कम्प्युटर र इन्टनेट

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

कम्प्युटर र इन्टनेट

पाठ १६

प्रबन्ध

१) कम्प्युटर र इन्टरनेट

क)कम्प्युटरका विशेषताहरु के के हुन् |

उत्तर – अङक गणितीय जटिलतम समस्याहरुलाई तीव्र गतिका साथ सही ढङ्गले सम्पादन गर्नु, एकै समयमा अधिकतम कार्यहरु सम्पन्न गर्न सक्नु र  निर्जीव वस्तु भएर पनि धेरै तथ्यहरुलाई लामो समयसम्म स्मरण र भण्डारन गरी राख्न कस्नु कम्प्युटरका विशेषता हुन् |

ख) कम्प्युटरमा कस्तो क्षमता हुन्छ ?

उत्तर – कम्प्युटरमा धेरै तथ्यहरुलाई लामो समयसम्म स्मरण र भण्डारन गरी राख्न सक्ने क्षमता हुन्छ |

Scholarships after +2 Abroad Studies Opportunities
  • कम्प्युटरका पिता भनेर कसलाई भनिन्छ ?

उत्तर – कम्प्युटरका पिता भनेर चार्ल्स बाबेजलाई भनिन्छ |

  • इमेलमार्फत कुन कुन कुरा साटासाट गर्न सकिन्छ |

उत्तर – इमेल मार्फत फाइल स्थानान्तरण वा आदानप्रदान, अनलाईन कुराकानी र संसारका मानिसका जुनसुकै क्षेत्रको ज्ञान, विचार र अनुभवहरु साटासाट गर्न सकिन्छ |

  • ठिक बेठिक छुट्याऊ :
  • खोज र अनुसन्धानमा प्रयोग कम्प्युटरको प्रयोग गरिन्छ |

उत्तर – ठिक

  • इन्टरनेट कम्प्युटरको माध्यमबाट प्राप्त भएको महत्वपूर्ण उपलब्धि हो |

उत्तर – ठिक

  • इमेल सबैभन्दा ठुलो कम्प्युटर संजाल हो |

उत्तर –बेठिक

  • कम्प्युटर र इन्टरनेट आज अभिशाप सावित भएका छन् |

उत्तर – बेठिक

 

  • उपयुक्त शब्द राखी खाली ठाउँ भर :
  • कम्प्युटर आधुनिक विज्ञानले दिएको अनुपम........... हो |

उत्तर – कम्प्युटर आधुनिक विज्ञानले दिएको अनुपम उपहार हो |

  • इमेलको उपयोग गरी ......... गर्न सक्छौ |

उत्तर – इमेलको उपयोग गरी अनलाईन कुराकानी गर्न सक्छौ |

  • विचार र अनुभवको साटासाट...............मार्फत गर्न सकिन्छ |
  • उत्तर – विचार र अनुभवको साटासाट इमेल मार्फत गर्न सकिन्छ |
  • इन्टरनेटमा जडान भैसकेपछी................. आफैमा नेटवर्क हो |
  • उत्तर - इन्टरनेटमा जडान भैसकेपछी कम्प्युटर आफैमा नेटवर्क हो |

 

 

 

 

 

  • तलका प्रश्नहरुको उत्तर लेख :
  • कम्प्युटरलाई किन मानव मस्तिष्कसंग तुलना गरिन्छ |

उत्तर –  कम्प्युटर आधुनिक विज्ञानले प्रदान गरेको विशिष्ट उपहार हो | यसलाई एक सामान्य प्रयोजनको जटिल विद्युतीय स्वचालित उपकरणका रुपमा लिइन्छ | यसले मानव मस्तिष्कले भन्दा पनि जटिल पक्षहरुको समाधान गर्न सक्ने क्षमता राख्दछ | यसले एउतै समयमा सहि ढंगले समस्याहरु समाधान गर्न सक्ने र अधिकतम कार्यहरु सम्पन्न गर्ने काम पनि गर्छ | यो एउटा निर्जीव वस्तु हो तर पनि यसले धेरै तथ्यहरुलाई लामो समयसम्म स्मरण र भण्डारन गरी राख्न सक्ने क्षमता राख्छ | त्यसैले मान्छेको मस्तिष्कले झै लामो समयसम्म धेरै सुचनाहरु स्मरण गर्ने भण्डारन गर्ने क्षमता कम्प्युटरमा रहेकोले यसलाई मानव मस्तिष्कसंग तुलना गरिन्छ |

 

 

 

  • कम्प्युटरको उपयोग कुन कुन क्षेत्रमा गर्न सकिन्छ |

उत्तर – कम्प्युटरको प्रयोग आज धेरै क्षेत्रमा गर्न सकिन्छ | खास गरी शिक्षा, स्वास्थ्य, उद्योग, यातायातदेखि अन्तरिक्षको र अनुसन्धान तथा मानवको नियन्त्रण र सन्चालन आदि क्षेत्रमा कम्प्युटरको प्रयोग गरिन्छ | आज विद्यालय, महाविद्यालय, सरकारी कार्यलयमा साथै अस्पातल जतातै यसको प्रयोग  गरिन्छ | यस्तै एउटा भाषाको साम्रगी अर्को भाषामा अनुवाद गर्ने कार्यदेखि लिएर मतगणना, मनोरन्जनात्मक क्षेत्रमा प्रयोग हुदै आएको छ | त्यसैले कम्प्युटरको उपयोग व्यापक क्षेत्रमा गर्न सकिन्छ |

 

  • इन्टरनेटले के के काम गर्दछ |

उत्तर – इन्टरनेटले धेरै काम गर्छ | यसले विश्वको कुनै

पनि ठाउको सूचनालाई विद्युतीय गतिमा विश्वका मानिस हरुलाई सहजरुपमा पुर्याउने काम गर्छ | कम्प्युटर संजालका माध्यमबाट यसले एउटा कम्प्युटर र अर्को कम्प्युटरका बिचमा सूचना प्रवाह गर्ने काम गर्दछ | इन्टरनेट सबैभन्दा ठुल्लो कम्प्युटर संजाल हो | यसमा विश्वका लाखौं करोडौं कम्प्युटरहरु जडान गरिएको हुन्छ | यसमा विश्वमा घटेका घटना, समाचार, ब्यापारिक गतिविधिआफि सम्पूर्ण कुराको जानकारी प्राप्त गर्न सकिन्छ | यसले विश्वको कम्प्युटरका बिचमा सूचना र संचार प्रवाह गरी अन्तर्सम्बन्ध स्थापना गरीदिने काम पनि गर्छ | यसरी इन्टरनेटले अनेकै काम गर्ने गर्छ |

 

  • भाव विस्तार गर :

कम्प्युटर र इन्टरनेट मानव जीवनको हरेक क्षेत्रमा उत्तिकै उपयोगी छन् |

उत्तर – कम्प्युटर र इन्टरनेट आजको मानव जीवनका लागि

 वरदान नै सावित भएको छ | कम्प्युटरले गणितीय समस्यादेखि लिएर धेरै भन्दा धेरै कामहरु छिटो र सजिलो बनाएको छ | मानिसलाई शिक्षा देखि लिएर अन्तरिक्षसम्मको यात्रालाई सहज बनाएको छ  | विभिन्न खोज र अनुसन्धानलाई सजिलो बनाउन सहयोग गरेको छ | विश्वका मानिसहरुआज बिना कम्प्युटर र इन्टरनेट नहुदा काम गर्न नसक्ने स्थितिमा पुगेका छन् |

 

कम्प्युटर जस्तै इन्टरनेट पनि मानव जीवनका लागि उत्तिकै उपयोगी मानिन्छ | यसले विश्वका कुनै पनि सूचनालाई विद्युतीय गतिमा मानव समुदाय समक्ष सहजै पुर्याउन सक्छ | दुई वा दुई भन्दा बढी कम्प्युटरबिच तार वा बिना तारको माध्यमबाट सम्पर्क स्थापना गराई तथ्यांक तथा सूचना आदानप्रदान गर्ने कम्प्युटर संजालका माध्यमबाट सूचना प्रवाह गर्छ | त्यसैले आजको विश्व मानव जीवनका लागि इन्टरनेट सबैभन्दा ठुलो कम्प्युटर संजाल हो | इन्टरनेटको माध्यमबाट आज हजार्रै मानिसहरुले सुचना र विश्व हेर्न पाएका छन् |

 

विज्ञानको महत्वपूर्ण उपलब्धिका रुपमा आएका कम्प्युटर र इन्टरनेटले मानव जीवनसहज बन्नुको साथै निकै ठुलो परिवर्तन पनि ल्याइदिएको छन् | अत : कम्प्युटर र इन्टरनेट मानव जीवनका हरेक क्षेत्रमा उपयोगी सिद्य भएका छन् |

 

  • कम्प्युटर र इन्टरनेटको प्रयोगबिनाको मानव जीवन अधुरो र अपुरो देखिनुको कारणहरु के के हुन्. खुलस्त पार |

उत्तर – कम्प्युटर र इन्टरनेट आजको मानवको अभिन् अंग नै भएको छ | यिनको प्रयोगबिनाको मानव जीवन अधुरो र अपुरो देखिन सक्ने अवस्था श्रजना भएको छ | कम्प्युटर र इन्टरने प्रयोग नगर्ने हो भने आजका मानिसहरु फेरी पहिलाको ढुंगे युगमा फर्किने अवस्था रहन्छ |

 

आज कम्प्युटर र इन्टरनेटको प्रयोग दूरसंचार, हुलाक, वायुसेवा, अस्पातल, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार आदि क्षेत्रमा अपरिहार्य बन्दै गएको छ | यिनका प्रयोगबिना कुनै पनि काम गर्न असम्भव भइसकेको छ | प्रभावकारी ढंगले दस्तावेज लेखन,सम्पादन गर्न वा भण्डारन गर्न, छिटो भन्दा छिटो कुनै कुराको परिक्षण गर्न, शिक्षण सिकाई गर्न, खोज,अनुसन्धान जस्ता कार्यमा यिनको सहज प्रयोग र उपलब्धताका कारण मानव जीवनका हरेक कार्य र क्षेत्रमा सहयोग पुर्याइएको छ |

 

वास्तवमा आज कम्प्युटर र इन्टरनेट मानवका लागि साच्चिकै वरदान सावित भएको छ | आज संसारका ज्ञान सम्पूर्ण कुरा इन्टरनेटमा जोडीएका छन् | यिनै कारणहरुले गर्दा कम्प्युटर र इन्टरनेटको प्रयोगबिनाको आजको मानव अपुरो र अधुरो देखिन थालेको छ |

  • मिल्दो अर्थ छानेर जोडा मिलाऊ :

सूक्ष्म      उपकरण    स्वचालित    अनुपम     मस्तिष्क   अपुरो   

आफै चल्ने     अनौठो     अति सानो    अन्तर्सम्बन्ध    अधुरो    यन्त्र      दिमाग

उत्तर – सूक्ष्म   - अति सानो

उपकरण – यन्त्र

स्वचालित – आफैं चल्ने

अनुपम – अनौठो

मस्तिष्क  - दिमाग

अपुरो – अधुरो

 

  • उल्टो अर्थ दिने शब्द छानी जोडा मिलाऊ :

जटिल    आदान      वैज्ञानिक    सजीव    स्वीकार  

प्रदान    अस्विकार    सरल    निर्जीव    अवैज्ञानिक 

सार्थक

 

उत्तर – जटिल   = सरल

आदान        = प्रदान

वैज्ञानिक      =  अवैज्ञानिक

सजीव        = निर्जीव

स्वीकार       =  अस्विकार

 

  • पाठमा कम्प्युटर, टेलिफोन, डेस्कटप जस्ता पाविधिक शब्दहरु प्रयोग भएका छन् | पाठबाट दस ओटा प्राविधिक शब्दहरु टिप र वाक्यमा प्रयोग गर |

उत्तर – उपकरण = जहाजमा थुप्रै उपकरणहरु जडान गरिएका हुन्छन् |

यन्त्र = कम्प्युटर मानव मस्तिष्कद्रारा तयार पारिएको अति विशिष्ट यन्त्र हो |

शल्यक्रिया =  डाक्टरहरुले बिरामीको नडराईकन शल्यक्रिया गर्छन् |

ल्यापटप = भाइले मलाई जापानबाट ल्यापटप ल्याईदिएको छ |

क्यालकुलेटर = क्यालकुलेटरले गर्दा आज हामीलाई गणितको हिसाब गर्न सजिलो भएको छ |

इन्जिन = गाडी इन्जिनबाट चल्न सक्दैन |

इन्टरनेट = आजकल सम्पूर्ण मानिसहरु इन्टरनेटको प्रयोग गर्छन् |

टेलिफोन = टेलिफोनको बढ्दो प्रयोगले गर्दा हुलाकमा चिठी पठाउन माध्यम नै विस्थापित भएको छ |

इमेल = मलेसियाबाट मलाई बुबाले इमेल गर्नु भयो |

अनलाईन  = दाजुसंग मैले हिजो अनलाईनमा कुरा गरेको थिए |

  • तलका शब्दको अर्थ लेख :

नियन्त्रण     आर्थिक       जटिलतम      क्षितिज

 

उत्तर – नियन्त्रण =  नियमन गर्ने काम, गतिविधिको संचालन

आर्थिक  = धनसम्पति सम्बन्धी, धनको कारोबारसंग सम्बन्धित

जटिललम = जटिल हुनाको अवस्था, कठिनतम

क्षितिज = पृथ्वी र आकाश जोडिएको जस्तो देखिन आफू बसेभन्दा परको आकाशको परिधि वा त्यस्तो

  • उप + करण = ‘उपकरण’ भए जस्तै तल दिएका शब्दमा ‘उप’ उपसर्ग लगाएर नयाँ शब्द बनाऊ :

सर्ग,    कार,   देश,    चार,     योग

उत्तर – सर्ग = उप – सर्ग  = उपसर्ग

कार   - उप + कार = उपकार

देश – उप  = चार = उपचार

योग – उप + योग = उपयोग

  • गणित + ईय = ‘गणितीय’ भए जस्तै तल दिइएका शब्दमा ‘ईय’ प्रत्यय जोडेर नयाँ शब्द बनाऊ :

ताप,   तथ्यांक,     केन्द्र,   गणना,   वर्ग,    विद्युत्

उत्तर – ताप – ताप + ईय = तापीय

तथ्यांक – तथ्यांक + ईय = तथ्यांकीय

केन्द्र – केन्द्र + ईय = केन्द्रिय

गणना – गणना + ईय = गणनीय

वर्ग – वर्ग + ईय = विद्युतीय

  • तल दिइएका शब्द सूमुहबाट शुद्ध शब्द छानेर लेख :
  • मस्तिश्क, मस्तिष्क, मशिक्स्क

उत्तर – मस्तिष्क

  • सक्तिशालि, शक्तिसाली, शक्तिशालि

उत्तर – शक्तिशालि

  • परिक्षण, परीक्षण, परिक्षन

उत्तर परिक्षण

  • शारिरिक, शारीरिक, शारिरीक

उत्तर – शारीरिक

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.