Subject: Nepali
कारक
कारक शब्दको सोझो अर्थ कार्य गर्ने हो | क्रियासंग सिधा सम्पर्क भएका नाम र सर्वनामलाई कारक भनिन्छ | वाक्यस्तरमा क्रियापदसंग सम्बद्ध नामपद कारक रुपमा आउछन् |
कारकलाई निम्न ६ भागमा बिभाजन गरिएको छ |
विभक्ति
आफ्नो स्वतन्त्र अर्थ नभएको तर नामिक पदहरुसंग जोडीएर पदीय अन्तरसम्बन्ध कायम गरि क्रियासग सम्बन्ध राखेर आउने पदसगलाई विभक्ति भनिन्छ |विभंक्तिलाई नामिक शब्दसग नजोडिने हो भने अर्थपुंर्ण हुदैन |
उदाहरण – मैले रामलाई पिटे |
रमेशले लट्ठीले हिर्कायो |
मलाई आज सन्चो छैन |
कारकीय अर्थ र विभक्ति चिन्ह तालिका
कारक |
अर्थ |
विभक्ति |
विभक्ति चिन्ह |
कर्ता |
कार्य गर्ने |
प्रथम |
ले/वाट |
कर्म |
गरिने वस्तु |
दृतीय |
लाई /कन |
करण |
साधन, उपकरण |
तृतिया |
ले /वाट /द्रारा |
सम्प्रदान |
जसका लागि गरिन्छ |
चतुर्थी |
लाई/ लागि/ निम्ति |
अपदान |
छुट्टिने ठाउँ, स्रोत |
पंचमी |
देखि/ वाट |
अधिकरण |
आधार \ आश्रय |
सप्तमि |
मा/ माथि |
षष्ठी विभाक्तिमा को का की /रो रा रि /नोना नी जस्ता विभक्ति चिन्हको प्रयोग हुन्छ |
कोष्ठकमा दिईएको सङक़ेतअनुसार विभक्ति चिन्ह राखेर खाली ठाउँ पुरा गर :
अप्सरा ......... नयाँ किताब किनिन् | (प्रथम विभक्ति )
अप्सराले नयाँ किताब किनिन् |
सोनु भाइ .....बोलाऊछिन् | ( दृतीया विभक्ति )
सोनुले भाइलाई बोलाऊछिन |
हरि बिहानै....... पढ्दै छ | (पंचमी विभक्ति)
बिहानैदेखि पढ्दै छ |
गोपाल कलम...... चिठी लेख्छन् | ( तृतीया विभक्ति )
गोपाल कलमले चिठी लेख्छन् |
मेरो टेबुल ...... घडी छ |(सप्तमी विभक्ति )
मेरो टेबुलमा घडी छ |
चित्रलेखाले– कर्ता कारक
इनारबाट – अपदान कारक
बाल्टीमा – अधिकरण
पानी – कर्म कारक
भाईलाई– सम्प्रदान
सन्तोषले लठ्ठीले सर्पलाई हिर्कायो |सतोषले– कर्ता कारक
लट्ठीले– करण कारक
सर्पलाई– कर्म कारक
कलमले – करण कारक
साथीलाई – सम्प्रदान
एक वाक्यमा उत्तर भन :
उत्तर – देविकुमरिको जन्म भारतको दार्जीलिङ अन्तर्गत खरसाङमा भएको वि.स.१९८५ चैत २२ गतेका दिन भएको थियो |
उत्तर – देवाकुमरीथापाले बाल बालिकालाई असल र शिक्षित पार्न बाल साहित्यकको पुस्तक लेख्न थालिन् |
उत्तर – देवकुमारीले आफ्नै खर्चमाबबरसिंह गुठी स्थापना गरिन् |
उत्तर – देवकुमारी थापा समाज, साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रमा उदाहरण बनेकी छन् |
जोडा मिलाऊ
देवकुमारी थापाको जन्म स्थल – खरसाङ
पहिलो नेपाली बाल पत्रिका – हिमाल किशोर
मानवको मुख्य कर्तब्य – सेवा
देवाकुमरीले तिस वर्षसम्म सेवा गरेको संस्था – बाल मन्दिर
विराट साहित्य संस्था - अध्यक्ष
ठिक उत्तरमा चिन्ह लगाउ :
क)देवकुमारी थापाले गरेको नयाँ काम के हो ?
अ)बाल कथा लेखन आ) बाल पत्रिका लेखन
बाल नाटक प्रकासन ई) बाल मन्दिर संचालन
उत्तर – आ) बाल पत्रिका प्रकाशन
ख)देवकुमारी अध्यक्ष रहेको संस्था कुन हो?
अ)विराट साहित्य संस्था आ) बाल पत्रिका प्रकाशन
बाल नाटक मन्च ई) अन्तर्राष्ट्रिय मन्च
उत्तर – अ ) विराट साहित्य संस्था
मिल्ने शब्द छानेर खाली ठाउँ भरि वाक्य पुरा गर :
क ) असल काममा हैसला दिने ब्यक्ति....... हुन्छन् ( थोरै, ज्यादै, अलिकति)
उत्तर – असल कानमा हैसला दिने व्यक्ति थोरै हुन्छन् |
ख)बाल बालिकाहरु नै देशका भविष्य ......... हुन् |( भार, निर्माता, खेलाडी)
उत्तर – बाल बालिका नै देशका निर्माता हुन् |
ग)नेपाली साहित्यमा देवकुमरीको ...... स्थान छ | ( गहिरो, विशिष्ट, चर्को )
उत्तर – नेपाली साहित्यमा देवकुमारीको विशिष्ट छ |
घ)हिमाल किशोर पहिलो नेपाली ....... हो |
( बाल पत्रिका, हिमाल साहित्य, बाल साहित्य )
उत्तर – हिमाल किशोर नेपाली बाल पत्रिका हो |
उत्तर लेख
क)देवकुमारीको बाल साहित्यमा कस्तो योगदान रहेको छ ?
उत्तर –देवकुमारी थापाको बाल साहित्यमा ठूलो योगदान रहेको छ | यिनले बाल बालिकाहरु देशका भविष्य निर्माता अनि समाज र राष्ट्रियको जग भएकोले उनीहरुलाई असल र शिक्षित तुल्याउने हेतुले बाल साहित्य सिर्जना गर्ने काम गरिन् | उनले नेपाली साहित्यमा बाल साहित्यको कमी देखी धेरै किताबहरु लेख्नने काम गरेकी छिन् | बालबालिकाहरुले छोटो र मिठोकथाहरु बढी मन पराउने भएकाले सोहीअनुसार थुप्रै कथा लेखिन् |असल वातावरण सकरात्मक सन्देशले भरिएको उनका बाल कथामा बाल मनोविज्ञानको सुन्दर प्रयोग भएको पाइन्छ | बाल बालिकाहरुको मनोवीज्ञानलाई ख्याल गरी लेखिएका उनका प्रतिनिधि रचनाहरुमा पुण्यात्मा आमा, रामको कथा, कथाको बटुलो, प्रलय प्रतिक्षा, टपरी, देवकुमारी थापाका उत्कृष्ट कथाहरु रहेका छन् | उनैले सर्वप्रथम हिमाल किशोर नामक बाल पत्रिका प्रकाशन गरेर बाल साहित्यको विकास र विस्तारमा योगदान पुर्याइन | उनको प्रेरणा धेरै बाल साहित्यकारहरु बाल साहित्य लेखनमा प्रवेश गरेको पाइन्छ | अत : नेपाली बाल साहित्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको स्पष्ट हुन्छ |
क) गङ्गाधरको चरित्र चित्रण गर्नुहोस् |
त्तर – मुखिया गङ्गाधरका दुई छोरामध्ये जेठा मुरलीधर पण्डित थिए | उनी सधैँ बिहान सबेरै नुहाउँथे र आधा दिन सम्म पूजापाठ गर्थे | उनी आफ्नो धर्मसंस्कृतिप्रति बढी नै श्रद्धा राख्दथे, अरूलाई सताउनु पाप ठान्थे , जिल्लामा पण्डित मुरलीधरका नामले प्रख्यात थिए, उनी परम्परागत किसिमका पहिरन मखमलको टोपी, च्यादर र ललाटमा चन्दन लगाएर हिंड्थे भने श्रीधर चाहिं राजनीतिक पार्टिका सदस्य र ग्राम विकासका प्रधान थिए | जुँगादारी खौरन्थे, धोक्रे सुरुवाल र कुर्था लगाउँथे, लामो बुलबुले कपाल पाल्थे, आधा अंग्रेजी, चौथाई संस्कृत, चौथाई नेपाली मिसाएर बोल्थे, पूजापाठमा गर्नु र टीकाचन्दन लगाउनु उनी दासत्व हो भन्थे | मुरलीधर र श्रीधरका बीचमा यस किसिमका चारित्रिक भिन्नता देखिन्छन् |
© 2019-20 Kullabs. All Rights Reserved.