विज्ञान अभिशाप नभई वरदान

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

विज्ञान अभिशाप नभई वरदान

पाठ १३

वादविवाद

विज्ञान अभिशाप नभई वरदान

तलका प्रश्नहरुको उत्तर लेख :

  • वाद विवाद प्रतियोगिताको संचानल कहाँ हुदै छ ?

उत्तर – वाद विवादको प्रतियोगिताको संचालन कौलालीको धनगडीमा अवस्थित तिलनगर उच्च माध्यमिक विद्यालयको आँगनमा

हुदै छ

  • वाद विवादको प्रतियोगितामा कति जना प्रतियोगीहरुले लिएका छन् |

उत्तर – वाद विवाद प्रतियोगितामा चार जना प्रतियोगीहरुले भाग लिएका छन् |

Scholarships after +2 Abroad Studies Opportunities
  • वाद विवाद प्रतियोगिता कुन विषयमा भएको थियो ?

उत्तर – वाद विवाद प्रतियोगिता ‘ विज्ञान अभिशाप नभई वरदान’ भन्ने विषयमा भएको थियो |

  • ‘विज्ञान अभिशाप होइन वरदान हो ‘ भन्ने विषयको पक्ष र विपक्षमा ककले बोले ‘

उत्तर – ‘विज्ञान अभिशाप होइन वरदान हो’ भन्ने विषयको पक्षमा सीमा खान र गोपाल बुढामगर अनि विपक्षमा मोनिका बुढाथोकी र आशाराम थारुले बोले |

२) तलका भनाइ कसले भनेको हो, भन :

क) प्रतियोगीहरुले आफ्ना विचारहरु राख्दा अत्यन्तै शिष्ट र शभ्य भाषामा राख्नुपर्ने  छ |

उत्तर – यो भनाइ उद्घोषकले भनेको हो |

  • जल, थल, र नभमा समेत मानिसको विजय प्राप्त गरेको छ |

उत्तर यो भनाइ सीमा खानले भनेकी हुन् |

  • बिफर,प्लेग र हैजा जस्ता प्रणा घातक रोगलाई विज्ञानले नियन्त्रणमा लिएको छ

उत्तर – यो भनाइ सीमा खानले भनेकी  हुन्

  • विज्ञानले विपत्ति ध्वंसलाई निम्त्याएको छ |

उत्तर यो भनाइ मोनिका बुढाथोकीले भनेकी हुन् |

  • मानिसमा दुर्भावना बढ्दा मानवताका पर्खालहरु गल्यार्मगुर्लुम ढलेका छन् |

उत्तर – यो भनाइ आशाराम थारुले भनेका हुन् |

तलका प्रश्नहरु उत्तर लेख :

  • आधुनिक युग मानवका निम्ति किन वरदान सावित भएको छ ?

उत्तर – आजको विज्ञान प्रविधि र कम्प्युटरकाकारण आधुनिक युग मानवका लागि वरदान सावित भएको छ | प्राचिन युगको मानव बर्से भेललाई पार गर्न नसकेर नदीको पारीपट्टी निरास भइ वाल्ल परेर हेरिन्थियो | आधुनिक युगमा आइपुग्दा विज्ञान प्रविधिलेका कारण पानीजहाज, रेल, मोटर, कार, हवाइजहाज जस्ता यातायातका साधनले मावन जीवनमा ठुलो परिवर्तन ल्याइदिएको छ | मानवजीवनलाई गरिबी बाट धनि तिर लम्काएको छ |अध्यारोबाट उज्यालोतिर डोर्याउने काम गरेको छ | आज मानवका निम्ति मानिसका लागि खतरा मानिने रोगहरु समेत विज्ञानले नियन्त्रण गरि मानव जीवनलाई सहज बनाईदिएको छ | यन्त्र मानवको आविष्कारले मानिसका लागि कठिन काम हरु समेत सहज ढंगले सम्पन्न हुने गरेका छन् | यिनै विविध कारणले गर्दा आधुनिक युग मानवका  निम्ति वरदान सावित भएको छ |

  • विज्ञानलाई अभिशाप मान्नुपर्ने कारणहरु के के हुन् |

उत्तर – विज्ञानलाई अभिशाप मान्नुपर्ने कारणहरु थुप्रै रहेका छन |विज्ञानले आविष्कार गरेकादोस्रो विश्व युद्धमा अमेरिकाले छाडेका अणुबम र एटम बमले जापानका सुन्दर सहर हिरोसिमा र नागासाकी ध्स्वस्त भए | लाखौं मिनिसले अकालमा ज्यान गुमाएकाथिए |त्यसको  पिडाले अहिले पनि मानिसलाई साताइरहेको छ | विज्ञान  प्रविधिले आविष्कार गरेका शस्त्रअश्त्रहरु मानिसको खुसी र सुन्दर संसार ध्वस्त पार्न मात्र प्रयोग भएका छन् |विज्ञानले विकास र निर्माण मात्र होइन विपत्ति र ध्वस्त समेत बनाएको छ |यन्त्र मानिसको आविष्कारले मानवजीवनमा अकल्पनीय परिणामहरु ल्याएको छ | वातावारणलाई नकारात्मक प्रभाव परेको छ|  जीवजन्तुको बासस्थानमा समेत असर पुर्याएको छ | उत्पादनमा समेत प्रभाव परेको छ | मानव र संसारको अहिले गर्ने विज्ञानलाई अभिशाप मान्नुपर्ने कारणहरु यिनै हुन् |

  • आशाराम थारुले भनेका मुख्य कुरा लेख |

उत्तर – आशाराम थारुले विज्ञानलाई अभिशाप मान्दै विज्ञानकै कारण मानवजीवन असहज,जटिल र यान्त्रिक बनेको कुरा बताएका छन् | साथै उनले मानवीय मूल्य र मान्यताहरु समाप्त भएको कुरा पनिउल्लेख गरेका छन् | यस्तै उनले विज्ञानले आविष्कार गरेका हात हतियारले संसारमा त्रास श्रजना गरेको र प्राकुर्तिक सुन्दरतापनि नशा गरेको कुरा पनि उल्लेख गरेका छन | आणविक हतियार उत्पादन, परिक्षण र प्रयोगले माटोको उर्वरा शक्ति कमजोर भएको, मानवमा अनेक रोग र त्रास फैलिएको छ भने सङ्कटको भुमरीमा फस्दै गएको कुरा पनि उल्लेख गरेका छन् |

 

  • यदि तिमि यस वादविवाद प्रतियोगितामा निर्णयक बन्ने अबसर पाएको भए क्सलिया पहिलो घोषित गर्थ्यो र किन ?

उत्तर – यदि म यस वाद विवाद प्रतियोगितामा निर्णायक बन्ने अवसर पाएको भए मोनिका बुढाथोकीलाई पहिलो घोषित गर्थे | उनले ‘विज्ञान अभिशापबाट नभई बरदान हो ‘ भन्ने विषयको पक्षमा दिएका तर्कहरु निक चाखलाग्दो छ | विज्ञानले गरेका आविष्कारहरु जस्तै रेडियो, टेलिभिजन, मोवाइल, आदिमानिसका लागि वरदान नै सावित भएका छन् भनी गरेको तर्कलाई कसैले इन्कार गर्न सक्दैन | विज्ञान, मानवको अभिन्न अंग बनेको, आबृतिउटा सानो कोठामा बसेर संसारका कुराहरु हेर्न अवलोकन गर्न विज्ञानकै कारण हो, | यस्तै एक ठाउँमा बसेर हामीले संसार भरी आफ्ना आफन्तसंग कुरा गर्न सक्छौ यो पनि विज्ञानकै कारण हो | विज्ञानले आज शिक्षा, यातायात, कृषि,उद्योग, आदिको क्षेत्रमा ठुलो परीवर्तन गरेको छ | उनको विज्ञानले आविष्कार गरेका साधनहरुलाई सही किसिमले प्रयोग गरिनु पर्ने सुझाप पनि निकै उत्कृष्ट छ | अत : म वाद वीवाद प्रतियोगितामा निर्णायक बन्ने अवसर पाएको भए मोनिका बुढाथोकीलाई पहिलो घोषित गर्थे किनभने उनले विज्ञानका पक्षमा दिएका तर्कहरु बढी वैज्ञानिक र उपयुक्त रहेका छन् |

  • विज्ञान वरदान हो भन्ने पक्षमा बोल्ने दुवै वक्ताका तर्कहरु राम्ररी पढेर पाँच ओटा बुँदा टिप र सारांश लेख :

उत्तर – क) विज्ञानको आविष्कारले गरेका वस्तुले आधुनिक मानव जीवन सुविधा सम्पन्न भएको र उसको जीवनमा ठुलो परिवर्तन आएको,

  • आजको मानिसले जल, थल र नभमा विजय प्राप्त गरेको,
  • विज्ञानकै कारण बिफर, प्लेग र हैजा जस्ता प्रणा घातक रोगहरु नियन्त्रणमा आएका,
  • आज विज्ञानले आविष्कार गरेका वस्तु मानवका अभिन्न अङ्ग बनेका र संसार निकै साँघुरो बनेको छ |
  • विज्ञानले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा यातायातका क्षेत्रमा ठुलो परिवर्तन ल्याएको |

 

 

विज्ञान र मानव जीवन

विघयंले आविष्कार गरेका वस्तु उपयोग गर्न पाएपछी मानव जीवन सुविधा सम्पन्न हुनुका साथै उसको जीवनमा ठुलो परिवर्तन आएको छ | आज मानिस हरेक हिसाबले शक्तिशालि बन्दै गएको छ  र डरलाग्दो रोगहरुबाट मानिसले छुटकारा पाउने अवस्था श्रजना भएको छ | विज्ञानले आविष्कार गरेका वस्तु मानवमा अभिन्न अङ्ग बनेका र विज्ञानले नै संसार पनि साँघुरो बनाएको छ | यसले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा यातायात क्षेत्रमा समेत ठुलो परिवर्तन ल्याएर मानव जीवनलाई सहज र खुसी बनाएको छ |

 

 

 

 

 

 

 

 

तलका तालिकामा देखाए जस्तै गरी प्रत्यय जोडी शब्द बनाऊ :

प्रत्यय

शब्द

शब्द + प्रत्यय

थप शब्दहरु

इक

समुद्र

समुद्र + इक = सामुद्रिक

समाज, दिन, विज्ञान, यन्त्र

इत

विकास

विकास + इत = विकसित

केन्द्र, प्रदूषण, संचालन, प्रतिष्ठा

ईय

ताप

ताप + ईय = तापीय

मानव, दानव, केन्द्र, स्वर्ग, आत्मा

 

उत्तर – इक :

समाज + इक = सामाजिक

दिन + इक = दैनिक

विज्ञान + इक = यान्त्रिक

इत :

केन्द्र + इत = केन्द्रित

प्रदूषण + इत = प्रदूषित

संचालन + इत = संचालित

प्रतिष्ठा + इत = प्रतिष्ठित

ईय :

मानव + ईय = मानवीय

दानव + ईय = दानवीय

केन्द्र + ईय = केन्द्रिय

स्वर्ग + ईय = स्वर्गीय

आत्मा + ईय = आत्मीय

  • तलका शब्दको अर्थ लेख :

वरदान     आक्षेप      अभिशाप     अन्तरिक्ष

उत्तर – वरदान =  इच्छा गरिएको वस्तुको प्राप्ति, वर, आशिर्वाद

आक्षेप = आरोप, गाली, दोष

अभिशाप = हानी नोक्सानी.सराप

अन्तरिक्ष = पृथ्वी र ग्रह, नक्षत्र आदिको बिचको खाली भाग, आकाश

 

  • अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर :

गल्यार्मगुलुर्म     शिष्ट      टुलुटुलु      प्रणा घातक,    साँघुरो

उत्तर – पोहिर सालको भूकम्पले गर्दा काठमाडौँका घरहरु गल्यार्मगुर्लुम भएर लड्यो |

शिष्ट – हामीले सबैसंग शिष्ट व्यवहार गर्नुपर्छ |

टुलुटुलु =  दाइले मलाई रिसले टुलुटुलु हेर्नु भयो |

प्रणा घातक = आज संसारमा थुप्रै प्रणा घातक रोगहरु फैलिंकै छन् |

साँघुरो = स्कुल जाने बाटो साँघुरो भएको कारणले गर्दा सधै घुमेर जानुपर्छ |

 

  • तल दिएका प्राविधिक शब्दहरुलाई वाक्यमा प्रयोग गर :

कम्प्युटर      इन्टरनेट     यन्त्र मानव     परमाणुबम      एटम बम

उत्तर – कम्प्युटर = आजको विश्व कम्प्युटर बिना चलन सक्दैन |

इन्टरनेट = इन्टरनेटको प्रयोगले गर्दा देशविदेशमा बस्ने आफन्त संग कुरा गर्न सजिलो भएको छ |

यन्त्र मानव = यन्त्र मानवले असम्भव कामहरु पनिसजिलै गर्छ |

एटम बम = एटम बमको प्रयोग मानव हित विरुद्ध गर्नु राम्रो होइन |

  • उल्टो अर्थ दिने शब्द छानेर जोडा मिलाऊ :

सम्भव     वरदान     आधुनिक    दुरुपयोग     उपयोग    असम्भव      प्राचिन    अभिशाप      आविष्कार    

उत्तर = सम्भव – असम्भव

वरदान – अभिशाप

आधुनिक – प्राचिन

दुरुपयोग – उपयोग

११ ) मिल्दो अर्थ दिने शब्द छानेर जोडा मिलाऊ :

प्रगति      त्रास     कपोलकल्पित   नयाँ   निदान   उन्नति   मन गढ़न्ते समाधान    सन्त्रास     नविन     गोपनियता  

उत्तर – प्रगति = उन्नति

त्रास = सन्त्रास

कपोल कल्पित = मन गढ़न्ते

नयाँ = नविन

निदान = समाधान

  • आशाराम थारुले बोलेका कुराहरु पढी जीवन, मानवीय शब्दमा जस्तै दिर्घ इकार प्रयोग भएका पाँच ओटा अरु शब्द खोजेर लेख :

उतर – परीक्षण,     गरिबी,      औषधी,   औद्यागिकीकरण,   वातावरणीय

 

  • सिमा खानले बोलेका कुरा हरु पढी ‘ विज्ञान, विषय, शब्दमा जस्तै शब्दको सुरुमा ह्र्स्व इकार लागेका पाँच ओटा शब्दहरु खोजेर लेख :

उत्तर – विवाद, विपन्नता, निम्ति, बिफर, नियन्त्रण

  • तल दिएका शब्द समूहबाट शुद्घ शब्द छानेर लेख :
  • आदनिर्य, आदरणिय, आदरणीय

उत्तर - आदरणीय  

  • अभिशाप, अभीसाप\,  अभिसाप

उत्तर – अभिशाप

  • अतिथि, अतिथी,    अतिथि

उत्तर – अतिथि

  • पुर्वबक्ता, पूर्ववक्ता,   पूर्ववक्ता

उत्तर – पूर्ववक्ता

 

  • पाठमा प्रयोग बेका शिरबिन्दु लागेका केही शब्दहरु तल दिएका छन् | तिनलाई वाक्यमा प्रयोग गर :

हिंसा,     संसार,   नरसंहार,     ध्वंस,    संज्ञा

उत्तर – हिंसा = हतियारकोआविष्कारले संसारमा हिंसा बढेको छ |

संसार = संसारमा वैज्ञानिकहरु थुप्रै जन्मिएका छन् |

नरसंहार = दोस्रो विश्वयुद्धमा नरसंहारका धटनाहरु थुप्रै घटेका थिए |

ध्वंस = संसारमा थुप्रै विपत्ति र ध्वंसका घटनाहरु भएका छन् |

संज्ञा = उसको संज्ञा बुझेर म निकै हाँसे |

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.