Subject: Nepali
उत्तर भन
१)नेपाल कुन कुन कुराले सम्बृद छ |
उत्तर – नेपाल प्राकृतिक, जातीय, भाषिक र संस्कृतिक कुराले सम्बृद छ |
२)हर्क गुरुङको जन्म कहिले भएको थियो |
उत्तर – हर्क गुरुङको जन्म वि. स. १९९५ पौष २१ गते भएको थियो |
३)हर्क गुरुङले कसबाट चित्र बनाउने कला सिकेका थिए ?
उत्तर – हर्क गुरुङले मनाङ् लामाबाट चित्र बनाउन सिकेका थिए |
४)हर्क गुरुङको मृत्यु कहिले भएको थियो ?
उत्तर – हर्क गुरुङको मृत्यु २०६३ असोज ७ गते भयो |
५) हर्क गुरुङको सम्झना नेपाल सरकार के गरेको छ ?
उत्तर – हर्क गुरुङको सम्झनामा नेपाल सरकार उनको जन्म स्थानमा सालिक निर्माण गरेर सम्मान प्रकट गरेको छ |
ठिक बेठिक छुट्याएलेख :
क) हर्क गुरुङको जन्म लमजुङ जिल्ला भएकोहो | (ठिक)
ख) हर्क गुरुङ विज्ञान विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् | (बेठिक)
ग) हर्क गरुङ भूगोलविद् तथा योजनाकार हुन् | (ठिक)
घ) हर्क गुरुङ विदेशी ऋण लिएर भए पनि देशको विकास गर्न सकिन्छ भन्ने विचार राख्थे | (बेठिक)
ङ) हर्क गुरुङले धेरै किताब लेखेका छन् | (ठिक)
पाठको चौथो अनुच्छेद शिक्षकबाट सुन र तलका प्रश्नको उत्तर भन :
१) हर्क गुरुङ कुन कुन काममा रुचि राख्थे ?
उत्तर – हर्क गुरुङ खेल खेल्ने, चित्र कोर्ने र हिमाल चड्ने काममा रुचि राख्थे |
२) हर्क गरुङलाई कुन खेल असाध्यै मन पर्थ्यो ?
उत्तर – हर्क गुरुङलाई फुटबल खेल असाध्यै मन पर्थ्यो |
३) राष्ट्रव्यापी चित्रकला प्रतिगोगिता कहिले भएको थियो ?
उत्तर –राष्ट्रब्यापी चित्रकला प्रतियोगिता वि. स. २०१३ मा भएको थियो |
४) हर्क गुरुङले कोरेको कुन चित्र सर्वोत्कृष्ट ठहरियो |
उत्तर - हर्क गुरुङले कोरेको मुनाल र डाफे चित्र सर्वोत्कृष्ट ठहरियो |
५)हर्क गुरुङ कस्ता चित्रहरु बनाउथे ?
उत्तर - हर्क गुरुङ असाध्यै सुन्दर चित्रहरु बनाउथे |
६) सर्वोत्कृष्ट’ शब्दको अर्थ के हो ?
उत्तर - ‘सर्वोत्कृष्ट’ शब्दको अर्थ सबैभन्दा राम्रो सर्वोत्तम हो |
पाठको सातौ अनुच्छेद राम्ररी पढेर चार ओटा मुख्य बुँदा टिप र एक तृतिययांशमा सारांश लेख |
तलका प्रश्नको उतर लेख
१) हर्क गुरुङको बल्याकाल कसरी बित्यो ?
उत्तर – वि. स . १९९५ पुस २१ गतेका दिन लमजुङमा जन्मेका हर्क गुरुङ सानैदेखि गम्भीर, चिन्तनशिल एवम् सरल र मिलनसार प्रकुतीका थिए | ९ वर्षको उमेरसम्म आफ्नै गाउका लेकबेंसी,खेतवारी र पाखा पखेरामा रमाउदै उनको बाल्यकाल बितेको पाइन्छ | ९ वर्षको उमेरपछि काठमान्डौ आएका थिए त्यसपछि उनले काठमान्डौको दरवार हाइस्कुलमा अध्ययन गरे | त्यसपछि उनी आफ्नो पिता संग भारतको देहरादुन पुगे र गोर्काली पल्टनको चिल्ड्रेन स्कुलमा भर्ना भए | त्यही स्कुलबाट म्याटि्क पास भएका थिए | सानै देखि अनुसाशित मेहेतेती र मिलनसार थिए | आफ्ना गाउँघरका, वनपाखा, नागवेली परेका पहाडसंग रमाउने गुरुङको बाल्यकाल सुखद वातावरणमा बित्यो |
२) हर्क गुरुङलाई के गर्ने अभिलासा थियो ?
उत्तर – सानै देखि मिलनसार, मेहेनेती, इमान्दार लगनशील साथै सबैका प्रिय थिए | उनी सानै देखि प्रकुती संग एकदमै रमाउने गर्थे | पहाडी खोल्सा चराहरुको आवाज, वनपाखा संग मोहित हुनर गर्थे | वातावारणप्रति आकर्षित हुने गुरुङ अध्ययन गर्ने मूल क्षेत्र नै भूगोल बन्यो | उसले भूगोल बिषयमा विद्यावारिधिसमेत गरेका थिए | त्यसैले बाल्यकालदेखि नै भूगोल विषयको अध्ययन गर्ने र देशको भूगोलको नक्सा कोर्ने अभिलाषा आयो |
३) हर्क गुरुङलाई किन बहुमुखी प्रतिभाका धनि व्यक्ति मानिन्छ |
उत्तर – हर्क गुरुङ नेपाली धर्तीमा उदाएका एक विशिष्ट प्रतिभा थिए | उनी खेल खेल्ने, चित्र कोर्ने र हिमाल चढ्ने कुरामा रुचि राख्थे | उनले चित्र कोर्ने कला मनांगे लामा बाट सिकेका गुरुङले अतिनै राम्री चित्र कोर्थे | वि. स. २०१३ मा राष्ट्रब्यापी चित्रकला प्रतियोगितामा उनले कोरेको डाफे र मुनालको चित्र सर्वोत्कृष्ट भएको थियो | उनलाई भूगोल, जनसंख्या, पर्यटन, जातजाति, अर्थशास्त्र, पर्वतरोहण र विकास योजनाका बारे ज्ञान थियो र यसबारे धेरै पुस्तकहरु पनि प्रकाशन गरे | त्यसैले धेरै ज्ञान र प्रतिभा भएका कारण उनलाई बहुमुखी प्रतिभाका धनि व्यक्ति मानिन्छ |
४) हर्क गुरुङले नेपालीभाषा, जातजाति र देशको विकासक लागि के कस्ता विचारहरु अगाडी सारे ?
उत्तर – हर्क गुरुङले नेपाली भाषा, जातजाति र देशको विकासका लागि ज्यादै महत्वपूर्ण विचार अघि सारेको पाइन्छ | उनले नेपाली भाषाको उत्थान र प्रगतिका लागि योजनाबद्ध रुपमा अगाडी बढाउनु पर्छ भने विचार प्रस्तुत गरे | नेपाली जातिको विकास गर्न भौगोलिक र प्रकुतिक दृष्टिले सम्पन्न नेपालको प्राकृतिक वस्तुहरुको विक्री गर्नु आवश्यक छ भनी आफ्नो विचार अघि सारे | नेपालको हिमाल, पहाड तराईका जङ्गलहरुमा बहुमुल्य जडिबुटीहरु पाइने र तिनीहरुको राम्रो संग संकलन गरेर ब्रिकी बितरण गरि देशको अर्थतन्त्र मजबुत बनाउन सकिने कुरा अघिबढाए | दुर्गम क्षेत्रको विकास गरेर मात्र सुगम क्षेत्रको विकास सम्भब हुन्छ मान्यता गरुङले राखेका छन् | नेपालको जनजातीको उत्थानका लागि आवाज उठाउने विशिष्ट व्यक्ति हुन् गुरुङ | उनले देश विकासको लागि इमानदारी भएर काम गरे मात्र देश र जनताको प्रगति हुन्छ भने विचार राखेका छन् साथै जातीय विकास गर्नलाई सबै एक हुनुपर्छ भनेर राम्रो विचार प्रस्तुत हरेक छन् |
५) हर्क गुरुङको मृत्यु कसरी भयो ?
उत्तर – बहुप्रतीभाका धनि हर्क गुरुङले वन, बन्यजन्तु, निकुन्ज र आरक्षणक्षेत्रहरुका व्यवस्थापनमा समेत ज्ञान हासिल गरेका थिए | उनि नेपालीहरुका माझ परिचित छन् | कन्चंजंगा संरक्षण क्षेत्र आयोजनाको ब्यबस्थापन हस्तान्तरण कार्यक्रम मा सहभागिता हुन् जाने क्रममा पूर्वी नेपालको घुन्सा गाउँबाट ताप्लेजुङ फुंङलिङका लागि उडेको चौविस जना स्वर श्री एयर लाइनसको हेलिकप्टर वि.स. २०६३असोज ७ गते दुर्घटना हुँदा हर्क गुरुङको मृत्यु भयो |
६)हर्क गुरुङको जीवनीबाट के प्रेरणा लिन सकिन्छ |
उत्तर - हर्क गुरुङ एक प्रतिभा भएका ब्यक्ति हुन् | उनले राष्ट्रको उन्नति र प्रगतिको लागि निकै योगदान पुर्याएका छन् | उनले नेपाली जाति र जनजातीका लागि कसरी विकास गर्न सकिन्छ भनेर आफ्नो विचार राखेर त्यसलाई आवाज उठाएका छन् | उनी सानै देखि इमानदारी लगनशील, मेहेनेती र सबैको प्रिय थिए | उनले देश विकासमा र जनताको विकास गर्न कसरी सकिन्छ भन्ने कुरा पत्ता लगाएका थिए | वातावरणको संरक्षण गर्दै तेही बाट लाभ निकाल्न सकिन्छ भन्ने कुरा हामी सामु प्रस्तुत गरेका छन् | हर्क गरुङको जीवनीबाट पनि हामीले देशको विकास गर्न निस्वार्थी भएर लाग्नु पर्छ भन्ने प्रेरणा सिकिन्छ |
भाव स्पष्ट पार :
नेपालको प्रकुतिक विविधता भरिपुर्ण विश्वको सुन्दर मुलुक हो|
उत्तर – नेपालको प्रकुतिक सुन्दरताका दृष्टि एक विशिष्ट मुलुक हो | यँहा प्रकुतीका अनुपम वस्तुहरु जताततै पाइन्छ | तराईको उर्वरभूमि र वनजंगल, पहाडका खोलानाला र झरना, छागाछहरा, हिमाली भेगको सुन्दरता साच्चिकै वर्णन गर्न सकिन |नेपालको प्रकुतिक विविधताले भातिपूर्ण मुलुक रुपमा आज विश्वसामु परिचित छ | यहाँका वनपाखा, नागबेली परेका पहाडहरु र त्यहा रमाउने अनेक थरिका फुलहरु, चराचुरुङ्गीहरुले देशक सुन्दरतामा झनै सुनमा सुगन्ध फैलाउने काम गर्छ | सदाबहर टल्किने हिमालहरु डाफे, मुनाल विभिन्न जडिबुटीहरुले झनै नेपालको परिचय दिएको छ | अत: नेपाल प्रकुतिक विविधताले भरिपुर्ण मुलुकका रुपमा विश्वसामु चिनिएको छ |
विपरिथार्थ छानेर जोडा मिलाऊ :
सुगम, सुन्दर, दृश्य, प्रकाशित, अदृश्य दुर्गम, अप्रकाशित, कुरूप, वन्यजन्तु
उत्तर – सुगम = दुर्गम
सुन्दर = कुरूप
दृश्य = अदृश्य
प्रकाशित = अप्रकाशित
तलका शब्दको अर्थ लेख :
निकुन्ज, अनुकरणीय, सजीव, जाज्वल्यमान, उपत्यका
उत्तर – निकुन्ज – बन्यजन्तु तथा रुखहरुको सुरक्षाका निम्ति जोगाइने क्षेत्र
अनुकरणीय – नक्कल,
जाज्वल्यमान– प्रतिभाशालि
उपत्यका – पहाडको फेदीको समथर जमिन, चारैतिर पहाडले घेरेको बीचको समथर
अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग
पर्यटन, लगनशील, हस्तान्तरण, छात्रवृत्ति
पर्यटन = पर्यटन विकास गर्न सकेमा देशको अर्थतन्त्र मजबुत हुनसक्छ |
लगनशील = सफल हुनका लागि हामीले सानै देखि लगनशील हुनुपर्छ |
हस्तान्तरण = हर्क गुरुङले देशको सेवाका लागि जीवन हस्तान्तरण गर्नुभयो |
छात्रवृत्ति = मैले विद्यालयबाट जेहेन्दार छात्रवृत्ति पाएको छु |
राष्ट्रए + ब्यापी = राष्ट्रब्यापी भए जस्तै तलका शब्दमा ‘ब्यापी’ जोडेर नंया शब्द बनाऊ :
जिल्ला, क्षेत्र, देश, उपत्यका, सप्ताह
उत्तर – जिल्ला + ब्यापी = जिल्लाब्यापी
क्षेत्र + ब्यापी = क्षेत्रब्यापी
उपत्यका + ब्यापी = उपत्यकाब्यापी
सप्ताह + ब्यापी = सप्ताहब्यापी
बोलाई र लेखाई फरक बुझ :
बोलाई लेखाई
इस्कुल स्कुल
द्रिस्टी दृष्टि
काठमांडू काठमाडौँ
प्राकिर्तिक प्राकृतिक
जिबन जीवन
पाठमा ऋण, उत्तीर्ण,नेपाल, निर्भिकता जस्ता “ण” र “न” वर्णको प्रयोग भएका धेरै शब्दहरु छन् | ‘ण’ र ‘न’ को प्रयोग भएका दस दस ओटा शब्दहरु पाठबाट खोजेर लेख |
उत्तर - ;ण’ प्रयोग भएका शब्द – भरिपूर्ण, दृष्टिकोण, वातावरण,पर्वतारोहण, संरक्षण, हस्तान्तरण, कारण, अनुकरणीय, प्रेरणा
‘न’ प्रयोग भएका शब्द – महान्, उल्लेखनीय, योगदान, उन्नति, चिन्तनशील, लगनशील, अनुशासित, नागेबेली, जाज्वल्यमान, निकुन्ज
© 2019-20 Kullabs. All Rights Reserved.