभ्यस्त भूत– कुनै पनि विगतको समयमा भइसकेको तर अहिले आएर मात्र थाहा पाईएको अवस्था बुझाउने क्रियापदलाईअभ्यस्त भूत भनिन्छ |अभ्यस्त भूत जनाउनका लागि धातुमा थे, थ्यौ, थिस, थि आदि जोडीएर क्रियापद बनेको हुन्छ |
उदाहरण – सीता कविता लेख्थि |
उनीहरु कविता लेख्थे |
वर्तमान काल
वर्तमान काल - कुनै पनि काम अहिले भइरहेको अबस्थालाई वर्तमान काल भनिन्छ |उदाहरण
म घर जादै छु |
सामान्य वर्तमान –कुनै काम अहिलेको वर्तमान अवस्थामा हुने वा भैइरहेको अवस्था जनाउने,पुरा हुनु वा नहुनु वारेमा केहि नबताउने क्रियापद पक्षलाई सामान्य वर्तमान भनिन्छ | सामान्य वर्तमान पक्ष जनाउन धातु छु, छौ, छस, छ, छन् आदि प्रत्ययहरु जोडिन्छ |
उदाहरण –म बिहानै उठेर पढ्छु |
खरायोले घास खान्छ|
अपूर्ण वर्तमान – वर्तमान समयमा कार्य भईरहेको अबस्थालाई अपूर्ण वर्तमान काल जनाउछ | अपूर्ण वर्तमान पक्ष जनाउनेको लागि धातुमा तै, दै, छु,\ तै दै छौ, तै दै छस, तै,दै छन् आदि प्रत्ययहरु जोडिन्छ |
उदाहरण – हरिमासु खादै छ |
हामी हिमाल चढ्दै छौ |
पूर्ण वर्तमान – कुनै काम अहिलेको समयमा पूरा भएको तर त्यसको असर अहिले पनि बाकी रहेको अवस्था बुझाउने क्रियापदलाई पूर्ण वर्तमान काल भनिन्छ | यसमा क्रियापदको धातुमा एको छु, एका छौ, आदि जोडीएको हुन्छन् |
उदाहरण – खरायोले घाँस खाएको छ |
कुनै पनि आउने समय वा पछिको समयमा काम हुने कुरा बुझाउने वा निर्देशन गर्ने क्रियापदलाई भविष्यतकाल भनिन्छ |
सामान्य भविष्यत – सामान्य भविष्यत कालले कुनै पनि कार्य पछि हुने कुरा बुझाउने वा निर्देशन गर्दछ | अर्थात् कुनै पनि काम आउने समयमा हुने सामान्य अबास्थालाई बुझाउदछ | यसको धातुको पछाडी नेछु, नैछौ, नेछस, आदि रुपहरु जोडिन्छ |
उदाहरण – भोलि पानी पर्ने छ |
अपूर्ण भविष्यत – कुनै पनि काम पछि वा आउने समयमा भईरहेको अबस्थालाई अपूर्ण भविष्यत काल बुझाउछ | यसलाई जनाउनको लागि धातु तै, दै हुनेछ, तै, दै हुनेछौ, तै दै हुनेछ का रुपहरु जोडिन्छ |
उदाहरण –भोलि ममी मामा घर जादै हुनु हुने छ |
पूर्ण भविष्यत – कुनै पनि काम वितेको समयमा पुरा भएको जनाउद्छ भने त्यसलाई पूर्ण भविष्यत काल भनिन्छ | यसलाई जनाउनको लागि धातुमा एको छु, हुनेछ, एका हुनेछौ, को हुनेछन्, आदिको रुपहरु लाई जानउदछ |
उदाहरण – भोलि हरिले भलिबल खेल्दै गरेको हुने छ |
© 2019-20 Kullabs. All Rights Reserved.