देवकुमारी थापा

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

विश्वमा समाज, साहित्य र शिक्षाका क्षेत्रहरु भनेको धेरै फराकिला छन् | त्यहाँसम्म पुगेर सबैलाई हैसला दिने व्यक्ति थोरै हुन्छन् | यस पाठमा पनि देवकुमारी थापाले पनि नेपाली साहित्य र बाल साहित्य स्वास्थ्य क्षेत्रमा ठुलो योगदान गरेकी छिन् | बालबालिकाहरुको ज्ञान बिकास गर्नका लागि सानै देखि बाल साहित्यका किताबहरु अधययन गराउनु पर्छ | बाल बलिकहरुनै भोलिका देश निर्माण हुन् | उनि हरुलाई आजै देखि असल र गुणवान् बनाउनु जरुरि छ | भोलि देशका लागि उनीहरुलेकेहि गरुन् | गरिब, उत्पीडित, दुखी, महिला, दलितहरुको सधै सेवा र सहयोग गरुन् | भन्ने भावनाको सन्देश दिन खोजेको छ |
देवकुमारी थापा

देवकुमारीलाई किन उच्च विचार भएकी ब्यक्ति भनिन्छ ?

उत्तर – देवकुमारी थापा एक उच्च विचार भएकी स्रस्टा हुन् | उनी स्रस्टा मात्र होइन, शिक्षा र समाज सेवाका क्षेत्रमा पनि त्यतिकै सक्रिय ब्यक्ति हुन् | विशेषत : बाल बलिकालाई असल बन्न हैसला प्रदान गर्ने ब्यक्ति हुन् | देशका भविष्यका निर्माता तथा समाज राष्ट्रियको जग मानिएका बाल बालिकाहरु सुरुमै असल शिक्षा प्रदान गर्नु आवश्यक छ भन्ने ठानेर उनी साहित्य सिर्जनामा लागिन् | उनले बाल मनोविज्ञानलाई ख्याल गरी थुप्रै कथा लेखिन् | उनले स्वास्थ्य, शिक्षा र समाज सेवाका क्षेत्रमा समेत निस्वार्थ काम गरिन् |देवकुमारीले समाज सेवाबाट असहाय, उत्पीडित-विपन्न र रोगग्रस्त मानव समुदायको दुख, पीर हटाउन  सधै क्रियाशील भएर काम गरिन् | बालबालिकाहरुको हेरचाह र शिक्षामा सर्वाधिक चासो लिईन् | उनले बाल बालिकाहरुका लागि राम्रो शिक्षा दिन सधै सल्लाह दिन्थिन | उनका विचारमा, व्यवहार र क्रियाकलापका कारण उनलाई एक उच्च विचार भएको ब्यक्ति भनिन्छ |

Scholarships after +2 Abroad Studies Opportunities

देवकुमारी थापालाई के कारणले नागरिक अभिनन्दन गरियो ?

 उत्तर- देवकुमारी थापा नेपाली साहित्य, शिक्षा, समाज सेवा र पत्रकारिताका क्षेत्रमा सधै क्रियाशील रहने ब्यक्ति हुन् | उनले विशेष गरी बाल साहित्य र स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुर्याएकी छन् | बाल बालिकाहरु देशका भविष्यका निर्माता अनि समाज र राष्ट्को जग भएकोले उनीहरुलाई असल शिक्षा दिनु आवश्यक छ भन्न ठानेर सोहीअनुसार रचना सिर्जना गर्ने र प्रकाशन गर्ने काम गरिन् | हिमाल किशोर जस्ता बाल पत्रीका प्रकाशन गरी विभिन्न सस्थामा संलग्न भइ समाज सेवाको क्षेत्रमा पुर्याएको योगदान र उनको असल विचार र व्यवहार, आफ्नै खर्चमा बबरसिंह गुठीको स्थापाना जस्ता कार्यमा सदा क्रियाशील भएको कारण उनलाई २०५५ मा नागरिक अभिन्नदन गरियो |

 देवकुमारी थापालाई किन प्रेरणाकी मुहान मानिन्छ ?

 उत्तर -  देवकुमारी थापा असल गुण भएकी नारी प्रतिभा हुन् | उनले बालबालिकाहरु आजका देश निर्माता हुन् भनेर बुझेर बालबालिकाहरुको रुचि अनुसारको असल कुरा दिने हिसाबले बाल साहित्य सिर्जना गरिन् | बालबालिकाहरुको बौद्धिक बिकास गर्नका लागि थुप्रै काम गरिन् | विभिन्न संङघसंस्थाहरु खोल्ने, समाज सेवाको काम गर्ने र असल असल बन्न उत्प्ररित गर्ने काम गरिन् | बालमैत्री वाताबरण शिक्षा दिन सबैलाई दिने थापाले मानव सेवा र राष्ट्र सेवाको निम्ति असल काम गर्ने ब्यक्ति हुन् | उनका हरेक कार्यलाई प्रेरणाका श्रोत बनेका छन् | त्यसैले उनलाई शिक्षा, साहित्य र समाज सेवाका क्षेत्रमा प्रेरणाकी मुहान भनिन्छ |

देवकुमारी थापाले के कस्ता सम्मान पुरस्कार पाइन् ?

 उत्तर - देवकुमारी थापाले आजीवन शिक्षा, साहित्य  समाज सेवामा आफ्नो जीवन दिइन् | खास गरी बालसेवा, मानव सेवा, र राष्ट्र सेवामा लागिन् | उनले पुर्याएको योगदानको कदर स्वरूप उनले उत्तम कुवर पुरस्कार, प्रतिभा पुरस्कार, महेन्द्र पुरस्कार, सेवा पदक, गोरखा दक्षिण बाहु, रत्न श्री स्वण पदक जस्ता  राष्ट्रिय सम्मान र पुरस्कार पाइन् |

  देवकुमारी थापाले  शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदानको चर्चा गर |

देवकुमारी थापाको शिक्षा र स्वास्थ्य क्षेत्रमा जस्तै साहित्य क्षेत्रमा पनि उतिकै योगदान रहेको छ | बालबालिकाहरुलाई असल र सक्षम बनाउन  साहित्य सृर्जनामा लागिन् | उनले बालबालिकाहरु  लागि थुप्रै बाल साहित्य प्रकाशन गरिन् |देवकुमारी थापाले नेपाली समाजमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा उदाहरणीय काम गरेकी छन् भने साहित्यका क्षेत्रमा ठुलो योगदान पोर्याएकी छिन् |

  पाठको तेस्रो अनुच्छेद पढी चार ओटा बुदाहरु टिपेर साराश लेख ?

उत्तर –  बुदाटिपोट

  • देवकुमारी थापामा बालबालिकाहरु देशका भविष्यका निर्माता र समाज तथा राष्ट्रका जग हुन् भन्ने भावना रहेको |
  • उनी बालबालिकाहरुलाई असल र शिक्षित गर्न साहित्य शृजनामा लागेको |
  • बाल बालिकाहरुको चैतर्फी विकास गर्न बाल संस्था र समाज सेवामा समर्पित भएकी र
  • मानिसको मुख्य कर्तब्य सेवा हो भन्ने उनी प्रेरणाकी स्रोत बनेकी |

 प्रेरणाकी स्रोत देवकुमारी थापा

देवकुमारी थापा बाल बालिकाहरुलाई असल र शिक्षित बनाउन साहित्य सिर्जनामा लागिन् र उनीहरुको चैतर्फी विकास गर्न संङघसंस्थाहरुको स्थापना गरी समाज सेवामा लागिन् | मानिसको मुख्य कर्तब्य नै सेवा हो भन्ने थापाको सबैका निम्ति प्रेरणाकी स्रोत बनेकी थिइन् |

  तल छ्यासमिस पारेर विपरितार्थी शब्द राखीएको छन् | उदाहरणा हेरी मिल्ने शब्द छानेर जोडा मिलाऊ :

उदाहरण : सक्षम = असक्षम

शिक्षित, पत्नी, सहाय, अशिक्षित, पति, विपन्न, थोरै, असहाय, सम्पन्न, सक्रिय, धेरै, निष्क्रिय, असल, रुचि, खराब, नमिठो, अरुचि, मिठो

 उत्तर   शिक्षित   -  अशिक्षित

          पत्नी     -  पति

        सहाय    - असहाय

        विपन्न    - सम्पन्न

       थोरै      - धेरै

       सक्रिय    - निष्क्रिय

      असल    - खराब

      रुचि     - अरुचि

      नमिठो  -  मिठो

 १०. तलको अर्थ बताऊ :

जग, प्रेरणा, निर्माता, अमर, उदाहरण, व्यवस्था, ,चौतर्फी ,हौसला, कर्तब्य, अडिग

उत्तर =

जग – आधार, भर

प्रेरणा – हौसला, अभिप्रेरणा

निर्माता – उत्पादक

अमर –  अजम्बरी

व्यवस्था – प्रबन्ध

उदाहरण – नमुना

चौतर्फी – चारैतिर

 हौसला – प्रोत्साहन

कर्तब्य – असल आचरण

अडिग – डेग

 

११. अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर :

 आफन्त, आजीवन, मानव, समर्पित, प्रेरणादायी, मुहान

 उत्तर – आफन्त – रिता आफन्तसंग मात्र होइन कसैसंग नी झगडा गर्दैन |

आजीवन – देवकुमारी थापाले आजीवन बाल साहित्यको बिकास र विस्तारका निम्ति काम गरिरहिन् |

मानव – मानवको मुख्य कर्तब्य भनेको सेवा हो |

समर्पित – देवकुमारी थापाले नेपाल आएर समाज सेवामा समर्पित भइन् |

प्रेरणादायी – हामीले पनि देवकुमारी थापाले जस्तै प्रेरणादायी काम गरेर महान् बन्न सक्नु पर्छ |

मुहान – नेपालको मुख्य नदीहरुको स्रोत भनेकोहिमालका मुहान नै हुन् |

 देवकुमारी थापा

देवकुमारी थापाको जन्म भारतको दार्जीलिङ क्षेत्रअन्तर्गत खरसाङमा भएको हो | वि. स. १९८५ बैशाख २२ गतेका दिन भएको हो | उनी माता रमादेवी र पिता हस्तबहादुर कटुवालकी कान्छी छोरि हुन् | उनको बिबाह नेपालमा भएको थियो उनको पतिको नाम बबरसिंह थापा हो | उनी सानै देखि प्रतिभाशाली थिइन् | सानै देखि अध्यन क्षेत्रमा राम्रो थिइन् | उनले स्वास्थ्य क्षेत्रमा डिप्लोमा गरेकी थिइन् | उनी बिबाहपछि वि. स. २०२२ मा नेपाल आएर विभिन्न क्षेत्रमा काम गर्न सुरु गरिन् | उनले बालबालिकाहरुको लागि विभिन्न बाल पत्रपत्रिका निकालिन| बालबालिकाहरुको क्षमता बिकास गर्नका लागि साहित्य किताबहरु प्रकाशन गरिन् | साथै स्वास्थ्य क्षेत्रमा पनि उतिकै सेवा गरिन् | गाउँगाउमा पुगेर महिला, गरिब, दलित र दुखिलाई सधै सेवा गरिन् | देवकुमारी थापाले विभिन्न पुरस्कार पनि पाइन् | वि. स. २०५५मा नगारिक अभिनन्दन पनि पाइन् | उनले प्रतिभा  पुरस्कार, महेन्द्र पुरस्कार, सेवा पदक, गोरखा दक्षिण बाहु पुरस्कार, रत्न श्री पदक जस्ता राष्ट्रिय स्तरका सम्मान र पुरस्कार पाइन् |

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.